बैरे
Replies to this thread:
More by बैरे
What people are reading
Subscribers
Please log in to subscribe to बैरे's postings.
:: Subscribe
|
च्याङ्ग्राको नासो बैरेको गलाको पासो
[Please view other pages to see the rest of the postings. Total posts: 106]
[VIEWED 105015
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
बैरे
Please log in to subscribe to बैरे's postings.
Posted on 03-30-09 11:57
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
बैरे, बाबु तेरो लागि फोन छ । कस्को ? च्यङ्ग्राको म खोठाबाट तल झर्दै, गुनगुनौदै "मायाले ले माया गासी देउ, भएन प्रिती जोडी देउ" ...... "हलो" सुन न क्या कोक र म:म: खान मन लाग्यो हिड जाम, शान्दार, मलाई लिन आइजो ।।। ह्या बेला न कुबेला बजी नेउला .... म त भुक्का छु । तेरो ट्रीट हो ? ल ल , तु भी क्या याद रखेगा किस रहिससे पाला पढा था । बरु सुन तेरो बाउको ५५५ लेर आइज खूब तल लाग्या छ, कत्ती सुर्य सल्काउने ५५५ मा थप नून, मसला केही थप्या छ की, टेस्टीङ गर्नु पर्यो । एक घण्टा पछी म:म: र सोपंको बायु मुखबाट छोड्दै बानेस्वोर पिपल बोटबाट हाईटको ओरालो झर्ने बाटो तिर लागियो । करीब २०० मिटर भित्र छिरे पछी आर्को सानो गल्ली जस्ले धोबी खोला गणेश थान तिर लग्थ्यो, त्यता तिर लागियो। अली भित्र छिरे पछी मोटरबाईकलाई डबल स्ट्यन्ड लगाइ ५५५ सल्कयौं , बुजिस बनाउन त खैरेले नै जन्या हो, कहाँ ५५५ कहाँ सुर्य, भन्दै सर्को लगाउदै थियो च्याङ्ग्रा। हुन त त्एती खेर नजिकको तिर्थ हेला भने झै नेपाली सामानको त्यती मुल्य हुँदैन थियो । अहिले त्यही सुर्यको सर्कोले, नेपालको याद झल झली लेर आउछ । बरु सुन, त्यो शानदारको म:म: पनि त्यती दम छैन, म:म त हरियो पर्दाकै मिठो, अली कती छोयला चिउरा, सादेको भट्मास, कचिला, आलुको अचार, अनी म:म:, यो सब एक प्लेट मगायो भने दुबै जनालाई पुग्छ के.बि.फो.सिक्स ? भर्खरै म:म: हुले पनि त्यसले बर्णन गर्दा फेरी खान सकिन्छ झै लाग्यो मलाई, - बिचार त दरै छ , तर फाइनेन्सर चाँही को ? त्यसको पनि जगेनो गर्या छु, यहाँबाट, कालेकोमा जाम, अनी ज्यापू र भोटेलाई, फोन गरेर म्यारिज खेल्न मुन्ठी भनेर फोन गरौ, ज्यपू म्यरिज भने पछी, विबाह पनि छोडेर आउछ, अनी तिनीहरु नै हर्ने गेर्यान्टी चाँही तैले लिन्छस ? भन्दै मैले प्रश्न गरे ल अब मेरो कुरो ध्यान दिएर सुन, यो चाँही तैले भुजिनस भने ज्यापूले तलाई र मलाई म:म: भित्र राख्छ। यदी तैले माल हेरिस भने, १:७ ले खेल्ने उसको कुरा सक्किनु अगाडि नै, मैले उसको कुरो काटे, के हो यो १:७ भन्या ? कुरा सक्कीन त दे, बिचँमै कुरो नकाट, पहिले सुन अनी पछी बोल, १:७ भन्या केही गरी एक्का माल हो भने त सत्ता फाल त्यो भयो भने मलाई खबर हुन्छ सत्ता माल हो भनेर, त्यसै गरी दुक्की को अठ्ठा, तिर्की को नहर । अनी मसँग त्यसरी मिल्ने तास छैन भने नि ? त्यसो हो भने मिल्ने रङ चाँही फाल, तर फाल्नु अघी पर्नु पर्ने तास यो हो तर परेन भन, म भुझी हाल्छु। सोच, ज्यापू कती लोडेड, हुन्छ त्यसलाई लुत्न पायो भने, त्यही पैसोले छ्याङ पनि खान पुग्छ , मलाई काठमाडौं गणेशथान नजिकै एउटा ठाउँ थाहा छ सोलीड छोयला चिउरा, कचिला पाउछ। त अघोरी, हस्पिटलमा पक्कै साट्या हुनु पर्छ, खान चाँही तलाई नेवारी खान नै खानु पर्ने, बुद्धी चाँही पुरेतको जस्तै चल्छ । च्याङ्ग्रा हाँस्दै - जे भए ने आज चाँही धोको पुरा गर्ने गरी घिच्न पाउने भाईयो । लौ हिड तेरो बाउकोमा फेरी काले निस्केला नि क्रमश :
|
|
|
|
Bhakte
Please log in to subscribe to Bhakte's postings.
Posted on 04-02-09 1:58
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
धेरै ब्यन्जनहरुको एकै चोटि यसरी नाम नलिम हजुर, पेट कुटी कुटी काट्न थालिसक्यो । भोक लाग्या बेला त अधर्म नै हो । कार्टूनमा जस्तो मुख आँ भइ रा छ । लौ सबै को जय होश ।
|
|
|
Riten
Please log in to subscribe to Riten's postings.
Posted on 04-03-09 2:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Tyo kachila chai alik ghin laagcha. Aakhir kaacho masu na ho. Tara choila ra momo ko kura sunda chai bhok le kyau-kyau bho.
|
|
|
Bhakte
Please log in to subscribe to Bhakte's postings.
Posted on 04-03-09 3:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कृष्ण मन्दीर पछाडिको कचीला खा छ साथी? त्यसपची भन्ने, जहाँ पायो त्यही त म पनि खान्न । भरे म कृष्ण मन्दीर पछाडिको फोटो तासम्ला ।
|
|
|
बैरे
Please log in to subscribe to बैरे's postings.
Posted on 04-03-09 3:23
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
खै आज बङ्गला मुखी पुगौ भन्या नहुने भयो। सबैको वीकएन्ड रमाइलो बितोश, बङ्गला मुखी सोमबार पुगौला ।
|
|
|
AlterEgo
Please log in to subscribe to AlterEgo's postings.
Posted on 04-03-09 3:28
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Ke yaar bhakte...tyo ta mero fav hangout spot thiyo....ahile ni mukh ma paani aaucha.. Here are few shots of that place..
|
|
|
AlterEgo
Please log in to subscribe to AlterEgo's postings.
Posted on 04-03-09 3:28
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
बैरे
Please log in to subscribe to बैरे's postings.
Posted on 04-03-09 3:28
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भक्ते प्रभु ठीक भन्नु भयो, म पनि काठमाडौं गणेशथान र कृष्ण मन्दिरको मात्रै हो, तर धेरै जसो चाँही काठमाडौं गणेश थानको, कृष्ण मन्दिरको ब्यथा अर्को भागमा बुझ्नु हुने छ
|
|
|
AlterEgo
Please log in to subscribe to AlterEgo's postings.
Posted on 04-03-09 3:28
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
AlterEgo
Please log in to subscribe to AlterEgo's postings.
Posted on 04-03-09 3:29
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
AlterEgo
Please log in to subscribe to AlterEgo's postings.
Posted on 04-03-09 3:30
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
AlterEgo
Please log in to subscribe to AlterEgo's postings.
Posted on 04-03-09 3:30
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
बैरे
Please log in to subscribe to बैरे's postings.
Posted on 04-03-09 3:32
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
2
?
Liked by
|
|
AlterEgo तपाईले पनि साह्रै गर्नु भयो, लौ न यो मुखको पनि निलौ कि थुकौ ? हरे प्रभु । बरु त्यो ठाउँको map छ भने नि पाउन यो त homepageमा राख्नु पर्ला
|
|
|
AlterEgo
Please log in to subscribe to AlterEgo's postings.
Posted on 04-03-09 4:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Ha ha...map kina chaiyo?...Sab lai already thaha hola yo thau....I m really missing choyala saathi....US ma kina buff painna? Any idea?
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 04-03-09 4:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
AlterEgo le lastai garecha.. katha chaine padhna paa chaina.. tara sikistai garnu garecha.. lau barbaad bho bhok laagera.. dhatterika!!
|
|
|
Bhakte
Please log in to subscribe to Bhakte's postings.
Posted on 04-03-09 5:25
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
AlterEgo तपाईं बेमान । एस्तो तस्बिरहरु पनि टास्ने । अब जे खाय पनि स्वाद आउदैन । कडा यार कडा, एक जग छयाङ, एक प्लेट छवैला, सुकुटी, कचेला, आलु र व हाने पछी सिधै पाटन क्याम्पस अगाडि शेर्पा बेकरीमा कूल हुन चिया खान गइन्थियो । के गर्नु आफु त परीयो पा. जी . । आफु लाई त यो रेस्टुरेन्ट सेसटुरेन्ट मा खाको स्वाद आउन्न । यो बाइसनको मासु को छवइला बनाएर हेर्नु पर्ला । बैरेको तथा सबैको सप्तान्ह राम्रो सँग बितोस । श्री बङ्लामुखी माता ले हामी सबै को कल्याण गरुन ।
|
|
|
AlterEgo
Please log in to subscribe to AlterEgo's postings.
Posted on 04-03-09 8:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Bhakte ji maaf paau....Aawesh ma aayera tyasto pic halna pugechu...ke garne ...was missing the time of my life in mangalbazar.... By the way, bison ko choyala ramro banecha vane let me know..i will also try that...yo chicken khada khada wakka dikka vaye.. AE
|
|
|
AlterEgo
Please log in to subscribe to AlterEgo's postings.
Posted on 04-03-09 8:25
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Ani baire, katha ke hudai cha ta? Chyangre ko aaru kehi planning chaina? AE
|
|
|
बैरे
Please log in to subscribe to बैरे's postings.
Posted on 04-06-09 4:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
घर छिर्न अघी दुईवटा हजमोला क्यान्डी मुख भित्र चपाए र सिधै कोठा तिर लागे । राती मस्त सुती रहा थिए कती खेर ४ बज्यो थाहा नै पाईन , च्याङ्ग्राको फोन आयो । उठ अघोरी बङ्गला मुखी जाने होइन ? आधा निद्रमै मैले - ल तल हजुरको पसल सम्म आइज म ३० मिनटमा आइपुग्छु । मोटर बाइक हुत्ताएर पुगे हजुरको पसल तिर । च्याङ्ग्रा डेली डोज, सल्काउदै थियो म आको देखेर अर्को पनि सल्कायो, "ल हर्लिक्स खा, तेरो जिउमा स्फुर्ती आउछ । " बिहानको सर्कोको कुरै अर्को, खाली पेटमा फर्स्ट पोपले रिङ्गटा नै लगायो, त्यही पनि १.५० सत्त्यनास त गर्नु भएन । रातले सुर्यलाई निगाले झै हामीले पनि सुर्यलाई सर्सर्ती निल्यौ। २ मिनटको बिश्राम पछी हामी बङ्गला मुखी तिर हुत्तियौ, नयाँ बनेस्वोरको चोक कटेर सन्खमूल तिर लाग्यौ, ओरालो कटेर जान मात्रै आट्या थियौ, च्याङ्ग्राले रोक रोक भनेर करायो - "किन ए भूत के भयो" भनी मैले सोधे । घुमा घुमा मात्रै भन्यो उसले, मैले पनि त्यसको केही खस्या शंका गरेर बाइक घुमाए, अली माथी जा, अझै माथी भन्दै गोल्छा निवास कटाउन लगायो । ल फेरी घुमा भन्यो उसले, म केही नबोली उसले जे भन्यो त्यही गरी रहे, बिहान बिहान हेल्मेटको ठट्टाईबाट म बन्चीत हुन चाहन्थे । गोल्छा निवास अगाडि आए पछी उसले मलाई रोक्न लगायो, उु ओर्लेर गोल्छा निवासको भित्तालाई धन्य बनाउन गयो । थुक्क हाडी घोप्ते, काम पाइनस बिहान बिहान, देख्ला तेरो बाउले, अनी लग्ला नि मसान तिर के कराइ रहा, मलाई प्रेसरमा आउँदैन क्या, नकरा न । भन्दै उु मस्तले आफ्नो न्रित्य कर्म तिर लाग्यो । काम तमाम परेर बस्न आट्या थियो, मैले - "नछो मलाई , तल गएर हात धू, पवित्र ठाउँमा अपवित्र भएर कसरी जानु ?" भनेर भने ओरालो झरेर एउटा पसलमा गई, उु हात धोएर निस्कियो, मलाई हेर्दाइ हाँस्दै उसले - "केरा हेरीरहा, भोली कसैले ठुलो मान्छे को चिन्या छस भनेर सोध्यो भने, गोल्छा निवासमा तुर्का (अरु शब्दको उपयोग उस्ले निस्चित थानेन) छु त भन्न पाईन्छ । उसको कुरामा सत्यता थियो, हामी जस्तो अघोरी कुनै ठुलो मान्छेसँग परीचीत हुन असम्भव थियो, त्यसैले म चूप नै बसे । मेरो मौन्ताले उसको कुरासँग सहोमती जनाएको उसले बुझेको थियो र अरु केही नबोली उु बस्यो । हामी बङ्गला मुखीतिर लाग्यौ । बङ्गला मुखी भित्र पस्दा हामी बोकाहरुको कोन्फ्रेन्समा आको झै लाग्यो, त्यहाँ बोकाहरुको कमी थिएन, तर बोकाहरुलाई निरास नपार्ने कारणले नै होला तरुनीहरु पनि झकी झकाउ भएर आका थिए। बङ्गला मुखीको दर्शन गर्नेहरुपनि कम थिएनन् । पेट्रोल, मट्टीतेल, ग्यास, रङ्गीला फिल्मको लाइन भन्दा पनि चौखन्ड लाम थियो त्यहाँ । लामा बसेर बङ्गला मुखीको दर्शन पाउदा ६ बजी सक्या थियो । बङ्गला मुखीलाई आफ्नो नाउँ पार लगाउने बिन्ती गरेपछी हामी घर तिर फर्किने तयारी गर्यौ । जानु अघी झुल्केको सुर्यलाई हामीले पनि धूप सल्काएर स्वागत गर्ने प्रस्ताव राखे, तर च्याङ्ग्राले जसरी घन्टी नबाजाइ बालेको धूपको धेरै मान्यता हुँदैन, त्यसरी नै चिया नभई तानेको सर्कोमा स्वाद नै हुँदैन भन्यो । त्यही सानो पसल थापी बसेको ठाउँमा गई चिया लिउ न त भन्दा, उसले हामीले नचिन्ने मान्छे टन्नै छन तर हाम्रा बा ले चिन्ने धेरै छन । हामी फलानोको छोरा हो भन्ने चाख धेरैले राखेका हुन्छन, बङ्गला मुखीमा बसी, एक हातमा चिया अर्को हातमा चुरोट, आँखा बङ्गाइ बङ्गाइ तरुनी हेर्या कुरा फलानोको कानमा पुग्यो भने, सिधै बङ्गला मुखीको शरणमा पुराउछ बुढाहरुले । त्यसैले बागमती पूल कटी त्यहाँ कुनै पर्दा पछाडि बसी नै मुरली बजाउने निर्णय गर्यौ । एक आँखाको झिम्काईमा हामी बागमती पूल कटेर एउटा होटेल भित्र छिरी चीया लिदै सुर्य सल्काउन तिर लाग्यौ । बाटोको चहल पहल तिर हाम्रो ध्यान धेरै थियो, एक्कासी च्याङ्ग्राले मेरो ध्यान पूल तिर लग्यो, पूल तर्फबाट एउटा स्कूटीमा एक पटाखा तरुनी बिहानीको किरण झै झुल्किदै हाम्रो नजरको नजिक आउँदैथी, हामीलाई कटेर उु हामी भन्दा टाढा जादा लागेको थियो की त्यो किरणमा ग्रहन परेको थियो । च्याङ्ग्राले चुरोटको ठुटो फ्याकेर, हिड जाउ तेरो भाउजुको पछी भन्दै तीन खुड्कीलो भर्र्याङ्ग झर्यो , उसको पछी म पनि लागे । बाइक स्टार्ट गरेर हामी त्यो तरुनीलाई भेटन बत्यौ । सन्खमूलको उकालोमा उसलाई भेटियो । उसलाई पच्छ्यौदै हामी बि.आइ.सी.सी कटी, शिव दर्शन हल तिर लाग्यौ, हामीले उसलाई पच्छाएको ज्ञान उसलाई थियो त्यसैले हामीबाट ताढिन होला शायद, शिव दर्शन हल कटे पछी उनी दाँया मोडीई, तर हामी पनि कम थिएनौ उसकै पछी लाग्यौ, फेरी एक्कै छिन पछी उनी बाँयाको गल्ली तिर मोडीई । त्यो गल्ली गई फेरी दोबाटोमा मिस्सियो र उनी बाँया मिलन चोक तर्फ लागीन् । अब च्याङ्ग्राले उु सँग गर्ने कुरो भेट्यो बैरे बाइक तेरो भाउजुको छेउ छेउ तिर लग त कुरो गर्नु पर्यो । मैले उसले भने झै तरुनीको छेउमा बाइक लगे । ओ हिरोइन ! बाटोमा उु बाहेक अरुले पनि च्याङ्ग्रा तर्फ हेर्यो, तर च्याङ्ग्राको सम्बोधन केवल स्कूटी को तरुनीको लागी थियो, हजुरको पसल कटेर बाँया मोड्या भए नि हुन्थियो नि ? किन गल्लीबाट आको ? त्यहाँ साँढे भाको भए मै बचाउन आउनु पर्थ्यो, भोली देखी गल्ली तिर धेरै नहिड है? तरुनी च्याङ्ग्रालाई हेरेर केही बोलिनन् मुसुक्क हासी मात्रै राखी । च्याङ्ग्राले फेरी प्रश्न गर्यो, कलेज जान आट्या हो ? त्यतिन्जेल हामी मिलन चोक कटेर धेरै अगाडि पुगी सकेका थियौ, काठमाडौं म्यानेजमेन्त कलेज तर्फ उनी मोडियो (हाल को होइन पहिले म्यानेजमेन्त कलेज आहिले को ई.पी.ए.स स्कुल भन्दा पर मिलन चोक तिर थियो) । कलेजको छेउमा तितौरा पसल पनि थियो, च्याङ्ग्राले, "हिरोइन बेलुका म तितौरा लिएर यही आउछु है" भन्यो । तरुनी फेरी केही बोलिनन् गेट भित्र छिर्नु अगाडि च्याङ्ग्रा तर्फ हेरी फेरी मुस्कुराइ अनी भित्र गैइन् । च्याङ्ग्रा : पट्टयो यार, ल आज बेलुका तितौरा ली, फेरी पच्छायौदै ससुरली जानु पर्छ, टाईम मै यहाँ आउनु पर्छ भुजिश । म : भई हाल्छ नि तेरो बाउले पाल्या नोकर हो । तेरो हुकुम सर आँखो मे । च्याङ्ग्रा: पीलीज, दाई भन्छु, रयाग नगर न । बरु ससुराली बङ्गला मुखी छेउ रहेछ भने, कृष्ण मन्दिर तिर चटामरी र बाह्रा खान लग्छु तलाई । मैले यस्तो अवसरलाई कसरी नकार्न सक्थे र ? ल ल हुन्छ भन्दै हामी त्यहाँबाट घर तिर लाग्यौ । क्रमश :
|
|
|
बैरे
Please log in to subscribe to बैरे's postings.
Posted on 04-15-09 4:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मैले यस्तो अवसरलाई कसरी नकार्न सक्थे र ? ल ल हुन्छ भन्दै हामी त्यहाँबाट घर तिर लाग्यौ । च्याङ्ग्राले भने झै हामी बेलुकी तितौरा लिएर पसल कै अगाडि पर्खि बसेका थियौ , तर हाम्रो आश , निराशमा बद्लियो, तरुनी आएनन् । च्याङ्ग्रा म तिर हेर्दै - के भयो मैय्या खै त ?" --- "त्यसको गोठालो हो र मलाई सोध्न ?" भनी मैले नि मेरो रिश पोखे, मलाई तरुनीको होइन चटामरी र बाह्रा खुस्किएको झोक थियो । ह्या यस्तै हो, आमिर खानले भन्या बिर्सिश - "ट्रैन, बस और लड्की, हिड जाम घर तिर F.O.C (फ्री अफ कोस्ट)को खाना छुट्टी हाल्यो फेरी घराँ पनि खान नबनाउला, पापी पेट पाल्नु छ। भिस्मको प्रतिज्ञामा आकाश गज्र्या झै च्याङ्ग्रा पनि गर्जयो - "यसतो पनि हुन्छ भन त बैरे मैले बेलुकी आउछु भन्या थिए, फेरी त्यो तरुनी किन चाडो गाकी ?" त कलेजबाट क्लास नै नछिरी बिदामा गाको जस्तै होला नि त मैले पेच थप्न पाको बेला थपिदे । "तर के सोच्या त्यसले, हिड च्याङ्ग्रा जाम सन्खमूल तिर त्यही पूलको छेउ बसुम, कलेज छुट्ने समय त अहिले हो, बन्क हान्या भए नि घर आउने समय त यही हो " ठीक भनिस, ल बत्ता सरथी मेरो लक्ष्य तिर भन्दै च्याङ्ग्रा बाइकमा बस्यो । हुन पनि म उसको सारथी नै थिए बजियाले जहाँ भन्यो त्यही लान्थे आफ्नो बहानलाई । जोसै जोसमा पुगियो बिहानको चिया पसल, दिउसोको डोज चिया चुरोट पनि पुरा गरियो। तरुनी आउछे कि आउदिने त्यो चाँही थाहा थिएन तर अलिक क्षण पछी बाइक पूल कटेर पाटन पुग्ने चाँही निस्चित थियो । सोच्या झै भयो तरुनी आईन, मैले केही भन्नु अघी नै च्याङ्ग्राले हिड जाम खाजा खान , मैले नि थाहा नपाको झै कहाँ जाने भनेर सोधी हाले, मनमा फुटेको लड्डु घीउ सँग खाँदै । "कहाँ हुनु नि, यती नजिक आएर पनि पाटन गएन भने त कृष्णजीले बासुरीले नै बजाउछ " उस्ले भन्यो । च्याङ्ग्रालाई मख्ख बनाउन मैले - "तलाई देखेर त कृष्णजीले पनि राधालाई प्रिय यो बसुरी एक्छीन समाउ त भनेर तलाई नै प्रणाम गर्ला नि " च्याङ्ग्रा मख्ख हुँदै लौ त्यो पनि हेरी हालुम । ल हिड जाउ पेटाँ हात्ती दौडिने बेला भै सक्यो । हामी फेरी लाग्यौ बङ्गला मुखी तिर , एक्छीन त गल्ली देखेर अल्मल्ल परे , जता गए नि आको आको ठाउँ झै लाग्ने । होइन ए च्याङ्ग्रा हराइयो कि क्या हो । पहिले त आकै हो, यो गल्लीहरु पनि सब आको आको झै लाग्छ, कहाँ हराइन्छ यहाँ बाट अली भित्र छिर त्यहाँ त्यो पैन्टिङ पसल छ, त्यहाँ बाट त बास्नाले तानी हाल्छ नि । कुन पैन्टिङ पसल ? नभन्दै पैन्टिङ पसल चाँही होइन बास्नाले तान्यो हामीलाई, सुङ्दै गाको हरेक घर, हरेक पसल बाट हर्हरी बास्ना - कही म:म:, कही छोइला, कही कचेला भने कही चटामरी, वोँ, सुकुटी, नम चम । तेरो बाउँ, यहाँ त जता त्यतैबाट बास्ना आइ रहाछ । कहाँ जाने - मैले सोधे । उु कृष्ण मन्दिर, तेरो आँखा अगाडि, कता नाकले लग्या तिर गईरा ? च्याङ्ग्राले हाँस्दै भन्यो कृष्ण मन्दिर देखे पछी मलाई पनि साक्क्षात भगवानको दर्शन नै भाको झै लाग्यो, यताँ आन्द्रा बटारेर खत्तम हुन आटि सक्या थियो त्यस माथि जता ततै बास्नाले गाह्रो बनाइ सक्या थियो । कृष्णजीलाई दुर्दर्शन दिएर छिर्यौ हामी पसल तिर । भित्र छिर्दा, स्वर्ग पुगे झै लाग्यो मलाई, मुख रसिलो भयो, थुक निले नि भोक अगाइएला भनेर मुखा आको थुक पनि ननीली बसे । च्याङ्ग्राले उु माथि AlterEgo ले राख्या फोटोमा झै मगायो - कचेला, बाह्रा, चटामरी, आलु चिउरा, अचार, अनी भित्र सजिलै हुल्न क्ष्याङ । साउनी ले नेवारीमा के सोधिन कुन्नी, च्याङ्ग्राले म तिर हेरेर अन्डा भाको चटमरी कि मासु भाको सोध्यो, मैले सजिलै मासु भने , मेरो मासुको मा मात्रै निस्क्या थियो उसले साउनी तिर हेर्दै "ला" भन्यो। मैले केही बुझिन त्यही पनि केही भनिन मलाई नेवारी सिक्नु भन्दा नेवारी खाना हुल्नु धेरै मन थियो । हुन त पाच ब्यन्जन मात्रै हो तर आफु साम्य आउँदा चौरासी ब्यन्जन पनि यसको सामु कम थियो । के टोक्ने, पहिले के खाने, कसरी खाने म त केही सोच्ने लायक नै थिईन , च्याङ्ग्रा तिर हेरी रहे, उसले पहिले चिउरा र आलु खान लाग्यो, मैले नि उसले गरे झै गरे । एक गासँ चिउरा पछी कचेला तिर लागियो, काँचो मासु, लशुन आदुवाले मोलेको, नुन, खुर्सानी र मसलाले रङ्गीएको , आफ्नो मुख सम्म आउँदा हर्हरी बास्ना आयो । मुख भित्र राख्दा अमृत नै आयो, अमृत चाँही मेरो लागि होइन छेउमा भन्की रहेको झिङ्गाको लागि। कचेला, बिहे गरेको बेहुली झै रातोले श्रिङ्गारेको थियो। त्यो रातोले मेरो मुख भित्र छिर्दा, बिहेमा बजाउने बाजा झै बज्न लाग्यो, पिरो र मिठो दौबैको मेल हुँदा मेरो मुखबाट रयाल झर्यो त्यही त्यो झिङ्गाको अमृत थियो। गएर सिधै त्यही बस्यो । उड्नु अघी पनि मलाई - "धन्यबाद है " भन्या झै लाग्यो । अब खानको बर्णण गरु भने एउटा महाकाब्य लेख्न सकिन्छ होला, सँछीप्तमा भन्दा चाँही अर्जुनले छोडेको गाण्डिवले निशाना नचुकेको झै परीकार मिस नखाइ मुखा छिरी रहेको थियो , त्यो पनि एक हाते किनकी अर्को चाँही तालु को पसिना, आँखाको आशु, र नाक को पानी पुछ्दै थकित थियो । क्ष्याङ भुँडी भित्र पुग्दा त छु......स आवाज नै सुनियो । भुँडी पिरोले बली रहेको थियो क्यार सोचे । बाहिर गएर चुरोट सल्काउदै - बुझिस रामे खाइयो, आज तेरो जय होश भन्दै मैले च्यङ्ग्राको चुरोट सल्काउन सलाई हावाले ननीभावोश भनेर दुई हातमा लुकाइ उसको मुख नजिकै लगे, जहाँ सुर्य चुरोटले त्यो आगोको प्रतिक्षा गरिरहेको थियो। मुखाबाट मुस्लो छोडेर यस्तो पो ख्वाइ, रहिथानीको भन्दै च्याङ्ग्राले आर्को सर्को लगायो । ल हिड जाम घर तिर । तरुनीले धोका दिए नि खानले साथ दियो, यो खान त २-३ दिन ननीकाली भुँडी भित्रै राख्ने खालको छ भन्दै उु बाइकमा बस्यो । मिठोले भुँडी भित्रै राख्न खोज्या हो कि, आउँदा खेरीको रापलाई सम्झेर भन्या हो त्यो चाँही भुज्न गाह्रो थियो त्यही पनि केही नबोली घर तिर लाग्यौ हामी । क्रमश:
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 04-15-09 8:23
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
एह बा, के बिघ्न बर्णन हो यो खानाको? आमामामा, अघी भक्खर खाएर बसेको, मुख्मा व्हाल व्हालती थुक घुटुक्क भो प्रभो, के गर्या एस्तो, एत्ती सार्हो नि गर्न हुन्थेन नि, अझ त्यो alteregoले राख्या जस्तै रे। मरें म त, कृष्ण गल्लिमा कुर्दै गर्नु है भनेको त, प्रभोले दी सकया रेछन। अली ढिलै आयौ तर क्या-नाम बबाल आयौ, लु अब अर्को भागको लागि ढिलो चाँही नगरुम है, कुर्दै छम, अनी एत्ती सार्हो बयान नि नगरुम न प्रभो गार्हो हुन्छ क्या, खै कुरो बुझ्या?
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 90 days
Recommended Popular Threads |
Controvertial Threads |
Conservative discussions |
TPS to F1 Status. |
TPS To F-1 COS |
TPS Sakiyo Tara Case is in Court. |
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years) |
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans |
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1? |
Need Help of IT consultancies |
Nepal TPS decision |
Any input on remote jobs(IT related or Sales or Marketing)? |
Supreme Court allows Trump to end TPS for Venezuelans |
Nepal Likely to Get 60-Day TPS Notice |
Nepal TPS has been Extended !!! |
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो |
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong? |
NEPAL TPS IS GONE |
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने |
#MAGA#FAFO is delicious |
What is the purpose of an F1 student visa in the U.S.? |
Homeowner Charged renting to illegal migrants |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|