[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 चौतारी चौथौ वार्षिकोत्सव

[Please view other pages to see the rest of the postings. Total posts: 190]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 NEXT PAGE
Keywords associated with this thread

aau priye by Jira
[VIEWED 103199 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 10 pages, View Last 20 replies.
Posted on 09-07-09 12:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

"चौथौ वार्षिकोत्सव बिशेष" 


समयको खुडकिलो संगै दिन हप्ता महिना बर्ष गर्दा गर्दै आज सम्पूर्ण चौतारी गाउँलेहरुको सदभाव, माया ममता र भाईचाराले गर्दा घर देखी टाढाको घर यस चौतारी चौथौ बसन्त पार गरी आज पाँचौ बसन्त टेक्दैछ ! यस सुखद घडीमा नयाँ पुराना सबै गाउँलेहरु भेला भई आ-आफ्नो रचना (कबिता, गीत, गजल, चुटकिला जे भएपनी) प्रस्तुत गरी यो अवसरलाई अझ बढी रोमान्चकारी तथा स्मरणिय बनाउन सहयोग गर्नु हुनेछ भन्ने विश्वाश लिएका छौ


 


(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १५८ औं संस्करणमा
आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म
पुगेको छ भने पश्चिम महालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं
घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने
तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्छ'

**********************************************************************

 






लौ बसुम यही चौतारीमा


तिमी  यसरी नै सधैं मुस्कुराइ रहनु  चौतारी
चिसो बतासले सबै मर्माहत छातीहरुलाई सुम्सुमायि रहनु चौतारी
मुटुभरीका पिडाहरु म तिम्रो काखमा बिसाउन आउछु
तिमी मुसुक्क मुस्काउनु चौतारी
म तिम्रो शितलतामा आफ्नो संसार पाँउछु
~रिट्ठे राएमाझी~



सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- क्रेजी, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके, perfectionist-पुरे, keli-केली,chipledhunga-चिप्ले, gal-गेली, spoken-स्पोके, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानोअभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics,
workoholics, home-makers, pretty damsels, fierce contenders,
homelanders,

 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 158 editions.

चौतारी - वार्षिकोत्सव विशेष
"चौथौ वार्षिकोत्सव बिशेष"
 अंकमा प्रवेश गरेकोमा सबै ज्ञात, अज्ञात, नयाँ, पुराना, क्रियाशील गाम्ले, मूक पाठक सबैलाइ 

बधाइ तथा धन्यवाद !

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्


गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्


यस अंकलाइ सफल पार्नको निम्ति आ-आफ्ना लेख रचना प्रकाशित गरौं। अन्य आकर्षणहरूमा
-

१) चौतारीमा आफ्नो अनुभव सुनाउनुहोला।

२) यो बिशेष अंकमा चौतारीका सबै पुराना औतारीहरु ले जसरी भएपनि आफ्नो अनुहार देखाउनुहोला। जति नै 
ब्यस्त भएपनि एकछिनको लागि भए पनि तातो चिया खान आउनुहोला।
 
Last edited: 08-Sep-09 12:05 PM

 
Posted on 09-07-09 8:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरेSSSSS हाम्रो चौतारीको ह्यापी बर्थ डे कै दिन खै कस्तो कस्तो खबर सुन्नमा आको भन्या नि।

गेट वेल सून केलीचा ...........
 
Posted on 09-08-09 1:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Happy B'day Chautari :)

 
Posted on 09-08-09 7:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hunta aba ekchin pachi dabia mela bata chautari ma jhummne holan. bida bhar lakha pakha laghe. Mero bhane ulto chha. aba melama thankinuparcha.
Tara pani purano samjana hai, kasto thiyo chautari ko first birthday - flash back.


 
Posted on 09-08-09 8:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !


मंगलबारे गणपतीमय जदौ ।


चौतारीको जन्मोत्सब मनाउन लाग्दा अनेक बाधा अडचन आए । यज्ञ गर्दा यक्षहरु भाँडभैलो मच्चाउन आए जस्तै । तर नेपाली मन हो दु:ख र पीडाका बाबजूद आफ्नो गन्तब्यमा निरन्तर लाग्छन नै ।



त्यसैले भब्य रुपमा जन्मोत्सब मनाऔं ।


यसरी सम्झेर बारम्बार
प्रियासीलाई
यात्रामा मन डोलाउने हो भने
कोलम्बसको पाइला पनि
जहाँ को तहीं रुक्थ्यो ,


छिनो ले लगातार खोपे ढुंगा पनि
मूर्ती बन्छ ,
यात्रा निरन्तर जारि राखे एक दिन
गन्तब्य पुगिन्छ ।


 
Posted on 09-08-09 8:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ चौतारी !


चौथौ बार्सिकोत्सव् को पहिलो कार्यदिनमा उपस्थित सम्पूर्ण साथी भाईहरुमा फेरी एक पटक स्वागत अभिवादन !


नमे को एनिमेटेड तस्बिर एकदम राम्रो लाग्यो ! त्यो बेलाको बार्सिकोत्सव्मा आफु त चौतारी परिवार मा जन्मेकै थिइन !


सोनु तिमीलाई नि बधाई छ चौतारी को जन्मदिन को उपलक्ष्यमा ! तिमीलाई मेरो जन्मदिन थाहा छ?


ठुल्दाइ तारेमाम ! कबिता राम्रो लाग्यो ! गन्तब्यमा पुग्न हामीलाई कुनै पनि बाधा अड्चन ले रोक्नु हुन्न भन्ने मेरो पनि मान्यता छ !


 
Posted on 09-08-09 8:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्वस्ती गरें है सबैलाई।


काल पर्खिरा छ, गाँज्नु अघि नै बाँचेर सकाउनु छ। ल लागेँ है म चै त्यै कर्म मा।


 
Posted on 09-08-09 9:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीको चौथो वार्षिकोत्सवको उपलक्षमा ढिलै भए पनि आफ्नो उपस्थिती जनाउँदछु!


----


"आयो टप्प टिप्यो लग्यो मिती पुग्यो टारेर टर्दैन त्यो!


" पवनजीको आत्माको चिर शान्तीको कामना!


 
Posted on 09-08-09 9:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् गाम्ले हरु


ठुल्दाइ, दीप ब्रो, रिट्ठे, नमे अनी सोनु


सबैलाई स्वागतम


केली लाई फेरी पनि सिध्र श्वास्थ लाभ को कामना


गेट वेल सून केली .....


 
Posted on 09-08-09 9:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्बाल बा लाई पनि स्वागतम अनी तारेमाम्
 
Posted on 09-08-09 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै चौतारीबासिलाई चौथो वार्षिकोत्सव  को उपलक्ष्यमा बधाई तथा शुभकामना !!
 
Posted on 09-08-09 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीलाई ढिलो नै भए पनि जन्मदिनको शुभकामना। आउँदा दिनहरुमा अझै झाङिएर आवोस।


फेरी झङिएर आवोस भन्दैमा ट्रिम नै नगरने भनेको चै होइन नि, यसो ह्यर स्टाईलमा चेन्ज त कहिले काही आउन पर्‍यो नि। आफु मात्रै कपाल काटेर चिटिक्क पर्ने होइन है रिट्ठे नत्र गाउलेहरुले त्यो मसिना तिम्रा खुट्टी पिटिक्क पार्लान।  


हाकु छोएला खान त हुन्थ्यो तर बासी भईसकेछ फेरी बौचा ले के बिदी गिचलेको हो हातले गुइठा नै बनाउन लागेको जस्तो। ५ दिनको भोका लाई दियो भने पनि भयो तिमी नै खाउ भन्ला जसरी।   


केलिको खबर साच्चिकै हो भने सिघ्र स्वास्थ लाभको कामना।


पवन दाई को दिवङत आत्माको चिर शान्ती को कामना।


 
Posted on 09-08-09 10:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पर्वते अनी दिपिका लाई पनि तारेमाम्


हाकु छोएला बासी कती मिठो हुन्छ भनेर दिपिका लाई थाहा नभए जस्तो छ


कहिली खा भए पो थाहा हुनु -


अनी अर्को कुरा - हाकु छोएला राख्ने तरिका पनि त्यही हो


कहिले देख्या भएपो थाहा हुनु -


ल भयो अब - अनी के छ साथी - सञ्चै होइन त - धेरै बिजी हुनु भएन


 
Posted on 09-08-09 10:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

किन हिक्क हिक्क भयो भन्छु नि ! दिपिका ले कुरा काट्या रइछन्त !


त्यो कपाल काट्ने वाला डाइलग कतै बाट फिर्ता आउँला है दिपिका ! तै पनि म त कपाल काटेर भन्दा पालेर पो चिटिक्क पार्छु ! मसिनो खुट्टा पिटिक्क पार्ने रे, कत्तिन देख्या जस्तै  के फेरी !


बधाई शुभकामना मात्रै होइन यसो कबिता कथा लेख्नु पर्‍यो नि सबैले ! म केइ नजान्ने ले त लेखेर टाँसे तिमीहरु त झन धुरन्धारहरु !


बौचा त्यो केली को खबर साचै हो त? हो भने मेरो पनि स्वास्थ्य लाभ को कामना भातिजी लाई !


जिम्माल बा ल चौतारी महोत्सवको उपलक्ष्यमा आज गन्नु पुराण हाल्नु पर्‍यो ल !


दीप ब्रो र पर्बते मार्साप लाई पनि हेल्लो बोल्दिया जा !


 
Posted on 09-08-09 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साँची बिस्टे बिरादर पनि फर्किने बेला भयो हैनत? कसैलाई थाहा छ केही खबर? हर्के पड्के त म:म बजाउदै होला महेन्द्र बौचा को मा ! ए हर्के त्यो मैले ल्या' खसी र बुङुर कता लुका'र गएउ अस्ती?
 
Posted on 09-08-09 10:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम रिट्ठे, लहरे , दीप, बिर्खे, दीपिका, पर्बते आदी इत्यादी ।
जन्मोत्सब कै नाम मा भए नि दुर्लभ औतारीहरुको दर्शन पाएकोमा हर्खले गदगद भएको छु ।



बिस्टे काजी को फिलाइट हिजो थियो भने सि आज ब्यान नयाँ भोटो पुगेर फस फस निद्रामा होला। डिस्टर्ब किन गर्ने ? मखुला ??
 


 
Posted on 09-08-09 10:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेइ त ठुल्दाइ, जन्मोत्सव कै बाहाना भये नि आए नि औतारिहरु त ! तर आउन पा' छैन टाप दिये जस्तो छ !


कसैले सान्नानी लाई देख्यो? सान्नानी वि मिस यू ! कम ब्याक प्लिज !


 
Posted on 09-08-09 11:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो नि बौचा मैले बासी छोएला चै खाएकी छैन र खान मन पनि छैन र खाउ भने पनि खान्न, मर्नु छ र पेट दुखेर? सबैको इम्युन सिस्टम तिम्रो जस्तो हुँदैननी, कत्तिन कराउछ   तिमीनै बासी छोएला  खादा खादा जिउ हेर्दा आँफै हान्ने राँगो जस्तो ( रोक्नै सकिन  )भईसक्यौ अझ अरुलाई पनि त्यस्तै बनाउने सुर कसेको होलानी। रिट्ठे तिमी पनि नखाउ है। 


अनी छोएला राखेकै देखेको छैन त नभन्देउन मेरा साथीहरुकै बेज्जेत हुने गरेर। तर मैले हातैले त्यसरी राखेको चै देखेकी छैन। तिमी फोहरी मात्रै होला अरुले घिन मानोस कि नमानोस खानामा पनि क्वाच्च हात हाल्देको छ।


ल भयो बौचा, म सञ्चै छु। तिमी नि? अब तिमी कता तिर छौ त के सोधाई भयो र बिरालोले बच्चा के सार्छ होला र जती तिमी र तिम्रा प्रोजेक्ट सर्छन तै पनि हासी खुशी दिन बिताइराखेको होलाउ भन्छु है।  


हिजोको ले छोडेको छैन होलानित त रिट्ठे तिमीलाई अनी किन आउँदैन त हिक्क हिक्क। पानी खाउ पानी


त्यही नदेखेको भएर त मसिना खुट्टी भन्देको नि अब भुस्तिघ्रे त कसरी भन्नु त नदेखेको मान्छेलाई । अनी कपाल को डाइलग चै सच्चिकै फिर्ता आउँला जस्तो छ र भनेको? अनी के पाल्छौ त कपाल?


म टाप दिएको छैन है। त्यो अध्यारोमा हानेको रिट्ठेको झटारोले फेरी आफ्नो कन्चेटी फुट्ला भनेर भन्देकी नि म यही छु भनेर।


ठुल्दाइ तारेमाम!


 
Posted on 09-08-09 11:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कहाँ गएर छोएला खाको यो दिपिका ले - हात ले राख्दैन रे छोएला


असली छोएला नै खाको छैन राइछ - अनी कसारी थाहा होस् त -


अरुलाई राँगा भन्दा त खुब हासुठ्छ है


 
Posted on 09-08-09 11:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

-गन्नुपुराण, अध्याय ६, चौतारी नैतिकपाठ


((गन्नुउवाच-))


गन्नुभाई- " अबे काणे!....अबे लंगडे!...अबे रंगिला!...कहाँ मर गए सबके सब?"


रिठे काणा- "गन्नुभाई! आप मेरे कु बुलाया भाई?"


गन्नुभाई- "अबे भुतनीके! सिर्फ बुलाया नक्को, गालि देके बुलाया!"


रिठे काणा- "खेँ खेँ खेँ भाई, आपके गालि भि अपुनको प्यार के माफिक लगनेका है!"


गन्नुभाई- "अबे चापलुसिके चासनि, अगर अपुन तेरि कनपटीपर अख्खा घोडा घुसेडेंगा तो काहेकि माफिक लगेंगा रे?"


रिठे काणा- " भाई आप भि न!"


गन्नुभाई- "अबे ये चौतारीपे सब पब्लिक लोग आज काहेकु टाँयटाँय कररेला है? कोई कैटरिना आरेली है क्या?"


रिठे काणा- "भाई कैटरिना नक्को आरेलि है,आज चौतारीका जनमदिन बोले तो हैप्पिबड्डे है भाई!"


गन्नुभाई- " तो?"


रिठे काणा- "तो सब पब्लिकलोग वहिच मनारेला है!"


गन्नुभाई- " पब्लिक लोग हैप्पिबड्डे मनारेला है कि तु मेरे कु बनारेला है?"


रिठे काणा- "भाई आप भि, अपुन भाईको कैसे बनानेको सकता है भाई?"


गन्नुभाई- "चल जान्दे! बोल कोइ आईटम वाईटमका डानस देखनेको मिलेंगा क्या?"


रिठे काणा- "भाई आप भि सुब्बो सुब्बो आईटम खोजरेला है!"


गन्नुभाई- "काहे कु रे छुछन्दरकि दुम? सिरफ तेरेको हि जवानि सुझति है रे क्या?"


रिठे काणा- "खेँ खेँ खेँ भाई, आप तो बिलकुल जवान है भाई। आप मेरे पैदा होनेके टेमपे भि जवान था और आज भि है भाई, बिल्कुल दुरस्त् सलमानखान लगरेला है भाई!"


गन्नुभाई- "क्या बोला तु कुत्तेके मुहपे फँसेले हड्डि? अपुन सलमान खान दिखता है क्या? तेरेकु आज चौतारिके जनमदिनपे लुढकनेका है क्या?"


रिठे काणा- "माफ करना भाई, अपुन गुलशन ग्रोवर बोलरेला था"!


गन्नुभाई- "हाँ अब ठिक है! आगे बक्!"


रिठे काणा- "भाई वो आईटमका डिपारटमैन्ट अपुनका हर्के रंगिला देखरेला है!उसको फोन लगाउँ क्या?"


गन्नुभाई- "हाँ फोन लगा और एक से एक करारि आईटमको लानेको बोल्!"


रिठे काणा- " "


गन्नुभाई- " अबे काणे, सो गेला है क्या?!"


रिठे काणा- " "


गन्नुभाई- "अबे आखिरि खजुरके किडे लगे बिज, मेरेको सुनता नक्को रे? किधरकु देखरेला है?"


रिठे काणा- " भाई वो, आज दीपीका हठेलि आएलि है देख भाई खसबुरत दिखरेलि है!"


गन्नुभाई- (घोडा निकालते हुवे) "अबे साँपके बिलमे घुसे हुवे चुहे, आईटमकि बात होरेली है और तेरा खडुस आँख दिपीकाको घुररेली है? तु मरेंगा हि मरेंगा आज अपुनकि हाथ से! बेहेन हे अपुन कि वो! जो उसको देखेंगा अपुन उसका आँख निकालेंगा, जो उससे बात करेंगा अपुन उसका जिभ काटलेंगा, जो उसको छुएंगा अपुन उसका हाथ काटदेंगा! कोई चौतारीके छोकरीको आँख लगानेका नक्को! सब पबलिकके साँणे लोगको बोलता है अपुन! याद करनेका!...तु तो गया काणा! तु तो काम से गएला हि गएला!"


(रिठे काणा चुपचाप खिसकके गायब होता है)


 
Posted on 09-08-09 11:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन त म यो चौतारीको बाटो पहिले हिंडेको छैन। आज टाढै बाट हेर्दा सार्है झकिझकाउ अनी चहल पहल देखेर आकी। चौतारीको ह्याप्पी बिर्थ डे पो रहेछ। यो चैतारीको कारणले गाँसिएका सम्बन्ध अनी बढेका आत्मियता सधैं गाढा र ताजा रहुन, मेरो पनि शुभकामना......


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS To F-1 COS
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Nepal TPS has been Extended !!!
Nepal TPS decision
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
ICE kidnapping people off the streets over op eds
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS to F1 Status.
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
What is the purpose of an F1 student visa in the U.S.?
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
#MAGA#FAFO is delicious
Any input on remote jobs(IT related or Sales or Marketing)?
Don’t Just Read—Join the Conversation
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters