[Show all top banners]

Nepal ko chora
Replies to this thread:

More by Nepal ko chora
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 एउटा प्रेम कथा ... बिदेशको

[Please view other pages to see the rest of the postings. Total posts: 24]
PAGE: <<  1 2  
[VIEWED 24746 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 07-13-10 10:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?     Liked by
 

घर-अफिस-घर को चक्र बाट केही दिन को लागी भए पनि मुक्ती मिल्ने भयो भनेर म दंग थिए।  अफिसियल कामले फेरी  एक चोटी थाइल्यान्ड  जानु पर्ने भयो।  हुन थाइल्यान्ड  मेरो लागी नयाँ  गन्तब्य थिएनअफिस कै कामले  पहिला - चोटी ब्यङ्कक  पुगेकै हो। तर  मैले यस पटक  को भ्रमण लाई  अली फरक बनाउने  निधो गरे। एक  हप्ता को अफिस  को ट्रेनिङ सँग  दुई हप्ता को  ब्यक्तिगत घुमघाम मिसाएर थाइल्यान्ड  को बसाइ लाई  तीन हप्ता तन्काउने।  भीसा पाउन त्यती  धेरै पापड बेल्नु  परेन। बिहान गएर  पासपोर्ट अरु  चाहिने कागजातहरु बुझाइयो, बेलुकी  हातमा पासपोर्ट पर्योभीसाको साथमा। आउने जाने  अनी एक हप्ता  को बसाइ खर्च  अफिस ले  नै बेहोर्ने भएको  ले त्यसको कुनै  चिन्ता भएन, तर  बाँकी दुई हप्ता  चाही के गर्ने  भनेर योजना बनाउनु  पर्ने भयो।

थाइल्यान्ड मा आफु ले चिने-जानेको कोही भए दुई हप्ता बिताउन धेरै गाह्रो हुने थिएन, फेरी घुम्न जाने ठाउँ को बारेमा पनि धेरै सोच्नु परेन। कहाँ कहाँ घुम्न रमाइलो छ भनेर भनि दिने गाइड पनि पाईन्छ भन्ने लागेर कोही छ की थाइल्यान्ड मा चिनेजाने को भनेर सोच्दा झल्यास्स अन्जली को याद आयो।   नाता ले त काकी को भान्जी पर्ने, तर घर नजिकै भएको ले पहिला देखि नै चिन्जान थियो। केही महिना अगाडी मात्र सिङ्गापुर बाट पढाई सकेर फर्केकी अन्जली को बिहा भएको थियो। उनको श्रीमान ब्याङ्कक मा काम गरिरहेको ले उनी पनि त्यतै गएकी थिइन। डायरी बाट अन्जलीको एड्रेस खोजेर एउटा ईमेल पठाए: “अफिसको कामले थाइल्यान्ड आउन लागेको अनी त्यहां आएको बेला मा उनको फुर्सद भए भेटौ भनेर।“ भोली पल्ट उनको रिप्लाइ आयो: “भै हाल्छ नि, कहिले आउने हो? सबै डिटेल पठाउ अनी मिल्छ भने २-४ दिन हामी का पनि बसेर जाउ।“ मलाई त ढुङ्गा खोज्दा देउता मिलेको जस्तो भाई हाल्यो, मेरो योजना को सबै बेलिबिस्तार लेखेर पठाइ दिए।

जिन्दगी को भाग-दौड मा कति चाडो दुई हप्ता बितेको पत्तै भएन। थाइ एयरवेज को दिउसो को फ्लाइट थियो। भाग्य ले झ्याल तिर को सिट परेको रहेछ, हिमालको मनोरम द्रिश्य हेर्दै केही घण्टामै ब्यङ्कक पुगियो।  एयरपोर्ट बाट ट्याक्सी लिएर होटल पुगे, त्यही होटल मा नै ट्रेनिङ थियो। दुई बर्ष पछि ब्याङ्कक पुग्दा त्यहा खासै केही परिवर्तन भएको देखिन, उही भिडभाड, त्यही गाडी को तातीहरु। एकपल्ट झुक्किए पनि के आफ्नै काठमान्डु मै छैन भनेर? तर अग्ला अग्ला घर अनी अली चौडासडकहरु देखेर बिश्वस्त भए, हैन साचिकै ब्याङ्कक नै पुगेको रहेछु।   भोली पल्ट देखि ट्रेनिङ थियो, दिनभर को भागडौद ले होला बिछौना मा पल्टेको मात्र के थिए भुसुक्कै भएछु। 

दिन भरी को ट्रेनिङ अनी बिहान बेलुकी त्यही ट्रेनिङ मा भेट भएका साथीहरु सँग को भलाकुसारी ब्याङ्कक को अली अली चहलपहल हेरेर पहिलो हप्ता सजिलै बित्यो। एक हप्ता चाही अन्जली कहाँ बसेर ब्याङ्कक कै वरीपरी घुम्ने अनी अर्को हप्ता चाही फुकेट जाने मेरो योजना थियो। ट्रेनिङ सकिएको दिन अन्जली लाइ फोन गरे, भोली पल्ट बिहान को खाना खाने गरी आउनुस न त भनेर निम्ता गरिन।  बिहान उठेर हात मुख धोएर फ्रेश भए। अरु दिन त सधैं त्यही होटल मा नास्ता खाने गरेको ले होला त्यो दिन भने नास्ता खाना बाहिर जान मन लाग्यो। बाटो पारी एउटा क्याफे रहेछ। काउन्टर मा गएर कफी र केक अर्डर गरे अनी एउटा खाली टेबल मा गएर बसे। केही क्षण मै अर्डर आइ पुग्यो, पत्रीका मा ब्यस्त भएको आँखा उठाएर हेरे। एउटी सुन्दर युबती ले कफी र केक ल्याएर मेरो टेबल मा राखी दीइन। उनको अनुहार मा मन्द मुस्कान थियो। हेर्दा त थाइ जस्तो लागेन, मङोलियन अनुहार त पक्कै थिएन त्यो। की त इन्डियन न भए त नेपाली हो की जस्तो लाग्यो। एक मन ले त सोधौ की जस्तो लागेको थियो, तर सोध्ने आट गर्न सकिन।  "थ्यान्क यु" भने, केही शिस्टता त देखाउनै पर्यो। "यु आर वेलकम" भनेर उनी फर्किन, एउटा अङ्रेजी गीत सानो स्वरमा गुन गुनाउदै, म भने उनलाई एक छिन हेरी रहे। धपक्क बलेकोअनुहार, कुम सम्म आउने कपाल अनी मिलेको शरीर, उनमा एउटा छुट्टै आकर्षण थियो।

क्रमश …….

Last edited: 13-Jul-10 10:32 AM

 
Posted on 03-08-12 1:39 PM     [Snapshot: 3745]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अस्तिन क्रेजी ले तीन बर्ष लगाएर कथा सकीछे भनेको त नेप्चु को पनि उही ताल रहेछ। एक भाग मै सुस्ताको तिमी? 

च्याङ माइ शहर को थाइ खाना त खुब प्रख्यात छ भन्ने सुनेको थिएँ,  तिमीले बयान गरेको देख्दा त शहर पनि निकै रमाइलो होला जस्तो लाग्यो।

बाँकी भाग चै अल्छि नगरिकन नै अघी बढाउ है।
 
Posted on 03-09-12 4:57 PM     [Snapshot: 3920]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेप्चे-जी ,
खै लुना कथा को यो धागो अड्केको धेरै भो.... मैले येस्सो धक्का मात्र दिएको है सम्झाउन ... बाकि चाडै पढ्न पाउ है ......

जय नेपाल आमा


 
Posted on 03-10-12 9:49 AM     [Snapshot: 4148]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

2 part sakke pachi balla prem katha suru hola jasto cha :)
 
Posted on 03-10-12 10:00 AM     [Snapshot: 4149]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

La hai Aba kehi hola jasto cha!!!
 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS Re-registration case still pending ..
TPS for Nepal likely to extend next week
सालीको चाक
ChatSansar.com Naya Nepal Chat
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
TPS To F-1 COS
Venezuela TPS lawuit
Toilet paper or water?
tesla stock OMG !!
Those who are in TPS, what’s your backup plan?
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters