हामी सबैलाई नेपाली गीत संगितको माया लाग्छ, सुन्न मनलाग्छ, गाउन मनलाग्छ, गीत बजाएर नाच्न मनलाग्छ। फरक यति हो कसैलाई आस्था, नेपथ्य र 1974 AD का गीतहरु सुन्न मनपर्ला त कसैलाई नारायण गोपाल र प्रेमध्वज प्रधानको गीतहरुमा लठ्ठ हुन मनपर्छ होला। अहिले धेरै नेपाली गीतहरु अनलाईनमा पनि उपलब्ध छन्। कतिपय साझाकै मित्रहरुले पनि अनलाईनमा उपलब्ध नभएका राम्रा गीतहरु साझाका अरु मित्रहरुको लागि उपलब्ध गराइरहनु भएको छ, जुन प्रंसशायोग्य छ।
धेरै आधुनिक नेपाली गीतहरुको शब्दहरु पनि अनलाइनमा पाईन्छ तर मैले थोरै मात्र नेपाली लोक गीतहरु र ती गीतहरुका शब्दहरु अनलाइनमा पाएको छु। जती छन् ती मध्य धेरैलाई त रिमिक्स गरेर ध्वस्त पारीएको छ र बाँकी चाँही खैरेनिमा गेट, दमौलीमा गेट जस्ता सुन्दै वाक्क लाग्ने दोहरी गीतहरु मात्र छन्। मलाई आशा छ हामी मध्य धेरैसँग त्यस्ता पुराना र ठेट नेपाली लोक गीतहरुको सँगालो होला। यदी तपाईंहरु सँग त्यस्ता लोक गीतहरुको छन् भने कृपया त्यस्का शब्दहरुलाई यस धागोमा कोरिदिनु होला साथै त्यो गीत सुन्न र हेर्न मिल्ने कुनै लिन्क भए त्यो पनि टाँसी दिनुहोला।
आज एक चोटि फेरी मादल घन्काएर नाँचू नाँचू झै भएको छ। लौ साथी हो, सबै मिली गाउन त नेपालको भिरपाखा पधेरीमा गुन्जने लोक सुसेलिहरु।
मेरो तर्फबाट पहिलो प्रयास बिमलराज छेत्रीको स्वरमा रहेको यो लोकलहरी
आमा रुँदै गाउ बेसी मेलैमा छोरो रुँदै गोरखपुर रेलैमा - २
आज आउँला भोली आउँला बर्षौ बितिगयो छोरा पर्खी बस्दा बस्दा बुढेसकाल भयो बूढा बाबु ओछ्यानबाट तिमीलाई बोलाँउदैछन् घरका जहान परिवार सम्झी रोईरहेका छन्
Please log in to subscribe to Geology Tiger's postings.
Posted on 10-05-10 9:42
PM [Snapshot: 634]Reply[Subscribe]
Login in to Rate this Post:
0 ?
धन्यवाद सयपत्री! यो मिठो चुड्का/कौडा गीतको लागि। चुड्का र कौडा प्राय: पश्चिम नेपालमा मगर र गुरुङ बिच लोकप्रिय छ जस्तो लाग्छ। तर मलाई यो चुड्का र कौडा बिचको भिन्नता थाहा छैन। कोही मित्रलाई थाहा भए दुइचार अक्षर कोरिदिनुहोला।
यसको साथै सुर्य थुलुङ र हिरा देवी राइको स्वरमा रहेको यो सदाबहार लोक गीत माछी मारन..
Please log in to subscribe to Geology Tiger's postings.
Posted on 10-06-10 11:14
AM [Snapshot: 718]Reply[Subscribe]
Login in to Rate this Post:
0 ?
माफ पाउँ npthito 'यो घरबेटी नानी' भन्ने गीतको ओरिजिनल ट्र्याक मसँग छैन र मैले फेला पार्न पनि सकिन। जताततै त्यो डिजे सन्तोषले ध्वस्त पारेको ट्र्याक मात्र भेटिन्छ। यो गीतको वास्तविक गायक गणेश रसिक हुन् जस्तो लाग्छ, तर जति गरे पनि वहाँको स्वरको ट्र्याक चाँही फेला पर्न सकिएन। यदी मित्रले फेला पर्नु भयो भने राखिदिनु होला है।
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Nepal TPS has been Extended !!!
Nepal TPS decision
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
ICE kidnapping people off the streets over op eds
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS to F1 Status.
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
What is the purpose of an F1 student visa in the U.S.?
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
#MAGA#FAFO is delicious
Any input on remote jobs(IT related or Sales or Marketing)?
Don’t Just Read—Join the Conversation
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.