[Show all top banners]

hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ६५~~

[Please view other pages to see the rest of the postings. Total posts: 594]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 231389 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 07-30-07 4:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ६५


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

       
  
-
-चौतारी - भाग ६५ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६५ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 65 editions.

Meet the world's finest school teacher, unbeatable students,
mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted
story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-
rays, all on the stage of Chautari of Sajhaland.


.गोताएँदाइकोब्लग
- कफी विथ कुम्ले कार्यक्रम दोस्रो भागमा ठूली, तितौरी र सान्नानीको अन्तर्वार्ता, अरू आउने क्रममा
- क्लोज-अप - चौतारी तारारामपम प्रायोजकको अभावमा स्थगित
- चौतारीमा बिभिन्न किसिमका समाचार प्रसारण सुरु
- भउतेद्वारा सुध्रिने घोषणा, हरेकको जिस्काई/थर्काईका बाबजुद सुध्रिछाड्ने प्रतिबद्धता



ठुल्दाइको कविता/सविता/रमिता

यो माया पाप हो भने,
*******************

यो माया पाप हो भने,
तिमी अग्नि भएर उठ
म त्यही तापमा जलिदिन्छु।
यो माया श्राप हो भने
तिमी बानी भएर जाग
म चुपचाप सहिदिन्छु।
यदि यो माया पाप होइन भने
यो माया श्राप होइन भने
कुनै करकाप होइन भने
आउ निस्पाप अंगालो लिएर,
चोखो म्वाइ मा बांधिएर
जन्म जन्मान्तर् सम्म
एक अर्कामै सम्माहित् भएर
तिमी खाली सिउंदो फर्काएर
म मायाको छाप भर्दिने छु
मायाको अमर मिलाप लेखिदिने छु।




 
Posted on 08-01-07 9:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहाहहा भउते, हाहहाहाहा

" इट्स ड्याम गुड, टेस्ट्स लाइक शिट्"

रोटफल रोटफल
 
Posted on 08-01-07 9:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए हैजाका सत्तुर असत्ती मा-रोगी पातकी कैती मूर्धार चोर फटाहा भाते पुण्टे बूडा ! जिम्दै छौ कि आँखा पल्टाईसक्यौ?
(पुण्टे बूडालाई हाजमोला दे को!)

अनि ए पात्तेका काहीँ नबिकेका जिम्माले कुप्रे, ती चाउरी परेका गाला आइरन ला'र तन्का'र कल्लाई हेरेर तिम्रा ती कोप्रे आँखा फुटा'छौ हँ?

(सप्पै सप्रेछन्, अब आफू चाहिँ बिग्रनु परो!)
 
Posted on 08-01-07 9:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यालर्जी नि हुन सक्छ है, नेउची-जी! क्लारिटिन पेल्दिम्। टाउको मत्रै दुख्या भे त वहाँ हजुरलाई मिच्न लाउन हुन्थो, आँखा, कान सबै मिच्यो भने त फिरि बहिरी, अन्धी होला भन्नि पिर।

आराम गरम्। घरको सिन्को नि नउठाम्, वहाँ हजुरलाई पेल्नि मौका यही हो!

बिर्खे नकचरो! अर्कालाइ आफू जस्तै हलुवाई भन्ठानेको?
 
Posted on 08-01-07 9:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो सोझो नमस्ते भनेको कस्तो हो भउते जि?
आफुलाई त सोझो नमस्कार् फर्कौनै आउन्न क्या रे
 
Posted on 08-01-07 9:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सोझो नमस्ते भनेको हैन के। सोझो भउते पो भनेको। आँखामा नि सिटामोल हाल्न पर्नि भा' हो र?
 
Posted on 08-01-07 9:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्लारिटिन त खांदै छु पुन्टे दाजु। वहाँ हजुरलाई पेल्नि मौका यही हो, पक्कै हो

 
Posted on 08-01-07 9:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन ए पूण्टे बुडा, सुत्नु पर्दैन क्या हो?? कि ढेडो को कमालले कम्पुटरै पाईखाना भित्र फिट गरेर रातभरी चौतारी रूँग्ने हो
 
Posted on 08-01-07 9:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

LOL

गोताएंले अघि हुसुरेको ढेंडो १५ सेकेन्ड मै पचाइदियो। राता रात नै पठाईदिम् कि, भउते काजी? "टु बि ओपन्ड वन्ली बाई शिट्टी याड्रेसी" लेखेर हाल्दिम्ला नि।
 
Posted on 08-01-07 9:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब सोझो भउते जि को सोझै नमस्ते त हुन्छ नि
 
Posted on 08-01-07 9:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाँकी अरुलाई पनि धारे हात लगाएँ है मैले!
 
Posted on 08-01-07 9:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भोलि त छुट्टी, मकै भुट्टी, हरि! यस्तै एउटो काम आईलाग्या छ भोली।

हो ब्यारे, नेउची! निको भएनि अझै दुखेको स्वाङ् पार्दै पेल्दिम्!
 
Posted on 08-01-07 9:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन ए पातकि गोताएँ क्यार्न म बुडोलाई सराप्छौ हँ? तिउँरा के खाइद्या थेँ र नारन पल्लो जुनिमा??? यो बुडोलाई नानाभाँति भन्छौ तिउँरा गाला-साला सपै भोलि ब्यान नहुँदै मेरा भन्दा नि बढि चाउरिउन हे पर्मेस्वोरी! यो जगल्टा सपै सोतर भ'र पुन्टे बुडाओ जस्तो होस परमेस्वोरी!
हामि त बाबै अब त ठिटो हुँदैछम के रे, के जाति आइरन साइरन केइ अर्न नपर्ने ओखति खाका छम हामिले!
 
Posted on 08-01-07 9:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बा, ओखति खानुभाको कि सर्जरी गर्नुभाको? कि दुबै?
 
Posted on 08-01-07 9:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्न "बाँकी अरुलाई" भनेछ। नत्र मेरो छिप्या खप्पराँ तो धारे हात लगा' भे, हातै तीन टुक्रा हुन्थो!
 
Posted on 08-01-07 9:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन ए गोताएँ, तिम्लाई हरिया बाँसाँ कसेर टुँउँउँउँउँउँउँउँउँउँउँउँउँउँउँउँ पार्दै लगेर राम्दीघाटाँ पुताम्न। ती पितृ हुनिबेला भा'का बुढाहरुलाई किन सराप्छौ हँ ? सउछौ भने हामीसँग निखुल्किअ न।
 
Posted on 08-01-07 10:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जाबो नङ् कटरको फिस्टे चकु देख्दा सातो जाने जिम्माले ले के सर्जरी ग-यो होला र? ओखती भनेको तेई यार्सागुम्बा होला के रे, तो नि जिम्माल्नी नै नभेटि के काम?

अरु केई होईन, ब्यान ब्यान ईस्त्रीले डाम्ने गरेको चईं पक्कै हो! तेई भ'र अनुहार नि दिउँसै बत्ती बालेर हेर्न पर्नि कालो छ बज्जेको!
 
Posted on 08-01-07 10:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन के खोज्या छौ ए पातकी जिम्माले! तिम्रा नली खुट्टा पटक्कै भाँच्दिन परो कि ढाड खुस्काइदिन परो! तिम्रा ती चाउरीमा साँच्चिकै आइरन लाउनु परो कि क्या हो हँ?! हेर तिम्रा ती जगल्टा त के टाउका' छाल जम्मै तान्न सकिन भने म पनि गोताएँ हैन गोतामे ल जा!!

दिम्सै रउसी खा'र तरुनी जिस्काउन हिँड्या छौ सुकुलगुण्डा-गुन्द्रीगुण्डा-कार्पेटगुण्डा असत्ती बूडा, ओखती खा'को भन्छौ अझ?! लाज छैन तिम्लाई?!!
 
Posted on 08-01-07 10:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"अनुहार नि दिउँसै बत्ती बालेर हेर्न पर्नि कालो छ बज्जेको"
टिल्लिक टल्केको दांत ले ठम्याउन त सकिन्छ होला नि हैन पुन्टे दाई?
 
Posted on 08-01-07 10:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लाज भा' भे त उहिले जिम्मालनि भित्रि सक्थि। लाज पचा'का बेशरम् पातकी भएर त सन्तान बिना घाट पुग्ने पक्का छ उस्को! थुईईईईईईईईईईईक्क नामर्द!
 
Posted on 08-01-07 10:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जल्ले जल्लाई जत्ति नि गाली गरे हुने हो? आफुलाई रउसी नखाई गाली गर्न आउन्न। रउसी खाएसी मातृभाषामा गाली गर्न आउने हेण रात्रीभाषाँ मात्तै हो। चढाएर आम त अलिअलि??
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
ICE kidnapping people off the streets over op eds
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Supreme Court allows Trump to end TPS for Venezuelans
#MAGA#FAFO is delicious
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
What is the purpose of an F1 student visa in the U.S.?
Any input on remote jobs(IT related or Sales or Marketing)?
Nepal Likely to Get 60-Day TPS Notice
मुद्दा हाल्छन होला र ?
TPS cancel bho bhane k garne?
EAD HELP NEEDED URGENTLY!
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters