[Show all top banners]

Deep
Replies to this thread:

More by Deep
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 शुभेक्षा

[Please view other pages to see the rest of the postings. Total posts: 492]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 NEXT PAGE
[VIEWED 524582 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 25 pages, View Last 20 replies.
Posted on 10-23-08 1:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     8       ?     Liked by
 

शुभेक्षा

 

 

"हुने बेलाँ अनेक हुन्छ, बुझिस?" बाङ्गेले मेरो कोठा भित्र छिर्दै भन्यो।

 

"त्यो बुझेको अहिले हो ? तर यो राउण्डमा बुझ्नु पर्ने के हो?" मैले सोधें। निक्कै प्रफुल्ल देखिन्थ्यो। कोठाको ढोका लाउनु अघि यसो भर्याङ्ग सम्म पुगेर उस्ले माथि हेर्यो, यता उती यसो चाल बुझ्यो अनि कोठाको ढोका लायो।

 

उस्को चाल हेर्दा कुरा गतिलै जस्तो बुझियो।

 

छालाको ज्याकेटबाट पाँचसेपचपन्नको एउटा खिल्ली तिर तेर्साउँदै भन्यो " यो सल्काउँदै गर --"

 

"काँ सल्काउने कोठामा? उसै जो भेट्यो उसैलाई छोरो बिग्रियो भन्न थाल्या छन अचेल  --"

 

"ह्या भन्दै गर्छन नी -- झ्यालाड फुकम बाहिर भैहाल्छ नी --लाईटर झिक --" बाङ्गेले एउटा अर्को खिल्ली पनि झिक्दै भन्यो। पान्सेपचपन्नको खिल्ली नलिएर पनि भएन। लिन लिएँ तर अब सल्काईहाल्ने आँट पनि आएन।

 

लाईटर तिर नलाग्या देखेर होला उस्ले सोध्यो "किन ? को को छन घराँ? तेरो बा काकालाई मैले मोटरसाईकलाँ टंगाल तिर बत्त्या देख्या हो अघि --फेरी के को डर हो?"

 

"भरे बाउ फर्किदा यहाँ धुबाँले छोड्या गन्धले सबै पोल लाई हाल्छ नी" मैले भनें। भन्न भनें तर चुरोट तान्ने धुन गज्जबले चढी सक्या थ्यो।

 

"अब थाह नभा कुरो भे पो --- माथि तेरो काकाको कोठाँ चार्ली सेन्ट होला नी -- जा लिएर आईज-- दुई चोटी छ्वास छ्वास दिएसी मग मग हुन्छ कोठा --" उस्ले सुझाव दियो।

 

सुझाब ठिकै हो तर माथि काकीले किन भनेर सोधिन भने? के भन्ने के --

 

"किन बेक्कारको रिस्क लिने -- हिन्न उता भिमसेन थान तिर जाम --त्यता बाट बिशाल नगर जाने गल्ली तिर लागे सी चुरोट के हुक्कै तानेनी केही फरक पर्दैन।" मैले भनें।

 

"त्यो हो -- चिया सँग तान्न पाए हुन्थ्यो भन्या के -- जा चिया भन माथि -- यहाँ मिलार सल्काउँछु के -- बरु लाईटर काँ ? उही दराजको दोस्रो खण्डमा हैन ? एडभान्सड फिजिक्सको पछाडी?" सोध्दै जस्तो पनि गर्दै र्याक सम्म पुगिसक्या थ्यो।

 

"यहाँ मिल्दैन बाङ्गे तान्न-- पख चिया भनेर आउँछु अनि के गर्ने बिचार गरम्ला" मैले उस्लाई रोक्दै भनें।

 

"बोरै गर्छस यार तैले पनि -- एउटा चुरोट तान्न पनि त्यो दुर्योधनले धोती तान्दाको जस्तो टेन्सन -- जा।" मेरो ओछ्यानमा बस्दै उस्ले भन्यो।

 

"दुर्योधनले त तेरै धोती तान्या त होला नी" ढोका तिर लाग्दै मैले भनें।

 

"द्रौपदीको तान्ने चै को त? ए! दु:शासन हो क्यारे -- त्यो द्रौपदी पनि हरहराउँदी थिई है महाभारतमा --अब ओरिजिनल त देखिएन सिरियलको कुरा गर्या नी--अहिले के गर्दै होली है--" बाङ्गे द्रौपदी चिन्तनमा लाग्यो।

 

माथि तिर लागें। बाङ्गेको भर थिएन। तु फर्किनु थ्यो।

 

माथि मैले चिया भनेर आउँदा बाङ्गेले तल चुरोट सल्काईसकेछ। कोठाँ पस्ना साथ पडकिएँ। उस्लाई केही केही। "जा माथि पुजा कोठाबाट एउटा गतिलो बास्ना आउने धुप ल्या -- अनि एउटा जुन देउताको भा नी फोटो पनि च्यापेर ल्या -- अरुले देख्दा तँ सुध्र्या जस्तो नी हुने --हाम्लाई बिग्रिन नी मिल्ने --आईडिया सिक्न यार दाई सँग --अब संगत गर्या पनि निक्कै भैसक्यो --" बाङ्गे ढुक्कै थ्यो।

 

"यो मैले तेरो सल्काईदेको हो -- ला ली -- मेरो चिया सँग सल्काउने हो --" उस्ले चुरोट तिर तेर्साउँदै भन्यो।

 

अब कसैले तल मेरो कोठामा चिया लिएर आउलान भन्ने पिर भो --त्यसको उपाय माथि आफैले चिया लिन जानु थ्यो --आफु माथि जाने भए पछि चुरोट तानेर जाने कुरा भएन -- धुप पनि साँच्चिकै खोज्नु पर्ला जस्तै थ्यो। यत्तिकै कोठाबाट निस्किएँ।

 

चिया लिएर आउँदा बाङ्गेले अघि सल्काको चुरोट सकाईसकेछ। धुवाँको गन्ध रंगमंगीएकै थ्यो कोठामा।

 

चिया लिंदै सोध्यो। "खोई देउता? देउतालाई नी दे एउटा सल्काएर -- सरसोतीको फोटो होला नी सरसोतीको--जा ले -- बिद्यार्थीले सर्सोतीको अगाडी हैन धुप बाल्ने? बाउले भरे स्याबास भन्छन -- बिद्यानस -- बरु छिटो गर" उस्ले अर्को चुरोट झिक्यो।

 

एक छिनमा नभन्दै मेरो कोठामा सर्सोतीको फोटो अगाडी एउटा धुप बल्दै थ्यो। नबालेर के गर्नु?

 

"ए! सर्सोतीलाई देखेर संझिएँ --झन जे भन्न त्यै भन्न बिर्सी रा--" बाङ्गेले चिया चुरोट सँगै भन्यो।

 

"के?" मैले सोधें --

 

"हुने बेला अनेक हुन्छ के " उस्ले भन्यो।

 

"के भो?" मलाई पनि थाह हुनु पर्यो नी।

 

"तरुनीहरु खोज्न कहाँ मात्रै पुगिएन? --के मात्रै गरीएन? के मात्रै भोगीएन? भन --"

 

उस्ले "भन् " भने पनि त्यसमा भन्नु पर्ने केही थिएन।

 

"अनि अहिले के भो ?" मैले बरु सोधें।

 

"अहिले तरुनी घरमै आई" उस्ले मुसुक्क हाँसेर भन्यो।

 

मैले झ्यालबाट यसो बाहीर हेर्या उस्ले "तेरो घराँ हैन मेरो घराँ आई" भन्यो।

 

"को?" मैले फेरी सोधें।

 

"तरुनी" उस्ले भन्यो। अनि थप्यो "बिजुली छे बिजुली"

 

"करन्ट लागेर मर्लास नी" मैले भनें।

 

"मरे नी स्वर्गै पुग्छु" उस्ले सजिलै भन्यो।

 

"मलाई के फाईदा भो तेरो घराँ तरुनी आएर?" भाको कुरा सोधें मैले नी।

 

"अब तैले भेट्या तरुनी तेरै हुने भै-- मेरो तर्फबाट खतरा भएन --अब यो भन्दा बढी के चाहियो तँलाई?" उस्ले निर्धक्क हाँसेर भन्यो।

 

"तँ का आएकी तरुनीको कथा चै के हो नी?" मैले सोधें।

 

"अघि बाउको साथी थ्यो घराँ छोरी लिएर।" बाङ्गेले सुनायो।

 

अनि तँलाई "लाउ बाबु यो मेरी छोरी भन्यो?" मैले तिर हर्दै भनें।

 

"त्यो नी भन्छ एक दिन, बरु तँ पनि सुटको नाप दिन गै राख जन्ति पनि यही धर्के सर्ट जिपर बिग्र्या पाईन्ट लार जाने हैन होला नी?" उस्ले तिर हेर्दै भन्यो।

 

"काँ बिग्रया View/Share this post only

 
Posted on 12-02-08 11:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाङे बेपत्ता भयो भन्दैमा गुरु पनि बेपत्ता भैदिने भन्या !!!        कि प्रभोले पनि टिउसन को ब्यबस्था गर्न थालेर हो लापत्ता भएको??
 
Posted on 12-02-08 11:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाङे बेपत्ता भयो भन्दैमा गुरु पनि बेपत्ता भैदिने भन्या !!!        कि प्रभोले पनि टिउसन को ब्यबस्था गर्न थालेर हो लापत्ता भएको??
 
Posted on 12-03-08 1:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शनिबारको दिन, पशपती जानै पर्यो। त्यतै बाट धोबीखोला तरेर लागियो कुतुबाहल तिर। ....


 
Posted on 12-03-08 1:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शनिबारको दिन, पशपती जानै पर्यो। त्यतै बाट धोबीखोला तरेर लागियो कुतुबाहल तिर। ....

पशपति तिर जाँदा आउँदा मनोरन्जनहरु बाटा भरी अनि मन्दिरमै पनि टन्नै भएकोले मन त्यतै तिर अलमलियो। फर्किदा उही भण्डारखाल तिरबाट आईयो। त्याँ सेतो ढिस्काँ आएसी मैती देबी देखि स्वयम्भु सम्म हेर्दै चुरोट तान्ने चलन परापूर्बकाल देखि चलिआएकै थ्यो। त्यो बिहान पनि धर्म थामियो।

कालोपुलबाट पस्चिम लागेर मालिगाउँतिर दाहिने मोडीए पछि पहिलो देब्रे घुम्ती आउनु अघि दाहिने तिर यसो एक दुई खुडकिला ओर्लेर जाने बाटोमा अलिपर तिर आँखा सधै झै गए अनि रित्तै फर्किए। बोरै भो। क्षतिपूर्ती गर्नै पर्यो भनेर मालीगाउँबाट बालमन्दीरको पस्चिम-उत्तरढोका तिर जाने बाटोमा अलि मास्तिर सम्म पुगेरै भए पनि, नजरबन्धनमा एक दुईटीलाई पारीयो अनि फिर्ता आईयो।

मालीगाउँबाट हलुका त्यो उकालोलाई पछी पार्दै कोटालटोल आईपुगियो। अनि बाटा छुट्टीए हाम्रा। अघि ट्वाक सँग गरेको मार हान्ने कुरालाई अघि बढाउनु पर्ने थ्यो, त्यसैले ट्वाकलाई भात खाएर मकहाँ आउन भनें।

घर फर्किदा बाङ्ग्या घर तिरबाट आएँ। मोटरसाईकल थिएन घरमा। उस्लाई बोलाउन चै गईन।

भोजनको कार्यक्रम सकाएर कौसीमा बस्या एक छिन जस्तो भा थ्यो, ट्वाक सुपारी आएको देखें।

उनीहरुलाई आफ्नो कोठामा अगुबाई गरीसके पछी,  ढोका लाईसकेर मैले फेरी ट्वाकलाई सोधें "बन्दोबस्त गर्ने हैन ?"

"मलाई के सोध्छस? तैले गर्ने भन्छस भने गर्ने, हतियारको जिम्मा मेरो भो, तर पछि बवण्डर उठ्यो भनें चै मलाई था छैन" उस्ले भन्यो।

"गर्ने भने पछि गर्ने गर्ने नी अब --" मैले भनें।

सुपारी अलमलिए झै देखियो। "यसलाई भन्या छैनस?" मैले सुपारीलाई देखाउँदै ट्वाकलाई सोधें।

"छैन, तेरो कुरा तैं भन्न " ट्वाकले भन्यो।

मैले सुपारीलाई पनि मेरो कुरा जानकारी गराएँ। उस्ले प्रतिबाद गर्छ भन्ने थाह थ्यो। गर्यो पनि। "थुक्क, तिमीहरु जस्तो पनि साथी हुन्छ -- भन्दिन्छु बाङ्गेलाई" भन्यो। मलाई सुपारीको पीर थिएन। ट्वाकले माने पछी सुपारीको बिरोधको कुनै माने थिएन। बाङ्गेलाई त उस्ले भने पनि नभने पनि थाह भैहाल्थ्यो, ढीलो चाँडोको कुरा न हो। त्यस्को मलाई डर थिएन। बाङ्गेले पछार्न हुने, मैले चैं छिर्के लाउन किन नहुने?

सुपारीले उस्को असन्तुष्टी फरक फरक तरीकाले भट्ट्याईरह्यो।

ट्वाकले तिर हेरेर हाँस्दै भन्यो, " दीप, त्यो अस्ति तैले मलाई कता पढ्या भन्या जोक थ्यो नी-- हो त्यो सुपारीलाई मिलार भन्दे त --हाम्रो सुपारीलाई हीरो बनार"

"पर्या छैन" सुपारीले सुन्दै नसुनी भन्यो।

"पैला सुनेर हेर -- भन दीप" ट्वाकले भन्यो।

मैले सुपारी तिर हेर्दै भनें---"तेरो बे छिनेको रे -- अब लभ सभ तेरो पर्ने हैन-- डाईरेक बे मा तँ, बुझिनस सुपारी? अब तेरो बे छिन्ने भने पछि हामी सबै गईम रे--मजा हुने नै भो -- गाँठ साँठ नी आयो -- त्यसपछि जन्ती जान भनेर पुरा सुट सुट सिलाईसके पछि एक दिन तँ सँग भेट हुँदा तँ पुरा उदास रे क्या -- एकदम सेन्टी, अनि के भो? भनेर तँलाई सोध्या "मैले छिन्या बे क्यान्सील गर्दें भन्या रे" तैले -- अनि हाम्ले चैं किन? भनेर सोध्या तैले चै केटीको बारेमा त्यस्तै कुरा सुनें भनीस रे -- अनि के कुरा भनेर हाम्ले सोध्या "केटी कुमारी छे रे" भन्या रे तैलें--अनि हामी त झन छक्क पर्या रे --त्यो झन राम्रो नी भनेर हामीले भन्दा तँ पुरा स्याड भएर हैन --चुरोटको लामो सर्को तानेर के  "के को राम्रो? त्यो तरुनी अहिले सम्म कसैकी हुन सक्या रैन्छे, अब मेरी के होली ? भनेर क्यान्सील गर्या भन्या रे हैन?"

ट्वाक हाँस्या हाँसेई थ्यो, मलाई पनि हाँस उठीराथ्यो -- सुपारीमात्रै मलाई ट्वाकलाई पालै पालो घुरेर हेर्दै थ्यो। पछी त उ पनि हांस्यो।

कार्यक्रम तय भयो। ट्वाकले जानकारी मलाई दिने, मैले त्यो जानकारीलाई उपयोगमा ल्याउने। सुपारीको असंलग्नताको बयान परेको खण्डमा मैले र ट्वाक दुबैले दीने।

चिया खाईसकेर ट्वाक र सुपारी बाटो लाग्नेभए। साँझ तिर भगबतीबहालमा मिक्स चाट खाँदै थप कुरा गर्ने तय भो। उनीहरु ट्वाकको काम छ रे कालीमाटीमा भन्दै टीबीको बहानमा सवार भए। मलाई नी हीन हीन भन्दै थिए, आनन्दले एक निन्द्रा सुत्न छोडेर बिनाबित्थामा साईकल सवारीमा के गै भो र भन्दै भैगो भनें। तरुनी भा घराँ जान ला भे त जान्थें म नी, तर रडको भाउ बुझ्न जान ला रे -- त्यस्तो काममा नी जान्छ कोई सुत्न छोडेर? एक झप्को सुत्न पाईयो भने बरु, सपनामा तरुनी आउने बलियो सम्भावना थियो।

हुन त केही पनि भैसक्या त थिएन तै पनि फत्तेमानको यस्तो पनि हुँदो रे छ जिन्दगीमा कैले कैले भन्ने गीत बजाएर सुतान दिनु पर्यो भनेर ढल्केको मात्रै के थिएँ, बाङ्गे आईपुग्यो।

'ओहो, बाङ्गे महाराज सबारी होस। सुदामा कहाँ किस्न काँबाट नी आज?" मैले स्वागत गर्दै भनें।

"तेरै काममा लागि रा थें, धन्यबाद भन्नु त कता हो कता अझ स्याटर हान्दा त ---" कोठा भित्र पस्दै उस्ले भन्यो।

"के काम मेरो?" मैले सोधें।

उस्ले गीत बन्द गर्दै भन्यो "ह्या ट्र्याजीडी नै नपरी यस्तो गीत के सुन्या?"

"अब ट्र्याजिडी पर्न पैला लभ पर्नु परेन?" मैले उस्लाई सोधें।

"हो म तेरो त्यै काममा लाग्या थें" उस्ले चुरोट झिक्दै भन्यो।

"अब मेरो लभ पनि तैं गर्दिने?" उस्ले झिक्या चुरोट मैले लिंदै भनें।

"भन्छ्स भने त्यो पनि गर्दिम्ला, साथीको लागि ज्यानै त दिनु पर्छ भन्छन" उस्ले अर्को चुरोट झिकेर सल्काउन खोज्दै भन्यो।

"यहाँ कोठाँ चुरोट सल्काउने सपना चै नदेखे पनि हुन्छ, हेर बाङ्गे।" मैले लाईटरको सट्टा डाईलग दिएँ उस्लाई।

ओठमा च्यापिसक्या चुरोट झिक्यो उस्ले। भन्यो "यार त्यो तरुनी थिईन?"

"को निशिन्ता?" मैले सोधें।

"यो दुनियाँमा निशिन्ता मात्रै छे तरुनी? कस्तो खत्तम रेछस यार तँ त, कमसे कम मैले मेरी भन्या लाई त छोडदिनु पर्छ नी -- उसैलाई जपेर बसीराछस कि के हो?" उस्ले हाँस्दै सोध्यो।

"निशिन्ताको के छ हालखबर?" उस्ले गर्या टीप्पणीलाई मैले बेबास्ता गर्दै सोधें।

"बल्ल बादल बाट निस्क्या छ घाम, अब चै घमाईलो पनि अनि रमाईलो पनि होला जस्तो छ।" उस्ले भन्यो।

"अनि म चै के गर्ने नी? तेरो आकासमा भएको घामले न मलाई घमाईलो न रमाईलो" मैले भनें।

"तेरो सिरक तरुनी थिईन, त्यो निशिन्ताको काकाकी छोरी रे, बुझिनस?" बाङ्गेले सुनायो।

"काकाकी होस की मामाकी होस, हात लाग्या हैन आफ्नो" तरुनीलाई सम्झिंदै मैले दीक्क मानेर भनें।

"म कोशीश गर्दै छु पख न --" बाङ्गेले भन्यो।

"कस्को लागि कोशीश गर्दैछस?" मैले सोधें।

"तेरो लागि नी अब, अरु कस्को लागी?" उस्ले भन्यो।

अब एक्कै चोटी अर्को हप्ता आएर मलाई, " तेरो त ट्र्याजीडी पर्यो यार भन्ने हो कि तैलें? सोधें।

"काँ ट्र्याजीडी? दीदी बैनी ब्या गर्नु पर्छ, ससुराली संगै जानु पर्छ।" भन्दै बाङ्गे उठ्यो।

"कता नी अब?" मैले सोधें।

"यो तरुनीको चक्करमा लागेर सबै भद्रगोल भो--- घराँ बास भएन रे भनेर बाउ आमा ताती राछन, एक छिन घराँ पनि त बस्नु पर्यो नी।"

"ए तैले त ट्युसन पनि थालिस रे हैन?" मैले उस्लाई सोधें।

उ हाँस्यो मात्रै।

उ ढोकाबाट निस्किन लागेको थ्यो, मैले सोधें "त्यो मैले चै बे गर्ने भन्या तरुनीको नाम के नी? "

उस्ले हाँस्दै भन्यो, "थाह पाई हाल्छस नी पछी"

"बेको निम्ता कार्ड हेरेर थाह पाउनु पर्यो भने त बोरै हुन्छ नी" मैले भनें।

उ ढोकाबाट निस्कियो। म चोक सम्म संगै आएं।

मोटरसाईकल बसेर भन्यो "म भरे आउँछु, घरमै बसीराख। जरुरी काम छ--"।

उ गएको मैले हेरी रहें। ----


 
Posted on 12-03-08 1:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

We need more Prabhu.


 
Posted on 12-03-08 1:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

We need more Prabhu.


 
Posted on 12-03-08 2:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>त्यो तरुनी अहिले सम्म कसैकी हुन सक्या रैन्छे, अब मेरी के होली र?<<


 
Posted on 12-03-08 2:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>त्यो तरुनी अहिले सम्म कसैकी हुन सक्या रैन्छे, अब मेरी के होली ?<<

दीपले नबुझेर आफ्नो खुट्टा मा आँफै बन्चरो हान्ने जस्तो पो छ त

अनी ट्वाक र सुपारी ताली बजाएर हास्ने होला

बाङ्गे लाई छेर्की हान्न खोज्दा आँफै लड्ने जस्तो छ ल -


 
Posted on 12-03-08 2:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Deep ji.....lau story aaisakechha ni ta......

ma ta aaba dui char din lagchha hola bhandai baseko tara j hos aayechha.

Ramailo chha hai yo bhag pani

Aammai Bange ta sasurali sangai jana po kassisakechha. Deep ra  bange ko sasurali ekai thau chai hunna kya.......Natra Bange le aagha badi nai phurti lauchha k Deep lai

Tara aaba chai Bange matra nabhai Deep pani taruni kai mul ma pareko ho ki kya ho......malai ta testai lagyo tesaile maan ko kura gatho paribasla bhanera belai ma phukaye hai....j sukai hos lajja ta.....

 

 


 
Posted on 12-03-08 2:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Deep ji.....lau story aaisakechha ni ta......


 
Posted on 12-03-08 2:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुपारी लाई हिरो बनार सुनाको जोक रमाइलो भो प्रभो
बाङे त हरिपै राइछ नि अरुको लभ पनि आँफै गर्दिने ट्र्याजिडी नि आँफै पार्दिने।
लौ प्रभो विन्टरमा धेरै दिन पछी घाम ताप्न पाइयो,अब फेरी कती दिन बादल लाग्ने हो। छिट्टै लगाम घाम।
Last edited: 03-Dec-08 02:32 PM

 
Posted on 12-03-08 3:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

gajab ko rahechha Bange, sathi ko lagi dilojyan dido rahechha ni. aba huda huda sathi ko luv samet pardine bhai sakechha. sathi hunu ta yesto!  

ani "u gayeko maile heri rahe" pachhi ke bhayo ni? ghatana ko bristrit bibaran ali chadai paskam hai pravo?


 
Posted on 12-03-08 3:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

gajab ko rahechha Bange, sathi ko lagi dilojyan dido rahechha ni. aba huda huda sathi ko luv samet pardine bhai sakechha. sathi hunu ta yesto!  


 
Posted on 12-04-08 9:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उ गएको मैले हेरी रहें। ----


 
Posted on 12-04-08 9:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उ गएको मैले हेरी रहें। ----

बाङ्गेको कुरा के हो के। कुन चै सद्दे कुरा हो कुन चै कुहिया छान्नै मुश्किल। के पत्याउने के नपत्याउने। उ सँग संगत गरेको एक जमाना भैसकेको थ्यो र पनि उस्लाई चिन्न मलाई सधै धौ धौ हुन्थ्यो।

अघि बाङ्गेको कुरा सुने पछी, ट्वाक सँग गरेको सल्लाह हालको लागि स्थगित गर्नु पर्ला जस्तो लाग्यो।

दिन ढल्किदै थ्यो, अब ट्वाक र सुपारी सँग चाट खान भगबतीबाल तिर जाने कि बाङ्गेलाई पर्खिने भयो। बाङ्ग्या के ठेगान, आउँछु त भन्थ्यो तर आउने हो कि होईन।

आफ्नो पर्खिने धैर्यतामा पैरो जाँदो थ्यो। त्यसैले बाङ्गेलाई कुर्नु सट्टा उसैकाँ जान्छु बरु भनेर लागें बाटो। उस्को घराँ पुग्छु त छैन मोटरसाईकल। अघि त मलाई घरैमा बस्न जान्छु भन्थ्यो। तै पनि घराँ पुगेर बोलाएँ। आमा चै सँग भेट भो। "हेर बाबु, तँ पनि यसरी दिन रात बरालिएर नहीन -- बेला अनुसारको गर्नु पर्छ -- यो बेला बिग्रिएर हिन्ने होईन --" जस्ता उपदेश पो दिन थालिन। बाङ्गे रैन छ घराँ। किताब किन्न गयो रे। त्यसै भन्थिन आमा चै। आफ्नो छोरो सुध्रेको जस्तो लागेर मलाई नी अर्ति देकी हुँदीहुन। आमाले त चिन्न नसक्या बाङ्गे, मैले त्यति सजिलै के चिन्न सक्थें। निस्किएँ त्याँ बाट र लागे गहना पोखरी तिर।

अब भगबतीबाल गएर ट्वाकलाई अघिको सल्लाह अनुसार काम गर्न भन्छु भनेर तात्दै हिन्दै थिएँ म। बालमन्दिर अगाडी पुगेको थिएँ, बाङ्गे आईपुग्यो।

"घरैमा बस भन्या हैन मैले तँलाई? काँ मर्न जान लाईस?" उस्ले मोटरसाईकल रोक्दै भन्यो।

"नआउने मान्छेलाई नी कसैले पर्खिन्छ?" मैले भनें।

"म तँ काँ नै आउँदै थिएँ -- ल ल बस" उस्ले भन्यो।

"म त चाट खान जान ला -- त्याँ भगबतीबालाँ --सुपारी र ट्वाक पनि त्यैं आउँछु भन्या छ" मैले सुनाएँ।

"तेरो बिचार उसो भए, ट्वाक पट्टी भए जा, तरुनी पट्टी भए बस" उस्ले मोटरसाईकल खुट्टाले टेक्दै मोडाएर भन्यो।

अब त्यो पनि कुनै बिचार गर्ने कुरा हो र? बसें मोटरसाईकलाँ।

उस्ले मोटरसाईकल नागपोखरी तिर बढायो, केशरमहल अगाडीबाट दाइने मोडायो, लैनचौर पुर्यायो, अनि लाजिम्पाट तिर लाग्यो। लाजिम्पाटमा त्यो नकर्मी दीदीको घर नेर पुर्याएर मोटरसाईकल रोक्यो।

घडी हेर्यो अनि "ल आईज एक राउण्ड चिया र चुरोट भ्याईन्छ" भन्यो।

"भ्याईन्छ भन्या के?" मैले सोधें।

"अहिले भ्याए पछी थाह पाउँछ्स" उस्ले ज्याकेटको भित्री खल्तीबाट चुरोट झिक्दै भन्यो।

हामी पाकिस्तानी दुताबासको नजिकै थिएम। त्याँ एउटा च्या पसलमा गएर स्पेशल चिया मगायो बाङ्गेले। उ आज धेरै बोलेको थिएन तर मुस्कान चै पोखेको पोखेकै थियो।

चियाका चुस्की सँग चुरोट तान्दै मैले सोधें "अघि के भन्छु भन्थिस त भरे, बेला भा छैन?"

उस्ले फेरी घडी हेर्यो र भन्यो साईतको बेला हुँदै छ।

चिया र चुरोट पछी बाङ्गेले चुईगंम झिक्यो। चुईंगम चपाउँदै उ अघि लाग्यो, म पछी लागें।

लाजिम्पाटबाट खुर्सानीबारी तिर जाने भए नी, बालुबाटार तिर जाने भए नी हल्का उकालो लागेर जाने बाटो छेउमा लगेर उस्ले मोटरसाईकल रोक्यो। उ पनि ओर्लियो, म पनि ओर्लिएँ।

"अब के गर्ने यहाँ?" मैले सोधें।

"तरुनी हेर्ने, अरु के गर्ने?" उस्ले सजिलै भन्यो।

"तरुनी हेर्न यहाँ सम्म आउनु पर्छ त?, उतै पनि थिए नी" मैले भनें। उस्ले म तिर हेर्यो मात्रै केही भनेन। हाँस्न चै हाँस्तै थ्यो।

एकै छिनमा एउटा ट्याक्सी आयो लैनचौर तिर बाट र हाम्रो नजिकै रोकियो। मैले केही बुझ्नु अघि नै ट्याक्सीबाट निशिन्ता र सिरक तरुनी ओर्लीए।

तरुनीहरु त अस्ति मैले देख्या भन्दा झन राम्री भएछ्न। दुई चार दिन नदेखेर हो कि, पानी खोजिरा बेलाँ मोही भेटेर हो कुन्नी।

सुन्दरीहरुको बयानमा सौन्दर्य स्वयम् किंकर्तब्यबिमूढ भए झै आभाष हुन्थ्यो। दुईटै सुन्दरीहरुका अधरमा मन्द मुस्कान चन्चल देखिन्थे। आफ्नो मनमा उल्लासका अनेक थरी बादलहरु जुधेका जुधेका थिए। मनमा खुशीको बाढी उर्लेको उर्लेकै थ्यो। मुटु त यसरी उफ्रिदै थ्यो आफ्नो कि भन्नु? तरुनीहरुले सर्ट थर्केको देख्लान र तर्सेलान भन्ने डर भै सक्या थ्यो। खोलाबाट झिक्या माछालाई पाखाँ राख्या जस्तो बुद्रुक बुद्रुक गरेर चक्कड गर्दैथ्यो मन। तर भाको चैं खास, पाखाँ बस्या मनले खोला भेट्या थ्यो। .....


 
Posted on 12-04-08 9:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>तरुनीहरु त अस्ति मैले देख्या भन्दा झन राम्री भएछ्न। दुई चार दिन नदेखेर हो कि, पानी खोजिरा बेलाँ मोही भेटेर हो कुन्नी।<<

धन्न पुर्व जन्ममा के पुन्य गर्या रैछ दीप ब्रो ले, बाटोमै भेट भो बाङ्गे सँग
नत्र आफ्नो लाई खाडल आँफै खानेको थियो दीप ले है


 
Posted on 12-04-08 9:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>तरुनीहरु त अस्ति मैले देख्या भन्दा झन राम्री भएछ्न। दुई चार दिन नदेखेर हो कि, पानी खोजिरा बेलाँ मोही भेटेर हो कुन्नी।<<


 
Posted on 12-04-08 10:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ओहो एस्पाली त गजबै गरेछ बाङेले,
तरुनिहरुलाई बोलाई छाडेछ भन्या त तरुनिहरु कुन्नी कस्को घरमा ट्याक्सी चढेर आका पो राइछन,त्याहा आउने सड्को पाएर बाङे त्याहा पुगेको होला पक्कै नि,एस्पाली नि हिस्स हुनु पर्या जस्तो लाग्छ है मलाई त।
 
Posted on 12-04-08 11:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-04-08 11:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS Re-registration case still pending ..
TPS for Nepal likely to extend next week
सालीको चाक
ChatSansar.com Naya Nepal Chat
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
TPS To F-1 COS
Venezuela TPS lawuit
tesla stock OMG !!
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
Need Help of IT consultancies
Nepal TPS decision
Any input on remote jobs(IT related or Sales or Marketing)?
Supreme Court allows Trump to end TPS for Venezuelans
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters