[Show all top banners]

shirish
Replies to this thread:

More by shirish
What people are reading
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 A Sher A Day: Part II: Ghazal talk

[Please view other pages to see the rest of the postings. Total posts: 527]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 NEXT PAGE
[VIEWED 235346 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 27 pages, View Last 20 replies.
Posted on 11-19-05 7:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I am going to continue this trend as it proved to be pretty productive for me.

Thanks for every one who supported with positive suggestions and active participation.

Here is the link for previous discussions:

http://www.sajha.com/sajha/html/openThread.cfm?forum=2&ThreadID=22595

Lets make it more fun.

To begin with, here is one UNDER CONSTRUCTION

मुट्ठी भरकालाई देशै लुटाएर दङ्गा-दङ्गी बनाईदै छ !
छाती भन्दा उठेका करोडौं करङ्गलाई सारङ्गी बनाईदै छ !

(पाखा लगाई फूल्ने गुरांसलाई, नफुल्ने पलांस सिङ्गारिदै छ)
OR
मरेको बाघको छाला ओढ्नेबाट ह्वास्स गन्ध आयो ब्वांसोको,
चोरेर डाँफेको प्वांखहरु, कागलाई नौरङ्गी बनाईदै छ !

बन्दूक, बिल्ला, बुटको भरमा, कानूनलाई हुकुमले काट्दै छ
मन, मष्तिष्क जित्न नसक्दा, शासनको रुप जङ्गी बनाईदै छ !

कस्को मोह नहोला? आशक्त को नहोला सुख:-समृद्दीको ?
तर गरिबीलाई दुर्भाग्य जबरजस्ति सङ्गी बनाईदै छ !

प्रजाले दिनहुँ लाउने पोशाकमा प्वालका प्रकार अनेक,
कहिले कांहि लाइने मुकुट भने, रङ्गी-चङ्गी बनाईदै छ !

 
Posted on 05-19-07 8:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे - धन्यबाद

केहि अरु परिमार्जन गर्न खोजेको छु -

नीलो हरफ मैले खुसुक्क ईमेल गर्या छु - बांकी जस्ताको तस्तै टांसी दिएको छु -

चहारि हिडेका चौकी आफ्नै लाग्छ
जहिंतहिं भेट्ने चोर-डांका साख्खै लाग्छ !

आफ्नो गोजीमा अरुका हात भेटीए
चोराउन फुटी कौडी नहुदा लाजै लाग्छ !

चेतना अपहरण भएको स्वीकारें -
भाषण र भीषण कुरा पत्यारै लाग्छ !

परिस्थीतिले पत्थर पारेको मन
पीडा र असीम माया एउटै लाग्छ !

दांत नहुनुको कमी महसुस गर्दैछु -
पातै खान दिदा पनि डांठै लाग्छ !

रङ्गीन दूनियाको चाहना त गरियो
चाल ढाल नमिल्दा गाईजात्रै लाग्छ !


दूनिया रङ्गीन छ भन्ने सुन्छु धेरै
मै अन्धो हुन पर्छ र सबै कालै लाग्छ !



सडक सफा गर्न आंसुले कहां भयो ?
पहिले धूलो लाग्थ्यो अब हिलै लाग्छ !



यो बांकी सबै खेस्रा ---



थुनिदा खेरिका चौकी आफ्नै लाग्छ !
भेटे जति चोर डांका साख्खै लाग्छ !

मैले ठोकुबा गर्न नसकेर हो कि ?


मेरो चेतनाको बेईज्जत नगर अरु
भीषण कुरा त भाषणका जातै लाग्छ !

बगलीमा अरुका हात छाम्दा पनि
सम्झौता गर्ने बानीले गर्दा ठीकै लाग्छ !


खिएका दांतले खानु पनि कथै लाग्छ
भात चपाउदा बालुवा जस्तै लाग्छ

खान पाउछु भ
भात खानु अचेल कथै लाग्छ
कथै लाग्छ
नसके नजाने पछि कस्को के लाग्छ
सेता कालै लाग्छ
उल्टै लाग्छ

निक्कै लाग्छ
फिक्कै
दिक्कै
ठिक्कै
ढिक्कै
नजिक्कै

नाङ्गै

सम्झौता गर्ने बानी प-यो धेरै
भाग्यले ठग्दा पनि ठिकै लाग्छ

सम्झौता धेरै गरियो क्यारे
नहुनु पर्ने हुंदा नि ठिकै लाग्छ !
 
Posted on 06-01-07 6:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Could not resist to post this "under construction"

Need suggestion as always.


तिम्रो रहर पुर्याउनु कर्तब्य सम्झाई छाड्यौ आखीर !
नाङ्गो पाउले शिशामा नचाई छाड्यौ आखीर !

तृप्तीको नाराबाजी बिज्ञापन जस्तै गर्यौ
सडकमा ग्राहक जम्मा गराई छाड्यौ आखीर !

उत्कर्षको क्षणिक अनुभब हुनै लागेथ्यो
पतीत भएको प्रमाण देखाई छाड्यौ आखीर !

खुट्टा बांधेर तीब्र गति महसुस गरायौ
घुमेर बरिपरि रिङ्गता लगाई छाड्यौ आखीर !

तिमीलाई जिताई‌ भब्य खुशी मनाईयो
हार्नु स्वभाबिक ठान्न सिकाई छाड्यौ आखीर !

न बोल्नु प-यो न कुनै हाउभाउ देखाउनु
तिमी प्रतिको आशक्ति चाल पाई छाड्यौ आखीर !
 
Posted on 06-02-07 7:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I made some correction and hopefully sounds better -

रहर पूरा गर्ने प्रक्रिया बताई छाड्यौ आखीर !
खाली पाउले आगो माथी नचाई छाड्यौ आखीर !

उत्कर्ष अनुभव गराई दिन्छु भन्दै नङ्ग्यायौ
म पतित भएको प्रमाण जुटाई छाड्यौ आखीर !

म शुन्य गतिमा छु त्यसमाथी छन् नेल गोडामा
घुमेर फनफनी रिङ्गटा लगाई छाड्यौ आखीर !

तिमीलाई जिताई‌ स्वत: खुशीयाली मनाईयो
हारलाई स्वभाबिक मान्न सिकाई छाड्यौ आखीर !

न बोल्नु प-यो न कुनै हाउभावै देखाउनु प-यो
तिमी प्रतिको आशक्ति चाल पाई छाड्यौ आखीर !

तृप्तीको बिज्ञापन नाराबाजी जस्तै चर्को पारेर
उन्मुक्तहरुको भीड जम्मा बनाई छाड्यौ आखीर !

एक्लै नपिउने बाचा बचाउन साथ दिनै प-यो
म पिउदै नपिउनेलाई पिलाई छाड्यौ आखीर

परिस्थितिको फाईदा उठाउने पाठ सिकेछौ
मर्दैछ जरा त टुप्पाबाट पलाई छाड्यौ आखीर

to be continued..........
 
Posted on 06-08-07 5:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो चीसोपनको सूचक बढ्दैछ माथी माथी
न्यानो उर्जा दिने चित्ताको हाहाकार नहोस् कतै !



जगंली प्रबृति छुटाउन घरमै खान बोलाएं
मेरा कांचो अङगहरु तिम्रो आहार नहोस् कतै !

chilling ???
 
Posted on 06-08-07 6:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

...जगंली प्रबृति छुटाउन घरमै खान बोलाएं
मेरा कांचो अङगहरु तिम्रो आहार नहोस् कतै !...

छाडा ! कहिको ! :p :-)
 
Posted on 06-11-07 12:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यता यस्तो भैसक्या रहेछ आफ्नु आँखै नपरिरा! :)

एक्लै नपिउने बाचा बचाउन साथ दिनै प-यो
म पिउदै नपिउनेलाई पिलाई छाड्यौ आखीर


यसमा संगित भरेर गुलाम अलिलाई गाउन दिन पाए गजब हुन्थ्यो होला!! :)
 
Posted on 06-11-07 12:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

launa hamro birkhe dai lai kasle ke pilayo. tesko ma kapal sapal bhutali dinchu.
 
Posted on 06-11-07 12:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए बुझे त्यो "पिए र" पो हाम्लाइ गालि गर्या रे छ उता चौतारी मा हजुर्बा ले
ho ho thulnani bhutaal deu bhutal deu :D
 
Posted on 06-11-07 1:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

aaj bholi hamlai ta dekhi nasahane ke yo birkhe daile. hamita usko aakhako kasinger jasto.

birkhe dai kasinger bhaneko ke ho?
 
Posted on 06-11-07 1:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 06-11-07 1:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल!

साकिएन बाबा यि केटिहरु संग!

नानुहरु यता हल्ला गर्न हुँदैन बा! फेरि शिरिष दाईले पाई गर्नुहुन्छ! :)

ल उता हिँड चौतारिमा सपै कुरा उता भन्छु है?
 
Posted on 06-11-07 1:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शिरिष दाईले पाई गर्नुहुन्छ! :O
 
Posted on 06-11-07 1:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शिरिष दाईले पाई गर्नुहुन्छ! :O किन नि हामि बदमाश् हो र पाइ गर्न लाइ :P ?

( Sorry for interrupting beautiful thread though :)
 
Posted on 06-13-07 2:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hey timi keti harulai bainsa chade justa cha ;-)
 
Posted on 06-13-07 3:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 06-13-07 9:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nightwish

That song does NOT fit into a traditional/classical GHAZAL structure and had been discussed in some other threads.
 
Posted on 06-14-07 3:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नियम र भाव मिलाउन साह्रै गाह्रो!

सुझावको अपेक्षामा!


पुराना मेरा कहानि सबै सुनाउनै पर्छ रे
अबषेश सबै उनले थाहा पाउनै पर्छ रे

बाँधिएको म हुँदै हो अर्को सुर्केनि पर्ने भो
मजबुतीलाई पुरानो गाँठो फुकाउनै पर्छ रे

यात्राको थकाई अब त मेटौँ भनेर बसेको
आफ्नोपनमा उनले अझै सताउनै पर्छ रे

चिप्लेर कतै लड्ने पो हो कि पुराना लेउमा
झरेको पातीले यो मन्दीर सजाउनै पर्छ रे

हालेर कथा भुतको उल्टो रामायण भनेर
हारेको राम हारेन भनि मनाउनै पर्छ रे
 
Posted on 06-14-07 4:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ahaa kasto raaamro !!!!
 
Posted on 06-14-07 8:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रे नहाल्दा कस्तो होला ?
 
Posted on 06-15-07 9:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद् तितौरी! साँच्चै तिम्रो कविता गजलमा झुकाव देखेर मलाई खुस लाग्छ!

हे हे हे शिरीष गुरु, मलाई कता कता तपाईँले 'रे' नराख्दा कस्तो होला भनेर सोच्नुहुन्छ जस्तो लागेको थियो! :)
नराखि हेरौँ है त! अलि अलि यता उता गर्न रमाइलो हुँदोरेछ!

पुराना मेरा कहानि सबै सुनाउनै पर्छ
अबषेश सबै उनले थाहा पाउनै पर्छ

बाँधिएको म हुँदै हो अर्को सुर्केनि पर्ने भो
मजबुतीलाई पुरानो गाँठो फुकाउनै पर्छ

यात्राको थकाई अब त मेटौँ भनेर बसेको
आफ्नोपनमा उनले अझै सताउनै पर्छ

सताइएँ धेरै अब त थकाई मेट्नै पर्ने हो
आफ्नोपनमा उनले अझै सताउनै पर्छ


चिप्लेर कतै लड्ने पो हो कि पुराना लेउमा
झरेको पातीले यो मन्दीर सजाउनै पर्छ

पुराना लेउमा जति चिप्लेर लडे पनि
पुरानै पातीले यो मन्दीर सजाउनै पर्छ


हालेर कथा भुतको उल्टो रामायण भनेर
हारेको राम हारेन भनि मनाउनै पर्छ

यो धागोले २१ पाना नघिसकेछ। अब नयाँ धागोलाई जन्म दिने हो कि?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Supreme Court allows Trump to end TPS for Venezuelans
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Any input on remote jobs(IT related or Sales or Marketing)?
Nepal Likely to Get 60-Day TPS Notice
मुद्दा हाल्छन होला र ?
TPS cancel bho bhane k garne?
EAD HELP NEEDED URGENTLY!
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
Don’t Just Read—Join the Conversation
Need Help of IT consultancies
NEPAL TPS IS GONE
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters