[Show all top banners]

Tyra
Replies to this thread:

More by Tyra
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी -३९

[Please view other pages to see the rest of the postings. Total posts: 568]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 NEXT PAGE
[VIEWED 169326 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 29 pages, View Last 20 replies.
Posted on 12-24-06 4:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते!
सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम् !!!


चौतारी भाग-३९

उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३९ औं भागमा आइपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। कुनैबेलाको नमेको चौतारो अहिले नमेको मात्रै नभई सबैको साझा चौतारी बनेको छ। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो।

हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता
--मास्टर्नी दिदी

आउनुहोस् घाम तापेर बदाम छोडाएर खाऔं, अमिलो साँधेर खाऔं, मेवा काटेर खाऔं ,रुख् मुनि बसेर पिरो चट्पटे खाँउ, तर चट्पटे को पैसा तिर्न नबिर्सौ :P ।

नियमित रुपमा आइरहने सबै महानुभावलाई आफ्नो सकृयतालाई निरन्तर दिन अनुरोध गर्दछु र हालसम्म चुपचाप रमाइलो मानी चौतारी पढिदिने साथीहरूलाई पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।

सधैं झैं यस चौतारीमा Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, सबैलाई स्वागत गर्दछौं।


अब सुन्नुहोस् चौतारी का ताजा समाचार्!!

-ठुलि नेपाल मा गुतपाक तितौरा खादै होलि, हामि चाइ यहा थुक निल्दै बस्दै :s

-पुन्टेदा को सकृयता मा हुने भनिएको कृसमस भेला क्यान्सिल् :(

-झन्डै ४ महिना भुमिगत् रहनु भएका चौतारी का बरिस्ठ सदश्य भौतेदाइ/भौतेगुरु को चौतरीमा उपस्थिति :D

-त्यसै गरि गालब् ले सुचना निकाले'छि सानोकान्छा को पनि उपस्थिति :D

-र , साझा चौतारी विकि मा ।

 
Posted on 12-29-06 1:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भान्जीको कथाले सारै हँसायो ल :-)))))))

सप्पैलाई नमस्ते गरे हैँ !

ओइ तिते :p !!!, झुट बोल्नुको नि हद हुन्छ नि। कन्सिरीको रौँ उखेल्दिम ? :-)
 
Posted on 12-29-06 1:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते है गाम्लेहरू!!!

ल रमाइलो गर्दै गरम्।

गरम् गरम् चाये गरम् :D
 
Posted on 12-29-06 1:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्रग्धरा
 
Posted on 12-29-06 1:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउतेजि चौतारिमा आज एउटा राजको कुरा सोध्न मन लाग्यो।।।तपाइ यति मिठो गजल कसरि लेख्नु हुन्छ?केहि तेस्तो मन्त्र छ कि?यसो हाम्लाइ पनि सिकाउनु पर्यो नि है।।
 
Posted on 12-29-06 1:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा!! तितौरी रिसाको के :पि

कत्ति मज्जाले काले भन्या मलाई, लौ हेर!! काले मान्छेलाई काले भन्दा सार्‍है रमाइलो लाग्ने रहेछ---हे हे हे!! कुकुर पठाइदिने रे!!-- हस्। >:P

ए भउते कस्तो रह्यो आजको बिहान? ;-)
 
Posted on 12-29-06 1:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हामीले त्यो कबिता कक्षा १० म पढेको, लेखे बुढाअले क्या झ्याउ लेखेको भने, जता ततै संस्कृत मात्र ।
भाव बिस्तार गरी दिनुस् न मिस
 
Posted on 12-29-06 1:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओइ तिते :p !!!, झुट बोल्नुको नि हद हुन्छ नि। कन्सिरीको रौँ उखेल्दिम ? :-)
कस्लाई भनेको देवर जी ?
 
Posted on 12-29-06 1:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कालो मुन्छेलाई कालो भुनेर हैन कि, कुम्ले, कालो मुन्छेले कालो भुनेर मज्जा आ' होला तिम्लाई! ;)

खुइल्या कुकुर दिने रे कुम्लेलाई गिफ्ट? मुलाईफ नै पोको पार्ने बिचार अरिन् कि के हो तिरुले? ए रात्तै! म त भागें बाबै!
 
Posted on 12-29-06 1:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिसले प्रस्तुत गर्नुभएको कविताको स-प्रसङ ब्याख्या गर्ने काम चाहि ठुलदाई को है!! प्रौढ शिक्षामा भर्ना हुन मन भए अब त्यो कविताको टुक्रालाई स-प्रसङ ब्याख्या गर्नुहोला। --- यो मिसको आदेसानुसार हो है!!

नानु जीले नि राम्रा राम्रा कविता लेख्नु हुनेरहेछ नि। मैले पढेको थिएँ।

:-)
 
Posted on 12-29-06 1:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D:D:D कति हसाँको सबैले।

ओइ तिते :p !!!, झुट बोल्नुको नि हद हुन्छ नि। कन्सिरीको रौँ उखेल्दिम ? :-)
कस्लाई भनेओ मामा ?
 
Posted on 12-29-06 1:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्लेलाई चाही तितौरीले काले भनेनि ठिक्, कुकुर् पठाइदे नि ठिक् के हो? :P
 
Posted on 12-29-06 1:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नानु जी, मन्त्र सजिलो छ। :-)

जब छातिमा कतै हलचल हुन्छ,
हो त्यही हलचल गजल हुन्छ।
- बुँद राना :-)

त्यै तितौरी-बुइनीलाई भनेको हो मास्टर्नी भावी। अरुलाई त्यसरी थर्काउने आँट कहाँ छ र मेरो। :-) जे भने नि सहने, कहिले नरिसाउने, आकाश जस्तो फराकिलो मन, धर्ति जस्तो गह्रौ माया, साँचो बोल्नमा हरिस्चन्द्र, झुटो बोल्नमा हुटिट्याउँ, खुसी हुँदा श्रीदेवी, रिसाउँदा भद्रकाली देवी जस्ति त्यै एउटी त छ नि। :p :p :D
 
Posted on 12-29-06 1:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्या, कहाँको सबिस्तार्, सप्रसङ्ग वाख्या गर्ने नि, आउने भए त नयाँ कबिता नै लेखिन्थ्यो नि, न आएर र मिस लाई सोधेको ?
अं साच्ची, त्यो लेख नाथ बुढोको पींजडाको सुगा भन्न कबिता त चोरेको कबिता रे नि त । त्यस्तो सेतो लामो दारी पालेको हेर्दै विद्वान जस्तो देखिने बुढोले चोरन न सुहाउने है, मिस ?
 
Posted on 12-29-06 1:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

" खुसी हुँदा श्रीदेवी, रिसाउँदा भद्रकाली देवी "
hahahaha
 
Posted on 12-29-06 1:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अड्डाबाट घर पुगेर बुढीको हात्- हातबाट बनेको म:म: खाएर चौतारीमा फेरी गफिन आउछु, अहिले लाई सबै लाई तारेमाम ।
 
Posted on 12-29-06 1:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्लेलाई जवाफ लेख्नै बिर्सेछ। के कुरा गर्नु कुम्ले। म त पागल नै भैसकेँ। हिजो रातभरी निद पनि राम्रो लागेन। निधाएको भए पनि सपनीमा त भेट हुन्थ्यो होला। भावीको लेखा। सपनी देख्न नि पाईएन। मुटु धड्केर त्यै पोहोरसाल खसौलीबाट किनेर ल्याको पम्पुसेट झै भैसक्यो।

फोन गरुँ त तिम्रो रिसको पारो चढ्ने डर,
नगरुँ त मेरो मन यसै डढ्ने डर

भन्दै बसेँ आज। भुर्र उडेर जान नि नमिल्नी। यो के दशा आईलाग्यो मुलाई। सबैलाई यस्तै हो कि मुलाई मात्र हो कुन्नि। देबदाश जस्तो पारु पारु भन्दै सोमरसको घडामा डुबुल्की मारुम मारुम हुन्छ कहिले काहीँ त। चौतारीमा नदेखिए मुन्छे खोज्न पठाउनु है। के भर, कुन भट्टीमा कता लडेर बेहाल भएर बसिने हो कि।

उफ्ssssssssssssssss हरिsssssssssssssssss शरणम्। २-४ महीनाकोलागि धैर्यधारण गर्ने शक्ति देउ प्रभो !!!!!!!!!!!!!!!!!!!

:p
 
Posted on 12-29-06 1:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D मामा कहिले आउने हो यतातिर?
 
Posted on 12-29-06 1:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए भौते गोरू, ए सरी, गुरू पो त,
दुइ चार महिनाको लागि धैर्य धारण? त्यसपछि बिहे गर्ने हो? हाम्लाइ नि जन्ति बोलाम् है। ;)

ल यही खुशीमा यौटा गजल जाओस् न त, भौते बुरो।

अचेल जिम्माल बूढा कता हराए?
 
Posted on 12-29-06 1:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भान्जीले बोलाए त अहिले नै आउथेँ। :-)
 
Posted on 12-29-06 1:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भनिहालेँ नि सवारी होस् भनेर, मामा पनि, बोलाउनु पर्छ र भन्जी काँ आउन पनि? :)

लौन मामाको बिहे रे अनि भन्जीलाई अत्तो पत्तो छैन? :P
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS To F-1 COS
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
TPS to F1 Status.
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal Likely to Get 60-Day TPS Notice
TPS Sakiyo Tara Case is in Court.
मुद्दा हाल्छन होला र ?
NEPAL TPS IS GONE
TPS cancel bho bhane k garne?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
The New Color of Her Flag
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue
Bill to Protect TPS and DED Recipients
कोर्टमा जाँदा आइसले समात्ला भन्ने डर छ भने यस्तो गर्नुहोला
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters