[Show all top banners]

hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ६०~~

[Please view other pages to see the rest of the postings. Total posts: 620]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE






[VIEWED 251226 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 06-20-07 4:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी-६०
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ६० --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ५४ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 60 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

लौ बसुम यही चौतारीमा




**********************************************************************
हाम्री भान्जी यहिँ बस्छिन् है यसपालीपनि

**********************************************************************






पोहर साल माइली ताक्दा, पुन्टेदाइले ढुंगा हाने
त्यहि साल साइँली ताकेँ, त्यै पुन्टेले टुप्पी ताने
यस्पाली त कान्छी ताक्छु, पुन्टे-दाले के के तान्नी हो

{टेरे रेन्टेङ् टेरे रेन्ट्यङ् ट्याङ्ग्ग्ग्ग्ग्}

सास फेरें जस्तो लाग्छ, तर भन्छन् मरि सकिस
साली अब नताक् भउते जति गर्नु गरी सकिस्
सलहको भाग्य मेरो, बिहे गर्ने ठेगान छैन
खप्पर फुटे जोड्थें बरु तर मन के ले जोड्ने हो?

{{टेरे रेन्टेङ् टेरे रेन्ट्यङ् ट्याङ्ग्ग्ग्ग्ग्}}


गोरी के हो काली के हो, पुन्टे-दा को साली के हो
हुन्न कि त भउते तेरो, घर्जम् यसपाली के हो?
चिल्लो तालु फोर्नी के हो, गुइँठे खप्पर भोर्नी के हो
खुट्टा भाँचे जोड्थेँ बरु तर पिरिम जोड्ने के ले हो?

{{{टेरे रेन्टेङ् टेरे रेन्ट्यङ् ट्याङ्ग्ग्ग्ग्ग्}}}


पोहर साल माइली ताक्दा, पुन्टेदाइले ढुंगा हाने
त्यहि साल साइँली ताकेँ, त्यै पुन्टेले टुप्पी ताने
यस्पाली त कान्छी ताक्छु, पुन्टे-दाले के के तान्नी हो







 
Posted on 06-24-07 12:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फन फनि नाच्ने चईं होईन, आज त फिरिरिरि फिट्ने कार्जेक्रम छ। धेरै भो मेरिज नखेलेको, अनि एउटा आन्टी/अंकल सधैंलाई नेपाल फर्कन लाग्नु भा'छ, मेरिज को शोखिन अंकल। वहाँहरुलाई बिदाई भोजको साथमा अंकल को फेभरेट पास टाईम खेल्दिन ला'को, शायद अन्तिम पटक होला अब यहाँ, वहाँहरुसंग।

त्यो लोकल अयेला चईं राहुलदाई र चनेलाई सम्झेर बचाई राख्न ला' छु है! माटोको प्यालामा, अन्टिबाट खन्याउँदै दिम्ला। ;)
 
Posted on 06-24-07 12:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो टुनाको चप सजिलो छ, दुर्गी माता। रेगुलार आलुको चप बनाउन ला' जस्तै चोखा बनाउनि, अनि क्यानको टुना मिसाउनि। स्वाद मत्र टुनाले अर्कै ल्याउँछ, रेगुलर आलुको चप भन्दा। कता कता फिस बरी जस्तै।
 
Posted on 06-24-07 5:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्टे दाइ नमस्ते टक्राए !
 
Posted on 06-24-07 8:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 06-24-07 9:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हारियो, अब सुतियो। :(
 
Posted on 06-24-07 9:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कति हारेउ बुडा तेस्तरी अईलेई सुत्नलाई!!

झन टन्न जित्लान र जितौरी सितौरी पाईएला भनेर कत्रो आश -- उडायो सपना सबै हुरीले!

(मनमनै) तेती जित्न नि नसक्ने मान्छे नि के खेलिरा होला
 
Posted on 06-24-07 11:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लड्न ला'र टेको थपेओ हो के रे,

पुण्टे दाले हारो रे ?

बोरै भो नि, हुन त तास खेलेर जितें भन्नि कोइ नि हुन्न, झन हरि अस्तो केटाहरु वरिपरि भ'सिन त हारो नभने सत्यानाशै पार्छन के रे , धोति पेटिकोट च्यात्यो भनेर धोबिनि भाउजुले पुण्टे दा लै करकर अरिरा' नि धेरै भओ के रे । अब यसपाली अलि अलि जितेर तेइ पैसोले धोबिनिलै एकसरो धोति किन्ने दाऊ गर्याअस्तो मानिछु के रे ।
 
Posted on 06-25-07 7:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

namaste gaamle sathiharu taaaaaaaaaaaaaaaaaaa.
 
Posted on 06-25-07 7:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Good morning Thuli, how r ya? pachhi aaunelai ni namaste chha hai.
 
Posted on 06-25-07 7:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ!!

ठुल्नानी, सान्नानी के छ? सान्नानी आज बिहान बिहानै चौतारीमा? छोरी कस्ती छिन त?
 
Posted on 06-25-07 7:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सम्पुर्ण चौतारीबासी दाजु भाई, दिदी बहिनीहरुमा यो सोझो कुम्लेको नमस्कार!

चौतारी-५९ को जग हालेर परदेश घुम्न निस्केको थिएँ, घर फर्किदा चौतारी-६० पुगिसकेछ। ल ढिलै भएपनि मलाई उता चौतारी-५९ मा आशिष दिनुहुने सबैलाई धेरै धेरै धन्यवाद छ।

चौतारी-६० बनाउने हाम्रो हरितालिकेको मनले चिताएको सबै कुरा पुगोस्।

ल अब एकहफ्ता देखि छोडेका कामहरुको थुप्रोले आफ्नो अफिस पुरिएला जस्तो भा'छ, अब त्यसको ब्यवस्था नगरी चौतारी हेर्नपनि नपाइएला क्यारे!!

सबैलाई फेरिपनि जदौ!


 
Posted on 06-25-07 7:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hari thik chha, chhori pani thik chhe.

bihana ho ra yo? kati gate? kun baar? :)

timro ke chha ni hari?

la kumle ni aaipugyo, honeymoon ma ga ho jasto chha, ho?
 
Posted on 06-25-07 8:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sanani i m fine what about u n our lovely chori?

hari ke cha?

awwwwwww kumle da we all were missing ya. wc back
 
Posted on 06-25-07 9:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलि, सन्नानी, हरी, कुम्ले लगायत सबै चौतारीबासिलाई अल्छिलाग्दो सोमबारे अभिबादन !
कुम्लेलाई वेल्कम ब्याक पनि, तिम्रो यात्रा राम्रै भो' होला।
ठुलि wc भनेको के हो? हाम्रो गाम्मा त wc भनेको वेलकम हुँदैन अर्कै कुरा हुन्छ।
 
Posted on 06-25-07 9:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

gwache timro gaam ma WC bhaneko ke ho ta? ani how r u dear?
 
Posted on 06-25-07 9:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलि, हाम्रो गाम्मा WC त भनेको ट्वाइलेट हो ! फिर्यान्क्फर्ट एअरपोर्टा ठाउँ ठाउँमा WC -> लेखेको देखिनौ?
म सँचै छु ठुलि, विकएन्डा एउ दुइटा ठाम गइयाथ्यो,थाकियो, राम्ररि सुत्न नि पा हैन। आज फेरि कामको असाध्यै चटारो छ, एक्छिनमा साउसँग मिटिङ छ, बुढो पर्सिदेखि छुट्टिमा जाने, एक भारि काम दिएर जाला जस्तो छ।
तिम्रो के छ नि, च्या त खाइ सक्या होला?
 
Posted on 06-25-07 9:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

के छ हालखबर? सोमबारे जदौ.

चनादाइ, हरि, सान्नानी, ठूली, कुम्ले, ग्वाँचे सन्चै?

सान्नानी, भान्जी आर्नालाइ कस्तो छ?

कुम्लेले खूब रमाइलो गरेजस्तो छ नि?

ग्वाँचे, यो गाममा त ट्वाइलेट नि हैन, रेस्टरूम भन्दा रैछन्.

चनादाइ, हरी, ठूली, तपाइहरुको विकेन्ड कस्तो भो?
 
Posted on 06-25-07 9:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलि, हाम्रो गाम्मा WC त भनेको ट्वाइलेट हो

gwache mero ni sabai thik thak cha. khasai weekend ma kehi gariena. tehi ho ali ali shopping gare.
 
Posted on 06-25-07 9:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाssssssssssssssssssssssssssइ!
नमस्ते चित्रे !
सपिङ् रे, के के किनियो त ठुलि?
 
Posted on 06-25-07 9:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेज आँधि हावा हुरि बार तिम्रो बनिदिएँ
फकीर जस्तो मन तर तिमी मेरो भनिदिएँ

सोमबारे जदौ! यो बिर्खे माइलाको!!

सोझो कुम्लेलाई पुन: स्वागत छ चौतारीमा। बिश्वास छ गत हप्ता अत्यन्त रमाईलो र आनन्दमया बित्यो!

ठुलि, ग्वाँचे, सान्नानि, चित्रे र हरितालिकेलाई जदौ!

****
पारि बल्खु गाउँमा तितौरीको कथा पढेको, जिस्केर मलाई हजुरबा भन्ने गरेकोले हो कि के हो मन अलि बढि नै छोयो कथाले! खै कमेन्ट उता राखेको केहि भएर पोस्ट भएन त्यहि यहाँ नि टाँस्दैछु हेर्छिन होलि तितौरिले!

"कुनै बितेका क्षणहरु र कतिपय यादहरु जीवन्त बनेर आइदिन्छन कहिलेकाहिँ! समयको प्रहारको अगाडि कसैको केहि नलाग्ने रहेछ! भोगेका मनमा खेलेका कुराहरु जसरि आउँछन उसैगरि राख्न सफल भएकोमा शुभकामना!"
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
Democrat lies revealed
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Business Ideas in Nepal?
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS Hearing: 9 Room, 19 Floor, 29 July
मुद्दा हाल्छन होला र ?
TPS cancel bho bhane k garne?
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NEPAL TPS IS GONE
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
Leave messages on US congressman's facebook to support TPS
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters