[Show all top banners]

CaMoFLaGeD
Replies to this thread:

More by CaMoFLaGeD
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी-६१ ~~

[Please view other pages to see the rest of the postings. Total posts: 584]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 224804 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 06-26-07 6:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.

चौतारी-६१


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ६१ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६१ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 61 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

लौ बसुम यही चौतारीमा




**********************************************************************
हाम्री भान्जी यहिँ बस्छिन् है यसपालीपनि

**********************************************************************











****************************************

भउतेले दामी गाना गाएछ:


पोहर साल माइली ताक्दा, पुन्टेदाइले ढुंगा हाने
त्यहि साल साइँली ताकेँ, त्यै पुन्टेले टुप्पी ताने
यस्पाली त कान्छी ताक्छु, पुन्टे-दाले के के तान्नी हो

{टेरे रेन्टेङ् टेरे रेन्ट्यङ् ट्याङ्ग्ग्ग्ग्ग्}

सास फेरें जस्तो लाग्छ, तर भन्छन् मरि सकिस
साली अब नताक् भउते जति गर्नु गरी सकिस्
सलहको भाग्य मेरो, बिहे गर्ने ठेगान छैन
खप्पर फुटे जोड्थें बरु तर मन के ले जोड्ने हो?

{{टेरे रेन्टेङ् टेरे रेन्ट्यङ् ट्याङ्ग्ग्ग्ग्ग्}}


गोरी के हो काली के हो, पुन्टे-दा को साली के हो
हुन्न कि त भउते तेरो, घर्जम् यसपाली के हो?
चिल्लो तालु फोर्नी के हो, गुइँठे खप्पर भोर्नी के हो
खुट्टा भाँचे जोड्थेँ बरु तर पिरिम जोड्ने के ले हो?

{{{टेरे रेन्टेङ् टेरे रेन्ट्यङ् ट्याङ्ग्ग्ग्ग्ग्}}}


पोहर साल माइली ताक्दा, पुन्टेदाइले ढुंगा हाने
त्यहि साल साइँली ताकेँ, त्यै पुन्टेले टुप्पी ताने
यस्पाली त कान्छी ताक्छु, पुन्टे-दाले के के तान्नी हो


***********************************************


 
Posted on 07-06-07 10:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"यो हल्लाको परिधि भित्र मेरो आवजको महत्व छैन।
मलाई हेर्न बनेका आखा हरुमा निस्वार्थ कुनै भाव छैन।"

शुक्रवारे नमस्कार सबै मा।

ब्यान ब्यान देखुन हल्ला खल्ला सुरु, शुक्रवार् लागेसि सबको मन प्रफुल्ल हुने।

यां सबजना अन्तर्वार्ता कुर्दै छन, वां जिम्माल बा ले प्रबिधिक गडबडि रे भनेर प्रसारण रोकेका छन्, अन्तरवार्ता दिन आउनेहरुको तांति लाग्न थालिसक्यो, भिड् समाल्ह्ने कोस्ले?
 
Posted on 07-06-07 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ सबै जनाको?

थुली मेलो सबै हाल थिक थ! तिमी चौतारीमा आएर साहुको काम थगेको हो? फेलि फायल गलिदेला नि!
ढिच्याऊँ! ढिच्याऊँ!! ढिच्याऊँ!!! ;)

सान्नानीको के थ नि? अस्तितिर मलाई सम्झेकोमा धन्यपात! आर्नाको हालखबर के छ? यसो फुटो देखा'र हाम्रो आँखालाई पवित्र पारिदिन्थ्यौ कि??? :)

चित्रे बुरो, अँझै काममा?
आफू परियो पूर्वेली गाममा!
त्यै भ'र अहिले त आफ्नै ठाममा
तर क्यै छैन,
दुई पेग लगाइदिम्ला तिम्रो नाममा :)

राहुलदाइ बुढा, गोताएँ बुढा, जिम्माल बुढा, पुन्टे सुड्डा जस्ता बयोबृद्द सदस्य लगायत सबैजनालाई छड्के सलाम! :D

अस्तु:॥

यदा यदा हि धर्मस्ये ....
 
Posted on 07-06-07 10:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Suman सुमन
i dont know why मलाई था छैन किन
u r so तिमि जस्तै
after me? पछी म
if u dont like me यदि तिमीले मलाई मन पराएन भने
pls क्रिपया
dont talk to me म सङ्ग नबोल
thanks धन्यबाद ।
 
Posted on 07-06-07 10:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dalu melo taahu ni taina office ma kya majja. khit khit khit

nemchi di darsan
 
Posted on 07-06-07 10:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुली, झुम्का अझै सुरक्षित छ। अस्ति डी सी तिर् म आउंदा आफू अन्तै, अब तिमी यता आउने बेलामा असली म: म: को साथमा एउटा शान्दार् असलि चाँदिको रत्न जडित झुम्का नि दिउंला। धेरै लाई न भन्नु नि, अरुले मागे भने दिन सक्ने हैसियत छैन अनि मेरो खैरियत छैन।
 
Posted on 07-06-07 10:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मदनवा,
तरुनी पटेन सला, बुढियाके काम् चलाइयो
बुढिया भी हमीसे रुठ गए, तेरे group मे सामील करियो
 
Posted on 07-06-07 10:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेहे साहु अफिसमा छैन रे! सर्भेलियन्स क्यामराले हेरिरा'छ के!
नभए म पोल लगाइदिम???
 
Posted on 07-06-07 10:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रोटफल रोटफल

हेsssssssssssssssssssssssss
मदनवा र सुमनज्युलाइ लर्कि चाइएको
लर्कि खोज्दा खोज्दै केश झम्मै फुलेको
कै गरे नि नपासि
चौतारिमा धाउदैछन् दिनको रात
पानको पात लर्किलाइ सम्झनछन् दिनको रात


 
Posted on 07-06-07 10:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dalu kya tucha nabolne te
 
Posted on 07-06-07 10:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"यो हल्लाको परिधि भित्र मेरो आवजको महत्व छैन।
मलाई हेर्न बनेका आखाहरुमा निस्वार्थ कुनै भाव छैन।"

आहाहाहाहा नेप्ची कस्तो राम्रो लेखेको होss !!! आफै लेख्यो कि सार्यो ?? मलाइ त दाssमि लायुन्त ।

"मेरो नजीक पर्न लोभि ब्वाँसाहरु बहाना अनेक गर्छन।
गुम्सेको लालच र दुर्गन्ध छर्दै चौतारीमा बान्ता गर्छन।"

लु ठोक्योन्त मइले नि आज्जु ।
 
Posted on 07-06-07 10:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ल नभन्दिम्ला! यस पालिलाई भनेर छोडिदिएँ! :)

जिम्माल बुढा कहिले आउँछन् खै?
 
Posted on 07-06-07 11:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाsssssssssssssइ के हुँदैछ?
हिजोको अन्तर्वाताको सेकन्ड पार्ट आ'को हो?
 
Posted on 07-06-07 11:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

...टुँsssss..

के तिमि क्लोजअप गर्दछौ
या दुनियाँ संग लड्दछौ
क्लोजअप किन गर्दछौ
क्लोsssजअsssप

एभरेष्ट सिमेन्टअ
एभरेष्ट सिमेन्टअ
तिम्लाई पाएपछि जाँदैन
मेरो मन अन्त
पचास एम पि ए क्षमता भएको एभरेष्ट सिमेन्ट!




श्रोताहरु, स्वागत छ क्लोजअप तारारमपम अन्तरवार्तामा करिब एकदिन लामो कमर्शियल ब्रेक पछि। अब समय नगुमाई लागौँ अन्तरवार्ता तिर।

संवाददाता-
“ यहाँलाई पुन: स्वागत छ माष्टरनी नानि’

माष्टरनी नानि-
“धन्नेबात अरे के रे हउरलाई”

संवाददाता-
“ हँ त माष्टरनी नानि, अगि कुरा हुँदैथियो हजुरलाई चित्त नबुझेको कुराहरुको, भन्दै हुनुहुनथ्यो नारीको अपहेलना भयो भनेर, किन यस्तो लाग्यो तपाइँलाई? केहि बताइदिनुहुन्छ हाम्रो दर्शकहरुलाई?”

माष्टरनी नानि-
“ बेला बखत हुँदि नारिलाई सस्तो शब्द प्रयोग गरेको पाएकिम के रे मुइँले, भनिहाले जे पर्ला पर्ला”

संवाददाता-
“ सस्तो शब्द? हा हा हा हा, शब्दको पनि भाउ हुन्छ र?”

माष्टरनी नानि-
‘ भाउ शब्द कै त हुने भयो के रे लेखेर गफ अर्ने ठाममा भन्चु र”

संवाददाता-
“ त्यस्तो हैन होला, खै मलाई त त्यस्तो लागेको छैन त कहिले पनि।“ कहिले देखि यस्तो लाग्न थालेको तपाइँलाई?”

”माष्टरनी नानि-
“हउर पनि लोउनेमुन्छे जो पर्नुभयो के रे। केटा र केटिहरु के के जाति लाजमर्दो कुरा जो अर्छन बेला बेलाहुँदि। यस्तो किन अर्नु परो भन्चु र। पहिले देखुन नै जो देखेकिम के रे , बोल्न नसकेर नबोलेकिम।

संवाददाता-
“ हैन के लाजमर्दो कुरा गरे केटा केटिले?”

माष्टरनी नानि-
“ अरु के हुन्तो र हउर, त्यहि मुआहह सुआहह किन अर्न परो भन्छु र सपैको अगाडि? मुइँले पहिले नै भन्न खोजेकिम के रे, त्यति मात्र हैन बेला बेलाहुँदि प्याच्च अनेकथरि जो भन्छन नारिलाई”

संवाददाता-
“ हाहाहा ठिटा ठिटीहरुको उमेर छ, यस्तो गरिहाल्छन नि। हामिले सोचेको जस्तो हुँदैन होला नि नया जिवन नयाँ तरंग, नया जोश छ बच्चाबच्चिहरुको। अहो! भनेपछि यसैले गर्दा आउन कम गर्नुभइको तपाइँले?”

माष्टरनी नानि-
“त्यसैले कम अरेकिम के रे, बच्चा त बच्चा उमेर पुगेका पनि उस्तै जो छन के रे। मुन्चे किन बढि बोल्नु परो भन्चु र हाम्रो पनि बैँश जो आएको थियो तर हामि यस्तो थिइनम के रे। चित्त नबुझेको कुरा अरेकिम पहिले देखि बानि जो थियो भन्चु र।“

संवाददाता-
“हाहाहा..भनेपछि मन पहिले नै बिद्रोहि भएको रहेछ तपाइँको। जे होस जो जस्तो छ त्यस्तैमा स्विकार गर्नु पर्ने जस्तो लाग्छ मलाई त। एनिवे, भन्नुहोस भरखरै एउटा बोर्डिङ स्कुल खुलेको छ साझापुरमा, बोर्डिङ स्कुल ले तपाईँको माष्टरी पेशालाई कत्तिको असर गरेको पाउनु हुन्छ?

माष्टरनि नानि-
“ त्यहि बोडिङ इस्कुलले अर्दा यो गति भएझैँ मानिछु के रे चौतारिको, पइलेका राम्रा बिद्ध्यार्थिनि मातिएर जो गए, कोहि जे पायो त्यहि बोल्छन हउर, कोइ छोरि पाएर बसेका छन्। राम्रो बोल्ने पढ्न मुन अर्नेलाई पढाउने हो अरुलाई किन पढाउँछु होला र मुइँले? छोरि पाएको कुरा प्याच्च भनेछु के रे, ब्रेक लिने भन्नुभएको अस्तो मानिछु के रे.. …लु म भागेँ यहाँबाट, अहिले प्रितीले मार्छिन फेरि :)

संवाददाता-
“हाहाहा ब्रेक हैन अब बिट मार्ने बेला भयो। हस त माष्टरनी नानि हजुरले अमूल्य समया दिएर हामि संग केहि कुरा गर्नुभयो त्यसको लागि धन्यवाद्। पुन: एक पटक हामि तपाइँको अन्तरवार्ता लिने नै छौ अबश्य पनि। हस त धन्यवाद्।

श्रोताहरु, वहाँ हुनुहुनथ्यो माष्टरनि नानि।

अब आजको क्लोजअप तारारमपम पुरस्कारको लागि प्रश्न-
“चौतारिमा हुने कुनै कुरा कसैलाई राम्रो र कसैलाई नराम्रो किन लागेको होला र यसको समाधान के होला? “

तपाइँको उत्तर हाम्रो ठेगानामा पठाउनु होला।

पछिका अंकहरुमा निम्न व्यक्तिहरुको अन्तरवार्ता प्रसतुत गरिने छ-

१) पुन्टे दाई, खाइ न पाई
२) निशान्त, सधैँ अशान्त
३) सान्नानि, काममा जान्न नि
४) तितौरी, चौतारिबाट कता दौडि?
५) सोझो कुम्ले, बिहा पछि उम्ले
६) भाउते, बिना हात्तिको माउते
७) हरि, नुनमा डुबाएको रसबरि
८) चना तरकारि, जिउ धन सरकारि
यो लिस्ट पछि बाँकि महानुभावको अन्तरवार्ता प्रकाशित हुने छ। यसका साथै आजलाई बिदा पउँ, धन्यवाद्!

के तिमि क्लोजअप गर्दछौ
या दुनियाँ संग लड्दछौ
क्लोजअप किन गर्दछौ
क्लोsssजअsssप

 
Posted on 07-06-07 11:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो चौतारी रेडियोको बिज्ञापन सेवा हो, श्रोताहरु सुन्दै हुनुहुन्थ्यो ‘क्लोजअप चौतारी तारारमपम’

ढुकचुकढुकचुकढुकचुकढुकचुकढुकचुक

....पातली! ए पातली!
यहाँ मेरो सुट छैन, कमिज छैन यो घरको चालै बेग्लै छ।
उहि श्रेष्ठ टेलरिङ बागबजार जाने नि
भनेजस्तो सुट र कपडाहरु छानि छानि पाइन्छ
वाह मेरी पातली
श्रेष्ठ टेलरिङ बागबजार..
(टुङ्ग)
 
Posted on 07-06-07 11:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

इहिहिहि, चौतारीमा रेडियो पनि बजेछन्त !!!! आम्मामा,

"मुआहह सुआहह किन अर्न परो भन्छु र सपैको अगाडि?" हाय्ssssss के भन्छ हौ मास्टरनि नानि ? यस्तो त अच्कल जोसले नि गर्छन्त ।

मास्टरनि नानिलाइ मुआहहहहह -- लु जा गालामा लिपष्टिक स्ट्याम्प हान्दे लss । इहिहिहिहि
 
Posted on 07-06-07 11:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मास्टर्नी नानी लाई चित्त अबुझ्दो हुनु नि स्वाभाबिक छ नि, अब हेर्नुस् न मास्टर्नी नानी ठुलदाइ लाइ साइड् लाइन के के हान्ने रे? घोर् कलयुग भनेको यही हो ।
अन्तर्वार्ता बडा अच्छा थियो।
 
Posted on 07-06-07 11:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आम्मै! अब सुड्डा सुड्डी हरुको पनि लोप् सोप् पर्ने भो कि क्या हो गांठे?
 
Posted on 07-06-07 11:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

birkhe dai lau maile uttar uathaaela.

चौतारिमा हुने कुनै कुरा कसैलाई राम्रो र कसैलाई नराम्रो किन लागेको होला र यसको समाधान के होला? “

Ans: येस्को समधान चै नराम्रो लाग्नेले आखा चोपेर बस्ने नि खित खित खित।
 
Posted on 07-06-07 11:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

चौतारि छिर्नु अगि यि माथिका हरफहरुलाइ राम्ररी पढ्न फुर्सद नभएको ले “चौतारिमा हुने कुनै कुरा कसैलाई राम्रो र कसैलाई नराम्रो लागेको होला भन्ने मानिचुकेरे!!!!!!!!!!!
तसैले चौतारीमा पइला टेक्नु अधि यि माथिका हरफहरुमा ध्यान दिनु भएमा सायद यस्ता समस्याहरुबाट अबस्य पनि छुटकारा मिल्ने छ

जिम्माल बा ५ वटा क्लोजपको खोल चै पछि मेल गरेर पठाम्ला है
 
Posted on 07-06-07 11:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

galab, thuldai chhoriko hal chal thik chha, khub hasni khelni bhaki chha, ramailo chha. :)

“चौतारिमा हुने कुनै कुरा कसैलाई राम्रो र कसैलाई नराम्रो किन लागेको होला र यसको समाधान के होला? “
--kinabhane kasailai ramro lagera ani kasailai naramro lagera jimmal baa.

interview le khub hasayo baba kati hasnu, marnai aate. :D:D:D

aru interview pani chado linu hai. :)

durgi bhauju, gwachu, shabbo ke chha khabar?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS to F1 Status.
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Nepal TPS decision
Need Help of IT consultancies
Any input on remote jobs(IT related or Sales or Marketing)?
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
#MAGA#FAFO is delicious
What is the purpose of an F1 student visa in the U.S.?
NEPAL TPS IS GONE
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Homeowner Charged renting to illegal migrants
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters