[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

keli

Rahuldai
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी ११९~

[Please view other pages to see the rest of the postings. Total posts: 873]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 NEXT PAGE
[VIEWED 424789 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 44 pages, View Last 20 replies.
Posted on 06-14-08 7:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~चौतारी  ११९~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
 

 


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली , Norton - Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



 

Meet the world's finest  school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

Chautari (Chow-tar-ee):

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 119 editions.
 
 
Last edited: 16-Jun-08 12:43 PM

 
Posted on 06-18-08 1:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफ्नु मान्छे ले त हो नि कहिले न्याप्किनले, कहिले गुलाबले, कहिले डाडु पन्यु ले, कहिले कुचाले हान्नी   पराइले त मतलबै गर्दैनन नि, यस्तो कुरा नि भन्न पर्छ?
 
Posted on 06-18-08 2:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माइला दाई मलाई त कस्तो माया लाग्यो बिचरा हजुरबुवा र नातिनिको। अनी भौते दाई कस्तो नाइस

रिट्ठे के भयो र त्यस्तो पिर मानेको?

मिस दिदी, नाइ त्यो शुभ भाई त बदमाश छ, नपठाउनुस् है, बरु मै ज्ञानी हुन्छु, भन्दिन छुच्ची दिदी भनेर। तर त्यस्तो भिजेर आएको मान्छेलाई रित्तै नपठाउनुस् है
लहरे, लौ न कथा नभनन अस्ती भर्खर लेखेको होइन,
अनी कस्तो दही चिउरे रहेछ अस्ती सम्म लकर्स भनिराथ्यो हारेपछी त सेल्टिक्स भन्न थाले छ। जे भए पनि कस्तो नमज्जाले हारेको फाइनल त छ्या, हेर्नै दिक्कै लाग्ने गरेर।
पर्बत्या ज्यु, हुन पनि कती धेरै आरोप आएछ है, सबै माइला दाइको काम हो
ठुल्दाइ, मेरो पनि २ र ४
सान्नानी खोइ त?


 
सान्नानी
Posted on 06-18-08 2:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D ma chai hyaa chhu baru sabai jana kata harae? :O
 
Posted on 06-18-08 2:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

maile pani namaste gare sabaijana lai. balla ali fursat bhayo college le garda.
 
Posted on 06-18-08 2:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माइला दाई मलाई त कस्तो माया लाग्यो बिचरा हजुरबुवा र नातिनिको। अनी भौते दाई कस्तो नाइस

सान्नानी खोइ त?

harka dai ghar ma chhan ki chhinan? confirm garnu paro hai!!!

 

(Jiskara bhaneko hai)

Last edited: 18-Jun-08 02:31 PM

 
Posted on 06-18-08 2:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल अझ दही चिउरा रे - के भनेको हो - नबुझ्या भयेsssss
दही चिउरा त मिठो हुन्छ नि खान - चिउरा नखाको नि एक जुग बित्यो गाँठे।।
म त सेलटिक्स कै फ्यान हो क्या साचै - हो भन्या 
अस्ती मात्र लेख्या रे - हेर दिपिका मलाई मात्र लेख्न आको भये - दिन दिनै
नयाँ नयाँ कथा टाँसेरsssss - के भन्ने आफुलाई आउँदैन पो त।
Last edited: 18-Jun-08 02:29 PM

 
Posted on 06-18-08 2:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sabaile milera parbatya dai lai jiskauna thaleko rahechha haha


 
Posted on 06-18-08 2:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लौ मेरो पहिलो राउन्ढ गयो है, अस्त ब्यस्त झस्त पो भयो गान्ठे।

 
Posted on 06-18-08 2:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


याज युजल , जिम्माल ले हसाएछन है आजनी, कती आउने हो कुरोनी बाफरे बाफ।

 
Posted on 06-18-08 2:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वो हर्के दाई सान्नानी खोइ - घर मा त छैन

रिया के छ - धेरै दिन पछी झुल्कीयौ नि - तारेमाम


 
Posted on 06-18-08 2:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I am pretty good, how are ya serial (lahare bauchaa)

harka bahadur dai lai kina hapareko lahare?


 
Posted on 06-18-08 2:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रियाले सुरु देखी कथा पढेको छैन कि क्या हो -
कथा पढेपछी सबै थाहा हुन्छ,
हिजो देखी सुरु भएको हो यो कथा -
 
Posted on 06-18-08 3:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ!

क्यारम क्यारम भओ!

Last edited: 18-Jun-08 03:10 PM

 
Posted on 06-18-08 3:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे आज दिउँसो देखि नै निकै खुसि थियो। झरि परे पनि बेच्न लगेको मकै सबै बिकेको थियो। तर यो भन्दा पनि बढि खुसि बसन्तीले बाटो पारी चियापसल बाट चिहाएरै भए पनि दिनभरिमा कयौँ पटक उसलाई हेरेकोमा भएको थियो। उसलाई थाहा थियो, उसको बारिमा अझै १५ दिन जति हरिया मकै हुनेछन्। सबै समयमा बिकेमा मकै छिप्पिने डर पनि हुने थिएन र यो बर्खालाई मनग्गे पैसा जम्मा पार्न सकिन्थ्यो।

 

बजारबाट वारि तर्दा झमक्क रात परिसकेको थियो। जति राति भए पनि रिट्ठेको अभ्यस्त पाइलाले बाटो पहिल्याउँदै थियो। खालि थुन्चे बोकेर गाउँपट्टि उकालो लागेको करिव एक घन्टा जतिमा रिट्ठे चौतारी पुग्यो। उसले ओढेको घुम नाम मात्रको जस्तो लाग्दथ्यो; उ पूर्णतया: भिजेको थियो।

चौतारीमा पुगेर एकछिन ठिङ्ग उभियो। तल खोलाबाट उकालो लागेपछि यो चौतारीमा पुगेर उकालो सकिन्थ्यो र त्यसपछि गाउँ सुरु हुन्थ्यो। उसले चारैतिर नियाल्यो। झरिको एकोहोरो आवाज  बाहेक रात चकमन्न थियो। उसले कम्मरमा लुकाएर बेरेको पटुका छाम्यो र पैसा अझै त्यहिँ रहेकोमा आश्वस्त्व भयो।

 

आठ-नउ बज्यो होला भर्खर!

मनमनै बोल्यो र अँध्यारोमा तेर्सो बाटो लाग्यो।

अचानक कान्ला माथि मकै बारिमा सररर को आवाज सुनेर रिट्ठेको कान ठाडो भयो।

मकै बारिमा कोहि हिँडेको जस्तो लाग्यो। अँध्यारोमा रिट्ठेको मन आत्तियो।

 

आवाज तिव्र गतिमा नजिक आउँदै थियो। रिट्ठेका पाइला छिटो छिटो अगाडि बढ्न थाले। निसपट्ट अन्धकारमा एकपलको लागि अचानक माथिबाट कोहि उसको ढाडमाथि हाम्फालेको जस्तो भान भयो रिट्ठेलाई; र उ भुइँमा लड्यो। एउटा बलियो ज्यानको मान्छे हतारिएर उठेर बाटो बाटै दौडेर भाग्यो। रिट्ठे सम्हालिएर उठ्यो। मान्छे पर पुगिसकेको थियो उसले चिनेन। उभिएर ढुकढुक गरेको मुटुलाई सम्हाल्न यताउता हेर्यो। कान्ला माथि बारि संगै जोडिएको घरको झ्याल खुल्ला थियो र कोहि झ्याबाट तल मकैबारितिर हेर्दै थियो। रिट्ठेको मन झन आत्तियो। त्यति टाढा टुकिको मधुरो उज्यालोमा पनि झ्यालबाट हेर्ने मान्छेको तालु टल्केको उसलाई डरलाग्दो लाग्यो। रिट्ठे फटाफट पाइला चाल्न थाल्यो। एकपटक फेरि पुलुक्क झ्यालतिर हेर्यो। झ्याल बन्द भैसकेछ।

 

रिट्ठेले फेरि पटुका छाम्यो। पैसा त्यहिँ रहेछ। थुन्चे बोक्यो र घुम टाउकामा राखेर बाटो लाग्यो।

उसले महशुस गर्यो उसलाई यति डर कहिले पनि लागेको थिएन। अलि अगाडि आएपछि ऊ अलि सम्हालियो र सोच्न थाल्यो-

ज्यानमाराको बिगबिगि छ भन्छन, ज्यानमारा पो थ्यो कि न?

काँम्दै बर्बरायो रिट्ठे।

ह्या के खार ज्यानमारा हुनु, ज्यानमारा भा भ मलाई तेतिबेलै ठुनुक्क पारिहाल्थो नि!

आफैँले आफ्नो चित्त बुझायो।

एकैछिनमा केहि सम्झेको जस्तो गरेर फेरि बर्बरायो-

साँच्चि तो घर त धोबिनिको पसलघर पो हो त ए! तो ज्यानमारा क्यार्न तेताटि भाग्या होला फेरि? ह्या ज्यानमारा हैन तो, ज्यानमारा भा भ तेतिबेलै काटिहाल्थो नि मलाई

 

रिट्ठे, मनमनै बोल्दै हिँड्दै थियो।

अलि अगाडि पुगेपछि फेरि उसको मन डरले ढक्क भएर आयो!

बिस्टे बुढाको घरबाट माथितिरको बाटोमा कोहि सानो १०-११ बर्षको बच्चा डोर्याएर छाता ओढ्दै हिँड्दै थियो। निसपट्ट अँध्यारो थियो र त्यसमाथि बर्षिरहेको झरी। छाताले अनुहार छोपिएता पनि रिट्ठेले कुनै आइमाई हो भन्ने चाल पायो। सानि बच्चि खुरुखुरु हिँड्दै थिइन् छाता ओढ्ने आइमाईसित!

रिट्ठेको अघिनै उफ्रेको मुटु ठाउँ छोड्ला जसरि धड्किन थाल्यो। उसले सुनेको थियो निसपट्ट राति किचकन्निहरु बच्चा डोर्याएर हिँड्छन भनेर। रिट्ठेका पाइला लगभग दौडिन थाले। उसलाई दौडिने मन भइरहेको थियो तर दौडँदा आवाज सुनिन्छ कि भनेर डरायो। जति सक्दो छिटो ऊ घरमा आफ्नो न्यानो ओछ्यानमा निदाउन चाहन्थ्यो। गाउँ आइपुगे पनि उसलाई घर सम्मको यात्रा एक युगको भान भयो। बाटो माथिको मकै बारिले उ छेकियो, र केहि हलुका अनुभव गर्यो। अझै देखिन्छन कि भनेर रिट्ठेले माथि हेर्यो, बारिका मकैका बोटहरु सबै लडेका थिए! उसको मन फेरि ढक्क भएर आयो। उसले सुनेको थियो राति किचकन्निहरु औँलामा बत्ति बालेर नाच्छन रे! अगि देखेको बच्चा डोर्याउने किचकन्नि नाचेर मकैका बोटहरु भाँचेको अनुमान गर्दै रिट्ठे भएभरको शक्ती लगाएर दौडन थाल्यो। उसलाई बसन्ति समेत याद भएन यतिबेला!

किचकन्नि देखियो दैव आज!

फेरि बर्बराऊन थाल्यो!

ह्या किचकन्नि हैन तो, किचकन्नि भ अइ नै मेरो रगत चुसि हाल्थि नि!....हैन किचकन्नि नै हो, नत्र यो झरिमा यति राति बच्चा किन डोर्याउन पर्या छ र कसैलाई?

बर्बराउँदै, ठाउँ ठाउँमा हिलोमा चिप्लँदै आखिर ऊ घरनिर पुग्यो। हर्केको घर तिर नजर घुमायो, अझै बत्ति बलिराखेको रहेछ। उसको मनबाट डर हलुका भएर आयो। उ हर्केको घरको ढोकातिर लाग्यो र थुन्चे र घुम आँगनमा फालेर ढोका ढकढकाउन थाल्यो! उसलाई पटुकाको पैसाको याद आएन; उसलाई कुनै सुरक्षित ठाउँमा केहिबेर आँखा चिम्लेर ढुक्क संग सुत्नु  थियो!

 

 

(अरुको नि पालो आउँछ है आउँछ)

Last edited: 18-Jun-08 03:11 PM

 
Posted on 06-18-08 3:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मइतेल नभा हुदि सप्पैकाँ  बत्ति कसरी भल्यो ह जिम्माल बा  ? हिहिहिहि ---डर लाउच बाबै जिम्माल बा केहि भन्न फेरि  झोक चल्यो भने  सप्पै जो  रिस यइ कथाआँ पुराम्न बेर छैन ।

 सान्नानी होलिन नि छोरी लिएर  हिन्नी - मइतेल खोज्न के


 
Posted on 06-18-08 3:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)

Last edited: 18-Jun-08 03:20 PM

 
Posted on 06-18-08 3:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ए लहरे सन्नानी को ठेका लिएर बशेको छु र मैले, ओह हो रिया नानी, मिस नानी के के हुँदै छ हो, अर्को कथा गयी सकेछ जिम्मालको एक छिन्मा पढ्नु पर्ला।

 
Posted on 06-18-08 3:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनि यो चाहिँ हाम्रो दीप ज्यूको आधुनीक चौतारी गाथा--

 

भौते: हन ए बिस्टे! एक्लै?
बिस्टे: अन्त जिम्माल लाई नल्याउनु भन्या हैन त?
भौते: कस्ले झिक्या छ र जिम्माले को कुरो? कि भनेउ तिम्ले?
बिस्टे: क्यार्न भन्थेम र? आउँछु त भन्दै थे--
भौते: को?
बिस्टे: आच्या--पन्नित हौ पन्नित--
भौते: संगै ल्याउनु पर्दैन त?
बिस्टे: कस्लाई?
भौते: हन के धोकेर आएउ हँ? दिमाख ठेकानमा छैन?
बिस्टे: छैन भौते छैन--
भौते: किन र के भो?
बिस्टे: खै त दुलही?
भौते: कस्को?
बिस्टे: अब ब्या अर्ने तिमी दुलही कस्की हुन्छे?
भौते: अब मेरी दुलैको तिम्लाई के को खसखस हो त नी फेरी?
बिस्टे: दुलै नभै क्यारी गर्छौ त बे?
भौते: दुलै ल्याउन गा छ--ल्याउँदै होला--
बिस्टे: को गा दुलै ल्याउन?
भौते: लहरे--अरु त सबै डाँकै डाँका--लहरे एउटाको भर छ मलाई--
बिस्टे: जन्ति कति बोलास त नी? कोई देख्दिन त?
भौते: शंका होला मान्सेलाई भनेर उता तल्लो टाराँ बनभोज गरया जहरी राख्या छ--म चैं लहरेले दुलै कैले ल्याम्छ अनि तिम्ले पन्नित कैले ल्याम्नी हो भन्दै हेरी बस्या ह्याँ--के भन्थे त?
बिस्टे: किन छुटाएछ पातकीले म बुढोलाई भन्थे
भौते: कहले?
बिस्टे: आच्या--खै कल्ले हो बिर्सें--तर पन्नित को आशा नगर--
भौते: के नचाईदो कुरा गर्या ए बिस्टे--बे मा पन्नितको आशा नगरी के गर्ने त?
बिस्टे: पन्नित हिनी सकेछन् अर्कै बे मा? उता सकेर आम्ला भन्थे के रे--
भौते: भौडीमा लएर जाक्दिन्छु ऐले अनि -- कस्को बे मा गछन्?
बिस्टे: भैगो छोडदेउ--
भौते: मेरो मुन् यसै नी हुरुरु भै रस धेरै नाटक नगर है बिस्टे--काँ मरेसन पन्नित?
बिस्टे: उता टाँकिबोटेमा पर्बतेको बे रह नी त आज --
भौते: तिनटैलाई छिनाईदिन्छु आज म--
बिस्टे: को तिन जना?
भौते: पर्बते, त्यो नखरमाउली, अनि त्यो पन्नितलाई पनि--
बिस्टे: आफ्नै बे तिन चोटी मा छिनाउन सक्या छैन -- उम्कि रा छन --अझ अर्का बे छिनाउने सुर?
भौते: त्यैत भन्सु--धेरैलाई बोलाईयो जन्तिमा---अन्तै काम छ भनेर मर्या थे--अब बुझियो--पर्बते काँ मर्या रछन-- पून्टे, गोतामे, नारने लगायत का आएनन--

(फेदीबाट जिम्माल मानेटार तिर उकालो लाग्दै छन -- बाटाँ बाँणेस्वरको मन्दिर मा लहरे र एउटी केटी सुस्ताउँदै गरेका भेटीन्छन)

लहरे: ओहो! जिम्माल बा! कता हो यस्तो चिडिक्क परेर?
जिम्माल: यसै हिनेओ-- ई नानी को हुन नी? दुरुस्त अप्सरा ल--
लहरे: एउटा काम गर्दिनु परो --जिम्माल बा पनि पुरानो पन्नितै हो क्यारे--
जिम्माल: हो नी -- यै बाणेश्वरमा कति पूजा लाईयो, कति बे गराईयो, कति के गरियो--कति के गराईयो लेखा जोखै छैन--जमनाको लम्बरी पन्नित परियो आफु--
लहरे: बे पनि गरा स जिम्माल ले?
जिम्माल: कति गराईयो कति? एउटैको चार चोटी सम्म नी गराईयो चारवटाको एक्कै चोटी नि गराईयो--
लहरे: एउडो छोटकरी बिधीले बे गराईदिनु पर्ने भो--कसो होला?
जिम्माल (मनमनै): सम्धिले भेटेनछन क्यारे पुरेत भौते मुर्दारको बे लाई --
लहरे: हँ जिम्माल बा? गराईदिने हो बे?
जिम्माल: किन नगराउनु? दुला दुलै चाहिन्छ के रे --बे मुला त छिनको छिन गराईन्छ--
लहरे: ल त जिम्माल सुरु गर्नु परो बिधी -- देउता यतै छन-- पन्नित तपै नै हो-- दुला मै हो दुलै इनै हुन--


 
Posted on 06-18-08 3:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यस्मा रिट्ठे को पालो - खुब घुर्की लाउथ्यो - कस्तो डराएको नि फेरी,
सस्पेन्स पनि कस्तो हो , बबाल छ ल
अती नै राम्रो जिम्बाल - बाहिर पनि टाँस्ने हो कि - यो समेत गरेर तीन चोटि भनिसके
फेरी मानेन भने नली खुट्टो बजाउन नपोरोस भन्द्याछु।
 
Posted on 06-18-08 3:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन हाम्रा माइला दाई लाई के मात्र कुरा आएको भने? बाफ रे बाफ। यस्तो पो लेख्नु, जीवन्त बर्णन।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS to F1 Status.
NRN card pros and cons?
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
2020 : Why No Trump !
Nepal Likely to Get 60-Day TPS Notice
#MAGA#FAFO is delicious
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NEPAL TPS IS GONE
NOV 18th TPS DAY
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
EAD Filing
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
Leave messages on US congressman's facebook to support TPS
Business Ideas in Nepal?
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue
Bill to Protect TPS and DED Recipients
कोर्टमा जाँदा आइसले समात्ला भन्ने डर छ भने यस्तो गर्नुहोला
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters