[Show all top banners]

Tyra
Replies to this thread:

More by Tyra
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी -३९

[Please view other pages to see the rest of the postings. Total posts: 568]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 NEXT PAGE
[VIEWED 169060 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 29 pages, View Last 20 replies.
Posted on 12-24-06 4:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते!
सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम् !!!


चौतारी भाग-३९

उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३९ औं भागमा आइपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। कुनैबेलाको नमेको चौतारो अहिले नमेको मात्रै नभई सबैको साझा चौतारी बनेको छ। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो।

हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता
--मास्टर्नी दिदी

आउनुहोस् घाम तापेर बदाम छोडाएर खाऔं, अमिलो साँधेर खाऔं, मेवा काटेर खाऔं ,रुख् मुनि बसेर पिरो चट्पटे खाँउ, तर चट्पटे को पैसा तिर्न नबिर्सौ :P ।

नियमित रुपमा आइरहने सबै महानुभावलाई आफ्नो सकृयतालाई निरन्तर दिन अनुरोध गर्दछु र हालसम्म चुपचाप रमाइलो मानी चौतारी पढिदिने साथीहरूलाई पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।

सधैं झैं यस चौतारीमा Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, सबैलाई स्वागत गर्दछौं।


अब सुन्नुहोस् चौतारी का ताजा समाचार्!!

-ठुलि नेपाल मा गुतपाक तितौरा खादै होलि, हामि चाइ यहा थुक निल्दै बस्दै :s

-पुन्टेदा को सकृयता मा हुने भनिएको कृसमस भेला क्यान्सिल् :(

-झन्डै ४ महिना भुमिगत् रहनु भएका चौतारी का बरिस्ठ सदश्य भौतेदाइ/भौतेगुरु को चौतरीमा उपस्थिति :D

-त्यसै गरि गालब् ले सुचना निकाले'छि सानोकान्छा को पनि उपस्थिति :D

-र , साझा चौतारी विकि मा ।

 
Posted on 12-29-06 9:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्ये भन्या ठुल्दाइ राहुलदाइ अन्त गए त ठिकै छ तर हाम्लाइ नबोलाइ जन्त गएछन् भने तिनि हरु को पेट् मा जुका परोस् लौ जा ।

अब क्विज राख्नुस् न त चौतारीयाँ :D

प्राइज् चाइ मोमो हैन सारै अघाइयो मोमो ले दिन् भरि डकार् आ'र हैरान् :P अब प्राइज् मा कथा वा कबिता सुनाउनुस् ल .
 
Posted on 12-29-06 9:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ सपै गाम्लेलाई!

हन यिनि गामकि नयाँ नानिलाई क्यार्न जिस्काओ हो ए पुन्टे बुडा?

क्यार्दै छौ बा तितौरी? माम खायौ?

लु ठुल्दाई के जाति भुराभुरि अघाएछन मम ले अब चाइन्जो एसो चउलेठ सउलेठ दिनु परो!
 
Posted on 12-29-06 9:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-29-06 9:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Posted on 12-29-06 7:30 PM Reply
स्वर्निम सपना सगै परदेशइने हरुलाई,
परदेशइने स्वर्निम सपना देख्ने हरुलाई,
आएर दुःè पाएका हरुलाई,
दुःè पाउन आउने हरुलाई,
जहाँ जसरि बसेका छन उनिहरुलाई,
त्यसरीनै बसेका तीनइहरुलाई,
हिमालका हरुलाई, पहाडका हरुलाई, तराईका हरुलाई,
मलाई, उनिलाई, तीनएलाई, अनि तपाईंहरुलाई,
अरबको खाडीमा गीतती कुत्ने दाजुलाई,
अमेरिकाको बोस्तोनमा टोयोटा हाँक्ने ब्रोलाई,
सुदुर पश्चिचमा हलो जोतिरहनु भएका बाबालाई,
तराईमा नग्रा खियाउने हाम्री आमा लाई,
सबैलाइ, राष्ट्रप्रेमिलाई, परराष्ट्र प्रेमिहरुलाई
नेपाली रिती थिती वीरसने हरुलाई,
यो अग्रेजी नयाँ सालको शुभकामना !!!
 
Posted on 12-29-06 9:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बल्ल जमघट भाछ्, यो बुढा लाई एक्लो पारेर सब बेपत्त, नानीहरुकै आग्रह अनुसार अब देखि चकलेट पुरस्कार । ल भन नानी हो, यो कबिता कस्ले लेखेको हो?

"आँसु के ले सुक्छ, सखी, घामले सुक्छ पानी
मुस्कुराउंदा मुटु दुख्ने बस्यो मेरो बानी।"
 
Posted on 12-29-06 9:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

विवस् जि ले कस्तो मर्मिक कविता लेख्नु भएछ
आँखा रसाएर आयो ।
 
Posted on 12-29-06 9:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

(मन्मनै: झट्ट हेर्दा हामो मिस ले लेख्नु भा'जस्तो छ ,खै हो कि होइन नभनुम् क्यारे ।)
अहम् अहम् आएन पाsssssस!!!!!
 
Posted on 12-29-06 9:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ जिम्माल् बा कति दिन पछि आउनु भयो चौतारीयाँ सन्चै हुनुहुन्छ बा , खोकि कस्तो छ , नलि खुट्टो ले दुख दि रा'छ कि अझै ? लौ बुडेस्कालाँ हरे!!! तर जे भे नि आउन चाइ नछोड्नुस् है बा चौतरीयाँ अनि जिम्माल्नि आमा सन्चै बा ? अरु ले के के कुरा काट्दै थे हिजो :s
 
Posted on 12-29-06 10:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरि नानु, ति मर्न नसकेका पातकिहरुको कुरो नसुन बा। तिनले पाए भन्देखुन सपैलाई बात लाम्न कत्ति बेर लाउँदैनन् गाँठे! हुँदा हुँदा आँखामा राखे ननि नबिझाउनि जिम्माल्निलाई नानाभाँति भनेर! तिनलाई दशाले कुत्कुत्याएको असत्तिहरु!!

खोकि नि के जाति तै बिसेक तै बिसेक अस्तो अर्छ कोइ छेक्का, कोइ छेक्का फोउसो नै मुखाटि निस्कन्छ कि भनेओ अस्तो अरेर खोकि लाउछ! एस्तै हो बुडेसकाला चाला!
नलि खुट्टो अस्ति ब्यान सम्म त चिरिक चिरिक अर्दै थो के रे, तर हिजाटि अलि सन्चो भए झैँ मानिछु।
 
Posted on 12-29-06 10:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्मालबा, आज चिलिम सकियो, त्यसैले अलिकति सोम रस भ्याको, माथिंगल बेस्सारी घुमेको छ, भोली एउटा ब्रान्ड न्यु कबिता, तपाईंको कबिता को देश मा टास्ने वाचा ( तोदिन पनि सक्छ) गर्दै आज लाइ यही तारेमाम्।
 
Posted on 12-29-06 11:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

aja friday
sabai jhyap ho ki ke ho
 
Posted on 12-30-06 1:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कोही छ?

आज शुक्रवार
सबै झ्याप हो कि के हो
 
Posted on 12-30-06 1:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो हरिविजोगमात्तै भुन्भुनाईरा'छ त याँ! के छ केटा हालखबर? आज रातभरि चौतारीमै हो कि क्या हो?
 
Posted on 12-30-06 10:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीका सम्पुर्ण गाम्लेहरुमा नव बर्ष २००७ को हार्दिक मङलमय शुभकामना।।

What can be said in New Year rhymes,
That's not been said a thousand times?
The new years come, the old years go,
We know we dream, we dream we know.
We rise up laughing with the light,
We lie down weeping with the night.
We hug the world until it stings,
We curse it then and sigh for wings.
We live, we love, we woo, we wed,
We wreathe our prides, we sheet our dead.
We laugh, we weep, we hope, we fear,
And that's the burden of a year.

Happy New year 2007 !!
 
Posted on 12-30-06 10:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरी:
कालो टोपी कालै छ कोट
नबोले नि हाँसी देऊ के भो र?
लरी लरी लै यो जोबन तिम्लाई भो सँधै भरिलाई
लरी लरी लै यो जोबन तिम्लाई भो सँधै भरिलाई

सुन हजुर घर मेरो टिकरी(?)
जिन्दगीमा केइ छैन फिकरी
लरी लरी लै यो जोबन तिम्लाई भो सँधै भरिलाई
लरी लरी लै यो जोबन तिम्लाई भो सँधै भरिलाई

तिमी हामी जाल माझी भएर
खेलौँला नि बबैमा गएर
लरी लरी लै यो जोबन तिम्लाई भो सँधै भरिलाई
लरी लरी लै यो जोबन तिम्लाई भो सँधै

बरु मलाई लाग्दैन तिर्सना
हजुर लाई सकिन बिर्सन
लरी लरी लै यो जोबन तिम्लाई भो सँधै भरिलाई
लरी लरी लै यो जोबन तिम्लाई भो सँधै भरिलाई
... ... ...

 
Posted on 12-30-06 11:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

good morning,

ani dada lala thik chha, titauri lai matra,
aafulai ta testo bhanne koi pani chhaina
 
Posted on 12-30-06 11:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गरें है सप्पैलाई!
 
Posted on 12-30-06 12:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ हौ हरि?

सुनिमा नानी, कठै! दादाले हेप्यो हो? म भन्दिम् तिम्रो लागि? :p

सुनिमा:
चिल्लो छाला, चिल्लै छ खप्पर
जोडा पाओस् गुरिल्ला जस्तै जब्बर
लरि लरि लै, हात्ती काने जब्बरे तिम्रै भो जोवन भरिलाई
लरि लरि लै, हात्ती काने जब्बरे तिम्रै भो जोवन भरिलाई

सुन हजुर घर मेरो गजरकोट
गुरिल्लाले टोकेर बस्यो कि गालामा खोट
लरि लरि लै, हात्ती काने जब्बरे तिम्रै भो जोवन भरिलाई
लरि लरि लै, हात्ती काने जब्बरे तिम्रै भो जोवन भरिलाई

तिमी र जब्बरे माछा भ्यागुता भएर
खेलौला नि पानी मुनि डुबेर
लरि लरि लै, हात्ती काने जब्बरे तिम्रै भो जोवन भरिलाई
लरि लरि लै, हात्ती काने जब्बरे तिम्रै भो जोवन भरिलाई

जब्बरे ले त सक्दैन रे बिर्सन
उनैको सम्झनामा नहिंडेनि, आउँछ कि तिमीलाई धिस्रन
लरि लरि लै, हात्ती काने जब्बरे तिम्रै भो जोवन भरिलाई
लरि लरि लै, हात्ती काने जब्बरे तिम्रै भो जोवन भरिलाई

:p
 
Posted on 12-30-06 12:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो पुन्टेले पनि कति जिस्काउन सकेको भन्या ।
 
Posted on 12-30-06 12:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D:D:D khit khit khit khit...uffffffff mare haasera coffee nai sarkiyo .!!!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
tesla stock OMG !!
TPS for Nepal likely to extend next week
Conservative discussions
सालीको चाक
TPS To F-1 COS
Embassy of Nepal might be able to help extend TPS for Nepal
I hope all the fake Nepali refugee get deported
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
ChatSansar.com Naya Nepal Chat
Who is hottest nepali female?
Looking for girl
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
रबि लामिछानेको दाहिने हात ICE को हिरासतमा
ICE kidnapping people off the streets over op eds
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters