[Show all top banners]

CaMoFLaGeD
Replies to this thread:

More by CaMoFLaGeD
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी-६२~~

[Please view other pages to see the rest of the postings. Total posts: 633]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 283830 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 07-09-07 10:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.

चौतारी-६२


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी - भाग ६२ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 62 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

.गोताएँ दाइको ब्लग
. चौतारी ताररम्पम अन्तरबार्तामा राहुल दाई अनि मिसको सान्दार अन्तरबार्ता, अरु अन्तरबार्ता आउने क्रममा
. पून्टे दाई एलाईन्स फर डेमोक्र्यासी एन्ड ह्युमन राइट्स इन नेपालको अध्यक्ष पदमा अत्याधिक बहुमतले बिजयी, चौतारीमा बिजय जुलुस


माछाको सुकुटि बनाउने र पकाउने तरिका :) -जिम्माल बा

सुकुटि बनाउने तरिका:

चौतारीको पहिलाको अंकमा भने जस्तै गरेर साना साना माछाको सुकुटि पनि बनाउन सकिन्छ। त्यसको लागि बिशेष किसिमले माछा काटेर ठिक पार्नु पर्दछ।

१)सानो साइजको टिलापिया, रहु(कार्प फ्यामिलिको माछा) वा क्याटफिस ल्याउने। सानो है सानो, नत्र मजा हुँदैन।
२)तपाइँको शहरमा बंगालि स्टोर छ भने पहिले नै सुकेको माछा ल्याउने र नम्बर ३ देखि नम्बर १४ सम्म नपढ्ने।
३)पुछ्छर र बाहिर निस्केका सबै अंगहरु काटेर फाल्ने।
४)माछालाई चपिङ बोर्डमा राख्ने।
५)मजाले पेपर टावलले पुछ्ने नत्र चक्कु चिप्लिएर माछाको सट्टा आफ्नै औँलाको सुकुटि बनाउनु पर्ने स्थिति आउन सक्छ।
६)माछाको पेट पटि बाट माछालाई लम्बाइ तर्फ पुछ्छर सम्म चिर्ने।
७)माछाको पेट पट्टि बाट माछालाई लम्बाई तर्फ मुख सम्म चिर्ने।
८)माछाको कान झिकेर फाल्ने।
९)मन पर्नेले टाउको राख्ने मन नपराउनेले टाउको काटेर फाल्ने।
१०)टाउको मन नपाराउनेले नम्बर ७ लाइ बिर्सने किनभने टाउको फाल्दा कान पनि संगै जान्छ।
११)अब माछालाई अलिकता फट्टयाएर चपिङ बोर्डमा हल्का थिच्ने (जोड लाउनु हुँदैन नत्र माछा कच्याक कुचुक हुन्छ।
१२)माछा ठुलो छ भने माछालाई माछाको काँडाकै समानान्तर हुनेगरि धारिलो चक्कुले चिर्ने र माछाको ढाडमा पुगेर छाड्ने। चित्र नं-२।
१३)चपस्टिक ले प्रत्येक पिस गाभिने गरेर घोच्ने। यसैगरि सबै माछालाई चपस्टिकको सिल मा उन्ने।
१४)पहिलाको साझामा मासुको सुकुटि बनाउने तरिका जस्तै गरेर सुकुटि बनाउने।

सुकुटि पकाउने तरिका:

१)माछाको सुकुटि (३ मुठि जति) एउटा भाँडामा राख्ने।
२) औँलाको सहायताले साना साना टुक्रा बनाउँदै चुँड्ने।
३) कराहिमा तोरिको तेल तताउने।
४) माछाको सुकुटि हाल्ने र अलिकता नुन छर्कने।
५) एकछिन चलाउने।
६) खैरो खैरो भएपछि र हल्का पाकेको मिठो गन्ध आएपछि तुरन्तै झिक्ने। ढिलो गर्नु हुँदैन नत्र माछा डढ्छ।
७) अदुवा (१ इन्च) र लसुन (५-६ पोटि) लाम्चो लाम्चो गरेर काट्ने।
८) हरियो खुर्सानि (थाइ) ४-५ वटा पनि चिर्ने।
९) एक पाउन्ड जति गोलभेँडा काट्ने।
१०)जिरा, धनिया, बेसार र मरिचको धुलोलाई अलिकता पानी हालेर पेस्ट बनाउने र त्यो पेस्टमा ५-६ वटा ल्वाङका टुक्राहरु हाल्ने।
११) कराहिमा तोरिको तेल तताउने।
१२) अदुवा, लसुन र हरियो खुर्सानि हाल्ने, एकछिन पछि मसलाको पेस्ट पनि हाल्ने र भुट्ने।
१३) नुन हाल्ने।
१४) गोलभेँडा पनि हाल्ने र मजाले चलाउँदै भुट्ने।
१५) गोलभेँडा गलेपछि माछा हाल्ने र एकछिन चलाउने।
१६) अलिकता पानि हाल्ने र केहि बेर पकाउने।
१७)पानि सुकेर सबै ग्रेभि माछामा टाँसिन थालेपछि झिक्ने।
१८) स्वादिलो माछाको सुकुटि संगै तिनपाने चुरुप्प पार्ने।



 
Posted on 07-17-07 9:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे दादु छोड्दिनुस् ति गाम्लेहरुला। धरै दिन भो दाजु बुइनी कुरा नगरेको लु आज मौका मिलेको बेला दु:ख सुखको कुरा गरुम
 
Posted on 07-17-07 9:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् गाम्लेहरु!
के छ ताअाअाअाअाआ?
यामेले के गरेको यस्तो? हामी दुबै रोयौं, धेरै बेर रोयौं। लक्ष्मी गुरुङ् अनि रतिमाया गुरुङ को ब्यथाले हामी मात्र होइन हाम्रा मुटु रोए> सम्झाउनाइ सकिन। जिन्दगि भनेको सम्झनै सम्झनाको माला हो रे। मन मान्दै मानेन। रोइ रह्यो अझै।
 
Posted on 07-17-07 9:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेहेहे...हे.. धेरै जिस्कन हुँदैन, फेरि मैले जिस्कान्छ तिमिले किसखान्छ :P

लु गरम गरम दुख सुखको कुरा। हेरि तो दुखको कुरा त के अर्नु बाबै, जति अरे नि दुख भन्या दुख नै हो बरु सुखओ कुरो अरुम दुइ दिने जिन्तखिमा मरिलानु के छ र?

हाँसौँ खेलौँ रोधिमा बसेर
मया लगाम कम्मरै कसेर


 
Posted on 07-17-07 9:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुली अनि बिर्खे दाइ, दर्शन गरें ल। ठुलीलाई फुली मन परेको भन्ने पहिलेइ थाहा पाएको भए, लिएर आउंथे नेपालबाट्। अब झुम्का मात्र छ, त्यो नाकमा राख्न मिल्दैन, कानै मा झुन्ड्याउ है।
 
Posted on 07-17-07 9:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् ठुल्दाई!
हन ठुल्दाईले मलाई क्यार्न दाई भनेओ, चौतारिमा त म साइँलो हो नि दाजु! तपाईँ जेठो पुन्टे दाई माइलो! :)
 
Posted on 07-17-07 9:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन साइलो, अब सबैले जिम्माल् बा, बिर्खे दादु भने सि यो बुढोको नि तन्नेरी हुने रहर जागो क्या। अब दाई भन्दिए आफु भाइ हुने १ -२ बर्ष घट्छ कि भनेर क्या।
 
Posted on 07-17-07 9:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बल्ल बल्ल भेट भाको दिन
बेलि र चमेलि
संलो पानी धमिलो मन किन

जदौ यो बिर्खे माइलाको!
 
Posted on 07-17-07 9:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रा ठुल्दाई साह्रै नै बाठा छन्
पुन्टे भन्दा दस गुना टाठा छन्
पुन्टे दाईले भेटघाटलाई भनेर
जोडे पैसा डबल आवर हानेर

ठुल्नानिको त्यो तोते बोलिले
हान्यो सबलाई सिसाको गोलिले
तितौरीको त्यो मिठो हाँसोमा
आफु भागिन, पारि सब्लाई पासोमा

भाउते भाँडको त्यो बिघ्न इस्टाइल
बिझ्ने कुरा लास्टमा चाहिँ इस्माइल
सोझो कुम्ले साह्रै नै लरक्क
बिहे गरि बस्यो है गजक्क

हरि भान्जो मजाले बात मार्छ
कि त घरमा कि काममा मस्त छ
सान्नानिको झन सानि नानि छ
कुरा बुझ्ने मजाको बानि छ


 
Posted on 07-17-07 10:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मंगलवारको चौतारीमा पाल्नु हुने जिम्बाल, आकाशे, बिर्खे दाई, राहुल भाई, ठुलि, ज्वाँई नारन सपै लाई यो रिट्ठेको एकमुस्ट नमस्कार । लु न त अब बेला बेला मा बात् चाँही मार्दै गरम क्यारे।
 
Posted on 07-17-07 10:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल दा आफुलाई नि फुली लगाउने मन बल्ल जहिले देखी हरिलाई भेते तब देखी लाग्न थालयो। (just jesting)
राहुल दा यो झुम्कालाई बिगारएर फुली बनाम्न मिल्दिन।
बिर्खे दा आउनुस् सुखै सुखैको कुरा गरुम।

रित्थे, दुर्गी दि दुबइ लाई मैले नि दर्शन गरेल
 
Posted on 07-17-07 10:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु मैले नि सप्पैलाई नमस्कार टक्राएँ है!

मामाको गाना त खर्राँट गो नि त! एक दिन हाम्रो मामा र मदनवा भैयाको दोहोरी चलाउनु पर्ला जस्तो छ, बुडै भएनि दम छ ज्यानमा।

ठुली, स्टीलको टल्किने फुली चाहिया हो?

सोझो कुम्ले र भउते-भाँड जाँड खान गए क्या हो, बेपत्तै छन त।

ठुल्दाइ, दुर्गे माता, रिठ्ठे दर्शन टउराएँ है!
 
Posted on 07-17-07 10:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ हेर यो हरिले के भनेको स्तिलको फुली चहियोरे। एस्ता लोविको नि के पछी लाग्नु। बिर्खे दा तपाईंको भान्जोलाई सम्झाउनु पर्‍यो भनेको
 
Posted on 07-17-07 11:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफु त पारीयो अन्तरे लप्पन छप्पन जानिन्न
चौतारियाँ बसेसि ज्यान् जाला उठ्न मानिन्न



लौ सप्पुई गाम्ले लाइ जदौ है।

हन ई गोतायें कता लागेचन् अचेल्। ए गाम्ले हो देख्या चौ कसैले। देख्या भे भन्देओ है।
गोतायेँ को बलगाँ छिरेको त ये गांठे आफ्नै झ्वाँ ई खट्टे का पाट्नर् पो परेछन् लौ।

नालाको मुखाँ झ्वाँ ई खट्टे र सुकुटि बजाको झल्झली सम्झिये के रे आज बिहान बिहानै।
 
Posted on 07-17-07 11:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

परार साल बैरेनि गाममा हँइँजा लाउदा स्याउलि खोला बगरहुँदि झ्वाँई खट्टे चपाम्दै मुउलान पसेओ अस्तो लाग्या थो के रे मुलाई यो अन्तरे, कताटि गोताएँको पाटनर बन्न पुएछ ए रात्तै! गाम झन्डै सोतर भा थो हइँजाले। सपै बलिया बाङ्गाहेरु लाखापाखआ लाए के रे, बाँकि बुडा खाँडा हेरु काल कुर्दै बस्या थे, धन्न डाउडरको टोलि आ'र मुन्छे बँचाए! तो परलए भा' नि हेरि गोडा दसेक बर्ख भएछ। तेतिबेला सिन्का अस्तो थो यो अन्तरे, ज्यानाँ हड्डि बाहेक केइ नाइँ, अइले त ए रात्तै मुउलाना भात ला' हो कि, तरुनो बेला मात ला हो मोरालाई रातो पिरो पो देखिन्छ त गाँठे! हाउँरो कुम्ले भाउतेओ उमेरको झैँ मानिछु यो अन्तरे। लु अब गाममा आयौ के रे मुउलानको कथा कुथुङ्गरि सुनाउ, एउछिन तमाखु भर्नु परो!
हरिशरणम्!!
 
Posted on 07-17-07 12:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"तपाईले जहिले पनि जिन्दगि लाई पछाडि फर्केर हेर्नु भयो भने जिन्दगी भनेको वास्तवमा सम्झनै सम्झनाको माला बाहेक केहि पनि हैन, बस् त्यति मत्र........केहि तिता सम्झना, केहि मिठा सम्झना, केहि न तिता न मिठा, फिका सम्झना।" रति माया गुरुङ् अनि लक्ष्मि गुरुङ् लाइ मेरो सलाम् !!!! संघर्श अझै जारि छ।

मङलबारे जदौ सपै लाई। सारै रमैलो हुदै रैछ, काम साम छाडि चौतारीमै अड्डा जमाउनु पर्ला जस्तो छ आज।

जिम्माल बा को गीत सुनियो अनि रमाइयो, अब त्यो गन्थन पढुला।
के बिधि नयां मान्छे हं चौतारी भरि
 
Posted on 07-17-07 12:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुथुङ्गरि bhaneko ke ho birkhe da?

nemchi di darsan.
 
Posted on 07-17-07 12:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन ई जिम्माल् बा ले खोइरो खन्न थाले बाबै। हल्हले देखिन् छाडेकै हैनन्। हल्हले र बैरेनी जाँ गएनी भेट्नी भन्या। (बुढा लाई त्येइ बैरेनी को हैजाले

लौ मार्नी भए बुढा ले अब)

ए जिम्माल् बा ऐले ता काँ त्यो सिन्के हो र गोताएँ भन्दा कम् खाईलाग्दो काँ छु र। तेई झ्वाँ ई खट्टे को करामत् हो। नपत्त्याए गोताएँ लाई नै सोधीहेर त लौ। गोताएँ ले नी ज्यान् बनाको तेसैले त हो।


 
Posted on 07-17-07 12:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अन्तरे तिमी गोतामे दाई को मित ज्यु हो?
 
Posted on 07-17-07 12:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शहरै जाम्ला नि
धन कमाइ ल्याम्ला नि
लल्लोरि बिल्लोरि
आखुम लालुमाइ लल्लोरी बिल्लौरी

मंअलबारे जदौ यो बिर्खे माइलाको

हात खुट्टो चिलाइरा'छ, कसलाइ गोदुम कसलाइ गोदुम भइरा'छ,

लु गाम्लेहरुहो कसैको रिसइबि साँध्न पर्ने भ' भन है, नभए म त आर्को गामतिर लागे निहुँ खोज्न
 
Posted on 07-17-07 12:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

uptown gal kina risayeko ...
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS to F1 Status.
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Any input on remote jobs(IT related or Sales or Marketing)?
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
NEPAL TPS IS GONE
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
The New Color of Her Flag
Don’t Just Read—Join the Conversation
EAD HELP NEEDED URGENTLY!
🇳🇵 Tongba is going global! Yak&Brew going into production – Free samples available!
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters