[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ चौतारी ११६ ~

[Please view other pages to see the rest of the postings. Total posts: 1004]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 NEXT PAGE
[VIEWED 418533 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 51 pages, View Last 20 replies.
Posted on 05-16-08 3:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी- ११६


चौतारी मा यहाँलाई स्वागत छ!

(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"

**********************************************************************


*********************************************************************************************
लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली , Norton - Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee):

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 116 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.


*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग

आउनुहोस! आउनुहोस! आउनुहोस! आउँछ मौका पर्खँदैन! बगेको खोला फर्कँदैन!!
""ए हजुर कता? हजुरले जीन्दगीमा कहिले नदेख्नुभएको खच्चरको सुन्दरी प्रतियोगिता यता!!""
चौतारीका एक औतारी च्याङ्ग्बा चाम्लिङ्को सकृयतामा भव्य समारोहका बिच सम्पन्न हुँदैछ, चौतारीकै इतिहासमा पहिलो-
चौतारी खच्चर सुन्दरी प्रतियोगिता २०६५!


२५५२ औं बुद्ध जयन्ती - जेष्ठ ७ , २०६५ (२० मे २००८)

"Believe nothing, no matter where you read it, or who said it, no matter if I have said it, unless it agrees with your own reason and your own common sense.
"
                                                                                                           Gautam Buddha


Last edited: 18-May-08 10:34 AM

 
Posted on 05-20-08 11:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै गाम्लेहरुलाई फ्यlफूल्ला है!!! अनि बुद्ध जयन्तिको शुभकामना!!! ठुल्दाइलाई जन्मदिनको धेरै धेरै शुभकामना।


 
Posted on 05-20-08 11:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रो प्यारो दाई राहुलदालाई ३६ बर्ष पुगेको उपलक्ष्यमा, दाइको ब्यक्तिगत अनी पारिवारिक जीवनका प्रत्यक पाइलाहरु सफलताले चुमुन, एही मेरो सानो शुभकामना।

सानो उपहारस्वरुप यो मम बनाउने Imported कालो डेक्ची (Second Hand भएपनी ) ल्याको छु, चौतारी भेलाहुँदा सबैलाई खान पुगोस भनेर।

कुच्चियको भयेपनी स्विकार्नुहुनेछ भन्ने आशा लिएको छु




 
Posted on 05-20-08 11:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

                                      >>फुटेको समाचार यानी Breaking news<<

                            बिगत केही महिना देखी चौतारी गीतिलहर कार्यक्रम्का एक नम्बर को पंखा श्री हर्क बहादुर बोगती ले हिजो चौतारी मा एउटा होइन दुइटा गीत टाँसेर सबैलाई चकित पारेको छ। उहाकै मुखबाट मलाई गीत टाँस्न आउँदैन भनी हामीले धेरै सुनेका पनि हौ। तर हिजो कसरी गीत टाँस्यो भन्ने कुराको छान्बिन गर्नु पर्छ कि भन्ने भान म यानी तपाईंको नयाँ होस्त लहरे लाल लाकौललाई लागेको कुरा पनि हामी बताउन चाहन्छौ। एसै सन्धर्वमा हामीले उहासँग धेरै संपर्क गर्न कोशीस गरिरहेका छौ। तर उहा कसैलाई केही बताउन नसक्ने कुरा गरदै कता गयाब भये म आँफैलाई थाहा छैन। पछी केही सुचना मिले हामी फेरी आउछौ तबसम्म क्यामरामान को साथमा म लहरे अहिले बिधा चाहन्छौ। धन्यवाद।  


 
Posted on 05-20-08 12:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ होस्ट हो कि घोस्ट
तिम्रो त्यो रसरङ हो कि टास्टुस हो किन बन्द गरेको स्पस्ट जवाफ दिने भए देउ नत्र भने ...................
कि टाइम मा आउनुपर्छ होइन भने राजिनामा देउ, अहिले टायर् सिध्हिएर मात्रै हो नत्र देख्ने थिएउ 
 
Posted on 05-20-08 12:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-20-08 12:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


दोश्रो राउन्ड को नमस्ते, जदौ, तारेमाम सबैलाई
जिम्माल बा र दीप प्रभोले हसाउनु हसाएछन ! फुर्सत न'भा बेला नि हास्नु चाँही पर्ने

मलाई घत् लागेको लाइनहरु : (सबै शब्दहरु हास उठ्दो छन तर यि चाँही अत्ती हरिप क्या)

>>>कुमार: क्यों? गन्नु इन दोनों रिमिक्स सिनेमामै लगा हुवा है क्या? एक और दोस्ती सिनेमा? काणा और लङ्गडाको लेके -- <<<

>>>इससे पहले कि हम कुछ करते, किस्न ने बाँसुरी से एक गोली मार दी। गोली गन्नु भैयाकी और बुलेट स्पिडमै आ रहा था। फिर गन्नु भाइ ने अपना बन्चरो द कुल्हाडी फेंका और गोलीको दो टुकडेमै काट दिया। गन्नु भाई तो बच गए पर गोलीका एक टुकडेने रिट्ठेकी आँख उडा दिया और दुसरा टुकडा मेरे घुटनेका अन्दर। <<<

>>>इस बिना पैडिलके साइकिलको अपुनकि बात जोक लगरेलि है! <<<
Last edited: 20-May-08 12:58 PM

 
Posted on 05-20-08 1:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

                                     >>फुटेको समाचार यानी Breaking news<<


      अहिले भर्खर प्राप्त जानकारी अनुसार हाम्रै चौतारी का एक भद्र भलाद्मी आफुलाई एक्दम सोझो ठान्ने पर्वते उर्फ पर्वते पुडासैनि न्याप्किन ले लागेर सख्त घाइते भएको। अहिले हसुराइ कार्यक्रम कै क्रममा सो घटना भएको जानकारी पनि हामीलाई प्राप्त भएको छ। हामीले सो घटना हुँदा त्यहाँ उपस्थित मान्छेहरु सँग कुरा को चुरो बुझ्दा पर्वतेले तन्दूरी चिकेन खाइरहेकी दुई जाना केटीहरु लाई आप्रोच गरेको र आप्रोच गरी फर्किदै गर्दा तेही दुई च्वाँक हरुले न्याप्किन ले हिर्काएको खबर प्राप्त भएको छ। पछील्लो प्राप्त जानकारी अनुसार सो न्याप्किनमा ति केटीहरुले मासु लुछेर खाएपछी हड्डी तेही न्याप्किनमा पोको पारेको र तेही पोको पर्वते को टाउको मा लागेको ले घाइते भएको जानकारी भएको छ। अहिले सम्म पर्वते बेहोस भएको ले अरु थप जानकारी प्राप्त भएको छैन, अरु थाहा पाएमा फेरी हाजिर हुनेछु तबसम्म क्यामरामान को साथमा म लहरे अहिले बिधा चाहन्छौ। धन्यवाद।


 
Posted on 05-20-08 1:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हाम्रो 'बट डे ब्वाइ' खोइ आज? पार्टी ख्वाउनु पर्छ भनेर टाप हान्देको ब्रो?

 
Posted on 05-20-08 1:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हा हा हा लहरे ले नि हसाउछ !

पर्बते बेहोस् छ रे अहिले सम्म? हो र भन्या? अघी त लुत्त ला'र मुख देखा'को देख्या थे त? कत्ती चाडो  एप्रोच हान्न गाको हो त lol

 
Posted on 05-20-08 1:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

(ढुनटुनटुरुरुट.....ढुनटुनटुरुरुट..ढिकचुक ढिकचुक)

"नमस्कार! यो हो न्यूज चौतारी!"
"ब्रेकिङ न्यूजमा पर्वते पुडासैनी न्यापकिनले लागेर घाइते भएकोमा, हाम्रा संवाददाता लहरे तथा क्यामेराम्यान बसन्ती अहिले चौतारी सर्वभक्षि रेस्टुरेन्टको घटनास्थलमा हुनुहुन्छ। आउनुहोस त्यतैतिर जाउँ"-

स्टुडियो- "लहरे?"

लहरे- " स्वाँssss"

स्टुडियो- "लहरेs? सुनिराको छौ मैले बोलेको? के छ स्थिती त्यताको?"

लहरे- (थुतुनो चलाएको मात्र देखिन्छ)" स्वाँssss"

स्टुडियो- " लहरे? पर्वतेलाई होश आयो?"

लहरे- (एकै सासमा छिटो छिटो)" नमस्कार यहाँको स्थिति नाजुक छ पर्वतेलाई अहिलेसमम होश आएको छैन न्यापकिनले लागेर सख्त घाइते भई काइते अवश्थामा पुगेका छन न्यापकिन हान्ने सुन्दरीहरु पनि पक्राउ परेका छन उनिहरुले पर्वतेको दोहोरो ज्यान देखेर हलुका न्यापकिनले हानेर जिस्क्याउन मात्र खोजेको तर पर्वतेले तन्दुरि चिकनको मासु खाएर हड्डि घर लगेर सुप बनाएर खाने लोभमा पोको पारेको र हान्दा खेरि त्यहि पोको फुस्केर पर्वतेको टाउकामा लाग्न पुगि पर्वते बेहोश भएको बताएका छन तिनिहरुमध्ये एक सुन्दरी संग यो संवाददाताको व्यक्तित्वले गर्दा बढि कुरा धुत्न सकिएको छ उनको भनाई अनुसार पर्वते टाउकाको चोटले बेहोश नभएको तर जिन्दगिमा कुनै सुन्दरीले पर्वतेमा केहि इन्टरेस्ट नदेखाएको स्थितिमा एक सुन्दरीले पर्वतेलाई ताकेर हान्दा दिमागको भन्दा दिलको चोटले बेहोश भएको खुल्न आएको छ...स्वाँsssss...र साथसाथै यसले यस संवाददातालाई लागेको लभाइरस पनि ठिक हुने आशंका गरिएको छ...स्वाँsssss स्वाँssss...

स्टुडियो- बिचमा अड्कियो लहरे, के कुराले गर्दा तिम्रो रोग निको हुने संभावना देखेको?

लहरे- " स्वाँsss..."

स्टुडियो - "लहरेsss! कुन कुराले तिम्रो रोग निको हुने भयो?"

लहरे- " ति सुन्दरिहरु मध्ये एक संग मेरो टाँका भिड्ला जस्तो छ आज बेलुका ६ बजे तिर निरुलाजमा बिल मा तिरुँला भनेको मस्किएर म संग भेट गर्न डेटमा जाने कुरा भनिन, त्यसैले मेरो रोग निको होला जस्तो छ तबसम्म...स्वाँsssss!......स्वाँssssss!...

स्टुडियो- " लहरे भन, म सुन्दै छु.....लहरेss!...लहरेsss!"

लहरे- " स्वाँssssssssssssssssssss!"

स्टुडियो- " दर्शकहरु लहरे संग सम्पर्क टुट्यो जस्तो छ, केहि बेरमा नै हामि त्यहाँको स्थितीको ताजा रिपोर्ट पुन: दिने छौँ, धन्यवाद्!"


(ढुनटुनटुरुरुट.....ढुनटुनटुरुरुट..ढिकचुक ढिकचुक)


 
Posted on 05-20-08 2:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथ तारेमाम।


हेली, vastrap, तमाङ, हरी अनी झिल्केमा धन्यवाद एवं तारेमाम।


कुच्या डेक्ची  भए नि स्विकार्य छ। माया ले दिए बिष पनि अमृत हुन्छ भन्छन।

लहरे र जिम्माल बा ले हसायो अती हसायो। अड्डा नै ठर्कियो हांसो ले। भित्ता चर्कियो भने पैसा छेराउला भन्ने डर।

 


 
Posted on 05-20-08 2:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लोल ! लोल! लोल! जिम्माल लोल

ठुल्दाइ  अघी सम्म 'आज बुद्ध जयन्ती मासु माछा अदुवा लसुन केही खानु हुन्न' भनेको मान्छे अघी झिल्केले म:म बनाउने भाडो गिफ्ट गरेको त बुढा सब कुरा बिर्सेंर ' कुच्चेको भये पनि लिनै पर्‍यो म:म को भाडो भये पछी रे'
उठाले रे उठाले मेरे को नही राहुलभाय को

 
Posted on 05-20-08 2:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल प्रभो, हजुरलाई दुई हात र दुई खुट्टा जोडी चौमुस्ठ सलाम गरे।

अरु सप्पै लाई एक हाते सलाम, पहिलो राउन्ड्को।


 
Posted on 05-20-08 2:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल लोल ।ल जिम्बाल बा र लहरे को ब्रेकिङ न्युज उप्डेट गर्नु पर्‍यो।।।
 
Posted on 05-20-08 2:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल!! जिम्माल बा!!
 
Posted on 05-20-08 2:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना। आउदो बर्षमा म:म: बनाउने कलामा अरु पनि प्रगती होस् भन्ने भगवान सग प्रारथना छ हौ मेरो।
बाँकी सप्पै पातकिहरुको के छ ताअाअाअा?
 
Posted on 05-20-08 2:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म: म: को बनाउने डेक्ची पो हुन्छ भनेको, भोली त बुद्ध जयन्ती होइन नि। अर्को चौतारी सम्मेलनमा शान्दार म: म: त्यही कुच्या डेक्ची मा पकाउने ले आड्भान्स पिलान छ मेरो। खै कुरा बुझेको रिट्ठे?
 
 
Posted on 05-20-08 2:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

                                 >>फुटेको समाचार यानी Breaking news<<

यहाँहरुलाई फेरी स्वागत
अहिले भख्खर प्राप्त जानकारी अनुसार पर्वते लाई होस आएको छ। आउनुस् पर्वते बाटै सबै हाल खबर बुझौ, याद राख्नुस् तपाईं यो सपै पहिलो पटक चौतारी न्युज मार्फत हेरिरहनु र सुनिरहनु भइरहेकोछ,
लहरे: पर्वते जि, यहाँ लाई कस्तो छ,
पर्वते:
लहरे: पर्वते जि, वो पर्वते जि
पर्वते:
लहरे: पर्वते जि, यहाँ लाई कस्तो फील भईरहेछ,
पर्वते: मे कहाँ हुँ, मे कौन हुँ
लहरे: दर्शक ब्रिन्द, हिन्दी बोल्न नाआउने मान्छे हिन्दी बोल्दै छ, अचम्म घोर अचम्म, याद राख्नुस् यो  सबै तपाईंहरु पहिलो पटक चौतारी न्युज मा हेर्दाइ हुनुहुन्छ,
पर्वते: मे मे मे (पर्वते फेरी बेहोस हुन्छ)
लहरे: पर्वते बेहोस भो फेरी, अब हेरौ पर्वते फेरी बेहोस भएको लाईभ सीन स्लो मोसन मा, याद राख्नुस् यो सबै तपाईंहरु पहिलो पटक चौतारी न्युज मा हेर्दाइ हुनुहुन्छ।
लहरे: अरु थाहा पाएमा फेरी हाजिर हुनेछु तबसम्म क्यामराम्यान माफ गर्नुहोला क्यामरा वोम्यान बसन्ती का साथमा म लहरे अहिले बिधा चाहन्छौ। धन्यवाद।


 
Posted on 05-20-08 2:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ ठुलै  HOUSTON मा ता मो मो देलिभरी रे।।।प्लेत को ५ $ । अब तपाईं नि नयाँ बिजिनेस गर्ने हो कि बरु, तेत्यो मो मो को भाडा गिफ्ट पैसाक्यो।



 
Posted on 05-20-08 2:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे  ले correction गर्‍यो, क्यामरा वोमन भनेर good good  ।  हाँस्दा हाँस्दा  गाला नै दुख्यो लोल


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS Re-registration case still pending ..
TPS for Nepal likely to extend next week
सालीको चाक
ChatSansar.com Naya Nepal Chat
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
TPS To F-1 COS
Venezuela TPS lawuit
Toilet paper or water?
tesla stock OMG !!
Those who are in TPS, what’s your backup plan?
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
I hope all the fake Nepali refugee get deported
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Court Hearing Approval.
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters