[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ * चौतारी १३५ *~

[Please view other pages to see the rest of the postings. Total posts: 606]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 177151 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 11-16-08 4:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

~ * चौतारी १३५  *~


 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३५ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी,riya77-, shreya08, Maaili_Budhi -माइली बजै ,फुच्चे केटो , location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Running since 7 Sept 2005 in a total of 135 editions.




Last edited: 16-Nov-08 04:39 PM

 
Posted on 11-24-08 1:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

तारेमाम ठुल्दाइ तारेमाम !

खबर त गर्न खोज्या हो, क्यार्नु जेट ल्याक ले स्याक स्याक बनायो र पो त !

अनी हामी सञ्चै तेसो भए?

इट्स ओके बौचा ! अब बिहीवार त के म:म खाइन्थ्यो र टर्की चपाउने दिन नि !


 
Posted on 11-24-08 1:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यही भएर टर्की म: म: बनाउन ला
टर्की खाने दिन - टर्की पनि खाइन्छ - म: म: इस्टाइलमा

अनी कहिले पुग्या नि -
ठुल्दाइ कता हो फेरी


 
Posted on 11-24-08 1:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

अरे के सुन्नु पर्दै छ् यो कान ले।


रिट्ठे काणाको चौतारिमा आगमन,किसी को कानो कान खबर नही !


ल रिट्ठे चिसो चिसो स्वागत छ्। अनी कहिले आईयो,नेपाल बसाइ कस्तो भयो,के के कोशेली

ल्याईयो,बिस्तार लाउनु पर्‍यो।


ठुलदाइ,लहरे हसुराइ भा हो त?


सम्धी फेरी गायब।


 
Posted on 11-24-08 1:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

खाको बिस्टे पाउरोटी मा कुखुरो हालेर खाको
तिम्रो सम्धी को चालामाला ठीक छैन - आएर गायब भइहाल्ने -

अहिले फेरी चिप्ले आएर प्रश्न को भन्डार राखी हाल्छ अनी पहिलो प्रश्न नै एही हुन्छ जहिले नै
१) बिहे गरेर आएको हो कि होइन - हो भने किन हो होइन भने किन पत्याएनन् त रिट्ठे लाई?


 
Posted on 11-24-08 2:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तपाईंहरुको त घर जाने बेला भै सक्यो होला, आफ्नो त आधा दिन नी गा छैन । धन्यवाद दिने दिन मा के के प्लान छ ? लुन भनम हम्लाई पनि ?
 
Posted on 11-24-08 2:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भक्ते जि के छ, सञ्चै होइन, म: म: खाने हो म त त्यो दिन
सुन्याइ दिएको नि - फेरी एकचोटी
 
Posted on 11-24-08 2:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई त यो टर्कीको मासु तेती मिठो लाग्दैन, साह्रै सुखा भन्या । कुखुरी कां नै ठीक, होइन र ?
 
Posted on 11-24-08 2:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन त हो - तर कती कुखुरो काँ खानु - कहिले काही त वाक्क लाग्ने भन्या
 
Posted on 11-24-08 2:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यस्तो पनि हुँदो रहेछ जिन्दगीमा कहिले कहिले
कसैलाई माया गर्नु एउटा भुल गरे मैले
यस्तो पनि हुँदो रहेछ

मेरो जस्तो माया दिने तिमिलाइ हजार होला
तिम्रो लागि मेरा जस्ता हजार हजार मुटु रोला
जसलाइ आफ्नो सम्झेको थियेँ उही बिरानो भयो अहिले
कसैलाई माया गर्नु एउटा भुल गरे मैले
यस्तो पनि हुँदो रहेछ

मेरो माया कुल्चिजाने तिम्रो माया फलोस फुलोस
मेरो इच्छा मारि जाने तिम्रो इच्छा सधै पुगोस
उदास आख़ाँ मेरा पनि सपना देख्थे कहिले कहिले
कसैलाई माया गर्नु एउटा भुल गरे मैले
यस्तो पनि हुँदो रहेछ


 
Posted on 11-24-08 3:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो के भो लहरे, साह्रै ठूलो पीर परे जस्तो पो गर्यौ त!! नरोउ साथी, यस्तै हो जिन्दगी

 
Posted on 11-24-08 3:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बनको बाघले नखाएनी मनको बाघले खाला
रोजी खोजी हिंड्यौ भने जोबन खेर जाला
अनि रुन पर्ला कुना पसेर
बुढो पोइको जुम्रा हेर्न बसेर

सोमबारे जदौ सबैलाई। 

 
Posted on 11-24-08 3:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साह्रै ठुलो त होइन, सानोतिनी
अनी चेली एन्ड चिप्ले ले छ

ल चिप्ले रिट्ठे आइपुग्यो - तिम्रो प्रश्न को लिस्ट खोइ ल टाँस


 
Posted on 11-24-08 3:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरे पर्भू त्यो लौका को होम वर्क नि आँफैले गरी दिनु पर्ने। कस्तो जन्तु आए छ भने, एक्सेल मा ग्राफ चार्ट समेत बनाउन न आउने भन्या।

 
Posted on 11-24-08 3:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बाउचा, सिमराबाट स्वयम्भू र म्याडिसन हुँदै ह्युस्टन आइपुगेका दुई बट्टा हिंजो साँझ हात पर्‍यो। अरुको स्वास्थ्यसँग खेलबाड गर्ने लहरे, तिम्रो आयु लामो रहोस्।
बिष्टेलाई शीघ्र स्वास्थ्यलाभको कामना। बाउचाको कोशेली पाउने जति सबैलाई किन रुघा लाग्छ हो? पक्कै केही षड्यन्त्र छ त्यसमा। आफूले पनि अघि एउटा तानेको, हाछ्युँ आउन थालिसक्यो भन्या।    

ठुल्दाइ, तपाईंको प्रत्युत्तर कर्ण फुसफुसको प्रत्युत्तर फर्काउन नपाएको हुँदा क्षमा चाहन्छु। साथै केही प्रश्नहरु पनि गरिहालुँ है।
१) तपाईंको कपालको लम्बाइ कति घट्यो? कृपया सेन्टिमिटर र इन्च दुबैमा उल्लेख गर्नुहोला।        
२) हजाम पसल धाउने क्रममा पून्टे बुढाको कत्तिको इर्ष्या गर्नुहुन्छ?
३) पार्टी कस्तो रह्यो?
४) पार्टीमा म:म थियो कि थिएन?
५) यदि थियो भने म:मको गुणस्तर कस्तो थियो? कृपया १ देखि १० को स्केलमा बताउनुहोला। गुणस्तर निर्धारण गर्दा रसिलोपना, मसलाको संयोजन तथा स्वाद, मासुको प्रकार, पिठोको बाक्लोपना आदिमा ध्यान पुर्‍याउनुहोला।          

 
Posted on 11-24-08 4:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो प्रश्न : लौका भन्या को हो? उसको होमवर्क ठुल्दाइले किन गर्नु पर्ने?

 
Posted on 11-24-08 4:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्ले गुरु हिजो दारु पानी मै मस्त, अनी हाम्रो फुन को घण्टी कसरी सुनिन्छ नि ?
हो हो चिप्ले, खराबी यो शराबी मा होइन, त्यो सूर्यको बट्टामै हुनु पर्दछ। सबै भन्दा पहिला मेरो मा आयो, मलाई रुघा लाग्यो। त्यस्पछी, बिस्टेको मा पुग्यो, बिस्टेलाई समयओ। अब चिप्ले को पालो। पक्का नै बडेमान को षडयन्त्र भाको छ।


१) तपाईंको कपालको लम्बाइ कति घट्यो? कृपया सेन्टिमिटर र इन्च दुबैमा उल्लेख गर्नुहोला।

-काट्नु अघी ३ इन्च अर्थात ७.५ सेन्टिमिटर , काटे पछी औसत १ इन्च अर्थात २.५४ सेन्टिमिटर ।
        
२) हजाम पसल धाउने क्रममा पून्टे बुढाको कत्तिको इर्ष्या गर्नुहुन्छ?

- बहुत इर्ष्या गरियो। रौं बराबर नि झर्ने होइन। पीएचडी सकिणे बेला हुन लागि सक्यो, तालु खुइलेको होइन। विद्वान जस्तो न देखिने भो गाँठे पीर पर्न थालिसक्यो।
 
३) पार्टी कस्तो रह्यो? पार्टी बडा मज्जा आयो।

-झ्वाम बाहेक सबै झ्वाम गरियो। 

४) पार्टीमा म:म थियो कि थिएन?

-यस्तो चिसो मा म: म: बाहेक को पार्टी कहाँ हुन्छ र ?

५) यदि थियो भने म:मको गुणस्तर कस्तो थियो?

-आँफैले बनाएको ( घरअबाटै स्पेशल मसला बोकी गएको)ले गुणस्तरको चिन्ह को आवश्यकता न रहेको।


 
Posted on 11-24-08 4:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौका भन्या लौकी को पोइ।

 

Last edited: 24-Nov-08 05:03 PM

 
Posted on 11-24-08 4:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खोइ हाम्रो बिर्खे जिम्बाल लाई केही भएको छैन - बाँकी त्यसइ कराउने
त्यसो भए चुरोट खान छोडे हुन्छ - खाने पनि टक्निक हुनु पर्छ, दिन को
दस वटा कुम्लाउनु पर्ने,किन रुघा नलागोस् त

अब पुग्यो = अर्को बर्ष सबै ल्याइन्छ केही नि बितरण गरिदैन,


 
Posted on 11-24-08 4:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अहिले सम्म सम्हालेर राखेको छु, लहरे को कोशेली।

सेण्ट्रल ल्याब रक भिल्ली पठाउने सोच मा रिसोच गर्दै छु। सम थिङ इज कमन भाकोले शंकास्पद पदार्थ मिसिएको वा मिसाइएको प्रबल संभावना छ।


अर्को साल आफौ गैन्छ लहरे, छानी छनी सूर्य चन्द्र ल्याइन्छ।


 
Posted on 11-24-08 4:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'हरे पर्भू त्यो लौका को होम वर्क नि आँफैले गरी दिनु पर्ने। कस्तो जन्तु आए छ भने, एक्सेल मा ग्राफ चार्ट समेत बनाउन न आउने भन्या।  गर्न

लौका भन्या लौकी को पोइ।

 एक जना भाई आएकाछन, मास्टर कम पीएचडी गर्न नेपाल बाट । साह्रो दु:ख दिने भन्या। नेपाली ले नेपाली लाई वास्ता गर्नै पर्‍यो। वास्ता गर्दा गर्दा आफ्नो हालत पतला भै सक्यो।'------

राहुलदाइ, तारेमाम!  
अत्ति हसाउने के  हजुरले चै --अनिखेरि के भन्च रे--अँ --   --बिचरा त्यो मान्छे ले राहुलदाइले चौतारीमा लेखेको पढ्छ कि पढ्दैनहोला ?  चौतारी हेर्यो भने चै अब इख र पित्त केइ नभए मात्रै  उस्ले राहुलदाइ संग  राहुल को 'र ' सोध्ला के रे -- नत्र चै--- यस्तै हो राहुलदाई धेरै जान्नेले दुख पाउछ के (रिसानी नहोस है)

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS to F1 Status.
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Nepal TPS decision
Need Help of IT consultancies
Any input on remote jobs(IT related or Sales or Marketing)?
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
#MAGA#FAFO is delicious
What is the purpose of an F1 student visa in the U.S.?
NEPAL TPS IS GONE
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Homeowner Charged renting to illegal migrants
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters