[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ * चौतारी-१३७ *~ New Year Special

[Please view other pages to see the rest of the postings. Total posts: 864]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 NEXT PAGE
[VIEWED 528062 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 44 pages, View Last 20 replies.
Posted on 12-31-08 11:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

 
~ * चौतारी-१३७ *~

Happy New Year 2009

सम्पूर्ण साझाबासीहरुलाई नव बर्ष २००९ को हार्दिक मंगलमय शुभकामना

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३७ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी,riya77-, shreya08, Maaili_Budhi -माइली बजै ,फुच्चे केटो , location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
Running since 7 Sept 2005 in a total of 137 editions.

          

 
Posted on 01-15-09 11:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कता गाएप हुनु लहरे, जिन्तखिको लहरले बगाउँदा बगाउँदा कता पुराओ कुन्नि बल्ल आज चौतारिआँ ल्या'र पछारिदियो। कथा हाल्ने भनेर खोक्नु खोकेँ अइले खोक्दा खोक्दा के जाति टिपि हुन लाइसको कथा बुनेर सकिया छैन क्यार्नु!


लु सपैलाई जदौ!


 
Posted on 01-15-09 11:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सकेको छैन भनेर हुन्छ - ट्रेलर देखाएर भाग्न पाईन्छ -
अहिले तो भाको नली खुट्टो नि नहोला नि फेरी भन्द्याछु


अनी कती काम गरेर बसेको हो - काम पनि कत्ती गर्न मन लाग्ने होला -


 
Posted on 01-15-09 11:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नलिखुट्टो त बाबु के भाँच्छौ के भाँच्दैनौ, उसै भाँचिया भन्दा खतम छ!


काम गर्न मन कोल्लाई लाउछ र बा, न जोतिए भुँडि खालि धोक्रो जस्तो हुने भ'र जोतिया हो क्यार्नु! अनि तिमी मात्तै हो कि अरु अउतारीहरु नि छन् आज एतातिर?


 
Posted on 01-15-09 11:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुर्दार हरु छैन कोही - म मात्रै हो
बेहाल छ नि चौतारी को हाल


हैन नभा भन्दा भा राम्रो होइन र


 
Posted on 01-15-09 11:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओह बिर्खे जिम्माल नि आएछ हो आज त। एक महिना देखी को एक्मुष्ठ ब्याज सहितको तारेमाम।


भर्खर खाएको भात,
खै के मारुम बात ?
 


 
Posted on 01-15-09 11:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ टिरेन को ट्याम भयो, अड्डा पुगेर ढ्याउ गरौला।

 
Posted on 01-15-09 12:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


मध्यान्हको जदौ है लहरेका सबै अवतार, हाम्रा अर्धभूमिगत छिमेकी जिम्मालबा अनि बाँकी सबैलाई। 

 
Posted on 01-15-09 12:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बितेका कुराले फेरी चोट ल्यायो
तिमी टाढा हुँदा धेरै दु:ख लाग्छ
मलाई जस्तै तिम्लाई पनि
तेस्तै हुन सक्छ
मलाई जस्तै तिम्लाssssई पनि
तेस्तै हुन सक्छ
मेरी मायालुssss
मेssरी मायालुssss
मेरी मायालुssss
मेरी मायालुsss


ट्या ट्या ट्याssss


कल्पी कल्पी रोये भने तिमी कहिले नरुनु
कल्पी कल्पी रोये भने तिमी कहिले नरुनु
मिलन नभैइ मिटे भने तिमी बिचलित नहुनुssss
मेरी मायालुssss
मेssरी मायालुssss
मेरी मायालुssss
मेरी मायालुsss


ट्या ट्या ट्याsss


सपनीले साथ दिदा
संगै बसे जस्तो लाग्छ
बिपनी ले झस्काइ दिदा
चोट अझै बल्झिदिन्छ
बितेका कुराले फेरी चोट ल्यायो
तिमी टाढा हुँदा धेरै दु:ख लाग्छ
मलाई जस्तै तिम्लाई पनि
तेस्तै हुन सक्छ
मलाई जस्तै तिम्लाई पनि
तेस्तै हुन सक्छ
मेरी मायालुssss
मेssरी मायालुssss
मेरी मायालुssss
मेरी मायालुsss


ट्या ट्या ट्याsss 


 


 
Posted on 01-15-09 12:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दोश्रो राउन्ड को २,३,४ सबैलाई !


चिप्ले को ५ भयो?


ओहो आज त हाम्रो बरीस्ठ कनिस्ठ बिर्खे डे जिम्माल को नि स्वारि भेछ ! ल खुशी लाओ ! बुढा कता टाप हो फेरी !


जिम्माल बा यो लहरे भन्ने अवतारीले आफ्नो ३ अवतार ल्या'र चौतारी नै अस्त ब्यस्त भैसक्यो ! रावण को १० वटा टाउको जस्तो लहरे को कुन चाँही अवतार मा ट्याक्क हानेर पोल सार्वजानिक गर्ने हो लु न !


 
Posted on 01-15-09 12:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तुम इतना जो मुस्कुरा रहेहो
क्या गम है जिसको छुपा रहेहो
क्या हाल है क्या दिखा रहेहो


रेखाओ का खेल है मुक्कद्दर
रेखाओ भि मात खा रहे है


तुम इतना जो मुस्कुरा रहेहो



नेपालीमा गाउनु पर्‍यो यो गीत अत्ती भयो अब !


तिमी यती जो हासिरहेछौ
हन के पिडा छ हौ लुकाउछौ 
के खबर छ के देखाउछौ


डाँणी को खेल हो भाग्य मेरी बास्सै
डाँणी नि फेल खाँदैछ
तिमी यती जो हासिरहेछौ


कस्तो भो ह गाउले हो मेरो उल्ठा?

Last edited: 15-Jan-09 12:23 PM

 
Posted on 01-15-09 12:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


How weak was my fate

I could not color your forehead

How weak were my desires

I could not wipe your tears

 

There are lot's of meanings of love

But do not think it is a defeat

Whatever happened it happened

Decorate it in the temple of your mind

 

औंरेजीमा नि गीत गाइदिएँ औंरिका बस्या बखताँ 

 
Last edited: 15-Jan-09 12:35 PM

 
Posted on 01-15-09 12:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।
कोइ औरेजी मा गीत गाउँए कोइ हिन्दी-कम नेपालीमा
आज को चौतारी गीतमय होला जस्तो छ।

 
Posted on 01-15-09 1:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो चौतारीका औतारीहरु को वर्णन त त्यो हजार टाउको भाका शेश नारान्ले गर्न नसक्नी म के जातिले के गरै भो र?
तर एता आएर गफ सुन्ने बानी पनि साह्रै ठुलो रोगै जस्तो पो भो भन्या!
केही उपचार छ कि भनेर सोध्नु मुन लागो क्या !
फेरी कुरा सुन्न त रमाइलो तर कता कता चौतारी मा नि राजनीति गन्हाउने भेर २-४ बर्षापछी नेता पो भैंछ कि भन्ने डर पनि लाग्छ।
अरु त केही बिग्रिहाल्या छैन तर धेरैजसो खेताला नै हुँदाहुन् यहाँ, बरु कसरी के निम बनार एता साहुका आँखा छली आउदारैछान् भन्ने खुब खुल्दुली लागो र कुरो नि !
रिसानी भे माफ पाम है।
कती कुरो मात्र सुन्नु, सुल्सुले भन्ठन्लान भनेर मुख खोलिदिया नि !
चौतारीको जय होस् !

 
Posted on 01-15-09 3:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले प्याच्च मुख के खोल्दिनी भाको, सप्पै चौतारी बासिहरु त्राहिमाम् त्राहिमाम् भन्दै छिमेकी चौतारीको शरणमा गए कि क्या हो गाठे ?


 
Posted on 01-15-09 3:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hahaha... खतरा खतरा गाना गएछन् नि त हौ .... रिट्ठेब्रोको उल्ठा() दामी छ, चिप्लुकान्त दाजुको औंरेजी झन् भव्य भो ल ... मलाई नि एउटा गीत गाउन मनलागो :

म एकैछिन को कवि हुँ
एकै छिनको मेरो कविता हो
एकैछिन मेरो जीवन छ
एकै छिनको यो रमिता हो ...
 म एकैछिन को कवि हुँ







 
Posted on 01-15-09 3:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पनि ज्यु लाई चौतारीमा औपचारिक स्वागत अभिवादन !


यस्तै छ हाम्रो चौतारी कहिले हसाउनु हसाउछन
कहिले तेत्तिकै फसाउछन (जस्तै केली लाई लहरे भनेर)
कहिले बिना स्टेज को नचाउछन
कहिले  कहिले नाना थरिका कथा कबिता रचाउछन


तर जे भये पनि,
यहाँ आत्मियता पाईन्छ
यहाँ माया ममता पाईन्छ 
यहाँ थरी थरी का रमिता पाईन्छ


प्यारो छ हाम्रो चौतारी
न्यानो छ हाम्रो चौतारी
जे छ जस्तो छ
रमाइलो छ हाम्रो चौतारी !


आउँदै गर्नु होला है पनि ज्यु !


 
Posted on 01-15-09 3:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पानी लाई स्वागत चौतारी मा -
अनी चेली पनि एकछिन को कबी रे -


खोइ अरु कहाँ गए


 


 
Posted on 01-15-09 3:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नाम लिया मुर्दार हाजिर भनेको एही हो -


तिम्रो बङरा कस्तो छ रिट्ठे - ठीक भयो होइन - छ भने एसो हेरौ त - पचाक पुचुक पार्दिउँ फेरी एकचोटी


 
Posted on 01-15-09 3:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


I am a momentary poet

My poem is momentary

My life is momentary

It is a momentary amusement

I am a momentary poet

चेलीको कविता पनि "उल्ठा" गरिदिएँ ल जा त। 

I am a momentary translator

My translations are momentary

 
Posted on 01-15-09 3:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिन्नु न जान्नुको लाई नि त्यसरी दील खोलेर स्वागत गर्नुभाकोमा रिट्ठे र लहरे प्रती आभारी छु।
बिशुद्ध नेपाली साहित्यका गफाडी विधामा औंला चलाऊने सबै महानुभाव्हरुमा मेरो तर्फबाट हार्दिक तथा न्यानो अभिवादन!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS Re-registration case still pending ..
TPS for Nepal likely to extend next week
सालीको चाक
ChatSansar.com Naya Nepal Chat
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
TPS To F-1 COS
Venezuela TPS lawuit
tesla stock OMG !!
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
Need Help of IT consultancies
Nepal TPS decision
Any input on remote jobs(IT related or Sales or Marketing)?
Supreme Court allows Trump to end TPS for Venezuelans
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters