[Show all top banners]
Replies to this thread:

What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 CHAUTARI VII

[Please view other pages to see the rest of the postings. Total posts: 98]
PAGE: <<  1 2 3 4 5 NEXT PAGE
[VIEWED 39564 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 5 pages, View Last 20 replies.
Posted on 01-24-06 6:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी! चौतारी!
साँझको बेला, आरती लाऊँ, कण्ठै खोली पैलो चरण!
हो, कण्ठै खोली पैलो चरण!
श्रृखण्डी काठको, मादलु मेरो, बजाऊ गुरु धमधम!!
हो, बजाऊ गुरु धमधम!! ... ... ...
नमस्कार! यहाँहरुलाई स्वागत तथा अभिवावदन छ यो छापाको साझा चौपारीमा। चौपारीमा यहाँहरुको मनको गाँठो फुकाउन नबिर्सनु होला।
ल त दौँतरीहरु आउनुहोस्, बिसाउनुहोस्, नाच्नुहोस् हँसाउनुहोस्, हँस्नुहोस् अनि एकआपसमा पिरती गाँस्नुहोस्।
येतातिर मादलमा हुनुन्छ हाम्रो बिर्खे माइला, अलिपर ढोलकमा हुनुन्छ सिरे, अनि येता मेरो दायांतिर हुनुन्छ काका बुडा, वांहा बासुरिमा हुनुन्छ। उ उता ढोका' छेउमा हुनुन्छ,,, खै अलि टाउको देखाम्त,,, ए भउते र नेपेजि हुनुदो रइच वांहाहरु सारङि र मुर्चुङ्गा मा पोख्त हुनुन्छ। दादा र गोतामे गितार र हारमोनियम समाल्नु हुन्छ भने मुन्द्रे ले सङ्गित मिस्रन को जिम्मा लिनु भा छ। थपडी मार्न तम्सिनुभा छ लाले, चित्रे, गलब र हर्के ।ळ त ल जमौ अब,उ' तो रातो कमिज लाउनि दाइ कांट आउनु भा होला कुन्नि? लौ आज चौतारिआ के पस्किनि बिचार अर्नु भा छ।

- http://sajha.com/sajha/html/chautari.cfm
चौतारीमा मै बसे होला कि १
मै बसे होला कि २
वरको हाँगो नुगेर छोला कि ३
सल्लै हो जोवन कल्लाई हो? ४
सल्लै हो जोवन कल्लाई हो? ५
 
Posted on 01-25-06 10:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए अदक्छे, यता हेर याँ झन रमैलो रे'छ

कसाइका अगाडि बोकाको बिलाप सुन यता।


'सरकार, सुरक्षा !’

कास

काठमाडौं, माघ १२ - 'सरकार, मेरो पार्टीले ३७ नगरपालिकामा उम्मेदवारी दिँदै छ,' युवराजाधिराज पारस राजधानी र्फकन हेलिकप्टरतर्फ पैदल सवारी हुँदा मुस्कान सेना नामक समूहका राष्ट्रिय अध्यक्ष मुस्कान पौडेलले भने- 'उम्मेदवारका लागि भरपर्दो सुरक्ष्ााको निगाह बक्सियोस्, सरकार ।'
मौसुफबाट हुकुम भयो- 'ठीकै छ, ठीकै छ ।'

'निर्वाचनमा सुरक्ष्ाा व्यवस्था मिलाएको सरकारी दाबीमा विश्वस्त हुन नसकेको' उल्लेख गर्दै उनले त्यो विन्ती चढाएका हुन् । जानकी मन्दिरमा पूजाअर्चना र महोत्तरी सदरमुकाममा कर्मचारी मिलन केन्द्र तथा कभर्ड हल समुद्घाटन गर्न मौसूफको बुधबार यहाँ सवारी भएको थियो ।

- http://kantipuronline.com/kolnepalinews.php?&nid=63671
 
Posted on 01-26-06 4:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ, यो देसीले बनाको चौतारीलाई नि गोडमेल अर्दै अरम । बरा, अस्तिनै गाम्लेको कुटाई खाको, मन भरिएर
चौतारी बनाको रैचन केरे, गाम्ले हुरले भनि फेरि पुनि धन्नै गोदेनछन् ।

Keep rolling...

 
Posted on 01-26-06 6:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गरिबलाई गरिबको मयाँ धनीलाई धनको मयाँ भन्ते दमै राजुका बाले।
मलै नि गरिबकै मयाँ लाउच।
हेर यो धागो! चुचुचू!
न डल्ली फुपु छन् न माष्टर्नी न रुइनु न फल्याप फुलुप न म्याउटिस रोज।
के हो यस्तो सुकेको धागो?

ला राउनितिका गफ अरम्।

आँफु त जम्मैळाई समेलेर तह लाम्नका खाँतिर भे नि तानासाही चाहिन्छ भनेर हिँडियो। लौ जा!
छाप के मा?
बन्दुकमा!

लौ जा!
 
Posted on 01-26-06 11:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के का भोट हाल्नु नि हिजो भर्खर त तेत्रो बर्ख बिदेसा बसेर आको फेरि माओबदि ले पड्कै दीयो भने क्य अर्नु नि।अबु त एसो एउटा खोजेर माया लाउने पो बिचार छ गाठे। भा जति गाम क तरुनि मोरा हरुले भाग लगाइ सकेचन्।।।
 
Posted on 01-26-06 2:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाममा भ'का भाग लागाइसकेचन ?!
बिचरा रामकिस्ने लाइ कत्रो पीर परेच लौ ! बिदेश धेरै बसेसी यस्तै हुनि त नी ! :)
 
Posted on 01-26-06 3:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए मुन्द्रे आर्को चौतारा म शेर्पिनि आको रचिन उन्लाई नै फकाउन पर्ल जस्तो छ्।
 
Posted on 01-26-06 4:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरा दाँत फुकालेर भाग लगाका हुन के रामकिरिस्ने। यिनी त कुरै नबुझि आफुले भाग पाइन
भनेर यताको चौतारीमा आएर, ठुस्स परेर, अउँला चुस्दै बसेका रे'छन। सानै देखि यस्तै
खुन्स्याहा हुन के यिनी। यिनका दाइले बद्मासी अरेर बाउले गालामा पिट्दा पनि "मेरो भाग
पिटाइ खै? " भनेर झगडा अर्थे अरे के रे। जे मा पनि भाग खोज्छन यिनी।

:-)
-भउते
 
Posted on 01-26-06 4:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए बदमासहरु! के छ?
को को ले दियौ उम्मेदवारी?
 
Posted on 01-26-06 4:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यी दादालाई के को राउनीति लाको होला नि फेरि ;)

सपैजाना गाम्लेहुर,

ल अर्नी खान बसओ हाताँ एकुन्टा टपरी लिएर ।

Keep rolling...

 
Posted on 01-26-06 5:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यी सिरेकाजी का फुटा देखेसी मुलाइ त कैले नेपाल पुअम्ला र भैँसिया दुदाँ बनाको चा खाम्ला भन्या'स्तो भो !
हैन काँ'ट ल्याम्चौ र यस्ता फुटा ?

दादालै राउनिती लाउनी नै भो नि ! आबु दुइटा दिन त बाँकी रए ग'र तो रन्थमाइलो हेर्नलाइ ! यहिँ बसेर उता पुतलीबजाराँ म्यार हुनलाइ उम्मेद्वारी द्याछन् भन्नी सुन्चु, के र च कुन्नी कुरो त ?

लौ दादा जानी बेलाँ भेट भ'न भनेनी चौताराँ आम्दै अरम के रे, हाम्लाइ नि क्म्पुटरटै भोत हाल्नी बेवस्ता मिलाइदिनि भा एउडो भोट दिम्ला के रे !

 
Posted on 01-26-06 7:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै त मितज्यू कता मोरेचन्? तिनलाई हिज बेल्काको देशी रउसीले अझै छोडेको छैन जस्तो छ।
 
Posted on 01-26-06 7:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीमा त जाद्रै जो भिड लागेछ के रे। यै मौका पारेर म:म: पसल खोल्नु परो मैले त।

ल है ! आयो तातो तातो म:म:। भउतेको हातले भर्खरै बनाएको, तातो तातो, मीठो मीठो।

बाफ उड्दैछ, नपत्याए हेर्नुस। :-) हे हे हे।

आज यै म:म:ले छाक टार्ने बिचार भो आफ्नो त। भात पकाउन झ्याउ लाग्यो।
यो एक्लो जिन्दकी जिउन त शत्रुलाई नि नपरोस यार। :-(

:-)
-भउते

 
Posted on 01-26-06 8:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सिरे भउते कता गए भनेको त यता पो रचन ।

 
Posted on 01-26-06 9:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज यसो का. न.पा वडा नम्बर ८ गाको त मुख मा हान्दिनु जस्तो रिस उठेर आयो भन्या मलाई त । कहिले त्यो गोतामे पन्डित सँग त केहिले त्यो नया निर्विरोध निर्वाचित वडाअध्यक्ष सँग जहिले पनि fight पर्नि के भाको होला कुन्नि मलाई ।
कुरो के पर्यो भने म एसो घुम्न गाको त बाटा मा कुइरिधारा मान्छे । के के न होला भने को त पत्रकार हरुले interview लि रका रैछन्। म पनि के के न सोधिराको होला भनेर कान थापेको त कुरा सुन्दा मुखमा हान्दिनु जस्तो रिश उठ्यो मलाई त ।

खास म कुरो यो पर्यो ......
विहारमा लालूप्रसाद यादवले आफ्नी राजनीतिसम्बन्धी केही सम्बन्ध नभएकी निरक्षर पत्नी राबडीदेवीलाई मुख्यमन्त्री बनाएका थिए। नेपालको काठमाडौं महानगरपालिकाको निर्वाचनमा पनि आज झण्डै त्यस्तै शैलि दोहोरियो। माथिको फोटोमा देखिएकी राधा उपाध्याय हुन्। कामपा वडा नं ८ का वडाअध्यक्ष पदका एक मात्र उम्मेदवार अर्थात् निर्विरोध निर्वाचित वडाअध्यक्ष। उनी एक स्कूलमा कुचो लगाउने, पानी खुवाउने काम गर्दिरहिछिन्। त्यही स्कूलका प्रिन्सिपलले उनलाई उठ्न लगाएको रे। नउठे जागिर खोस्छु भने रे। त्यसैले उठेको रे। अब निर्विरोध हुनुभयो, वडामा के काम गर्नुहुन्छ त भनेर हामी पत्रकारहरुले सोध्दा उनले भनिन्, खै मलाई केही थाहा छैन। पढेको भए पो थाहा नहुनु। नजान्ने मान्छेलाई उठाएर के हुन्छ त ? उनीसित हामी पत्रकारहरुले गरेको कुराकानीको भिडियो हेर्ने भए भित्र आउनु होला।

काठमाडौंमा मेयर पदमा १० र उपमेयर पदमा ८ उम्मेदवार भए। सबै वडामा उम्मेदवारी परेनन्। काठमाडौंका ५०० पदमा २ सय ५९ मात्रै उम्मेदवारी परेको रहेछ। नेपाल भरका सबै नगरपालिका गरी ४ हजार १ सय १६ पदमा करिब १ हजार मात्रै उम्मेदवारी परेछ, जसमध्ये एक तिहाई त राधा उपाध्याय जस्तै निर्विरोध भएका छन्।

बिचरी राधाका श्रीमानको धेरै वर्ष अगाडि देहान्त भइसकेको थियो रे। मलाई त केही थाहा छैन, सही भने गर्न आउँछ, उनी हामीसित भन्दै थिइन्। हामीले उनको अबोध कुरा सुनेर हाँसो थाम्न सकेनौं। उनी सोध्थिन्- भाषण पनि गर्नुपर्छ ? ला…के गर्ने होला ! अझ उनी सोध्दै थिइन्, मेरो आज कति धेरै फोटो खिचे, किन खिचेका होलान् हगि ?

साभार :- मेरो सन्सार्. कम्. एन् पि
 
Posted on 01-26-06 9:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए परदेशी दाजै। उताका चौताराँ नि आम न। हजुरलाई मेरो तर्फबाट छुट्टै निम्तो छ ल।
गाम्लेको मन सारै कमलो छ के रे। बिदेशी र बजारियाको जस्तो कठोर हैन के रे हाम्रो मन
त। अब सुरु सुरुमा पस्नी मुन्छेको पैला अग्नि परिक्क्षा हुन्छ के चौतारामा। को के कति
सहनशिल छ, गाममा बस्न सउछ कि सउदैन। गाम्लेका कुरा पचाम्छ कि पचाम्दैन सप्पै
एउसरे अरेर हेरिन्छ के। अनि त्याँसि २-४ दिन पछि त यी पनि आफ्नै बथानका कौवा हुन भन्ने
पक्को-पक्कि भएसि चैँनि दु:ख सु:खका कुरा हुन्छ। यता पनि सप्पै मिलेर यो चौतारीमा नि
रमझम अरम्ला नि। कति खालि यैँ मत्रै पुर्पुरोमा हात लगा'र बस्नुहुन्छ त। हिँड्नुस खुरुक्क
उता।

मुन्द्रे र गोताएँ २-२ जना मीत पनि बनाइसक्नु भो हजुरले त। हाम्रा एउटै मीत छैनन् अहिले
सम्म।

:-)
-भउते
 
Posted on 01-26-06 10:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउते, मीत खोजे पो पाईन्छ, तिमी त खाली मितिनी खोज्दै हिनेका छौ के रे! तेहि पनि अहिलेसम्म के हो के हो?
 
Posted on 01-26-06 10:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउतेलाइ "जुन देखे जुनै राम्रो घाम देखे घामै राम्रो" । एउटीले नहुनी अरे, कन्ननी डाँडाका तीनटा सिजन, कम्तीयाँ नी सिजनको यौडी त चाइयो चाइयो ! कि कसो भउते काजी ? :)
 
Posted on 01-26-06 10:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए मुन्द्रु :-), यिनी त अझै सुत्याछैनन कि झिमिक्क अरेर उठी सके? मेरा त पेट गडबड अर्न
थालिसक्यो के रे। धेरै खा'र हो कि, तिम्ले र्याल निलेर हो कुन्नि। :-) आज त सपनाँ नि
मुखका वरीपरी म:म:का डल्ला मत्रै हल्लेको देखेउहोला तिम्ले त।:p

दादा र मैले खुसुक्क अरेको सालीको कुरो यी गोताएँ सम्म नि पुगेछ जस्तो मानिचु। कस्तो
ख्वाले रचन यी दादा त। मलाई त सारै रिस उठीरा'छ। अँधेराँ खोल्सा वरीपरी एक्लै भेटेँ भने
घ्याच्च तल्तिर धकेल्दिन्छु मैले दादालाई।

लु, मेरो त पसारिने बेला भो के रे। अब भोलि गफ अरम्ला। कुन्नि, मुन्द्रेले अर्दा राति उठ्नु
परो भने साजामा नि छिर्नी जाँगर चल्छ कि। :-)

:-)
-भउते
 
Posted on 01-26-06 10:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन भउते जी, म पनि उतै को चौतारी मा गए भने मेरो चौतारी त टुहुरो भैहाल्छ नि । के गर्ने मलाई त यो चौतारी आफ्नै सन्तान को जस्तो माया लागेर आउछ । मैले चौतारी बनाए भनेर यहाँ कस्तो रडाको मच्चाए ... मुख मा हान्नु जस्तो रिश उठेर आको थियो मलाई त।


मेरो चौतारी .... मेरो पौरख , मेरो गौरब
के गर्ने, पल्ट्न मा बस्दा खेरि लागेको बानि म अलि लिच्चड छु क्या ।
 
Posted on 01-26-06 10:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए परदेशी, हजुर भर्खरै नेपाल तिरा'टै आ'को जस्तो मान्चु के रे, त्यो थेगो " मुखमा हान्दिम
जस्तो" भन्ने देखेर। अब मुन्छे भनेको भेँडै त हो नि। २'टा खुट्टोले उभिएर मात्रै फरक भा'को
हो के रे। एउटा माउते भेँडो भिर बाट खस्यो, अर्को बाठो भेँडो बाटै बाट हिँ ड्यो भने पनि
बाँकी भेँडो बाठो भेँडोको पछि लाउदैनन् के रे। बरु माउते सँगै भिर'टै मुन्टिएर मर्छन। बरु
सप्पै भेँडालाई बचाम्नै मन छ भने "लौ है भेँडा हो, म माउते भएँ" भनेर झ्याली पिटे त कुनै
भेँडाले "हुँदैन" भन्छम जस्तो मान्दिन के रे।

हजुर भर्खरै परदेशा'ट " अच्छा लेकिन" भन्दै पसेको मुन्छेले यत्तीको राम्रो चौतारी चिन्नु भ'को
देखेर म त छक्कै परेको छु के रे नि।

" हजुरको चौतारी हजुरकै पउरख" आम्दा जाँदा लाम्ला पिरती। :-)

:-)
-भउते
 



PAGE: <<  1 2 3 4 5 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS Re-registration case still pending ..
TPS for Nepal likely to extend next week
सालीको चाक
ChatSansar.com Naya Nepal Chat
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
TPS To F-1 COS
Venezuela TPS lawuit
tesla stock OMG !!
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
Need Help of IT consultancies
Nepal TPS decision
Any input on remote jobs(IT related or Sales or Marketing)?
Supreme Court allows Trump to end TPS for Venezuelans
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters