[Show all top banners]

miss_ me
Replies to this thread:

More by miss_ me
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 CHAUTARI XI

[Please view other pages to see the rest of the postings. Total posts: 300]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
[VIEWED 105156 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, View Last 20 replies.
Posted on 03-10-06 1:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी! चौतारी!

चिनजान हाम्रो भा छैन
घर काँ हो केही था छैन
नमानि भन्देऊ केइ झर्को
काँ बस्ने तिमी के थरको
आऊ है माया बस

सुरिलो रूख सल्लै हो
खोजेको तिमीले कल्लाई हो
सुसेलि हाल्दै डाकेर
बोलाको तिमीले कल्लाई हो
आऊ है माया बस !
... ... ...

नमस्कार! फेरी पनि स्वागत तथा अभिवावदन छ यो साझाको चौपारीमा। दौँतरीहरु रमाइलोलाइ लम्वाउदै अरम यो नया चौतारीमा।

सुर्खेत बुलबुल ताल
माया मै सानो हुनाले छुट्यो माया जाल

पहाडको तिते फापर मधेसको तोरी छिर्लिगं छ्याईँ
धनी बाउको छोरीसित के को माया लाउनु छिर्लिगं छ्याईँ

सुर्खेत बुलबुल ताल
माया मै सानो हुनाले छुट्यो माया जाल
... ...

सधै झै रमाइलो अर्न बिर्खे माइला र चित्रे ठिक्क परिसक्नु भको छ भने, कुराको जालो बुन्न दादा र पुन्टे तयार हुनु भको छ, अनि कुरा कानि ट्याक्क पार्न काका बुडा रेडि हुनु भको छ । यस पटक चाइ अर्कै तरिकाले बस्ने भनेर कस्सिनुभाको छ उही भउते र सिरे २, ४ दिन गाम तिर लाग्न भको छ भने गोतामे उहि गन गन अर्दै हुनुहुन्छ। मुन्द्रेको त के कुरा, उ त जता पनि पुगिहाल्ने, कुरो मिलाइहाल्ने, अब के गर्ने बिचार छ कुन्नि ?। रमाइलो थप्न तम्सिनुभा छ लाले, गलब, पिकरेली, कलंकि,साँहिला, आइते मुखिया, लालुपाते, गुरासे, लाउरे,लुते,नटे। यता डल्ली, सेर्पिनि,लन्लि,रामकिस्ने,रुइना,आशे,चिप्ले,परदेशी पानपाते र हर्के पनि गफ अर्न कस्सिएका छन । टन्नै साथिहरु हुनुहुदो रइच यसपालि हासो ठट्टा गर्न ।

पानी खानी कल कले धारो,
माया लाउनी फेदीको चौतारो,
समय छोटो छ
हजुरले दिएको
यौटा फोटो छ


यता खास्टो समाल्दै प्रितीले कविता पस्किँदै हुनुन्छ.--


यो माटोलाई यो धर्तिलाई छोरीको खाँचो छ
नडराई बढाऊ साहसी पाइला हिमाल साक्षीछ

 
Posted on 03-13-06 11:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पानपातेजी भ्यागुता र नेपाली मनस्थिति उस्तै उस्तै हो !!!:)

प्रिति नाम मिलाको भए त झन ठूलो पुरुस्कार पाउथ्यो नि त। मिलेन के गर्नु त?
तेसो त नाम नमिल्दा दिएको पुरुस्कारमा पनि कुनै कमि छैन नि होइन र?

राधाजी काकालाई kick दिनु पार्ला जस्तो छ ( अन्यथा नलिनुस है काका। यो शब्द राख्यो भने जे नि भन्न पाईन्छ के) :)

प्रितिको अन्दाज मिलेको भए अब बिर्खेजीको नाम गेस गरुम न त हुन्न?:)

KLSNRHUAE
लेटर दोह-याउन पाईन्छ है त:D
 
Posted on 03-13-06 11:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए प्रिती जी,
तपाईले मास्टर्नी दिदीको नामको पुरस्कार नपाउनु भएको कारण चैं तपाइको उत्तर नै मिलेको थिएन क्यारे। सबभन्दा पहिले दादाले दिनुभएको अक्षरको हिन्ट नै मिल्याछैन भन्दै हुनुहुन्छ नि मास्टर्नी दिदीले। मास्टर्नी दिदी र दादासँग यस कुराको 'कन्फर्म' गर्नुहोला।

नेपालीमा लेख्न चैं यो कमेन्ट लेख्ने ठाउँभन्दा माथि 'Roman to Unicode Nepali Converter' भन्ने लिङ्कमा क्लिक गर्नुस् र अंग्रेजीमा लेख्नुस्, आफैं नेपाली मा परिवर्तन हुन्छ।

नमेको नामको पुरस्कार चैं तपाईले नै पाउनुहोला कि जस्तो पो लाग्यो। मिल्यो कि मिलेन नमेले नै भन्ला नि।

मलाई पनि क्वीज असाध्यै मन पर्छ। त्यसैले पहिले केही क्वीज गर्ने गर्थैं, तर अचेल अलि बिजी छु, पछि फुर्सदमा गरौंला नि मज्जाले, भाग लिन न भुल्नुहोला। अनि तपाईको नाम अर्कै रहेछ, मैले त पत्याईरा', म अरूको कुरा अलि चाँडै पत्याइहाल्छु क्या, कस्तो नराम्रो बानी है मेरो?

अनि मेरो नामको क्वीज चैं पछि गर्दै गरम्ला, पहिले अरूको नै गरम् न।

बिर्खे माईल्दाई,
रमाइलो गीत बजाउनुभो मैना र मेरो, म धनकुटामा केही वर्ष बसेको थिएँ, तर धेरै सानोमा, दुइ तीन वर्षको थिएँ क्यारे। :)
 
Posted on 03-13-06 11:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

miss_me ko nam milena ra bhanya? hint nai galat thiyo ho? kun chahi nam namileko? clear garidinus na aru guess garaula ni?
birkhuko nam ta sarai garo jasto chha khai guess garna ni garo lagyo malai ta.
 
Posted on 03-13-06 12:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु जा, यहाँ त मेरो नाउँ चिन्ने प्तियोगिता चलिराको रेछ
:)
 
Posted on 03-13-06 12:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

la hera mastarni nanile pugena aba chitre ji le ni malai neplai mai lekhna lagaune hunubhayo. hunchha la ma next time try garchhu hai.
 
Posted on 03-13-06 12:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रिति दादा रिसाउनु हुन्छ कि फेरि गल्ति ओल्याइदि मिस ले भनेर । सुटुक्क है त ,कुनै नि मिल्या थिइन नि त । मेरो नाम को एउटा अक्षर नै थिएन त्यहा। चित्रेभाइ को नाम को हिन्ट नि मनै दिउला नि पछि , हुन्छ चित्रे ? हासो उठ्यो मलाई :D
 
Posted on 03-13-06 12:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए तेसो भए त के गरेको त दादाले त्यस्तो| गलत हिन्ट दिएर बबाल् गर्नुभएछ| तेसो भए त्यो मुम्बै को प्रनिता शाही त अरु नै रहेछ है? ल नया हिन्ट् दिउँ न त अब मिस् ।।।।
 
Posted on 03-13-06 12:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमे काँ बट उदाएछन् नी? टन्टलापुर घाम लाग्या ठाममा कुन्नी के के जाती अर्नी भन्याँ हो त्यो?

माइलाको नाम किस्ने हो। ल जा।
मलै था' छैन र?
 
Posted on 03-13-06 12:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे त्यहि बेला भेट भाको हो त मैना संग धनकुटा मा !!!
सजिलो छ नि प्रिति किन डराको नेपाली फन्ट संग। मलाई पनि चित्रेले नै सिकाको नेपाली लेख्न । चित्रेभाइ धेरै धेरै धन्बाद! है । अहिले त आफ्फै सिकेको जस्तो पो लाग्छ भन्या :)
 
Posted on 03-13-06 12:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ लौन यहाँ ता नाम को चार्कचार्की पर्न लागेच
यो नाम सोच्न भनेपछी मलाई...........
यो खिया परेको दिमाग को अब खिया फाल्न तिर नलागमहोला.........
म चै
लौ मत गीत गुनगुनाउदै हिंडे है................

ओरालिमा को झर्यो गाउँदै गाइ चराउँदै
साल्को पात बजाउँदै
फुल्यो अएसेलु
मुहारै जुनजस्तो जोबन बैसालु

चौतारीमा राखेर झोला
मलाई मात्रै हेर्ने त्यो को होला
फुल्यो अएसेलु
मुहारै जुनजस्तो जोबन बैसालु

कस्तो होला रुपहेर्न पाएता
बोल्न हुन्थ्यो यही बाटो आएता
फुल्यो अएसेलु
मुहारै जुनजस्तो जोबन बैसालु

आउनु पर्छ तेही बाटो आइले
बोल्न खोजे केभन्ने हो मैले
फुल्यो अएसेलु
मुहारै जुनजस्तो जोबन बैसालु
 
Posted on 03-13-06 12:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो नाम त यो चौतारीमा एउडालै बाहेक कसैलै था' छैन। तिनले अरुलै भनको भे चैं था' छैन है। माष्टरनी नानी त मेरो छिमेकी हो, मलै नाम था' नहुने त कुरै छैन नी।
 
Posted on 03-13-06 12:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रितिलाई बधाई !!!!!!!!!!
कस्तो लाग्यो त नेपालीभाषा ???
प्रिति हुनत मेरो नाम अरुले भन्दियो भने मात्रै पनि फुरुक्क हुन्छु म।
यस पटक चाहि एक जना साथिले च्यालेन्ज दिएको छ के मेरो नाम जानेरै छोड्छु भनेर
उन्लाई मौका दिउन ल:)
 
Posted on 03-13-06 12:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गफ मात्र हो साइला को पनि!!:)
 
Posted on 03-13-06 12:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो भन्याँ माष्टरनी नानी,
तपै मेरो छिमेकी चाहिं साँच्चिकै हो, तर नाम मा चैं अलि कन्फ्युज भो। पत्तो लाउन गारो चैं छैन है।
 
Posted on 03-13-06 12:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कसले च्यालेन्ज दिएछ त्यस्तो माष्टरनी नानीलाई??
ए साइँला बरु मलाइ सुटुक्क भनन है त्यो के जाति कन्फुज सन्फुज भए पनि तिम्रो कन्फ्यूजनमा परेका सपै नाउँहरुको चाइन्जो लिस्ट नै टाँसन बरु, पत्ता त हामि लाइहाल्छौँ नि :)


गाउँमा बसि भएन मलाइ
जान्छु बिदेश बिदा देऊ अबलाई
फूलको बासना
मनमा पिर भएनि मायालु
मुसुक्क हाँसन

कमाएर ल्याऊनेछु मैले धन्
पिरै पिरले नसुकाऊ तिम्ले ज्यान्
फूलको बासना
मनमा पिर भएनि मायालु
मुसुक्क हाँसन

 
Posted on 03-13-06 12:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो र ???!!!हेरु न त म nepesahila ji नाम पत्ता लगाको:)
मेरो नाममा धेरै अक्षरहरु छन । एक लाईन पुरै लिन्छ कयारे!
 
Posted on 03-13-06 1:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाइ नमस्कार है मेरो तर्फबाट । चौतारीमा त धेरै हल्ला हुँदै रहेछ । मेरो त यहाँ दिनरात एक भाई सक्यो , के गर्नु बसाइ सर्नु पर्‍यो, थुप्रै काम हरु छन्, एकैछिन यसो यता पनि पसिहेरेको नि ।
खोइ त मेरो नाम भन्ने कोही छ चौतारीमा? लु भनम त ।
 
Posted on 03-13-06 3:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

why not vidio?
chitre and maina(चित्रे र मैना)
https://www.youtube.com/watch?v=GQWz0FN_3nU
 
Posted on 03-13-06 3:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

So sad hai...mero nam kati sajilo preety le thyakkai paredera ..
 
Posted on 03-13-06 6:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ है गाम्ले हो। दुई चार दिन के पाखो लाग्याथें ११ नम्बरको चौतारी झाँगिसकेछ। अनि सबैको नाम गेस गर्ने होड चलिरहेको रहिछ। लौ मेरो नाम पनि गेस गरे हुन्छ है, अरुको गर्न अप्ठेरो पर्या भए। अनि डल्ली कता बसाइं सर्न लाको नि? जता गए नि चौतारीको चाँही माया नमारे है।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS Re-registration case still pending ..
TPS for Nepal likely to extend next week
सालीको चाक
ChatSansar.com Naya Nepal Chat
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
TPS To F-1 COS
Venezuela TPS lawuit
Toilet paper or water?
tesla stock OMG !!
Those who are in TPS, what’s your backup plan?
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
I hope all the fake Nepali refugee get deported
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Court Hearing Approval.
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters