[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 Chautari XVI

[Please view other pages to see the rest of the postings. Total posts: 322]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 166338 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 05-27-06 3:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी! चौतारी!
कैयौं उकाली ओरालीहरू पार गर्दै चौतारी सोह्रौं संस्करणमा आईपुगेको छ। कथा, कविता, गीत, गजलहरूले गुन्जायमान हुँदै, हँस्सी मजाक, चुट्किलाहरूले सिंगारिदै चौतारीले गाम्लेहरूबाट पाएको मायाले नै यो सोह्रौं खुड्किलासम्म पुग्न सफल भएको हो।

चौतारीमा स्वागत छ यहाँहरू सबैलाई:-

नेपे दाजी,बिर्खेमाइला, दादा, पुन्टे, काका, नमे, सिरे, भौते, गोतामे, मुन्द्रे, लाले, गलब,
पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, लाउरे दाई, लुते,
नटे, डल्ली, सेर्पिनि, लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले,
परदेशी, पानपाते ,हर्के, यामे , सुभे ,मास्टर्नी दिदी , ठुल्नानि, पिरती, हिते ,नारने,
कैले, तिर कुमारी, चरीनङ्रगे, बब दाई, ईश्वर, सान्कान्छा, राते, हिते, रामे, मने आदी सबैलाई म चित्रेको हार्दिक
स्वागतम्

म बिर्खे माईल्दाईको यौटा गीत गाएर यो चौतारी शुरू गर्छु।

होइ हाSS हाSS हाSS
सानोमा सानो भन्दा मा
रोसीमा खोलाले बगायो
गएको हिउँदमा देखेको सानी
अईले पो मलाइ छक्कायो

हाम्रो त बाजे को पालामा
बाजे ले भन्थ्यो हेर केटा
बिहानी दिउँसोमा बाख्रामा हेर
बेलुकी भैँसिको कुँडोमा हेर
एककोरी बर्समा पुगिमा सक्यो
अब त यस्सोमा घरबार हेर
जुत्तामा हेर्दामा ठुलो हेर
बुहारी हेर्दामा सानो हेर


आशा छ यो चौतारीमा हामी अझै दिल खोलेर गीत गाउन, नाँच्न, गफसफ गर्न र मित्रता गाँस्न सफल हुनेछौं।

 
Posted on 05-30-06 3:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद है गुरुआमा लाई, मलाई पनि स्कुल मा भर्ना गरिदिनुभएकोमा
मेरो आज स्कुल को पहिलो दिन क्या मज्जा ।
सबै नयाँ नयाँ देख्छु खाली दादा ब्रो अनि भौते अनि सिरे लाई चिन्छु(गाम्ले) भएर क्या;) अरु सँग पनि बिस्तारै चिन्जान गर्दै गरुम्ला है ।
यो बोब दाई ले साच्चिको केटी को स्टिकर् टास्सिएको चस्मा लगाको हो?
मेरो कपाल अलिक लामो छ तेहि भएर होला, खै तेहि पनि गाजा को सुर् मा हो कि? खै के खै के मैले त केहि पत्ता लगाउन सकिन ।
जे भए पनि आज म उपस्थित हुना पाउदा आफु लाई निकै भाग्यमानी ठान्छु ।
गुरुआमा मेरो हाजिर गरिदिनुस् ल।
रोल् न् १५-मिस्टे
येस् मिस्
 
Posted on 05-30-06 6:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खास्साको गित बजाए है यि गाम्ले भाइले । कस्तो गामकै झझल्को मेटायो गाठे । हो यस्तै यस्तै अरे पो चौतारिया आम्न मुन लाउच त नि । कोइ गाम्ले त पुल्टिसा छिरेर लोकन्तर अर्नि भन्चन के रे । अस्तिनै मिसले अउरेजिया गरामर पढाउदा " पुल्टिस इज अ डैटि ग्याम " भनेको पो याद आयो । अब पुल्टिस त साझाका सप्पै धागा छन के रे नि, चौतारिया आम्न नि पर्दैन । सत्तो सराप हाल्नि, धारे मुरो हाल्नि , गाला चेताचेत अर्नि काम अर्च क्या त्यो पुलटिसले । अनि फेरि समाज बस्नु पर्च निया निसाप अर्न माउबादि र लोक्नतर मुन्छेहरुले अरे जस्तै ।
त्यो सिरे साइदुवा नि कता हराच । खास्सा का कुरो अर्तयो के रे , सुन्ने नै भैच । दादा नि साना साना कथा हाल्थे के रे अइले त त्यो कान्तिपुर एमएफ जस्तो चूस्स गित हालेर जान्चन । भउते चाइ यसो कैले काइ मुख उदारेर आम्च अनि कता कन्ननि डाडाको लाकुरोको बुटतिर गाइ चराउन जान्च । अस्ति सन्सरबार ओ नमे भुनेर बोलाओ । तासा खाला रच कि कसो, एउछिन पख है भन्त्यो, कता गो कता । तासा उल्टा दअर खा जस्तो छ ।
चित्रे त मेरै मावलि खलक हुन के रे । यसो मामाका जादा भेटम भनेको कता पाखातिर काफल खान गचन । त्यो तुरतुरेको पाखा तिर जेठ मासा नि काफल पाइदो रैच के रे नि ? ल है चित्रे मलाइ पानि-अमला भए नि ल्याइदेउ ।
अरु दम्तरि हरुको के चाल छ कुन्नि ? मेरो त गाइपानिको खरबारिआं अएरको थाना मुनि घास पलाच , भैसि लैइनु छ , यो खडेरिमासा दुद सुक्च कि भन्नि डर छ ,तेतै लागे ।


 
Posted on 05-30-06 9:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रीतीजी र मिस,
आर्या साढे दुई महिनाकी भई। अहिले अलि अलि मान्छे चिन्न (कम्तिमा उस्का बाउ आमा ) चिन्न थालेको हो कि जस्तो लाग्छ। हाँस्न पनि जानी अब। बोल्न खोजेझैँ गरेर अलि अलि आवाज पनि निकाल्छे। सबै कुरामा औसत भन्दा अलि छिटो हो रे (अरुले भनेको है)। म बिहान उस्को हाँसो हेरेर घरबाट निक्लन्छु र बेलुका उस्को हाँसो हेर्न घर भित्र पस्छु।

आर्या आएपछि हाम्रो जिन्दगी अझ बढी हँसिलो र उज्यालो भएको छ; एउटा सुन्दर कविता जस्तै भएको छ।

फोटोको कुरा गरीहाल्नु भयो, टाँस्दैछु। (बरु चौतारीमा बढी ब्यक्तिगत कुरा गरेजस्तो लाग्ने हो कि अरु गाम्लेहरुलाई?)
पहिलो र दोश्रो फोटा लिँदा आर्या डेढ महिनाकी थिई। पहिलो फोटोमा भर्खर ब्यूँझेर जीऊ तन्काऊँदै, दोश्रोमा बाउको कान निमोठ्न खोज्दै (सबैले ठ्याक्कै बाउजस्ती भन्छन्, हो त?)। तेश्रो हालसालैको हो, फोटो अलिक अँध्यारो आएको छ।
मलाई त्यो पहिलो फोटो असाध्यै मन पर्छ।

 
Posted on 05-30-06 9:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सप्पै कता हराए भनेको त यता पो रचन I


 
Posted on 05-31-06 12:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे होस चौतारीमा बिस्तारै रमाइलो हुन थालेछ। कथा, कविता अनि गीत को साथै फोटुहरु पनि आउन थालेछ।

भकुन्डोको माहापर्ब आउन आट्यो क्यारे। फेरि आफु भकुन्डो भने पछि सारै भुतुक्क हुन्छु।
गाम्लेहरु पनि एसो अलि कति रमाइलो भकुन्डोको मजा लिने हो कि?


 
Posted on 05-31-06 1:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भकुन्डो त मन पर्ने हो। चौतारीबाट किक हान्दा सिधै खोलामा पुग्ने पो हो कि?

जे होस, चौतारी स्कूलको नयाँ सत्र सुरु भएछ। आफूले त भर्ना गर्नै पाएको हैन। घरको आर्थिक अवस्था राम्रो नभएकोले भर्ना फिस तिर्न सकिया छैन। लौन मिस् मलाई कुनै छात्रवृत्ति मिलाइदिएर भर्ना गर्दिनुस्। अनि रोल नम्बर पनि पाऊँ।
 
Posted on 05-31-06 7:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ हेर यो चौतारी म कस्को कस्को फोटो तासेको हुन कुन्नी आफु ले त चिन्नै सकिन। गौतम् ज्यो त्यो तपै र् तपै को कान्चो छोरा को फोतो हो कि क्य हो। हो भेने छोरो पानु भाको म बदै छ। खै कहिले भोज् भतैर् खोवनि।

रोल् #६ थुल्ननि
हजिर् मिस्
 
Posted on 05-31-06 8:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए ठूल्नानी,
ती फोटाहरू गोतामेज्यूको छोराको हैन, छोरी आर्याको हो।

गोतामेज्यूलाई फेरी बधाई है हिस्सी परेकि छोरी पाउनु भाकोमा!

ल, म त संविधान सभाको चुनाउमा उठ्दैछु, मलाई आँप चिन्हमा भोट दिनुस् है गाम्ले हो! :)

 
Posted on 05-31-06 8:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए मैले त छोरा हो कि छोरी चिन्नै सकिन । लौ छोरा छोरी दुबै आँखाको तारो हुन । तसै ले छोरी त झन लक्ष्मी हुन्न । फेरी पनि लक्ष्मी भित्रेको म बधाई छ ।

चित्रे धन्यवाद । चित्रे मलाई नि आप मित्तो लाग्छ । मेरो भोत् त आप् मनै जन्च।
 
Posted on 05-31-06 11:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गौतमजी!!!
खुसि लाग्यो छोरीको छिटो छिटो प्रगति भैरा'को सुनेर। हो नि गौतमजी, आर्या उस्को बाउ जस्तो लाग्यो मलाई पनि तर छवि त 'मा' को पनि लुकेको होला सायद :)

आर्याले कान निमोठदि रहिछन र पो उनको बाउ चौतारीमा आउन छोडेको रे'छ:P
ल भाउजूलाई फेरि पनि बधाइ छ है त जून जस्ति छोरीको जनम दिइको मा।

ए! गलाव फि:माफ गर्ने भए अन्तरवार्ताकोलागि तयार. हुनुहुन्छ त ?
ल भन्नु पर्यो---
स्कूल पढदा वन कुखुरो लखेट्न गयो कि गएन?
मार्साबलाई गालि गर्ने नाम राख्यो कि राखेन?
वर्षायाम मा बारिमा काक्रो चोर्न गयो कि गएन?
हाफछुट्टि पछि खोलामा पौडि खेल्न गयो कि गएन?
गृहकार्य गर्न छोडी खोपि खेल्न गयो कि गएन?

एक एक को जवाफ दिनु पर्छ है ।
मैले सोचेको जस्तो जवाफ आएमा फि: माफ:D :D :D


ठूल्नानीले भोट दिन पाउदैन है भन्द्याछु
 
Posted on 05-31-06 11:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'आर्या आएपछि हाम्रो जिन्दगी अझ बढी हँसिलो र उज्यालो भएको छ; एउटा सुन्दर कविता जस्तै भएको छ। '---- आफ्नो मुटु आफु सामू देख्दा सबैलाई त्यस्तैलाग्ने रहेछ ( अघि लेखेको सेलेक्ट गर्न बिर्सेछु के अनि अहिले राखिदिएको)

दादा "मेरो नक्कल गरी मास्टरनी नानीले भनेर " रिसाए जस्तो छ?
मलाई मास्टरी जागिर बाट हटाउने हो कि भनेर डर पो लाग्यो।
 
Posted on 05-31-06 12:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मास्टरनी दिदी किन मैले भोट दिन नपाउने ।
 
Posted on 05-31-06 12:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D
बाल अधिकार को हनन हुन्छ।

राम्रो सअ बोलि नि नाफुटेकोलाई पोलटिसा लगायो भुने कार्वाइ अर्ने भुनेर नियम बनौन ला'छन रे क्या:)
 
Posted on 05-31-06 1:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मास्टर्नी दिदी,
ठूल्नानीले त आँप मीठ्ठो लाग्ने भएर पो आँपमा भोट राख्न लागेकी नि, कहाँ पोलिटिस् गर्न ला' हो र? आफूलाई मन पर्या फल खान पाम्ने त बाल अधिकार नै होइन र भन्या? ठूल्नानीले मलाई भोट हालिन् भने म चैं नोट हालेर उनलाई आँप खुवाउँछु नि। :)
 
Posted on 05-31-06 1:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पोलटिस नभएर आँप खान लाई भोट दिएको भए त ठिकै छ नि । ठुल्नानी चित्रे तिमीलाई आँप किनेर दिने रे । तिमी चित्रेलाई जत्ति नि भोट दिन पाउछौ अब । मेरो नि भोट आँप मै गयो । मैले त १२ पटक दिए है चित्रे भाइ । अब एक दर्जन आँप किनेर पठाइदेऊ
:D :D
 
Posted on 05-31-06 1:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D :D :D धनयाँबद मास्टरनी दिदी । हुन्छ आज बाटइ म चित्रे लाई भो हल्न सुरु गर्छु ।
चित्रे मलाई आप एक बाकस् पठाइ दौ ।
 
Posted on 05-31-06 1:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-31-06 1:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ, मास्टर्नी दिदी र ठूल्नानी ले बाँडेर लिनुस् है आँप! आँपाँ भोट हालेकोमा धन्यवाद, अब त म जित्छु कि चुनाउमा! :)

 
Posted on 05-31-06 1:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:O :O : O कति धरै आप । धरै मितो होला जस्तो छ । धन्यवाद चित्रे आप् दिनु भको म।
 
Posted on 05-31-06 2:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रोल न २२
हाजिर भए मिस्
लौ चित्रे दाइ को आप चिन्ह मा मेरो पुनी भोट गयो है त ल ,बरु आप खान चै कैले पाइने हो ,चित्रे दाई मलाई फोटु को आप होईन साचैको आप पठाइ दिनुस् है ल ।म २४ वटा भोट दिउला त्यो हिसाब ले दुई दर्जन आप मेरो भाग मा पर्छ ह नि ।अनी मिस् धन्याबाद मेरो नाम चेन (Change) गर्दिनु भे को मा। बरु मिस् दिन् दिनै किलास् लिन आउनु परो भना इस्कुले भर्ना मात्र गर्ने अनि मिस् चै न आउने। अनि पिर्ति फिलिम् हेर्ने बानि लागेर हो क्याहो इस्कुल् धेरै भाग्न थालेको? मिस् ले कार्बाहि गर्नु पर्ने भो है।फिलिम् को कथा सुनेर घुस् खान भएन। :-)
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
Democrat lies revealed
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Business Ideas in Nepal?
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS Hearing: 9 Room, 19 Floor, 29 July
मुद्दा हाल्छन होला र ?
TPS cancel bho bhane k garne?
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NEPAL TPS IS GONE
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
Leave messages on US congressman's facebook to support TPS
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters