[Show all top banners]

miss_ me
Replies to this thread:

More by miss_ me
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Chautari XVII

[Please view other pages to see the rest of the postings. Total posts: 307]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 101742 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 06-30-06 3:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी!चौतारी !! चौतारी !!!
कैयौं उकाली ओरालीहरू पार गर्दै चौतारी सोह्रौं संस्करणमा आईपुगेको छ। कथा, कविता, गीत, गजलहरूले गुञ्जायमान हुँदै, हँस्सी मजाक,खुशी, चुट्किलाहरूले सिंगारिदै चौतारीले गाम्लेहरूबाट पाएको मायाले नै यो १७औँ खुड्किलासम्म पुग्न सफल भएको हो।

सबैको साझा चौतारीमा
नेपे दाजी,बिर्खेमाइला, दादा, पुन्टे, काका, नमे, सिरे, भौते, गोतामे, मुन्द्रे, लाले, गलब ,पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, लाउरे दाई, लुते,
नटे, डल्ली, सेर्पिनि, लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले,
परदेशी, पानपाते ,हर्के, यामे , सुभे, ठुल्नानि, प्रिती हिते ,नारने,
कैले, तिर कुमारी, चरीनङ्रगे, बब दाई, ईश्वर, सान्कान्छा, राते, हिते, रामे, मने, इन्द्रेणी,हिमाल, कुम्ले, चित्रे, फोक्से र मिस्टे
तथा साझा-चौतारी हेर्न आउनुहुने यहाँहरु सबैलाई चौतारी परिवारकोतर्फबाट हार्दिक स्वागतम्


मेरो उपस्थिती यदि तिम्रो लागि खुसी भए
मैले मेरो सारा खुसी तिमीलाई नै सुम्पिदिएँ
खोज तिमी भावहरुलाई शब्द शब्द गीतमा
भेटाउने छौ सामिप्यता ती शब्दको गहिराइमा


आशा छ यो चौतारीमा हामी अझै दिल खोलेर गीत गाउन, नाँच्न, गफसफ गर्न र मित्रता गाँस्न सफल हुनेछौं।
हेर्नुस है त पहिलो भागका केहि अंश हरु
*** *** ***

Foe_4_mysty:त्यो बब दाई भन्ने गन्जडी मास्टर कि विद्यार्थी? विद्यार्थी हो भने त ठिकै छ हैन भने म त नपढ्ने यो स्कुल मा!
Bob Dai: होईन यो मुसी(misty) के भन्छे? आउने बित्तिकै गँजेडी भन्छे बा?
म विद्यार्थी नै हो । रोल नं ० । अनि दादाले राम्रो कुरा गरे एस्पाली । राजनीति त हुनै परो नि गाँठे! एस्सो गपसप गर्न त रमाइलोनै हुन्च नि शेरखाँ ।
ए चित्रे डाँका कल्लाई बमबहादुर भन्छस्? जैलेनी मेरा खुट्टा तान्न आम्छ बा!अझ पशुपतिनाथ लैजाने कुरा गर्दो रच । किन चाइयो मलाई महा-पर्बन्दक को पद? चौतारीबाट पोलिटिस खेलेर निकाल्ने बिचार छ कि के हो ए तित्रे? बाउजस्तो मान्छे लाई बृद्दाश्रम लाने कुरा गर्छ ए गाँठे! अनि ए बज्जे, कल्ले गाँजा खाछ? लौ मुख नेर आ । लौ सुङ्! नानाभाँती कुरा गरेर दिमाग खान्छ यो स्वाँठ । तँलाई जन्याछु पख्!
Bhaute:बबेदाइका आँखा के भए? मिस्टेलाई "के भन्छे? "रे। :-) चस्मामा केटीको स्टिकर टाँसिएको छ कि के हो? :p

*** *** ***

uptowngal: मास्टरनी दिदी किन मैले भोत दिन नपाउने ?
miss_ me: बाल अधिकार को हनन हुन्छ। राम्रो सअ बोलि नि नफुटेकोलाई पोलटिसा लगायो भुने कार्वाइ अर्ने भुनेर नियम बनौन ला'छन रे क्या:)

*** *** ***

gaalab:हाफछुट्टि पछि खोलामा पौडि खेल्न गयो कि गएन?
मिसले अन्तर-स्कूल पौडी खेलमा स्कूलको नाम राख्न सक्छ कि सक्दैन भनेर जाँच्न खोज्नुभा होला। त्यो त गइयो मिस्। त्यसो नगरेको भए कसरी अहिले बुढीगंगा पौडेर तर्न सक्थें र?

*** *** ***

Nepal ko chora : कोरियाले जित्यो २-१
हुर्रे।
World_map: लौ, अर्जेन्टिना त हार्यो, बोर भयो नि। पेनाल्टिमा हार्यो। :(

*** *** ***

Tyra : ओहो कुम्ले जि (म चै ज्यान् गए नि कुम्ले भन्न नछाड्ने ),म गाउने तपाईं सुन्ने त्यस्तो त भएन नि उमराओजान् फिलिम् जस्तो ,बरु दुबै जना नच्ने हो कि,
माथि माथि सैलुङे मा चौरि डुलाउने लाइ
हत्केला म माया को गुरास् फुलाउने लाइ
भन्दिनु है भन्दिनु ..........
ल ल मिस् लाई है यो चाँहि-

खोज्नै पर्थेन सामिप्यता हामीले शब्दजालमा

*** *** ***

CaMoFLaGeD:
मेरो त नाम नि लेखाको छैन रे बा ले भन्नु भाको। अब बारी को धान बिक्यो भने भर्ना गरी दिने रे। धान को भाउ नि घट्यो रे यसपाली। खोइ अब कति रोल नम्बर भन्ने होला?

*** *** ***

Poonte:
हिज दिम्सै देखुन् हिक्क हिक्क बाडुली लाएर, रातीको गास् निल्न नि गारो भो। अन्फेरुन् तै हिक्क हिक्कले सुत्न सके त मरिजाम्! के भो, यो बुढेसकालाँ कोल्ले सम्झो मुलाई भुनेर
यस्सो चौताराँ नजर ला’को त, ए मेरि बास्सै! सबले सम्झेर हुरुक्कै भा’रेचन्, लौ!

Nepe: गोतामेजी समसामयिक विषयहरुमाथि सटीक टिप्पणी गर्ने तपाईको कलाबाट म औधी प्रभावित छु

pkreli : गोतामे गुरु तपाइंको कविता अति उत्तम लाग्यो । जस्ताको तस्तै मेरो विश्वजालमा राख्छु है? तपाइंको नाम समेत राख्छु । सत्ते धरोधर्म मेट्दिन ।


गौतमजीको कविता:

हाम्रा दिन गएछन शेरखाँ


जमाना उल्टो आएछ शेरखाँ
हाम्रो भागमा अब अगुल्टो आएछ शेरखाँ
हिजो सम्म हाम्रा अघिल्तिर झुक्नेहरु
आज सजिलै उठ्ने भएछन
उठे मात्र के हुन्थ्यो र शेर खाँ

हामीलाई नै कुट्ने भएछन्।
हिजो हामीले ठक्कर दिदाडराएर भाग्नेहरु
आज टक्कर दिने भएछन
चक्कर आउनथाल्यो मलाई शेरखाँ
उनीरहरु पनि ठक्कर दिनेभएछन।
जमाना उल्टो आएछ शेरखाँ
हाम्रो भागमा अब अगुल्टो अएछ शेरखाँ
विदेशतिर भाग्नुपर्छ कि क्याहो अब
हाम्रा दिन गएछन शेर खाँ!


 
Posted on 07-06-06 4:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चर्को बोली,
जनतालाई गोली ।
मन्त्री खड्ग ओली ।
 
Posted on 07-06-06 6:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओलि जी नि चौतारी मा आउनु भा'को हो? अब नाँच गान गर्ने हो कि वँहा ले पनि??
 
Posted on 07-06-06 7:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै अगाडि पुगिसकेछ चौतारी :)गहिरो तिर पर्या छके यसपाळी चौतारी बनाउदा सबै टुडिखेल मा भकुन्डो हेर्न गएर म एकलै ढुंगा माटो पुराउने मान्छे नि भएन त्यसैले वनभोज जान राम्रै होला नि त भनेर बनको छेउमा सारेको हो के त्यैपनि चित्रेले अलि अलि त सघाउन आएको थियो ।

दादा चिप्पलिनु भएछ पातलो भैसक्या चप्पल लाउनुभाथ्यो होला :)

कुम्ले(CaMoFLaGeD ) किन स्कूल बाहिर बस्ने नि ।बारिमा फलेको धान कस्ले किन्छ त ?ल भन्नुस त

धान कहाँ फल्छ?
 
Posted on 07-06-06 7:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-06-06 7:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धान को बोटमा मिस।
 
Posted on 07-06-06 7:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले त झलक्क हेर्दा ओलीले बिहा गर्न लागेछन् कि भनी सोचिरा'।

रतौली पनि खेल्नी कि?

ओजी ओजी ले जोगी ओली ओली ले,
दुल्हा हुने ओलीलाई खोजी खोजी ले।
दुल्हा हुने ओली रैछन् चाउरी परेका
दिमागमा बिस्तार-बिस्तार किरा सरेका।

ओली ओली ले, गिर्जा ओली ओली ले,
उप-पर्दान पदैमा केपी ओली ले।
कपाल सेतै हुँदा पनि बच्चा जस्तो स्वर,
महाराज भए अहिले, खोरमा थिए पो'र।

भोलि भोलि ले बिकास भोलि भोलि ले
गृह, बिदेस, उप बिभाग रोजी रोजी दे।
सुरुवालको इँजार पनि छोटो नै छ हाल
१ वर्षमै देखाउनेछन् चिरञ्जीवीको ताल।

अस्तु:।
 
Posted on 07-06-06 7:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Fail
:D :D
बर्बाद भएन त अब एक पटक भउतेको प्रौढकक्षा तिर पो कोसिस गर्ने कि कुम्लेजी
कुम्ले प्रितिको गितमा भएको 'तेरि" चाँहि म हो :D
ए ठुल्नानी भउतेको त लोकगित अनि गोतामे को चाँहि कविता :) :) तर दुइटै राम्रो छ के
भउतेलाई फुर्सद भए जस्तो छ
 
Posted on 07-06-06 7:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-06-06 7:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस भउते लाइ फुर्सद छैन रे। मेरो लागि केहि समय निकाल्नु भनेर हप्काउनु त।

अनि अर्को प्रश्न सोध्न मिल्दैन मिस? अलि सजिलो खाले। कस्तो अफ्ठ्यारो सोध्नु भाको नि? फेरि मैले उत्तर नि शहि दिए जस्तो लागेको थियो। मेरो बारी मा त धान त्यहि धान को बोट मा मात्र फल्छ।
 
Posted on 07-06-06 8:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बारि हैन के बुद्धु खेत हो :)
लास्टाँ वेन्चमा बस्ने हो त --- त्यो भउतेलाई म त केहि भन्दिन झगडा गर्न बेर लाउदैन । अस्ति झण्डै मेरोकम्प्युटर नै लिएर हिड्न आटेको थिए।

गालव यो रिमिक्स हो :)
 
Posted on 07-06-06 8:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-06-06 8:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो मास्टर्नी दिदिले ठिक् भन्नु भो, त्यो "तेरि" मिस् नै हो। :)

फेरि तितौरिले हड्ताल् गर्लि, तितौरि पनि हो है त्यो "तेरि"।

:D गोतामे जि सारै राम्रो कबिता सुनाउनुभयो।

कुम्ले धान त धानबारिमा फल्छ नि, हैन त मास्टर्नी दिदि?

गालबजी ले नि हँसाउनुभो, एक से एक हुनुहुन्छ सबै जना।

पून्टे दा गर्धन फुलेर स्वर सुख्यो रे? बेस्कन डोरिले गर्धनलाइ बाँधे फुलेको बस्थ्यो कि अलि :D खै त मेरो डिरेस र टिम्मुर्?

मामा कता हराको? भान्जी सँग अब दशैँ चाड पर्वमा मात्र भेट हुने हो कि क्या हो? डल्लिले त मायै मारिन्, छोरो पनि तरुनो भयो होला अब त :D

नमे, चौतारीको जग् हाल्ने केटो भनौ न अब ... कस्तो झल्याक झुलुक मात्र देखिएको होला भन्या? सांहिला पनि त्यस्तै।
 
Posted on 07-06-06 8:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीका को को पास भए हँ?

म 0040944T
Congratulation...! You have passed in 1st division!!
 
Posted on 07-06-06 8:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ खा म कुम्लेलाइ सिखाउने भैखाकि त । बारि पनि भन्न मिल्दैन र मिस्?
 
Posted on 07-06-06 8:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादा भरखर SLC देको हो , म त दादाको फोन नम भनेर डाएल गर्न आँटिरा :)
 
Posted on 07-06-06 8:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ दादालाइ अहिलेसम्म पुरानो symbol number याद छ हो? memory तगडा रे छ ल।
 
Posted on 07-06-06 8:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस, यो ओर्जिनल हो। भाका मात्तै रतौलीको। अब रतौलीको बारेमा त मलाई भन्दा त तपैंलाई थाहा होला नि ? आफू त सानोमा केटा मान्छे भ'र रतौली जान हुन्न, गिल्ला गर्चन भनेर धेरै गइएन। ठूलो भएसि घर छोडियो। तैपनि जो सम्झ्या भरमा लेख्या मात्तै हो।

उही,
गालब
 
Posted on 07-06-06 8:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाइ त अघि मिस ले "तिमी फेल भयौ" भन्नु भाको छ। के हेराइ भयो र त्यो रिजल्ट? :(

अनि प्रीति जी, धान बारी मा तेत्तिकै फल्छ त धान? धान को बोट चाहिन्न? झन खास्सा उत्तर दिएको त उल्टो फेल पो भैयो। :(

आज दिनै खराब के :(
 
Posted on 07-06-06 8:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भकारीमा फल्छ धान त।
जहाँ फले नि लास्टाँ आम्नी भकारीमा हो केरे।
 
Posted on 07-06-06 8:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पिर नगर कुम्ले, कोशिश् गर्दै गर एक न एक पल्ट त कसो पास् नहोलाउ त। हरेस खानु हुन्न। :D
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
सालीको चाक
Conservative discussions
tesla stock OMG !!
Looking for girl
Who is hottest nepali female?
TPS for Nepal likely to extend next week
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
Toilet paper or water?
I hope all the fake Nepali refugee get deported
Those who are in TPS, what’s your backup plan?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS To F-1 COS
Sajha Poll: Who is your favorite Nepali actress?
Problems of Nepalese students in US
Mamta kafle bhatt is still missing
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
Embassy of Nepal might be able to help extend TPS for Nepal
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters