[Show all top banners]

hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ४८~~

[Please view other pages to see the rest of the postings. Total posts: 592]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE






[VIEWED 215082 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 03-08-07 7:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ४८ --


चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ४८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running for 547 days (as of 03-08-07) since 7 Sept 2005 with more than 17,000 messages in a total of 47 editions.Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.


लौ बसुम यही चौतारीमा







 
Posted on 03-09-07 1:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वीरखे दाइ मलाई सञ्चै छ हजुर लाइ कस्तो छ नि? खो आजभोलि तितौरी हराइरा छ । सबै जना नेपाल तिर लागेका चन रे बिहे गेर्न । खै तिरु नि नेपाल गाको हो कि कुम्लेको बिह हेर्न। :P
 
Posted on 03-09-07 1:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्यार्नु नाने, चाइन्जो उतिबेला कस्ता कस्ता गित गाइयो गाँठे रोदिमा!
जोर मादल भिरेर मुइँले गित फलाक्न थालो भन्देखुन वल्लो गाम पल्लो गाम सात गामका तरुनिहरु चाइन्जो मरिमेटेर जुहारि खेल्न आम्थे! तो बेला त बितिसको के रे तै पनि बेला बेलाँ बल्झिने मनमा अल्झिने कुरो आम्छ नि बरै!

ठुलि, बाबियो भनेओ लामा लामा पात हुने घाँस हो के रे हुनलाई त भिर तिर फल्ने। तो सुके पछि अलि मजाको बलियो त्यान्द्रो बन्छ, हेरि हो तेई त्यान्द्राहरु जम्मा अरेर मजाले बाट्यो भन्देखुन डोरि बन्छ क्या!
 
Posted on 03-09-07 1:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नानु दाइ हजुर ले ठीक भन्नु भो जिन्दगि चलि रा छ परदेशमा । हजुर्लाइ नि दिम्ला म:म
 
Posted on 03-09-07 1:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अचेल धेरै गाम्लेहरू चौतारीबाट गयल हुने हुनाले हाजिर गर्ने बानीको फेरी शुरूवात गर्नु पर्यो जस्तो छ। ल म बाटै शुरू गरम्।

रोल नं ८ चित्रेऽऽऽऽ
हजूऽऽऽऽर मास्टर्नी दिदीऽऽऽ :)

जिम्माल बालाइ सन्चै? नलीखुट्टा कस्तो छ अहिले? :P

ठूली, कुम्ले कहिले फर्कन्छ नि नेपालबाट? तिरू पनि नेपाल गएकी रे? :O
 
Posted on 03-09-07 1:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनि सुबेदारकि छोरिलाइ त सन्चै छ नि जिम्मवाल बा!!मेरो नमस्कार भन्दिनु होला है।ल ठूलि मोमो सङग अचार पनि बनाका होलान क्यारा गाममा,कसो ठूलि?म त धेरै पो भकुर्छु मोमो ता हो!!!
 
Posted on 03-09-07 1:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन के भन्छ यो नाम्बाउचा !!!! कहाँट देशाँ कु हुने देख्यौ नि ? सपैको नौनाडी गल्या जस्तो छ । सर्प भ्याउता बिछ्या: खेलजस्स भइरा'छ । बाइर बाइर फुर्ति लाए नि कसैले केइ अर्ला जस्तो लाएन मलाइ ।

जे होस कु गर्ने भे गर्न सक्नि रैछ, माउबादिया ३ हजार गोटा हत्यारले त छुलछुलि खेलायो, अब १ लाख आर्मिले चाह्या भे के मात्रै गर्न सक्थो होला भन्ने त यसै थाहा हुन्छ नि । बनाम्न पो गाहारो त, बिगार्न के गाहारो ।

बरु नाम्बाउचाआ मनाँ कतै कु भइदिए टन्टै खत्तम भन्ने पो सोच्या हो कि जस्तो लाओ मलाइ त ।

न्यानो घाम भन्दा भन्दा आफ्नु त आङै पोल्यो हो आज ता, हिजो सम्म हिउँ पर्या भन्नै नसुवाउनि, कस्तो चर्को घाम हो यो? खै शितलाँ अलिकति ठाम देओ न मलाइ नि । पोल्यो के ज्यान मा ।
 
Posted on 03-09-07 1:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई सन्चै छ भन्नु परो चित्रे, चाइन्जो अलि गर्मु लाउन थालो के रे यताहुँदि तेसइले नलिखुट्टोको बेथा अलि मत्थर भा' झैँ मानिछु!

लु चतुरे ( chanaa_tarkaari ) नि आएछ। के के फलाकेओ हो कुरो बुझे मरिजाम्!
राउनितिआँ पुल्टिस घुसा'र बोल्या अस्तो छ , म बुडोले चाइन्जो कसरि बुझ्नु?
 
Posted on 03-09-07 1:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नानु जी, यहाँ फेरी राज नीतिको कुरा गर्‍यो भनेर, जिम्माल बा पड्केला नि । फेरी राज नीती भने पछि चुप लाग्न नसक्ने बानी छ मेरो ।
मैले नेपाल छोडेको अगस्ट मा हो । त्यतिबेला हाम्रो अफिस् मा काम भन्दा बढी गफ हुने गर्थ्यो । केही ले कार्तिक मै चुनाव हुन्छ भन्थ्यो, केही ले १ बर्ष मा । मेरो अन्दाज त ३ बर्ष लाग्छ भन्ने थियो । ती बन्दूक बोकेका औंठा छाप हरु लाई ठीक ठाउँमा ल्याउन नै २ बर्ष लाग्छ, अनि एन कानून बनाउनु पर्‍यो, निर्वाचन को तयारी गर्नु पर्‍यो । निर्वाचन को स्वरुप तयार गर्नु पर्‍यो ।आदी आदी काम ले गर्दा ३ बर्ष अगाडी चुनाव हुन सक्दैन भन्ने थियो र अहिले पनि त्यही कुरा मा अडिक छु ।

फेरि अर्को कुरा, त्यो ज्ञाने ले त्यसै कुर्सि छोड्ला र? कसरि बिश्वास् गर्ने?

२३८ बर्ष को बिर्ता त्यती सजिलो सँग छोड्दैन , हेर्दै जानुस्, आज जे जती तान्डब नृत्य देखि रहनु भएको छ नि त्यो त ट्रेलर मात्र हो, पूरा नाट्क त हेर्न नै बाकी छ ।
अहिले नै कू होला जस्तो चाँही लाग्दैन । तर देश लाई यती धेरै अस्थिर र आतंकित बनाउने छन । नेपाली जनता को छिटो भुल्ने आदत छ, अनि फेरी राजा नै ठीक भन्ने हुँइया फैलाउने छन र त्यतिबेला पनि चुनाव भएन भने कू हुन निश्चित छ । त्यतिबेला, गिरिजा रहला न रहला, अरुको हिम्मत छैन, एक्लाई स८सद पुनर्स्थापना को राग अलाप्न लाई ।
त्यसैले समय मा चुनाव गराउनु नै ठुलो काम् हुने छ, गिरिजा सलामत् हुनु प्रदछ भन्ने जिकिर् यस्को लागि हो।

फेरी प्रचण्डे का सन्तान हरु ले चुनाव हुन दिने हो कि हैनन । हतियार बेस्सारी लुकाएका छन ।
हतियार बिना को चुनाव भनेको माओवादी को नाङो रुप देखिने जात्रा हो । यस्तो अभिगत हुन्छ तिनको प्रचण्डे बाउ ले पनि न सोचे जस्तो हुन्छ । गाउँ भरि निर्दोष को रगत आलो नै छ । घर खेत कब्जा मा छ । तिनको आत्मले भोट देला र? हेर्दै जाम्, राम्रो कामना गरम । मेरो पी एच डी सक्याएर भोट हाल्न जाम भन्ने थ्यो तर त्यती बेला सम्म धेरै ढिला भाई सक्छ । आउंदो जेष्ठ्मा त सम्भव देख्दिन, कार्तिक सम्म्, गिरिजा, सात दल अनि बिश्वास जिउंदो रहे अबश्य चुनाव हुन्छ । अस्तु!
 
Posted on 03-09-07 1:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन त चौतारिमा राउनिति गर्न नहुने।तर चना तरकारिजि,मलाइ अलि अलि भित्र भित्र चिसो पस्या के त्यस्तो होला कि भनेर।बल्ल बल्ल आको शान्ति भङ्ग होला भन्ने डर के?फेरि माओवादि र हाम्रा नेताहरुको चाल देखि हाल्नु भा छ।खालि ठूला ठूला गफ मात्रै गर्छन,काम केहि गर्दैनन? तेहि भएर अलि कति डराको के?
 
Posted on 03-09-07 1:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल दाइको कुरा मलाइ चित्त बुझ्यो।२३८ वर्षको शाषन त्यसै छोड्ला जस्तो पनि छैन।अनि उस्ले त्यो बिरेन्द्रको सम्पति नाम्सारि गर्न हतार गर्या देख्दा उस्को नियत पनि ठिक देखिदैन अनि इ मोरा माओबादिको नियत पनि मलाइ ठिक लाग्या छैन।अनि मनमा शन्का लाग्या के!
 
Posted on 03-09-07 1:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ यो त न्यूरोडको पीपलको बोट जस्तो पो हुन लाच, ठुलाबडा जम्मा भएर पोल्टिउसका कुरा पो गर्न थालेचन, म:म: खाने कुरो चलिरा बेलामा खान पाइन्छ कि भनेर छिरेको त।

फेरी नमस्ते गरें है,
 
Posted on 03-09-07 1:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सारी है जिम्माल बा । राजानिती अलिकति पोलिटिक्स घुसे छ, बिहान एक चिलिम दिन भ्याइन त्यसैले दिमाग खुस्के छ ।
 
Posted on 03-09-07 1:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल अब सकियो राउनिति,अब चाहि मोमो,सेकुवा के के छ खाउँ है।
 
Posted on 03-09-07 1:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कथा, कविता, मुक्तक, चुट्किला घुसाम् न गाम्लेहरू, कति पुल्टिस् मात्र घुसाउने?

पुल्टिस् पुल्टिस् भन्दा भन्दा जिन्दगी नै पुल्टिस् जस्तो हुन लाइसको यहाँ। :)
 
Posted on 03-09-07 1:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे न रिसाउन भने । ल तान एक चिलिम । बिहान चिलिम तान्न भ्याइएन, दिमाग सन्के को ले पोलिटिक्स् मा दन्केको क्या । कहिल कही बुढाको कुरा नि सुन्नु पर्छ ।
 
Posted on 03-09-07 1:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन ए ठुल्दाई, चाइन्जो हिजो देखुन तमाखु खान नपा'र छट्पटि भैराछ गाँठे मुलाई त, बरु तो हउरको चिलिम एउ बाजि तानुम गाँठे जे पर्ला पर्ला!
 
Posted on 03-09-07 1:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रेजि लाइ मैले कति भनिसके,कथा लेख्नु पर्‍यो एउटा भनेर,मरे लेख्या होइन।अनि हामिले पनि घुसाइदेको नि त पुल्टिस।
 
Posted on 03-09-07 1:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलि सँचै छ हाम्लाइ त, तिम्लाइ नि बेसै होला क्यारे । यसपाली केइ दिनलाइ दोर्जे मितबालाइ साथी भईदिन माथि भेंडिगोठ गा'थे क्या, खुब रमाइलो भो । हुन त गाम्को याद आइरन्थो बेला बेला, छुस्स छुस्स चौतारीको हालखबर त था भईरन्थो तर छिर्न चाइ पाइया हैन् ! अब त फिर्ता आइहालियो, मजाले चौतारीमा घाम तापिन्छ ।

अनि जिम्माल हजुरबा के छ हालखबर, नलिखुट्टाले साह्रै दु ख दियो भन्ने सुन्दैछौ । अलि स्वास्थको हेरबिचार गरुम है, यो उमेरमा गाह्रो पो हुन्छ त । तपाईंलाइ यसपाली मैले मितबाको घरबाट आशलि मलुवा सुर्ती ल्याइद्या छु है, एकदम कडा छ रे ! अनि के हो चाँडै भन्जा बुहारी भित्र्याउँदै हुनुहुन्छ रे हो, लौ बधाई छ है!

हरि सोल्टी, तो पुरस्कार जित्ने काममा बडा रिस्क छ यार, मैले त हापिसके, अब चाइ कसैले जितेको पुरस्कार छ भने मात्रै जम्ने हो, आँफै आँट्न त डर पो लाग्छ त । तर यो विकएन्डको बेबस्था चाइ मेरै जिम्मा भो है । माथि भेंडी गोठबाट भेडाको सुकुटी पोको पारेर ल्या छु, खाली तीनपानेको मात्रै जोरजाम गर्नुपर्ला । भोली बिहानै देखि जम्नु पर्छ है, भेटे जती दौंतरिहरुलाइ खबर गरिदिनु ।

चित्रे पासा के छ यार हालखबर, तिमी त परदेश जान लागेउ भन्ने गाँइगुँ इ चलिरा रैछ, लौ मित्र, एल एल सि सि एम जि एम जि! भोली चाइ विकएन्ड मनाउन अखाडामा भेट्ने होला नि कसो ?

ठुल्दाइ, कबिता सबिता, बबिता आदी इत्यदिको के छ नि नयाँ खबर ? चिलिम र म म पनि मिस गरियो यसपालिको ब्रेकमा!

नानु दाइ, जदौ टक्र्याए है! भोक त हाम्लाइ नि असाध्यै लाग्या छ, मो मो शेयर गर्न मिल्छ होला ?

चना ब्रो ह्यान्ड सेक है! के कुरा गर्नु भ'को त्यस्तो, ३ हजार, हत्यार, आर्मी एक लाख, केइ बुझ्या भे मार्दिनु! यो मोटो दिमाखआ यस्तो कुरो जती गरे नि घुस्ने हैन भन्या ।


सप्पैलाइ फेरी नमस्कार है!!
 
Posted on 03-09-07 2:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुलदाइ, म रिसाको होइन। चिलिम तान्ने मेरो बानी छैन फेरी, बालककालमा एक सर्को तानेर टेस्ट गर्दा यस्तो तारा देखें कि त्यो बेला देखि दोस्रो सर्को नतान्ने अठोट गरेको छु। :P

नानु जी, कथा लेख्ने भन्या हो तर न प्लट आउँछ दिमागमा, न अक्षर आउँछ औंलामा, अब केही दिन यसो सोच्छु, अनि फुर्यो भने लेख्म्ला अवश्य।

ग्वाँचे, ठीकै छ मेरो, परदेश त सँधै परदेशमै हो नि। ठाम मात्र यस्सो चेन्ज गर्न ला'को हो। स्वदेशमा बस्ने भाग्य कहिले उदाउने हो खै! ल भोलि विकेन्ड मनाउन पबमा जाम् नि त। ;)
 
Posted on 03-09-07 4:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ सबैलाई सप्तान्तले समात्या जस्तो छ, जम्मै हराएचन। कोही छ?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS Re-registration case still pending ..
TPS for Nepal likely to extend next week
सालीको चाक
ChatSansar.com Naya Nepal Chat
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
TPS To F-1 COS
Venezuela TPS lawuit
Toilet paper or water?
TPS EAD auto extended to June 2025 or just TPS?
tesla stock OMG !!
Those who are in TPS, what’s your backup plan?
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters