[Show all top banners]

hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ६५~~

[Please view other pages to see the rest of the postings. Total posts: 594]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 231372 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 07-30-07 4:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ६५


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

       
  
-
-चौतारी - भाग ६५ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६५ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 65 editions.

Meet the world's finest school teacher, unbeatable students,
mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted
story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-
rays, all on the stage of Chautari of Sajhaland.


.गोताएँदाइकोब्लग
- कफी विथ कुम्ले कार्यक्रम दोस्रो भागमा ठूली, तितौरी र सान्नानीको अन्तर्वार्ता, अरू आउने क्रममा
- क्लोज-अप - चौतारी तारारामपम प्रायोजकको अभावमा स्थगित
- चौतारीमा बिभिन्न किसिमका समाचार प्रसारण सुरु
- भउतेद्वारा सुध्रिने घोषणा, हरेकको जिस्काई/थर्काईका बाबजुद सुध्रिछाड्ने प्रतिबद्धता



ठुल्दाइको कविता/सविता/रमिता

यो माया पाप हो भने,
*******************

यो माया पाप हो भने,
तिमी अग्नि भएर उठ
म त्यही तापमा जलिदिन्छु।
यो माया श्राप हो भने
तिमी बानी भएर जाग
म चुपचाप सहिदिन्छु।
यदि यो माया पाप होइन भने
यो माया श्राप होइन भने
कुनै करकाप होइन भने
आउ निस्पाप अंगालो लिएर,
चोखो म्वाइ मा बांधिएर
जन्म जन्मान्तर् सम्म
एक अर्कामै सम्माहित् भएर
तिमी खाली सिउंदो फर्काएर
म मायाको छाप भर्दिने छु
मायाको अमर मिलाप लेखिदिने छु।




 
Posted on 07-30-07 9:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरिलाइ फेरि पनि १ डोको धनियाको पात फेडेक्स गरेर पठाएको छु!

रोटफल रोटफल हसारै मार्ने भए यि गाम्लेहुरले !

हा हा हा हा हि हि हि हि हु हु हु हु हु हु हु हु हु
 
Posted on 07-30-07 10:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दर्शन गरें दुर्गे माता!
 
Posted on 07-30-07 10:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोंताए ब्रो मेरो पनि दर्शन !
निहोङ्गो वा जोजु देसका?
इमा निहोननो वोतेङ्कि गा दो देसका?
गोमेन्नासाइने वातासिगा खाइत्तानो मोजिगा माचिगात्तारा
 
Posted on 07-30-07 10:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

LOL hajurbaa bira bikram ROTFL feri :D

aaja ta haassdaa haassdaa dinai bhari sapanaa ni haasne hola bhanyaa

gotaae dai barsau bhayo hajur sa bhet nabhaeko darsan gare hai ? arya katri bhain? :)
durgemaata hajurlaai ni darshan !
 
Posted on 07-30-07 10:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम्।
श्री चौतारी महाराज भगुतेन्द्र विक्रम की, जय! नेपाल

श्री चौतारी महाराज भगुतेन्द्र विक्रम की, जय! नेपाल

सरकार समक्ष (बि)नम्र निबेदन यो छ कि हामी ओरिजिनल काजी ( काठमाडौं जिला) भएको र अरु बाजी ( बाहिर जिल्ला)हरुले जताततै राज गरेको तथ्य घाम र दाम जति कै छर्लङ भै सकेको कुरा जाहेर गर्न चाहन्छु।

काजी भन्दा ठुलो भारदारी पद मौसुफबाट् निगाह बक्सेमा पनि सहर्ष अस्विकार गरी जन लहरको पक्षमा लाग्ने ब्यहोरा बडा दुखका साथ निबेदन गर्न चाहन्छु।

महाराज,
हामी सरकारी आयो नून खादै आएकाले सरकार समक्ष दरबारलाई घरबार ठान्ने चातुकार भारदारहरुको जय जयकारलाई जनताको पुकार सम्झिने मिस्टेक गल्तीले पनि नगरि बक्सन हुन सचेतावनी दिन चाहन्छु।टारेमाम्।

सरकारी आयो नून खाएका
काजी मरुटोले
राहुलभाइ।
 
Posted on 07-30-07 11:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)
चौतारीका सबै मित्रहरुलाई मेरो दर्शन ( म पनि सुध्रिने अब)
तितुजी लामो अन्तराल पछी
हजुरलाई स्वागत छ

 
Posted on 07-30-07 11:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दुर्गे माता, आनाता निहोनगो गा ज्योउजु देस ने! वाताशिवा हेता देस। इमा निहोन वा केक्को आचुइ देस ने। दुर्गे माता यिमा दोचिरा देसका?
****

दर्शन गरें ठूल्दाइ! (यी बूडालाई नि रोग सरेछ!)
दर्शन गरें मिस!
ल भाग्यमानी भए तिरु नानी (दर्शन गरेको भ'र आशिक दे' को!)!
आफैं वर्षौं हराउनी, अनि आफैं भेट भएन भन्नी?!
आर्या डेढ वर्षकी भई। उसको पछि-पछि कुद्दा-कुद्दा मेरो जीउको बोसो सबै निख्रिन लाग्या छ! कस्तो सिलि------म भा' छु बाइ म!!
 
Posted on 07-31-07 5:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन ६५ पो, ६४ नै होला भन्ने सोचिरा'थे, कस्तो जोस-जाँगर हो हँ गाम्लेहरुको। यस्सो चियाउने मौका मिल्दा चौतारी त काँ'ट काँ पुगिसक्ने गाँठे, फेरी सान बुढाले नि कैले कस्तो कैले कस्ती झाँकी देखाँछन!
यसपाली नि हरी सोल्टी नै फस भे छ, चौतारीको जग बसाउन, इँटा, ढुङ्गा बोक्ने, मसला बनाउने आदी इत्यादी पो को को परे कुन्नी? न मय दानबले जस्तै सबै काम आँफैले पो गर्‍या हो कि, के जान्न्नु।
जे होस् असल काम गरेउ बन्धु, तनले जुरा'को, मनले चिता'को, धनले बोला'को सबै कुरा पुगोस। अरु त हैन धनले बोला'को बढी नै भो भने विकइन्डाँ जम्ने पिलान नि सँधै बनोस।

सबैलाई नमस्ते,तपाइहरुको मंगलबार मंगलमय होस्!
 
Posted on 07-31-07 7:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरी ले क्या राम्रो चौतारी बनाइ सके छ। लु हरी तिम्लाई नयाँ चौतारी बनाको मा धरै धरै धन्यवाद।
गाम्ले हो मैले सबैलाई नामअस्ते गरे ताअाअाअाअाअाअाअाअा
 
Posted on 07-31-07 8:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाम्लेहरूमा अभिवादन!

शाहज्यादा ग्वाँचेन्द्र विक्रम र अधिराजकुमारी ठूली राज्यलक्ष्मीमा मेरो दर्शन!
 
Posted on 07-31-07 8:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शाहज्यादा ग्वाँचेन्द्र विक्रम र अधिराजकुमारी ठूली राज्यलक्ष्मीमा
 
Posted on 07-31-07 8:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफ्नो पर्खाल उठाई सके पछी
अरुको पर्खाल भत्काई सके पछी
सीमा अब तोकेर के नतोकेर के?

अरुको हाटमा आफैंलाई बेचे पछी
आफ्नो हाटमा अरुलाई किने पछी
हिसाब अब गरेर के नगरेर के?

आफु निर्दोष र मरेका दोषि भनी सके पछी
अरुलाई मारेर आफु बाँचि सके पछी
मलामी अब गएर के नगएर के?

अभिबादन।


तिमिले गोडेका फुलहरु, छापेका ढुङ्गाहरु
छाहरी बनेका छाँयाहरु, पंखा बनेका बतासहरु
चौतारी यो बगैंचा मलाई त अलौकिक लाग्छ
एक्लिएर टाढा टाढा पुगे पनि सुसेलेर यस्ले बोलाए झैँ लाग्छ।
 
Posted on 07-31-07 8:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पून्ते दा le malai अधिराजकुमारी ठूली राज्यलक्ष्मीमा बनाइदेको मा थ्यांक यु। खित खित खित

deep jyu darsan
 
Posted on 07-31-07 9:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् गाम्लेहरु अनि शाही परिवारहरु।
के छ ताअाअाअ?
ठुली राज्यलक्ष्मी ज्यू, चिया च्युनार भो?
ग्वाचेन्द्र त चितेन्द्र जीलाई नि तारेमाम्, दीप ज्यूको गहराइ मा डुबें, तारेमाम् हि>
 
Posted on 07-31-07 9:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै जना कता मरे चन।
राहुलदा मैले चिया खाइसके। अनी हजुर ले नि?
 
Posted on 07-31-07 9:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीका सम्पूर्ण महाराजा, महरानी, शाहज्यादा, अधिराजकुमारी लाई सास्टाङग् दन्डवत्

"आफु निर्दोष र मरेका दोषि भनी सके पछी
अरुलाई मारेर आफु बाँचि सके पछी
मलामी अब गएर के नगएर के?"
wow superb peace, deep.

ग्वाँचु धेरै दिनमा आयौ नि, के छ मित्र?
 
Posted on 07-31-07 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रणाम अवस्तु!

बाफ्रे कोही राज परिवार कोही भारदार!
यी पुन्टे बुढा हजुरले एउदिनमै सप्पैलाई राजखानदानमा प्रमोसन गराइसिएछ। अहिले कता अन्मरिबक्सेछ त नि?

मलाई सबैको नाम लिन आइसिंदैन; साइनो अनुसारको ढोग भेट (दर्शन पो भनिसिन परो केरे अब ता)!
 
Posted on 07-31-07 10:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानी बल्ल अैपुगौ। हाम्री आर्ना छोरी कस्ती चे?
दालु दालु हजुल लाई तन्तै?
 
Posted on 07-31-07 10:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खाइ बिर्खे दा जि, तिरु जि, हरी जि अनी अरु सबै चौतारी जि हरु आउन किन ढिलो भाहो कुन्नी जि?
 
Posted on 07-31-07 10:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुली मेरो त भात को ट्याम् भो। सबै मरेका भए अगतीहरुको चौतारि हुन्थ्यो, सबै जिउदा छन् र प्रगतिमा लागेका छन्। सबै ब्यस्त भाकोले बिजि छन् क्या, खै कुरा बुझेको?
लन्च बेला भो?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS to F1 Status.
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Any input on remote jobs(IT related or Sales or Marketing)?
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
NEPAL TPS IS GONE
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
The New Color of Her Flag
Don’t Just Read—Join the Conversation
EAD HELP NEEDED URGENTLY!
🇳🇵 Tongba is going global! Yak&Brew going into production – Free samples available!
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters