[Show all top banners]

CaMoFLaGeD
Replies to this thread:

More by CaMoFLaGeD
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी - ११२~

[Please view other pages to see the rest of the postings. Total posts: 566]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 NEXT PAGE
[VIEWED 242898 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 29 pages, View Last 20 replies.
Posted on 04-28-08 3:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी ११२ मा यहाँलाई स्वागत छ!

 
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको  ११२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
 
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"

यसपालीको चौतारी डाँडा पाखा कुना काप्चा सबै छाडेर समुन्द्रको किनारमा राखिएको छ। यो पल्टको गर्मी महिनामा यहिँ बसेर केहि छिन पौडी खेल्दै, केहि छिन रमाइलो गर्दै बिताउनु हुन सम्पुर्ण चौतारीबासी दाजुभाई तथा दिदीबहिनीहरुमा चौतारी फलोस-फुलोस समिती निवेदन गर्दछ!

**********************************************************************

*********************************************************************************************

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली , Norton - Norton-नेत्रे,deepika02-दीपीका आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



Chautari (Chow-tar-ee):

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 112 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.



*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
 

 जिम्माल बाको पुरानो गाना आज फेरि सम्झना आयो:
हाम्रा ठुल्दाई साह्रै नै बाठा छन्
पुन्टे भन्दा दस गुना टाठा छन्!
पुन्टे दाईले भेटघाटलाई भनेर
जोडे पैसा डबल आवर हानेर!!
 
ठुल्नानिको त्यो तोते बोलिले
हान्यो सबलाई सिसाको गोलिले!
तितौरीको त्यो मिठो हाँसोमा
आफु भागिन, पारि सब्लाई पासोमा!!
 
भाउते भाँडको त्यो बिघ्न इस्टाइल
बिझ्ने कुरा लास्टमा चाहिँ इस्माइल!
सोझो कुम्ले साह्रै नै लरक्क
बिहे गरि बस्यो है गजक्क!!
 
हरि भान्जो मजाले बात मार्छ
कि त घरमा कि काममा मस्त छ!
सान्नानिको झन सानि नानि छ
कुरा बुझ्ने मजाको बानि छ!!
 
 
Last edited: 02-May-08 11:22 AM

 
Posted on 04-28-08 4:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म पुरुष भएकोले बोर फस नबनाउने रे। घोर अन्याय भयो यो त। चौतारीको पोलीसीको बिपरित फैसला गरेकोमा लहरे लाल लकौल लाई  चौतारी गीत टाँस्टुस समितीको अध्यछ पद बाट डिमोसन गरी पाउ र हँ मा हँ मिलाउने मास्टर्नी भाउजुलाई २ मिनटको लागि चौतारीमा बस्न ब्यान गरी पाउ।
 
Posted on 04-28-08 4:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानी लाई बोर्ड फर्स्ट भएको मा बधाई।
आरुले के के भने मैले एउटा कानले सुनेर अर्को कानले उडाइदिये।
केही सुन्या भएपो। धेरै नै गरे अर्को सुचना निकालौला के छ र।
तेसै रस्ररङ प्रधान भएको कहाँ हो र।


 
Posted on 04-28-08 4:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिमोसन गर्ने रे - गर्या गरै हो
नेत्रे चम्केको हेरन - सुचना निकाल्नु पर्‍यो हँ
 
Posted on 04-28-08 4:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै गाम्ले साथीहरुलाई राम राम है!

हैन आज केको बारेमा कुरा हुँदै छ चौतारीमा ??


 
Posted on 04-28-08 4:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यसपाली हाम्रो चौतारी फलोस-फुलोस समितीका अध्यक्ष श्री जिम्माल बाले बोर्ड फर्स्टको पुरस्कार सबैभन्दा टुप्पामा लेखेर सबैभन्दा फर्स्ट भएका सबैका प्यारा, सबैले माया गर्ने, सबैले भलो चिताउने कुम्लेलाई दिइएको कुरा अघि भर्खर ख्वाक ख्वाक गर्दै भन्नुभएको कुरा हाम्रै कानले सुनेको कुरा यहाँ निवेदन गरिन्छ! 

लोल! क्या गाह्रो बनाउने भन्या हौ चेली बहिनी र दिपिका बहिनी!! यो बिचरा कुम्ले दाईलाई चौतारीमा भ्याउसिन मनाउन नि नदिने कि कसो? हे हे हे!! हैन त्यो समुन्द्रको पानी जत्ति सबै उहि कोशी, गन्डकी र कर्णालीबाटै आएको हो! त्यो पर टलल टल्केको चाँहि कोशीको अनि यता निलो देखिएको चाँहि गन्डकी र कर्णालीको! अनि यो बालुवा चाँहि कोशीले निकालेको बालुवा! त्यो नरिवलको बोट चाँहि हाम्रो रिट्ठेको बिराटनगरको घरबाट सानो हुँदा नै सारेर यहाँ रोपेको!

लु लु अब "आहा! कत्ति राम्रो चौतारी!" भन भन दुबै जनाले!! लोल!!

डर मर्दै छ हुन पनि! दुबै जना खतरनाक कथाकार छन् क्यारे अझ चेली बहिनी त गाना नि लेख्छिन्! यसैलाई बिषय बस्तु बनाएर कथा अनि गाना लेखे भने मेरो बिजोग हुने भयो!

नरिसाओ न हौ नरिसाओ!!

लु हाउँरो जिम्माल बा खोइ? चाइन्जो लाएर एउफेर अर्को घोसना अर्न परो! सबै चौतारीबासीहरु पिउनिउ मनाम्न चाइन्जो फुलोरिडा जाने भनेर भन्न परो! अन्खेरुन मात्र यी बहिनीहरु खुसी होलान् जस्तो भओ!


 
Posted on 04-28-08 4:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले दाई हजुर पो आज आएर भ्याउसिन मनाएर जानु हुन्छ। हामी त भोली देखी उही हो डालिमा सेल लेरायो अनी गुन्द्री ओछ्याएर बस्यो अनी गफ चुट्यो। अनी यस्तो तटमा बसेर कुटो र कोदालो बिसाउदै,  गुन्द्रिमा बसेर सेल खाँदै कुरा गर्न  सुहाउछ त? :) 

कम्ले दाई रमाइलो मात्रै गरेको हो है, हजुरको मेहनत लाई ताली त दिएकै छौ है


Last edited: 28-Apr-08 04:59 PM

 
Posted on 04-28-08 4:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहा कुम्ले साथीले हसायो सबैलाई फसायो लालेमाम !
त्यो माथिको रुख चाँही फुलोरिडा कै बिच तिरको होला !
यती भन्दै म मेरो २४ शब्द यही टुङ्याउछु ! शुभ रात्री !


 
Posted on 04-28-08 5:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यही त नि दिपीका, कुम्ले दाइले हाम्रो कुरा किन नबुझ्नु भा होला है!!
समुद्र त झन् कोशी, गण्डकी, कर्णाली मिलेर बनेको हुन्छ भन्नु भो, लु ठिकै छ नि त!
एक दुई दिन भ्याउसिन मनाए पछि फर्कम्ला नि त आफ्नै चौतारीमा गफ चुट्न!!

 
Posted on 04-28-08 5:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"सबै चौतारीबासीहरु पिउनिउ मनाम्न चाइन्जो फुलोरिडा जाने भनेर भन्न परो" यो त मैले हेर्दै नहेर्या !!
गरे देखि त राम्रै हुन्थ्यो, आफू चाहिं यहीं को यही परिने भो र पो त !!

 
Posted on 04-28-08 6:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


के छ सबै पेट पूजा गर्न लागिरा जस्तो छ है, हैन भने पेट पूजा गर्नको लागि चाँजो पाँजो मिलौन लाको जस्तो छनी हो कि हैन हो हैन भने को।

 
Posted on 04-28-08 6:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


कता गये संचालक सन्चालिका हरु, सबै व्यस्त हो कि के हो?

 
Posted on 04-28-08 7:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


मनको कुरा लाई बाधि नराख गाठो परी जाला च्यट् सुनयिदेउ।
रिमे झिमे साझ यो, रम्छ मनैमा, आँखा तिम्रो वारी पारी रहला मनैमा।
सुकिजाला आसुँ च्याट्ट सुनायिदेउ।

 
Posted on 04-28-08 7:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


काली पनि देखे मैले गोरी पनि देखे मैले
हन यो के देखे के देखे।।।।

खसम बहिर गएको दुई महिना भाछ उनलाई भयो छट पटी हम्लाई भोक प्यास।
ए राम्री राम्री तरुनिको सबलाई हुन्छ आश हो कि हैन हो हो हैन भने को।
ए छोरी भन्दा आमा तरुनी लिपिस्टिक् पाउढर ले, लान्छ क्यारे घुमाउन झिल्के ड्राइभर्ले।  
 

 
Posted on 04-28-08 7:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


फर्शी धेरै पाक्यो भने भित्र भित्र कुहिन्छ, छोरी माइत बश्यो भने अनेक कुरो सुनिन्छ।
रातो राम्रो गुलियो मिठो हुन्छ सबैलाई हामी जस्तो असल केटा पाउन्न लहै खोजी।
तिम्रा बाउलाई सलाम छ आमा लाई नमस्ते आरुलाई सोधेको छ भन्दिनु। कल्ले भनी सोधे भने एीएीएीएीएीएे उहित होनी साँहिला दाई ले सोधेछ भन्दिनु।

 

 
Posted on 04-28-08 7:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ हो हर्के दाइ? के पकाउंदै? रुघा लाग्या छ केहि बास्ना नि छुट्याउन सकिन तपाइकोमा के पाक्दै छ भनेर।
हाम्रो एक मात्र झिल्केले भए-भरका सबै चौतारी गाम्लेहरुलाइ नमस्कार र धेरै धेरै सम्झना
पठाउनु भाको सहर्ष जानकारी गराउंछु (बिजुली पत्र मार्फत), छिट्टै चौतारी फर्कनेछु भनेर यो गाना सबैलाइ डेडिखेत सुनाइदिनु भन्नु भाको छ। यो गाना वहांकै शब्दहरुमा ........

MUJHE TUM (CHAUTARI) YAAD KARNA AUR MUJHKO YAAD AANA TUM
MAI (jhilke) EK DIN LAUTKE AAUNGA, YE MAT BHUL JAANA TUM

Regards
Jhilke

 

 

 


 
Posted on 04-28-08 7:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


मेरोमा के पाक्दै छ भनेर मलाई नै थाहा छैन, भात र दाल चै पक्कै पाकेको होला, अब तिर्थे बज्जे चै तरकारी हर्केले आएर पकाउछ भनेर बाटो कुरेर बशेको होला बज्जे, गएर आझ चै ब्रोइलर कुखुरामा तङरङ झोल हालेर पकाउनु पर्ला भनेर सोच्दै छु।

 
Posted on 04-28-08 7:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ हो रुघा लागिरा बेल त्यो खुखुरोको सुप पिउन पाए त चट्टै निको हुन्थ्यो


 
Posted on 04-28-08 7:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


धेरै धेरै आउछ मनमा तिता मिठा झझल्को हरु सधैं सधैं गीत बनेर।
कहिले काही सित बनेर कहिले तिम्रै धद्कन बनेर कहिले धेरै मिठो याद बनेर।
शायद मेरी प्रियपो थेउकी पहिलो जुनिमा।

 
Posted on 04-28-08 7:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


रुगा लागेको बेलामा बोइलेर कुखुरो को सुप हैन लोकल कुखुराको सुप पिउनु पर्छ टन्न अधुवा हालेर।
बरु जाउ त्यो वीर होस्पिटल पछाडि टन्न बेच्न राखेको हुन्छ लोकल कुखुरा किनेर लेर आउ लु हिंड्नुश जाउ।

 
Posted on 04-28-08 7:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु लागें म बिर अस्पताल पछाडि

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
tesla stock OMG !!
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
TPS for Nepal likely to extend next week
Conservative discussions
सालीको चाक
TPS To F-1 COS
Embassy of Nepal might be able to help extend TPS for Nepal
I hope all the fake Nepali refugee get deported
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Toilet paper or water?
Venezuela TPS lawuit
ChatSansar.com Naya Nepal Chat
Who is hottest nepali female?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Mamta kafle bhatt is still missing
Looking for girl
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS advance parole Travel document i-131, Class of Admission ?
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters