[Show all top banners]

cheli
Replies to this thread:

More by cheli
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 चौतारी ~१३१~

[Please view other pages to see the rest of the postings. Total posts: 449]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 NEXT PAGE
[VIEWED 192900 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 23 pages, View Last 20 replies.
Posted on 10-14-08 8:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

~ * चौतारी-१३१*~
आयो आयो भन्दा भन्दै गैसकेछ दशैं पनि


 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३१ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी,riya77-, shreya08, Maaili_Budhi -माइली बजै ,फुच्चे केटो , location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Running since 7 Sept 2005 in a total of 131 editions.


Last edited: 14-Oct-08 08:34 AM
Last edited: 14-Oct-08 11:44 AM

 
Posted on 10-15-08 12:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल त्यो हिले भन्ने ठाममा गर्मीमा पनि के सारो जाडो हुँदो र छ अन्त तोङ्बा नतानी त के हुन्थ्यो। २ नं बाहिनीका जवानहरु सँग बसेर ताने पछि अनेक कुरा निस्किदा रछन जिम्माल के नी --

त्यो पाख्रिबास भन्ने चै हिलेबाट देब्रे तिर लागेर जाने हैन त? पाख्रिबास, घोर्लीखर्क, दियाले, लेगुवा--के के हो -- अरुणको झोलुङ्गे पुल तरेर भोजपुर तिर उकालो लाग्दा त्यो रातमाटे टारहरुमा बदाम फल्या देख्या जस्तो लाग्छ।


 
Posted on 10-15-08 1:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पाख्रिबास, घोर्लीखर्क, दियाले, लेगुवा

 

हिलेबाट देब्रे लागे पाख्रिबास पुगिन्छ

ओरालो झर्दै सुङ्गुर सुँघ्दै लेगुवा झरिन्छ

अरुण तरे भोजपूर सिधै माथि खाँदबारी

पारि रातो तुम्लिङटार सम्झन्छ दिल बार बार

गजुर होटलमा तोङ्बा तान्दै बाहिनीका जवान

आहा! कस्तो गजब थियो के गर्नु हौ बयान

 

गजुर होटल अझै छ??? कसैलाई थाहा छ? हर्के?


 
Posted on 10-15-08 1:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उता मुढे चित्रे तिर त चिसो बेपत्ता हुने रे छ -- चित्रेबाट श्रीनागी तिर लागे पछि हो क्यारे  जुका लागेर मेरी बास्सै! धन्न ट्वाँट चै खरो हुँदो रछ र -- हँ जिम्माल, कसो?
 
Posted on 10-15-08 1:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिसोको कुरै नगरौँ दीप प्रभो---  चिसो जुका जत्ति भए नि तोङ्बा र तिनपाने ले जिउ तताइवरि हल्का बनाउँछ नि  हौ! बसन्तपूर पुगिएन???


 
Posted on 10-15-08 1:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बसन्तपुर भन्ने पनि गज्जबको रहेछ फेरी--यता हेर्यो धनकुटा रे उता हेर्यो तेर्हथुम रे ---तर जता हेरे पनि पाथीमा चामल जस्तै मखमली चोलोमा भरीएका --बुलाकी हल्लाउने, शिरफुल लाएकाहरुका प्वाँलाका मालामा आँखा अल्झेर भनेको झन्डै मरीयो।
 
Posted on 10-15-08 1:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


चौतारीको पहिलो इन्ट्री मैले पूर्वैका कुरा गर्दै मारेको थिएँ, आज फेरि त्यस्तै जमेछ। आफ्नो पनि मुकाम गजुरमै जमेको थियो। सिधुवाको छथर होटेलमा पनि एक पाथी भात बजाइयो होला। त्यसो त धनकुटाको परिचय होटेलमा पनि भात नगोधेको होइन बिहीवारे हाट हेरेछिन्। बसन्तपुरको याक होटेलमा पनि तुम्बा र मम बजाइयाथ्यो। बसन्तपुरबाट कुहिरो छिचोल्दै बसबाट चित्रेको बाटो झर्दाको आनन्द पनि बेग्लै छ। हिलेबाट चियाको चुस्की लगाउँदै सूर्योदय अनि मकालु हिमालको दर्शन गरेको क्षण अबिस्मरणीय थियो। खोइ कहिले हो फेरि त्यतातिर लाग्न पाउने।   

 
Posted on 10-15-08 1:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धनकुटाको परिचय होटल भनेको त्यो माथ्लो कोप्चे तिर हैन, चिप्ले ब्रो? त्यो ठुलो बरको रुख छेउमा?  त्यहाँबाट अलि मास्तिर लागेपछि नगरपालिकाको पुस्तकालय पनि थ्यो क्यारे -- तल बस बिसौनी छेउमा चै किस्न होटेल भन्ने थ्यो हैन?
 
Posted on 10-15-08 1:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


चौतारीको मेरो पहिलो दिनबाट
Posted on 01-27-06 2:59 PM     Reply | Notify Admin
Rate this Post:
 
के भैराछन एता? बिर्खेले हिलेको तुम्बा सम्झाएर त मुखै रसायो गाँठे। उहिले जवानाँ गजुर होटलाँ तुम्बा र सुंगुर्को मासु खाई भोलिपल्ट ब्यान उठी मकालुको दर्शन गरियाथ्यो। पाख्रीबास र लेगुवा त जान पाइएन तर बसन्तपुर चाहिं गइएको थियो।

अनि कलंकी त के हो, दूध दुहुने काममा त पोख्त छन कि कसो? साहूनीको पसलाँ दूध बेच्न जांदै लब पर्या हो कि कसो?

 


Posted on 01-27-06 3:05 PM     Reply | Notify Admin
Rate this Post:
 
ओऽऽऽहोऽऽऽ!
चिप्ले जी पनि चौतारीमा, लौ आज त साइतै पर्या रैछ नि। अस्ति दोहोरी गाम्दा त खूब मज्जा आ'थ्यो है? पछि त भौते, कैले सब जना पून्टेदाईको सालीको पछि ला'र हैरान। अनि तपैंले धनकुटातिरको कुरा गर्नु भा' हो कि क्या हो, आफू पनि धेरै पैले बच्चामा चैं पुग्या हो त्यतातिर।

 


Posted on 01-27-06 3:10 PM     Reply | Notify Admin
Rate this Post:
 
लौ चौतारिमा त सबै जनअ मस्तिमा रहेचन।
 


Posted on 01-27-06 3:11 PM     Reply | Notify Admin
Rate this Post:
 
देखेउ त डल्ली ? पुच्छर घुम्र्यो कि ढुङ्रो? मैले त भङ्कुरी जस्तो भन्याथेँ , तिमी त कर्नाल नै भै
सकिछौ ल। बधाइ छ। लास्टा पालियाँ आफैले सप्पैलाई भदाहा भन्न थालिछन यिनले त। :-)

के भन्नी, के नभन्नी भएछ यहाँ त। चौतारी त कहाँ पुगेछ कहाँ। अब त पढेरै पनि नसकिने
भएछ। सप्पैको बासै यतै हो कि के हो? ओड्नी ओछ्याउनी सप्पै बोकेर चौतारीमै बस्न
थालेछन जस्तो छ सईँहुर। :-)

:-)
-भउते

 


Posted on 01-27-06 3:13 PM     Reply | Notify Admin
Rate this Post:
 
लु चिप्लेजी ले गजूर होटल को कुरो अर्नुभो। मु पनि त्यै बस्ने अर्थेँ गा बेलाँ। अनि बसन्तपुरमा चाहिँ याक होटल भन्ने थियो। अब पुर्बको यात्रा लेख्ने हैन चिप्ले जी? :)

आइते के भयो भनेको उता अर्को धागोआँ? अब इउरोपे हरु मात्तै जान पाम्ने हो कि भनेर नगाको नि म।
क्यार्न चिन्ता अर्चौ, रिन लागो भनेर डराम्न हुन्न दिन लाए पो डराम्ने त
भौते नि आको च गाममा , चौतारिआँ झुल्कँदै होला एउछिना आम्च होला
:)

 


Posted on 01-27-06 3:17 PM     Reply | Notify Admin
Rate this Post:
 
मलाई फुफु भनेसि मैले भदहा त भन्नु पर्यो कि कसो भौते जी! हाम्रा चिप्ले दाज्यै पनि पो चौतारी म आउनु भएछ। अब कुनैदिन खसिको मासु खान चिप्ले दज्यैकहाँ जानु पयो।
 


Posted on 01-27-06 3:27 PM     Reply | Notify Admin
Rate this Post:
 
डल्लीले त कैलीगाई पनि पालेकी रचन। १-२ बेत ब्याइसकेको हो कि भर्खरको कोरेली बाच्छी
हो? कोरेली बाच्छी हो भने म लिन आम्छु के रे। तिम्लाई यो जाडोमा घाँस खोज्न जाने
टन्टो नि हराम्नी। फेरि यता ल्याएर ब्यायो भने मलाई पनि गोरस हुनी। :-)

यी शेर्पिनीले कति हर्केकै मात्र बाटो हेरेकी होलिन। अब हर्केले ७-जुनी बिताम्ला भनेको त
अहिले देखि हैन नि त। अर्को जन्म देखी सुरु हुनिगरी भनेको हो के। यै ताल ले त यो जुनी
तेसै खेर जाने भो तिम्रो। :p

म आइसके बिर्खे। तिम्रा आँखा कता छन् हँ? कि डल्लीको गाईलाई ल्याईदेको हरियो चस्मा
आफैले लगा'र बसको हो हँ?

:-)
-भउते



 
Posted on 10-15-08 1:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धनकुटे बिस्कुट र सुन्ततलाको नि कुरो गरम् न, कति रमाइलो भो!!
धनकुटाबाट तल झरेर धरान, इटहरी, इनरुवाको कुरो गर्दे नि खुशी हुन्छु म त!!

 
Posted on 10-15-08 3:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


दीप पर्भो, हो बरको ठुलो रुख थियो क्यार परिचयको छेवैमा। आफू त्यता गाको पनि उहिले हो, गिर्जा पर्साद पहिलो चोटि पर्धान्मन्त्री भको बर्ख दिन पनि पुग्या थेन। बिर्सिएँ हौ अरु कुरा त। बस बिसौनीबाट हुलाक टोल हुँदै बजार छिरे जस्तो लाग्छ।

चेली पनि पूर्वेली परीन् कि कसो? झर्ने होइन, इटहरीबाट माथि लागेपछिको कुरा गरम् है।
तरहराबाट केही माथि गएपछि सेउती खोलाको पुल आउँछ, जसको अघि पछि "HUMPS FOR HALF MILE" भन्ने साइन्बोर्ड राखिएको छ (वा थियो)। अनि सालघारी छिचोल्दै अलिअलि हो कि होइन जस्तो उकालो लाग्दै धरान छिरिन्छ औद्योगिक क्षेत्रलाई बाँया पारेर। उकालो लाग्दै भानुचोक पुगेपछि बस परिवर्तन गर्नु पर्थ्यो त्यो बेला। अहिले त काठमाडौंबाट सीधा सेवा छ रे म्याङ्लुङसम्मै।
त्यो बेलाको प्रख्यात कोशी सुपर एक्स्प्रेसबाट झरेर बसन्तपुर जाने थोत्रा बसहरु चढ्नु पर्थ्यो। बसहरु समय तालिका अनुसार नगएर १२०० रुपैंया उठेपछि छुट्थे। त्यो बेलाको भाडा दर: धरान- धनकुटा रु २५ (५२ किमी), हिले ९ (१३ किमि, बाटो कालोपत्रे गर्न अघि १२ लाग्थ्यो), सिधुवा १० (११ किमी) र बसन्तपुर १२ (११ किमि)। हिलेदेखि माथिको बाटो कच्ची थियो (अझै पनि कच्ची नै छ जस्तो लाग्छ), र सिधुवादेखि ठाडो उकालो भएकोले भाडा दर पनि महँगो।
धरानको छाता चोक छेउमा त्यहाँको प्रख्यात केशर (हो कि केशब हो) पुस्तक पसल थियो। त्यसैको अगाडिको पसलमा मम खाइएको थियो। ममको तौल पनि एउटैको आधा किलो होला, अनि एउटा प्लेटमा दुई मम, हाफ प्लेट खाए एउटा आउँथ्यो क्यार। त्यहिंबाट हो क्यारे चतरा जाने बाटो छुट्टीने। बाटो पनि जीर्ण, त्यहाँ जाने ट्याक्सीहरु पनि त्यस्तै।

धनकुटातिर लाग्दा नागबेली सडकको उकालो, अनि धरान र शर्दु खोलाको सुन्दर द्रीष्य। उकालो लाग्दै गर्दा बिस्तारै सालका रुखहरुको बाहुल्यलाई सल्लाका रुखहरुले प्रतिस्थापन् गर्दै जान्छन्। भेंडेटारमा चिया खान बस रोकिन्छ। चिसो हावाका साथ वारीपरिका सुन्दर द्रिष्यहरु हेर्दाइ चिया खाएपछी ओरालो लागेर लेउती खोलाको किनारतिर झर्यो, अनि एकैछिनमा मूलघाटमा तमोर तरी उकालो लाग्यो, धनकुटा पुग्यो।

सार्है नै रमाइला भएको थियो पूर्वको यात्रा। मर्नु अघि एक चोटी फेरि त्यता पाइला टेक्न पाइएला कि फेरि।                

      

 
Posted on 10-15-08 3:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धनकुटाबाट तल झरेर धरान, इटहरी, इनरुवाको कुरो गर्दे नि खुशी हुन्छु म त!!

 चिप्लेलाई भूगोल कन्ठष्ट रहेछ।

 

तलका प्रश्नहरुको उत्तर अनिवार्य छ-

०) धनकुटे मोटो बिस्कुट के के हालेर बनाइन्छ?

१) फुस्रे र जिरो प्वाइन्ट कति टाढा पर्दछन?

२) बुढासुब्बाबाट सेउती खोला पुग्न कति समय लाग्छ?

३) भानुचोक र छाताचोक बिचको दुरी मिटरमा भन्नुहोस?

४) इटहरीमा रात पर्छ कि पर्दैन?

५) झुम्का बजारमा झम्केफूलीको पसल छ कि छैन र साथै उक्त बजार इनरुवाबाट नजिक पर्छ कि इटहरिबाट?

६) सुनसरि र मोरङको बोर्डर कता पर्छ?

 


 
Posted on 10-15-08 5:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ जिम्माल मलाई चै कुनै प्रश्नकोनी उत्तर आएन है ।
निक्कै रमाइलो गफ हुँदै रछ नि त हो ।
लौ जम्मै घर पुगी सके होलान है , भोली गफ गरौला है त ।

शुभरात्री।


 
Posted on 10-16-08 12:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आजको गीतन्जली कार्यक्रमको बिशेष गीत ।।

झरेको पात झै भयो उदास मेरो जिन्दगी ।

 


 
Posted on 10-16-08 12:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अर्को चै सबै गाम्लेहरुको लागि मेरो तर्फ बाट ।
पानको पात माया तिमीलाई सम्झन्छु दिनको रात मर्स्याङ्दी सलल ।

 

Paan Ko Paat... - Gyanu Rana,Jay Nanda&Bom Bdr.
 
Posted on 10-16-08 7:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sapailai darsan gare hai taaaaaaaaaaaaaaaaaaaaaaaa
 
Posted on 10-16-08 7:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

४) इटहरीमा रात पर्छ कि पर्दैन? - पर्छ नि सोझै भन्दा, बाङ्गो उत्तर छ भने थाह छैन

५) झुम्का बजारमा झम्केफूलीको पसल छ कि छैन र साथै उक्त बजार इनरुवाबाट नजिक पर्छ कि इटहरिबाट?- झुम्के फुली मात्रै पाइने भन्ने त्यस्तो स्पेशल पसल त नहोला र साथै उक्त बजार बिचमा पर्छ जस्तो लाग्छ... खै नट स्योर!!

६) सुनसरि र मोरङको बोर्डर कता पर्छ? इटहरितिरको कुरा गर्दा, इटहरी बजारबाट यसो पूर्व झापाजाले बाटोमा लागे पछि ट्याङ्ग्रा खोला आउँछ, त्यसपछि मिलन चोक अनि आउँछ बूढी खोला, त्यही बूढी खोलाको पारी मोरङ वारी सुनसरी । मोरङपुगे पछिको पहिलो ठाउँ बाँसबारी भन्ने हो! विराटनगर तिर कै कुरो गर्दा नि, दुहबीबाट मास्तिर लागे पछि बुढी खोलो फेरि आउँछ, त्यही बूढी खोलो कटेपछि आउँछ, मोरङ। दुहबी सुनसरीमा पर्छ, तर आजपनि रेडियोमा साबुनको विग्यापन आउँदा, ...... ( साबुन कम्पनिको नाम), दुहबी, विराटनगर भन्ने गर्दछन् यस्ति किन हुन्छ ???

नमस्कार है सबैलाई!


 
Posted on 10-16-08 8:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !

बिहीवारे कार्तिकक्रिष्ण द्वितियास्य मसान्तमय जदौ।

चेली कस्तो ज्ञानी रहेछ, ब्यान ब्यानै प्रशन उत्तर । अब चिया १ गिलास ल्याइ दिए फ्स किलास हुन्थ्यो।


 
Posted on 10-16-08 9:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी।
बिहीवारे बगलामुखिय जदौ ठुल्दाइ अनी चेली बहिनी लाई।
झम झम पानी पारीरख्या छ हाम्रो गाममा त ब्यान देखी दिक्क लाग्ने बातावरण छ्।
लौ नेपाल को भुगोल को बारे मा त निक्कै कम्जोर छु म,जम्मा ३-४ पटक गैयो होला बाहिर त्यो पनि सिमित ठाउँ मा,के गर्नु कोही आफन्त थिएनन बाहिर,जान त एकदम मन लाग्थ्यो तर २० बर्ष काठमानडौ मै थन्कियो।
 
Posted on 10-16-08 9:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दुहबीमा त्यो साबुनको फ्याउटरी बुढी खोला पारी मोरगं तिर पर्छ होला नी त -- महालक्ष्मी मैदा मिल हो कि के हो पनि थ्यो त्यता तिर -- एउ चोटी मोटरसाईकलाँ बत्तिदा देख्या जस्तो लाग्छ -- आफ्नो त्यो धरान बिराटनगर धनकुटा त्यता तिर यसो खुट्टा पर्या भए पनि खासै जानकारी चै छैन --- बिराटनगरको गर्मी र त्यो गर्मीमा हुर्केका लामखुट्टेले तर्साथ्यो आफुलाई---धरान चै बुटबल जस्तो लाग्या थ्यो -- भेडेटाराँ शित्तल त हुने तर खासै पर्यटकिय हिसाबले केही गर्या जस्तो थिएन।
धनकुटा पनि सुनसान शहर थ्यो। खासै चहलपहल थिएन आफु पुग्दा।

ईटहरीमा रात चै पर्छ क्यारे तर सुनसान चै हुँदैन होला बस कुदेको कुदेई गरेर हेटौडा र नारनघाट जस्तै होला --- त्याँ तरहरा भन्ने ठाममा माछा पाल्थे क्यार -- चारकोशे पनि नाम मात्र को जंगल रे छ -- बाहिर बाट हेर्दा जंगल जस्तो भित्र फँडानी गरेर खत्तम।

मैले चै भैरवा जस्तै बिराटनगर, बुटवल जस्तै धरान, अनि तानसेन जस्तै धनकुटा देखें।


 
Posted on 10-16-08 9:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 सबैकुरो थाहा हुने हो दिप प्रभुलाइ हाँडिगाउ  देखि सबबै तिर  

 


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS To F-1 COS
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
ICE kidnapping people off the streets over op eds
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Supreme Court allows Trump to end TPS for Venezuelans
#MAGA#FAFO is delicious
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
What is the purpose of an F1 student visa in the U.S.?
Any input on remote jobs(IT related or Sales or Marketing)?
Nepal Likely to Get 60-Day TPS Notice
मुद्दा हाल्छन होला र ?
TPS cancel bho bhane k garne?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters