[Show all top banners]

Deep
Replies to this thread:

More by Deep
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 शुभेक्षा

[Please view other pages to see the rest of the postings. Total posts: 492]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 NEXT PAGE
[VIEWED 524561 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 25 pages, View Last 20 replies.
Posted on 10-23-08 1:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     8       ?     Liked by
 

शुभेक्षा

 

 

"हुने बेलाँ अनेक हुन्छ, बुझिस?" बाङ्गेले मेरो कोठा भित्र छिर्दै भन्यो।

 

"त्यो बुझेको अहिले हो ? तर यो राउण्डमा बुझ्नु पर्ने के हो?" मैले सोधें। निक्कै प्रफुल्ल देखिन्थ्यो। कोठाको ढोका लाउनु अघि यसो भर्याङ्ग सम्म पुगेर उस्ले माथि हेर्यो, यता उती यसो चाल बुझ्यो अनि कोठाको ढोका लायो।

 

उस्को चाल हेर्दा कुरा गतिलै जस्तो बुझियो।

 

छालाको ज्याकेटबाट पाँचसेपचपन्नको एउटा खिल्ली तिर तेर्साउँदै भन्यो " यो सल्काउँदै गर --"

 

"काँ सल्काउने कोठामा? उसै जो भेट्यो उसैलाई छोरो बिग्रियो भन्न थाल्या छन अचेल  --"

 

"ह्या भन्दै गर्छन नी -- झ्यालाड फुकम बाहिर भैहाल्छ नी --लाईटर झिक --" बाङ्गेले एउटा अर्को खिल्ली पनि झिक्दै भन्यो। पान्सेपचपन्नको खिल्ली नलिएर पनि भएन। लिन लिएँ तर अब सल्काईहाल्ने आँट पनि आएन।

 

लाईटर तिर नलाग्या देखेर होला उस्ले सोध्यो "किन ? को को छन घराँ? तेरो बा काकालाई मैले मोटरसाईकलाँ टंगाल तिर बत्त्या देख्या हो अघि --फेरी के को डर हो?"

 

"भरे बाउ फर्किदा यहाँ धुबाँले छोड्या गन्धले सबै पोल लाई हाल्छ नी" मैले भनें। भन्न भनें तर चुरोट तान्ने धुन गज्जबले चढी सक्या थ्यो।

 

"अब थाह नभा कुरो भे पो --- माथि तेरो काकाको कोठाँ चार्ली सेन्ट होला नी -- जा लिएर आईज-- दुई चोटी छ्वास छ्वास दिएसी मग मग हुन्छ कोठा --" उस्ले सुझाव दियो।

 

सुझाब ठिकै हो तर माथि काकीले किन भनेर सोधिन भने? के भन्ने के --

 

"किन बेक्कारको रिस्क लिने -- हिन्न उता भिमसेन थान तिर जाम --त्यता बाट बिशाल नगर जाने गल्ली तिर लागे सी चुरोट के हुक्कै तानेनी केही फरक पर्दैन।" मैले भनें।

 

"त्यो हो -- चिया सँग तान्न पाए हुन्थ्यो भन्या के -- जा चिया भन माथि -- यहाँ मिलार सल्काउँछु के -- बरु लाईटर काँ ? उही दराजको दोस्रो खण्डमा हैन ? एडभान्सड फिजिक्सको पछाडी?" सोध्दै जस्तो पनि गर्दै र्याक सम्म पुगिसक्या थ्यो।

 

"यहाँ मिल्दैन बाङ्गे तान्न-- पख चिया भनेर आउँछु अनि के गर्ने बिचार गरम्ला" मैले उस्लाई रोक्दै भनें।

 

"बोरै गर्छस यार तैले पनि -- एउटा चुरोट तान्न पनि त्यो दुर्योधनले धोती तान्दाको जस्तो टेन्सन -- जा।" मेरो ओछ्यानमा बस्दै उस्ले भन्यो।

 

"दुर्योधनले त तेरै धोती तान्या त होला नी" ढोका तिर लाग्दै मैले भनें।

 

"द्रौपदीको तान्ने चै को त? ए! दु:शासन हो क्यारे -- त्यो द्रौपदी पनि हरहराउँदी थिई है महाभारतमा --अब ओरिजिनल त देखिएन सिरियलको कुरा गर्या नी--अहिले के गर्दै होली है--" बाङ्गे द्रौपदी चिन्तनमा लाग्यो।

 

माथि तिर लागें। बाङ्गेको भर थिएन। तु फर्किनु थ्यो।

 

माथि मैले चिया भनेर आउँदा बाङ्गेले तल चुरोट सल्काईसकेछ। कोठाँ पस्ना साथ पडकिएँ। उस्लाई केही केही। "जा माथि पुजा कोठाबाट एउटा गतिलो बास्ना आउने धुप ल्या -- अनि एउटा जुन देउताको भा नी फोटो पनि च्यापेर ल्या -- अरुले देख्दा तँ सुध्र्या जस्तो नी हुने --हाम्लाई बिग्रिन नी मिल्ने --आईडिया सिक्न यार दाई सँग --अब संगत गर्या पनि निक्कै भैसक्यो --" बाङ्गे ढुक्कै थ्यो।

 

"यो मैले तेरो सल्काईदेको हो -- ला ली -- मेरो चिया सँग सल्काउने हो --" उस्ले चुरोट तिर तेर्साउँदै भन्यो।

 

अब कसैले तल मेरो कोठामा चिया लिएर आउलान भन्ने पिर भो --त्यसको उपाय माथि आफैले चिया लिन जानु थ्यो --आफु माथि जाने भए पछि चुरोट तानेर जाने कुरा भएन -- धुप पनि साँच्चिकै खोज्नु पर्ला जस्तै थ्यो। यत्तिकै कोठाबाट निस्किएँ।

 

चिया लिएर आउँदा बाङ्गेले अघि सल्काको चुरोट सकाईसकेछ। धुवाँको गन्ध रंगमंगीएकै थ्यो कोठामा।

 

चिया लिंदै सोध्यो। "खोई देउता? देउतालाई नी दे एउटा सल्काएर -- सरसोतीको फोटो होला नी सरसोतीको--जा ले -- बिद्यार्थीले सर्सोतीको अगाडी हैन धुप बाल्ने? बाउले भरे स्याबास भन्छन -- बिद्यानस -- बरु छिटो गर" उस्ले अर्को चुरोट झिक्यो।

 

एक छिनमा नभन्दै मेरो कोठामा सर्सोतीको फोटो अगाडी एउटा धुप बल्दै थ्यो। नबालेर के गर्नु?

 

"ए! सर्सोतीलाई देखेर संझिएँ --झन जे भन्न त्यै भन्न बिर्सी रा--" बाङ्गेले चिया चुरोट सँगै भन्यो।

 

"के?" मैले सोधें --

 

"हुने बेला अनेक हुन्छ के " उस्ले भन्यो।

 

"के भो?" मलाई पनि थाह हुनु पर्यो नी।

 

"तरुनीहरु खोज्न कहाँ मात्रै पुगिएन? --के मात्रै गरीएन? के मात्रै भोगीएन? भन --"

 

उस्ले "भन् " भने पनि त्यसमा भन्नु पर्ने केही थिएन।

 

"अनि अहिले के भो ?" मैले बरु सोधें।

 

"अहिले तरुनी घरमै आई" उस्ले मुसुक्क हाँसेर भन्यो।

 

मैले झ्यालबाट यसो बाहीर हेर्या उस्ले "तेरो घराँ हैन मेरो घराँ आई" भन्यो।

 

"को?" मैले फेरी सोधें।

 

"तरुनी" उस्ले भन्यो। अनि थप्यो "बिजुली छे बिजुली"

 

"करन्ट लागेर मर्लास नी" मैले भनें।

 

"मरे नी स्वर्गै पुग्छु" उस्ले सजिलै भन्यो।

 

"मलाई के फाईदा भो तेरो घराँ तरुनी आएर?" भाको कुरा सोधें मैले नी।

 

"अब तैले भेट्या तरुनी तेरै हुने भै-- मेरो तर्फबाट खतरा भएन --अब यो भन्दा बढी के चाहियो तँलाई?" उस्ले निर्धक्क हाँसेर भन्यो।

 

"तँ का आएकी तरुनीको कथा चै के हो नी?" मैले सोधें।

 

"अघि बाउको साथी थ्यो घराँ छोरी लिएर।" बाङ्गेले सुनायो।

 

अनि तँलाई "लाउ बाबु यो मेरी छोरी भन्यो?" मैले तिर हर्दै भनें।

 

"त्यो नी भन्छ एक दिन, बरु तँ पनि सुटको नाप दिन गै राख जन्ति पनि यही धर्के सर्ट जिपर बिग्र्या पाईन्ट लार जाने हैन होला नी?" उस्ले तिर हेर्दै भन्यो।

 

"काँ बिग्रया View/Share this post only

 
Posted on 10-27-08 4:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Deep ji
Sel roti khana laagnu bhayo ki dheusi khelna janu bhayo? Dherai din bhayo arko bhag ta aayena ta. Akha tattai sake herda herda.

 
Posted on 10-27-08 4:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Deep ji
Sel roti khana laagnu bhayo ki dheusi khelna janu bhayo? Dherai din bhayo arko bhag ta aayena ta. Akha tattai sake herda herda.

 
Posted on 10-27-08 8:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hoina Deep ji Suvekcha lai  nai leyera hidya jasto cha, natra bhane baki bhag pani aauna parne ho. well Suvekcha sangai bhaye pani k k gardi ho tye lekham na.
 
Posted on 10-27-08 8:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hoina Deep ji Suvekcha lai  nai leyera hidya jasto cha, natra bhane baki bhag pani aauna parne ho. well Suvekcha sangai bhaye pani k k gardi ho tye lekham na.
 
सान्नानी
Posted on 10-28-08 9:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

tei ta deepdai khai ta arko bhag?
 
Posted on 10-28-08 9:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिन्दगीले झटारो हानेको चटारोमा परेको छु है म अहिले --

सुरु गरी हालें -- अब बाँकि त बाङ्गेले आएर सक्काईदिए नी हुने नी -- तर नयाँ कथा सुरु गर्ने धुनमा होला उ पुरानो कथा के सकाईरहन्थ्यो -- 

म प्रति सदभाब राख्ने सबै प्रति आभारी छु म। तिहारको शुभकामना। सबैको जिन्दगी भन्डारखालबाट पस्चिमको सेरोफेरो हेर्दाको त्यो लक्ष्मीपूजाको झिलिमिली जस्तै रमाईलो होस।


 
Posted on 10-28-08 9:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिन्दगीले झटारो हानेको चटारोमा परेको छु है म अहिले --


 
Posted on 10-28-08 10:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


दीप पर्भो, लौ अर्को भाग आयो होला भनेको त यस्तो पो रहेछ। पेलम् न हौ यसो मिलाएर, त्यो बाङ्ग्या भर गरेर नि हुन्छ?
अड्भान्स्ड फिजिक्सको कुरो गर्दा आफूले पनि आइ एस्सी गर्दाको सम्झना आयो।  त्रिविले सिलेबस चौथो संस्करणको पुस्तकको आधारमा बनाएको थियो तर बजारमा भने छैठौं संस्करण आइसकेको थियो। प्राध्यापकहरु भरसक पाँचौ संस्करण भेट्टाउनु भन्थे।  फुपूको छोराको किताब भेट्टाएर काम चलाएको थिएँ।  प्रयोगात्मक चाँही यू पि श्रेष्ठको किताबबाट थियो क्यारे। 

 
Posted on 10-28-08 10:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


दीप पर्भो, लौ अर्को भाग आयो होला भनेको त यस्तो पो रहेछ। पेलम् न हौ यसो मिलाएर, त्यो बाङ्ग्या भर गरेर नि हुन्छ?
अड्भान्स्ड फिजिक्सको कुरो गर्दा आफूले पनि आइ एस्सी गर्दाको सम्झना आयो।  त्रिविले सिलेबस चौथो संस्करणको पुस्तकको आधारमा बनाएको थियो तर बजारमा भने छैठौं संस्करण आइसकेको थियो। प्राध्यापकहरु भरसक पाँचौ संस्करण भेट्टाउनु भन्थे।  फुपूको छोराको किताब भेट्टाएर काम चलाएको थिएँ।  प्रयोगात्मक चाँही यू पि श्रेष्ठको किताबबाट थियो क्यारे। 

 
Posted on 10-28-08 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनि स्वतन्त्रमान संग ट्युसन पढ्न नि गइयो कि?


 
Posted on 10-28-08 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनि स्वतन्त्रमान संग ट्युसन पढ्न नि गइयो कि?


 
सान्नानी
Posted on 10-28-08 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म गएँ जिम्माल बा। त्यो हनुमान ढोका पछाडिको हैन? गज्जब्को सर।
 
Posted on 10-29-08 9:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आँच! सान्नानी--- सर गज्जबको कि पढाई हो? --Advanced physics को निउँमा advanced physiques तिर?--- राम राम राम के जमाना आयो नी नारन! हामीलाई अरुहरु बिग्रेका भन्थे मिसलाई फाउको एक हप्ता अघि लोला हानीम रे स्कुलमै भनेर -- सोझो हुनु पनि केइरैन्छ नी -- छिसिक्क केही गर्यो दोष लाग्नी।
 
Posted on 10-29-08 9:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आँच! सान्नानी--- सर गज्जबको कि पढाई हो? --Advanced physics को निउँमा advanced physiques तिर?--- राम राम राम के जमाना आयो नी नारन! हामीलाई अरुहरु बिग्रेका भन्थे मिसलाई फाउको एक हप्ता अघि लोला हानीम रे स्कुलमै भनेर -- सोझो हुनु पनि केइरैन्छ नी -- छिसिक्क केही गर्यो दोष लाग्नी।
 
Posted on 10-29-08 10:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 10-29-08 10:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

.....

"बाउको भर परेर को बस्या -- बाउले लभ पार्देलान लभ गरम्ला भनेर बस्यो भने गएन जिन्दगी?--आफै बाउ-आमाले खोज्या केटी संग त्यो पनि हेर्दै नहेरी ब्या गर्या रे हाम्रा बा ले --त्यस्ताले के गर्दिन्छन मलाई?" उस्ले भन्यो।

 

"कस्को भर पर्या छस ?" सोधें।

 

"त्यै तरुनीको नी, कस्को अब?" उसमा उत्साह बढदो थियो।

 

"त्यो तरुनी चैं कस्को भर पर्या छे कुन्नी -- अनि जस्को भरमा तरुनी पर्या छे फेरी कस्को भर पर्या होला--हँ बांग्गे? मुक्कदरका सिकन्दर हेर्याछस हैन? दिलाबर होलास नी दिलाबर---हुन सिकन्दर नै भए नी हात लाग्यो सुन्ना हो" मैले हाँसेर भने।

 

"के रे?" बाङ्गे झर्कियो।

 

"हैन जोहराबाईको कुरा गर्या के मेमसाबको हैन -- दिलाबर जोहरा जोहरा भन्ने, जोहरा सिकन्दर सिकन्दर दिने, सिकन्दर मेमसाब मेमसाब बर्बराउने, मेमसाब उता बिशाल बिशाल रे --"

 

मलाई कुरा पुरा गर्न दिएन बाङ्गे तात्यो "आफु चै यहाँ आफ्नो सब भन्दा पक्का साथी भनेर मनको कुरा सुनाउन -- चै सपोर्ट गर्नु कता हो कता सुरुमै तातो छारो सिनेमाको कुरा झिकेर अलच्छिन लाउन खोज्दा ---"

 

"के गर्छस ?" मैले हाँसेर सोधें।

 

"मैले गरीमालाई चिन्या छैन ?" उस्ले पनि हाँसेरै जबाफ दियो। उस्को जबाफले गम्भिर भएँ।

 

"ल मैले के गर्नु पर्यो त?" सोधें।

 

"सुत्र लाउनु पर्यो नी अब --" उस्ले भन्यो।

 

निक्कै बेर सम्म अनेक थरी कुरा भयो। अनि निस्कीएम घरबाट। सुपारीलाई भेट भो लामढुङ्गा नेर। ट्वाकलाई पनि बोलाएर लागिम बिशालनगर तिर।

 

बिशालनगरबाट चण्डोल तिर हुँदै बरालिँदै चक्रपथ सम्म पुगियो। बाङ्गेले तरुनीको गफ ट्वाक सुपारीलाई नी सुनायो। पाँचसेपचपन्न, बिदेशी ट्वाँट, निर्धक्क चिया चमेनाको प्रायोजक बाङ्गेका कुराहरुलाई हाम्रो टोलीले निरुत्साहित गर्ने कुरै थिएन।

 

उस्का कुराहरु प्रति नकारात्मक टिप्पणी गरेर हामीलाई फाईदा नै के थियो ? त्यो तरुनी उस्ले नपाए हाम्रो हात लाग्ने थिईन। हाम्ले देख्या समेत थिएन। पाए उसैले पाउँथ्यो नपाए पनि हाम्रो प्रायोजनको कार्यक्रम बाङ्गेले सुचारु रुपले चलाईहाल्थ्यो। हामीले "हो हो बांग्गे, गर्नु  पर्छ, तैले नगरे कस्ले गर्छ? केही परे हामी छम नी" सम्म भन्ने हो। त्यसो भन्न एक पैसा लाग्दैन थ्यो।

 

भोली पल्ट दिउँसै बांग्गे मोटरसाईकल लिएर म कहाँ आयो। कौसीमा थिएँ म। छक्क परें। उ एक्कै सासाँ माथि आईपुग्यो। "यस पाली चै हुन्छ केही न केही त" उस्ले दंग पर्दै भन्यो। म चैं उस्कै मोटरसाईकल हेर्दै थिएँ।

 

उस्ले के हुन्छ भन्या हो त्यो प्रति भन्दा पनि मेरो ध्यान चै त्यै मोटरसाईकल तिर थ्यो। सोधें "काँ बाट भेटीस नी यो मोटरसाईकल? घराँ आ पाहुनाको हुँईका हो कि क्या हो?"

 

"काँ पाहुनाको? आफ्नै हो" उस्को अनुहारमा खुशी अरु चम्कियो।

 

हिँजो सम्म त उस्को मोटरसाईकल थिएन। बाउले किन्दीने बारेमा पनि चालचुल थिएन। आज एका एक?

"के बाउले किन्दिए?" मैले सोधें।

 

"किन्दन्छन बाउले काम नपार -- नचाहिया उपदेश दिनु पर्यो भने चैं तिन बित्ता उफेर दिन्छन --चाहिने कुरा माग्यो भने पनि यता उता गर्यो त्यै उपदेश दिन्छन। झिंजो लाग्ने गरेर।  सडक-बत्तिको खम्बा मुनी पढेर त्यो ठुलो मान्छे भयो रे भन्दैमा सबैले बत्तिको खम्बा मुनी नै गएर पढ्न त पर्दैन नी--" बाङ्गेले सुनायो।

 

"कस्ले पढ्या सडकबत्तिको खम्बा मुनी? तेरो बाउले?" कुरा प्रस्ट गरेन बाङ्गेले।

 

"काँ मेरो बाउले? कस्ले हो उनी केटाकेटा हुँदा त्यो कहानी सुनाईदेको रे छ -- एउटा हरीतन्नमले सडकबत्तिको खम्बा मुनी पढेर ठुलो मान्छे भयो रे भनेर --ए अनि त--यसो उसो गर्यो -- गर्नेले त्यसरी बत्तिको खम्बा मुनी पढेर नी गर्छन नगर्नेलाई जति सुख-सुबिधा दिए नी केही न केही भन्दै मलाई छेड हान्या छ हान्या छ -- "

 

"मोटरसाईकल काँ बाट आयो त?" मैले फेरी सोधें।

 

"ह्या कसलाई के धुन कसलाई के धुन -- आफु तरुनीको कुरा गर्न आइराछु --उ चैँ मोटरसाईकल मोटरसाईकल भनेर मर्नै लाईसक्यो" बाँगेले म तिर घुर्दै भन्यो।

 

मैले केही भनीन। उसैले थप्यो केही क्षणको मौनता पछि "हिंजो बाउको अफिसको मोटर के भएछ कुन्नी --बाउ मोटरसाईकल लिएर आ थिए --आज फेरी अफिसको मोटर आएछ त्यसमै गएछन। अनि मोटरसाईकल घरमै थियो। साँचो भेट्टाए पछि कुदाउनु परेन?"

 

"रातो नम्बर प्लेट छ नी त" मैले अलि बिस्तारै भनें, उ झर्किने हो की भनेर।

 

"अँ रातो त रातै छ तर अफिसको हो -- रातो भा झन राम्रो नी -- ल हिन तरुनी गस्तीमा जाम" उस्ले साँचो दाइनेहातको चोर औलामा घुमाउँदै भन्यो।

 

मोटरसाईकल लिएर एकै छिनमा, बालुबाटार अनि माराजगन्ज पुगिम। त्याँ प्याराको अगाडी पुगे पछि, तालिम केन्द्रको पुलिस सम्झेर होला उस्ले मोटरसाईकल मोडायो, अनि फेरी बालुबाटार तिर आईयो।

 

"यता हामी मडारीनुको कारण के नी?" मैले सोधें।

 

"त्यो तरुनीको माईती यतै हो रे के -- " उस्ले भन्यो।

 

"माईती रे?" म छक्क परें। कुन तरुनीको कुरा गर्या हो म त अलमलमा परें।

 

"अँ माईती" उस्ले भन्यो।

 

"अनि घर चैं? त्यसको लोग्नेले भेट्टायो भने?" मैले अझै अलमलिएरै सोधें।

 

"लोग्नेले भेट्या छैन, खोज्दै छ -- घर चै हाँडीगाउ --" बांगेले हाँसेर भन्यो।

 

बल्ल बुझें। उ त आफ्नै कुरा पो गर्दै रे छ। उ भबिस्यमा रे छ म बर्तमानमा।

 

त्यस्तो हावातालाँ तरुनी सँग के भेट हुन्थ्यो? भएन। बाउ आउनु अघि नै मोटरसाईकल फिर्ता राख्नु पर्ने फेरी उस्को। फर्किम।

 

त्यसको एक दुई दिन सम्म बाङ्गे र मेरो भेट भएन। उ मेरो घराँ नी आएन, म उस्काँ जाँदा पनि भेट भएन।

 

अर्को दिन ट्वाक र म उस्को काम छ रे भनेर लाजिम्पाट-खुर्सानीबारी तिर जौँदै थिएम। उस्ले पनि बाङ्गेलाई नभेट्या एक दुई दिन भा रे छ --- बाँगे त्यसरी गायब हुने मान्छे हैन। के चै गर्दैछ त्यसले भन्दै हामी कुरा गर्दै हिन्दै थिम -- वालुवाटार तिरबाट बत्तेर एउटा मोटर साईकला आयो। कानै खाने गरेर हर्न बजायो अनि बत्तियो गैरीधारा तिर।

 

ट्वाक र मैले हेरा हेर गरीम। दुईटैको एउटै प्रस्न थ्यो। "बांग्गे हैन त्यो?" त्यो भन्दा ठुलो अर्को प्रश्न थ्यो हाम्रो "अनि त्यो पछाडी बांगेलाइ च्यापेर बस्या तरुनी को नी?"

 

....


 
Posted on 10-29-08 10:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भनेसि बाङ्गेलाई सत्र पर्यो जस्तो छ। कसलाई च्यापेछ हँ?

 


 
Posted on 10-29-08 10:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 10-29-08 11:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yespali chai bange ko puraan purna  hola jasto cha lol. 
Last edited: 29-Oct-08 11:20 AM

 
Posted on 10-29-08 11:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yespali chai bange ko puraan purna  hola jasto cha lol. 
Last edited: 29-Oct-08 11:20 AM

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
tesla stock OMG !!
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
TPS for Nepal likely to extend next week
Conservative discussions
सालीको चाक
TPS To F-1 COS
Embassy of Nepal might be able to help extend TPS for Nepal
I hope all the fake Nepali refugee get deported
TPS EAD auto extended to June 2025 or just TPS?
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Toilet paper or water?
Venezuela TPS lawuit
ChatSansar.com Naya Nepal Chat
Who is hottest nepali female?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Mamta kafle bhatt is still missing
Looking for girl
TPS for Venezuela is terminated, only 60 days extension for transition period
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters