[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ * चौतारी १३५ *~

[Please view other pages to see the rest of the postings. Total posts: 606]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 177212 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 11-16-08 4:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

~ * चौतारी १३५  *~


 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३५ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी,riya77-, shreya08, Maaili_Budhi -माइली बजै ,फुच्चे केटो , location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Running since 7 Sept 2005 in a total of 135 editions.




Last edited: 16-Nov-08 04:39 PM

 
Posted on 11-17-08 10:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खप्रासाद संवाद सचिवालयको अत्यन्त जरुरी सुचना:

हालै चौतारी नगरमा चलेको चर्चाले बिर्खबहादूर बोगटी छोराको बाबु बनेको हल्लाले हामि अत्यन्तै मर्माहित होइबक्सेका छौँ। हामि वर्तमानपर्यन्त बाबुको छोरा नै रहिबक्सेकोमा छोराको बाबु भइनबक्सिसकेको परिप्रेक्षमा, चौतारी नगरमा चलेको यस अनर्गल, कपोलकल्पित, मिथ्या, पूर्वाग्रही तथा भ्रामक समाचारले हाम्रो ध्यानाकृष्ट गरेको छ। आदरणिय चौतारी जनसमूदायहरु, चौतारीको यस कठिन घडिमा कुनै पनि प्रकारको हल्ला तथा प्रचारबाजिमा नफँस्नुहुन हामि सम्पूर्ण नगरबासिहरुलाई अनुरोध गरिबक्सन्छौँ!  सिरि चौतारीनाथले हामि सबैको कल्यान गरुन, जय लोल चौतारी!

 

 


 
Posted on 11-17-08 10:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम, अन्तरे दाई। बिर्खे जिम्माल, मिस
 
आखिर हल्ला कहाँ बाट आयो? हावा न चली पात हल्लेको होला र ? आगो नलागी धुंवा पक्कै आएको होइन होला?

 
Posted on 11-17-08 10:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल, बा  कठै!  हउरलै  बौचाले  ले साह्रै सताउचन है-खुच्चिङ्

 लौ CT  पनि,  अनिखेरि हजुर्बा कसरी हुन्छ त? हजुर्बा भैसक्या  मान्छे  हो नि त  जिम्माल बा चै।

अन्तरेजी, गित गाएर हिडिसक्नु भा हो? :)  


 
Posted on 11-17-08 11:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lu ma ni aaipugehai sapai lai darsan dina.
 
Posted on 11-17-08 11:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी दैनिक टेली प्रसारण

हामीलाई भर्खर प्राप्त भएको समाचार अनुसार हालै श्री लहरे कान्त लाकौल ले चौतारी देशमा श्री बिर्खबहादूर बोगटी छोराका बाबु हुन भनेका र उक्त कुरा सिर्फ कपोल्कल्पित तथा भ्रामक  भएको भन्दै श्री बिर्खबहादूर बोगटी ले सुचना प्रकाशित गरेका छन। उक्त सुचनामा श्री बिर्खबहादूर बोगटीले आफु बुवा नभइसकेको कुरा प्रस्ट त पारेका छन तर यसै चौतारी देशका श्री बिस्टे बहादुरलाई सम्धी को नाताले सम्बोधन गर्ने उनी ले कुन आधार मा सो गरेका हुन बुझ्नको लागि हाम्रो सम्बाद्दाता श्री बिर्खबहादूर बोगटीलाई खोज्दै छन। उहासँग संपर्क हुने बित्तिकै हामी तपाईंहरुको जिज्ञासा मेटाउने कोशीश गर्ने छौ। त्यतिन्जेल सम्मलाई यो सान्नानी सापकोटालाई बिदा दिनुहोस्, नमस्कार! 


 
Posted on 11-17-08 11:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते है सबैलाई !!
के हुँदै छ?
श्री बिर्ख बहादुर बोगटी बाउ बन्न लागेको खबर झुटा साचो के हो छुट्याउन तिर नलागी हामी पनि बधाई ज्ञापन गर्न चाहन्छौ
 
Posted on 11-17-08 11:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:) ठुली हउरको दर्शन पाएर मलै निकै खुशी लाओ । बेलाबेलाँ यस्तै दर्शन दिदै अर्नु पर्च के  --हिहिहि

 अनि सिस तरकारी बेच्न सकियो त?

प्रिती सिस, सन्चै हो हउर पनि? टेली सेवा शुरु अर्नु भा हो हउरले चै । अब गाह्रो हुने भो जिममाल बा लै चै  --स्पष्टिकरण दिनुपर्च भनेर जिम्माल बा उता पारि उकालो चढ्दै हुनुहुन्थ्यो अघि भर्खर देकेकिम मैले


 
Posted on 11-17-08 11:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन यतै छु मिसदिदि। दिनभरि एउटो कुनाँ बसेर गफ सुन्नि बिचार छ आज बरु तपाईंको के छ?

तारेमाम ठुल्दाई, चिलिम बिरेक भैसक्या हो?

जिम्माल बा, यो त ठिक भेन है, तर कुरो भने त्यै हो पात कसरी हल्ल्यो?

ठुल्बुइनी के छ ताअाअाअाअाअाअा


 
Posted on 11-17-08 11:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्र हुँदैछ त - हल्ला त गजबकै चलेछ त यहाँ
अनी त्यसमाथि सान्नानीको टेली कार्यक्रम - ल रमाइलो नै हुने भयो।
म त हेर्न बसे है
अनी तारेमाम् फेरी सबैलाई
अनी मिस दिदी के छ सञ्चै होइन - छु दु - ने सिरौला - नेवारी सम्झ्याछकी बिर्सिसक्यो
 
Posted on 11-17-08 11:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अन्तरे दाई के छ - मुन्टाना बाट मुन्ट्या हो कि त्यही हो -
हो हो पात हल्लेको चाँही हो - तर कसरी हल्यो त

 
Posted on 11-17-08 11:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भ्रान्तीपूर दैनिक-

प्रमूख समाचार-

 

बिर्खबहादुर छोराको बाबु बनेको कुरा गलत-

 बिर्खप्रासाद संवाद सचिवालयबाट आज प्रकाशित एक सुचना अनुसार बिर्खबहादूर बोगटी छोराको बाबु नबनेको कुरा थाहा हुन आएको छ।

 

कता गए पुराना गाउँले?

नोबेम्बर १७, चौतारी।चौतारीमा धेरै समयदेखि हराइराखेका पुराना रैथाने गाउँलेहरु मध्ये केहि पुरानै नाममा निकै लामो समयपछि त केहि नयाँ थुतुनोसहित आज देखा परेकोले, अरु पुराना गाउँलेहरु कता गए भनेर सबैमा खुल्दुली छाएको छ। अब आउने दिनहरुमा ती पुराना गाउँलेहरुलाई, या त नयाँ बोतलमा पुरानो रक्सी वा पुरानो बोतलमा नयाँ स्वाद सहितको पुरानै रक्सि को रुपमा देख्न पाइने संभावना बिश्लेशकहरुको रहेको छ।

 

ठुल्दाई भोकै-

नोबेम्बर १७, चौतारी। हजूर! सुन्दाखेरि अचम्म लाग्न सक्छ, तर सत्य कुरा हो ठुल्दाई बिगत केहि दिनदेखि भोकै छन्। हैन हैन, भात खान नपाउनु भएको हैन। अहँ, यो पनि मिलेन असलि म:म खान नपाएर पनि हैन। अनुमान लगाउनुहोस्, हजूर अब भने मिल्यो, तपाइँले अनुमान गर्नुभएजस्तै बिगत केहि दिन देखि, धाराप्रवाह गफ गर्न खप्पिस ठुल्दाईले गफ गर्न नपाउँदा भोकै पर्नुभएको समाचार प्राप्त भएको छ। उनको यस दुखड घडिमा उनलाई साथ दिन चौतारीकै केहि गाउँलेहरुले, श्री लहरेकान्त लाकौलको अध्यक्षतामा, तीन सदस्यिय ठूल्दाईको गफ सुनसान समिती गठन गरि, भोलि बाट दिनको ४ घन्टाको दरले ठुल्दाईको गफ सुन्ने भएका छन्। यो कुरा थाहा पाएर, ठुल्दाई प्रसन्न मुद्रामा चिलिमब्रेकलाई निस्केका थिए।

 

माष्टरनी नानिको पुनर्वहाली-

 

शैक्षिक क्षेत्रमा चलेको हडताल संगै , चौतारी पाठशालाबाट भएको माष्टरनी नानीको अनुपस्थितीसंगै चौतारीमा पठनपाठन बन्द भएदेखि, आज पहिलो पटक पाठशाला खुलेको छ। यसबारेमा उनिसंग हाम्रा संवाददाताले कुरा गर्दा उनले अबदेखि चौतारी पाठशालाको सम्पूर्ण कार्यभार उनले नया जोश तथा जाँगरका साथ सम्हाल्नेछिन्। माष्टरनी नानीलाई हामि भ्रान्तिपूर दैनिकको तर्फबाट शुभकामाना छ।

 

वर्गिकृत बिज्ञापन:

बिक्रिमा- सन १९९६ मा इलाहाबादमा ठुल्दाईले पानी पिउने गरेको भिन्टेज तुम्लेट बिक्रिमा। संपर्क- ठुल्दाई- फिला-दे-फिया, अम्रिका।

 

चाहियो- बिर्खबहादुर बोगटीलाई बुढेसकालले आँखा कमजोर हुँदै गरेकोले, पत्रिका पढेर सुनाउने एउटि चलाख पढेलेखेकी कन्या चाहियो। तलब सुबिधा बिर्खबहादुरको मन अनुसार।

 

काइँयो हरायो-

म ट्याउसि चढेर सेउसिलाई भेट्न टेउसास जाँदा मैले कोर्दै गरेको माछाकाँडे काइँयो हराएकोले मेरो प्रेमजीवनमा नै घात पर्ने सम्भावना भएकोले, उक्त काइँयो फेला पार्नुहुने महानुभावले खबर गर्नुभए पुरस्कार स्वरुप, लप गर्ने तरिका बताउने छु। संपर्क- झिल्के, रोज आइल्यान्ड, बाल्टिक सि, युरोप।

 

चाहियो-

बन्जर जमीनमा रुखिरुवा उमार्नसक्ने बैज्ञानिकहरु चाहियो। काम पुरा गर्न सकेमा तलब सुबिधा मागे जति। संपर्क- पुन्टे, नयाँखर्क, अम्रिका।

 

बाँकि समाचार पछि…..


 
Posted on 11-17-08 11:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पर्वते माडसाप, सान्नानी र लहरे नि आइसकेचन। लु यो कुरोको छिनोफानो आज गर्नै पर्च। बाबुको छोरा एक्कासी रातारात छोराको बाबु कसरी बन्न पुगो। बरु ठुल्दाईको सुर्जे एक कार्टन फुकियोस, हर्क्या सिंगै बुङूर चपाई भ्याम, च्याङ्बाका तोङ्बा त के कोदाका भकारी रित्तिउन आज चौतारिआँ बसेर रमको रम कोकको कोक पार्नै पर्च।
 
Posted on 11-17-08 11:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अन्तरेजी,म चै यै चौतारीआँ बसेर एकछिन  रमाइलोअर्ने बिचार अरेकिम। 

पात  अल्झिए पछि हल्लिन  के बेर -लहरामा के (कति रिस उठ्ने होला अब)

अनि बौचा के भन्च रे   त्यो नेवारी शब्दले  मलै चै त्यो के जाती  पो हो - कान्फुज    पार्च के ।सिरौला भनेको चै खाने कुरो  हैन त? :)

राहुलदाई हउरको चिलिम बिरेक छैन के आझ? कता गैसक्नु भएछ त?


 
Posted on 11-17-08 11:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम।
लोल बिर्खे बा लोल। ठुलदाइ भोकै भन्ने समाचार पढेर हर्ख ले गदगद भएको छ।


भोजन पश्चातको चिलिम ब्रेक पछी को पहिलो पोस्टिङ् मा स्वागत छ। लहरे ले सूर्य उपहार पठाएर धन्न भएको छु। भोजन पछी सूर्य । वाह ! वाह ! यस्तो पो ब्रेक।

पाठशाला प्रस्थान साइत भएकोले आगामी पोस्टिङ् पाठशालाको प्रयोगशाला बाटै हुने ब्यहोरा समेत जानकारी गराइन्छ।
भवदीय
राहुल भाई राज भण्डारी 


 
Posted on 11-17-08 11:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल जिम्माल बा, बन्जर जमीनमा रुखिरुवा उमार्नसक्ने बैज्ञानिकहरु चाहियो। बुढा सपना परधानको कार्जेकरममा लाग्या थ्ये के रे हिजो, कस्तो भच कुन्नि


 
Posted on 11-17-08 11:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु यो अन्तरे ले मुनासिव कुरो अर्या हो है । मिस दिदि लै न्याधिस बनाम्नि प्रस्ताव राखेँ है । भ्रान्तिपुर को आर्को अंशाँ तो पनि आम्छ कि ? हन यो हावा चै चल्यो कसरी ?

लु म चै भातगोदाइ कार्जेक्रम तिर लागेम ।


 
Posted on 11-17-08 11:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्पष्टिकरण 


चौतारी दैनिक टेली प्रसारण मा प्रसारित बिर्खे सम्धी कसरी भए भन्ने कुरा ले सबै स्रोता हरु लाई आस्चर्य बनाएको हुँदा सो कुरा को स्पष्टिकरण दिन निज बिर्खे बहादुर बोगटी का साख्य सम्धी म बिष्ट बाहुदर बिष्ट एउटा सानो बक्तब्य राख्न चाहन्छु। आज भन्दा करीब अक बर्ष आघी चौतारी मा हामी दुई सम्धी को जम्का भेट हुँदा एक अर्का ले भबिस्यमा सम्धी हुने निधो गरेर एक अर्का को छोरा छोरी एक अर्का लाई दिने निधो गरेका र, ३ महिना अघी म बिस्टेराम बिष्टलाई पुत्र लाभ भएको हुँदा, सम्धी बिर्खे बोगटीलाई पुत्र लाभ नभै  वहाँ हाल पुत्री लाभ को जमर्को गर्दै गरेको कुरा यहाँ हरु लाई अवगत गराउन चाहन्छ।

-बिष्ट बाहुदर बिष्ट-


 
Posted on 11-17-08 11:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ हो पर्बत लै मैले कसरी नदेखिम त --  हत्तेरिका  एउटा आँखा देखिने चस्मा त मलै पनि चाहिने भओ कि भन्चु।

पर्बत जी सन्चै? हउरलै गाली अर्ने मान्छे कमि त भाछैन ? :)

 जिममाल बा ,

 हउरको लफंगो नाती निशान्त भागेर कालापाहाड तिर  हिनिसक्यो र भन्चु? क्यार्न सूचना  अर्नु भा? किन कन्या नै  चाहिने हउरलै पत्रिका पढेर सुनाउन? छ नि त्यो च्वाङवा  पनि मज्जाले कखरा पढ्न सक्चन त  लोल खच्चर मर्यो रे  के अनिखेरि आज भोलि त काम पनि छैन रे उन्को  


 
Posted on 11-17-08 11:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आजै हुनु पर्छ छिनोफानो जे पर्ला पर्ला ल
अनी मिस दिदी के भनेको त्यस्तो - सिरौला भनेको खानेकुरा होइन यिsssssss
सिरौला भनेको सक्यो -
खान सकियो भनेर सोधेको -
अनी अरु खोइ त
अन्तरे दाई व्हाट'स गोइङ ओन
 
Posted on 11-17-08 11:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

masterni dai dharaimaa bhaeni hajurlai dekhdaa khusi lagyo. ani hajurlai sanchai. Sir ra bhantang bhunting laai kasto chani.

Antare daaaaaaaaa malai sanchai cha taaaaaaaaaaaa. ani mero tarfa bata hajurko saahu budholai ek khotta dinu bhayo taaaaaaaaaaa


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
tesla stock OMG !!
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
TPS for Nepal likely to extend next week
Conservative discussions
सालीको चाक
TPS To F-1 COS
Embassy of Nepal might be able to help extend TPS for Nepal
I hope all the fake Nepali refugee get deported
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Toilet paper or water?
Venezuela TPS lawuit
ChatSansar.com Naya Nepal Chat
Who is hottest nepali female?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Mamta kafle bhatt is still missing
Looking for girl
TPS advance parole Travel document i-131, Class of Admission ?
TPS for Venezuela is terminated, only 60 days extension for transition period
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters