[Show all top banners]

makalekanchha
Replies to this thread:

More by makalekanchha
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 आतंकवादी बाबुराम भट्टराई लाइ कालो झन्डा देखाएर बिरोध प्रदर्शन

[Please view other pages to see the rest of the postings. Total posts: 42]
PAGE: <<  1 2 3  
[VIEWED 34136 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 3 pages, View Last 20 replies.
Posted on 09-22-11 3:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?     Liked by
 
[This posting flagged as inappropriate]
 
Posted on 09-24-11 10:17 PM     [Snapshot: 1938]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाबुराम जी को भासन र कालो झन्डा भन्दा पनि  चोक् चोक् नेपाली  बुडी कन्या हरुले मन तान्यो .. साचै भन्नु पर्दा भाषण र कालो झन्डा बाल मतलब, एउटी बि बि सी संग आखा जुधेर  लामो कुरा भयो र मोरी ले फोन नम्बर दिएर गै पछि भेट्ने भन्दै!!एकछिन पछि त मोरी एउटा   डल्ले च्यासे चयंटे संग बाहिर लागि -- तेसकी लोग्ने हुनु पर्छ त्यो मोरो !! लोल )))

 
Posted on 09-24-11 11:35 PM     [Snapshot: 2035]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिमी पनि गजबको कुरा गर्दा रहेछौ कान्छु छदम नाम धारी मनुष्य! ( अब भाइ भनेकोमा घोर आपत्ति आएकोले अमूक लिङ र अमूक उमेर व्यक्तिलाई मनुष्य भनेर सम्बोधन गर्दा कुनै आपत्ति आउँदैन होला भन्ने आशा लिएको छु।)

तिमी त अरुलाई 'ओइ चोर यहाँ आउने आँट गरिस् भने तेरो खुट्टासुट्टा भाँच्छु' भनेपछि पनि त्यसरी सम्बोधन गरिएको व्यक्ति चुपो लागेर बस्नुपर्छ भनेर सोच्दा रहेछौ, जवाफ छैन तिम्रो पाकोपनको पनि!

तिम्रो कुरा अरुले नबुझे त्यसले त्यति पनि बुझ्दैनस् चोर भनेर गाली खाँदोरहेछ, बुझे पनि जान्ने भएर किन बुझिस् अब त चोर होस् भन्ने आरोप खाँदोरहेछ । यस्तो बुझक्कडपनको उत्तम नमूना त मैले संसारमा कतै देखेको छैन ।

अझ हरेक व्यक्तिलाई र हरेक घटनालाई आफ्नै पाराले बुझ्ने र अरुले बुझाएको कुरा देख्दै नदेख्ने, बुझ्दै नबुझ्ने बिशेष कला त तिमी जस्तो पाको र शायद दिन पनि खाको व्यक्तिमा बाहेक अरु कसैमा विरलै होला । तिमीले साझाभरि छरपष्ट गरेका अनेकौ धागाहरुबाट पनि तिम्रो चरित्र अरुले बुझ्दैनन् र तिमी मात्र अरुको चरित्र बुझ्न सामर्थ्यवान् छौ भन्ने तिमीलाई लाग्छ भने कसैले आफ्नो आँङमा भैंसी नदेख्ने अरुको आँङमा जुम्रा देख्ने भन्ने उखान बनाएर ठिकै गरेको होला ।

साउनमा आँखा फुटेको गोरुले सधैं हरियो देख्छ भन्थे त्यसैले तिमीले आफू बाहेक अरु सबैलाई माओवादी देख्छौ भने पनि मेरो त्यसमा केही गुनासो छैन । तिम्रो पाको आँखा बढी नै पाक्यो होला, शायद डा. सन्दुक रुइतले ठीक पार्न सक्थे कि? मौका मिले एक चोटि देखाउनु । यदि त्यस्तो हुनसक्दैन भने मैले तिम्रो अगाडि केही लेख्नु र केही भन्न खोज्नु बेकार छ । तिम्रो अगाडि मैले गोगने ल्याएर राखिदिए पनि तिमीले वनमारा बाहेक केही देख्ने छैनौ । त्यसैले अहिलेलाई तिमीले जति हुँकार गरे, जति डकार र खकार गरे पनि, अनि जति अलापबिलाप गरे पनि म तिम्रो सामुन्नेमा केही प्रस्तुत गर्नेछैन । तिम्रो आँखाको रोग बिसो भयो भने मलाई भन्नु, अनि दुई जना मिलेर बातचित मारुँला, दारुपानी चढाउँला ।

अहिलेलाई चाँही तिमीले आफ्नो अनेकन् बुज्ज्क्कडपन र पाकोपन प्रदर्शन गरेर साझामा सबैलाई अचम्मित तुल्याएको 'साझा बुझक्कड अफ द एअर'बाट तिमीलाई सम्मानित गर्नुहुन सानदाइलाई विनम्र अनुरोध गर्छु । अँ अनि तिमीले चाँही आफ्नो बुझक्कडपनबाट सारा साझाबासीलाई अच्चमित गर्ने आफ्नो आँट कायम राखे हुन्छ र कथम् कदाचित् टाउको दुखिहाले मलाई संपर्क गर्नु, तिम्रो लागि एक पोका अस्पिरिन सधैं बचाइराख्ने छु । तिमीलाई आवश्यक परेमा तिम्रो लिङ र उमेर कसैलाई नखुलाई सुटुक्क पठाइदिउँला । कहिलेकाहीं अचार बनाउँदा नेपालबाट आमाले पठाइदिएको टिमुर अवश्य हाल्ने गरेको छु जहाँसम्म सिलटिम्मुरको कुरा छ त्यो त तिमीले हामीले चाहेर हुने कुरा हो र? समय अाए पछि के पाको के उमेर भाको कसलाई पनि छोड्दैन नि होइन र?

अनि timessquare लाई चाँही better luck next time

अस्तु  
 



PAGE: <<  1 2 3  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS To F-1 COS
TPS to F1 Status.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
TPS Sakiyo Tara Case is in Court.
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal Likely to Get 60-Day TPS Notice
TPS cancel bho bhane k garne?
मुद्दा हाल्छन होला र ?
Need Help of IT consultancies
NEPAL TPS IS GONE
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
The New Color of Her Flag
Bill to Protect TPS and DED Recipients
कोर्टमा जाँदा आइसले समात्ला भन्ने डर छ भने यस्तो गर्नुहोला
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters