[Show all top banners]

CaMoFLaGeD
Replies to this thread:

More by CaMoFLaGeD
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी-६२~~

[Please view other pages to see the rest of the postings. Total posts: 633]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 283811 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 07-09-07 10:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.

चौतारी-६२


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी - भाग ६२ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 62 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

.गोताएँ दाइको ब्लग
. चौतारी ताररम्पम अन्तरबार्तामा राहुल दाई अनि मिसको सान्दार अन्तरबार्ता, अरु अन्तरबार्ता आउने क्रममा
. पून्टे दाई एलाईन्स फर डेमोक्र्यासी एन्ड ह्युमन राइट्स इन नेपालको अध्यक्ष पदमा अत्याधिक बहुमतले बिजयी, चौतारीमा बिजय जुलुस


माछाको सुकुटि बनाउने र पकाउने तरिका :) -जिम्माल बा

सुकुटि बनाउने तरिका:

चौतारीको पहिलाको अंकमा भने जस्तै गरेर साना साना माछाको सुकुटि पनि बनाउन सकिन्छ। त्यसको लागि बिशेष किसिमले माछा काटेर ठिक पार्नु पर्दछ।

१)सानो साइजको टिलापिया, रहु(कार्प फ्यामिलिको माछा) वा क्याटफिस ल्याउने। सानो है सानो, नत्र मजा हुँदैन।
२)तपाइँको शहरमा बंगालि स्टोर छ भने पहिले नै सुकेको माछा ल्याउने र नम्बर ३ देखि नम्बर १४ सम्म नपढ्ने।
३)पुछ्छर र बाहिर निस्केका सबै अंगहरु काटेर फाल्ने।
४)माछालाई चपिङ बोर्डमा राख्ने।
५)मजाले पेपर टावलले पुछ्ने नत्र चक्कु चिप्लिएर माछाको सट्टा आफ्नै औँलाको सुकुटि बनाउनु पर्ने स्थिति आउन सक्छ।
६)माछाको पेट पटि बाट माछालाई लम्बाइ तर्फ पुछ्छर सम्म चिर्ने।
७)माछाको पेट पट्टि बाट माछालाई लम्बाई तर्फ मुख सम्म चिर्ने।
८)माछाको कान झिकेर फाल्ने।
९)मन पर्नेले टाउको राख्ने मन नपराउनेले टाउको काटेर फाल्ने।
१०)टाउको मन नपाराउनेले नम्बर ७ लाइ बिर्सने किनभने टाउको फाल्दा कान पनि संगै जान्छ।
११)अब माछालाई अलिकता फट्टयाएर चपिङ बोर्डमा हल्का थिच्ने (जोड लाउनु हुँदैन नत्र माछा कच्याक कुचुक हुन्छ।
१२)माछा ठुलो छ भने माछालाई माछाको काँडाकै समानान्तर हुनेगरि धारिलो चक्कुले चिर्ने र माछाको ढाडमा पुगेर छाड्ने। चित्र नं-२।
१३)चपस्टिक ले प्रत्येक पिस गाभिने गरेर घोच्ने। यसैगरि सबै माछालाई चपस्टिकको सिल मा उन्ने।
१४)पहिलाको साझामा मासुको सुकुटि बनाउने तरिका जस्तै गरेर सुकुटि बनाउने।

सुकुटि पकाउने तरिका:

१)माछाको सुकुटि (३ मुठि जति) एउटा भाँडामा राख्ने।
२) औँलाको सहायताले साना साना टुक्रा बनाउँदै चुँड्ने।
३) कराहिमा तोरिको तेल तताउने।
४) माछाको सुकुटि हाल्ने र अलिकता नुन छर्कने।
५) एकछिन चलाउने।
६) खैरो खैरो भएपछि र हल्का पाकेको मिठो गन्ध आएपछि तुरन्तै झिक्ने। ढिलो गर्नु हुँदैन नत्र माछा डढ्छ।
७) अदुवा (१ इन्च) र लसुन (५-६ पोटि) लाम्चो लाम्चो गरेर काट्ने।
८) हरियो खुर्सानि (थाइ) ४-५ वटा पनि चिर्ने।
९) एक पाउन्ड जति गोलभेँडा काट्ने।
१०)जिरा, धनिया, बेसार र मरिचको धुलोलाई अलिकता पानी हालेर पेस्ट बनाउने र त्यो पेस्टमा ५-६ वटा ल्वाङका टुक्राहरु हाल्ने।
११) कराहिमा तोरिको तेल तताउने।
१२) अदुवा, लसुन र हरियो खुर्सानि हाल्ने, एकछिन पछि मसलाको पेस्ट पनि हाल्ने र भुट्ने।
१३) नुन हाल्ने।
१४) गोलभेँडा पनि हाल्ने र मजाले चलाउँदै भुट्ने।
१५) गोलभेँडा गलेपछि माछा हाल्ने र एकछिन चलाउने।
१६) अलिकता पानि हाल्ने र केहि बेर पकाउने।
१७)पानि सुकेर सबै ग्रेभि माछामा टाँसिन थालेपछि झिक्ने।
१८) स्वादिलो माछाको सुकुटि संगै तिनपाने चुरुप्प पार्ने।



 
Posted on 07-17-07 4:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अस्ति कुम्लेको प्रोग्राममा त नाटक गरेको रे, ह्याँ चैं साँच्चिकै झगडा गर्न लाको जस्तो छ नि निशपाट र म्याडभैया,

लु म त पलेटी कसेर बसें है हेर्न लाई, बरु हाम्रो मामालाई बोलउनु पर्ला जस्तो छ रेफ्री बन्न चैं!


 
Posted on 07-17-07 4:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हत्तेरिका, बल्ल फुर्सद मिल्यो हरीको। साहुले पेलेका हुन् कि राहुले खेलका हुन्? तारेमाम्।
 
Posted on 07-17-07 5:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

this song is for uptown gal.......



-rocks

hope you like it uptown gal....
 
Posted on 07-17-07 5:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-17-07 5:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Now the real fight begins. eager to watch.

Ma jasto darsak kohi chha? sabai tayaar holaan. yaso chautarima aayeko harulai tarsaaune bhaye aba
 
Posted on 07-17-07 5:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कता कसको लडाई हुन लाग्यो पर्बते-जी, कुरो बुझे मार्दिनु।
 
Posted on 07-17-07 6:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

aghi dekhi kohi geet dine, kohi kiss dine ani kohi photo khichdine ani ke garne ta?
 
Posted on 07-17-07 6:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ मदनबा लरकी भेटियो यिनी पनि चौतारी मा खुब धाएकी छन


 
Posted on 07-17-07 6:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

wowwwwwwwwwww Rocks thank u so much. i really like this song.

madanwaaaaaaaa :D
 
Posted on 07-17-07 6:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-17-07 7:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



कुम्ले-दा, दामी गएछ।

रिडियाँ यस्तो राम्रो राम्रो कार्जेक्रम आ'रेछ। आफ्नो चैँ यै बेलाँ बेटरी सक्केर सुन्नै पाइएन।

जदौ सप्पैलाई !

यी ढुङ्यारे-धामी (rockend) यता नि आ'रेछन। पल्ला गाममा धामी हल्लीँदै बौला'का, बोक्सी ला'का सप ठीक पार्छु भन्दै ढ्याङ्रो ठोक्यारे'छन। भउते-बहुलाहालाई देखे पछि त आफै बौलाए।

नयाँ नयाँ मुन्छेहरु आम्नु भा'रेछ। अन्तरे, आकाशे, रिठ्ठे अनि ढुङ्यारे-धामी सप्पैलाई स्वाअत अनि नमस्ते अरेँ मैले नि। ओइ अन्तरे, तिउँरा बारीआ मकै गोताएँका डिँआले खाए कि के हो? खोज्या खोजेई छौ त !

 
Posted on 07-17-07 7:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

bhaute da ke cha hajur ko ?
 
Posted on 07-17-07 7:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

bhaute ........

trying to prove urself smart...... I knew that already so gave you a $hit answer.....

-rocks
 
Posted on 07-17-07 8:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल ! ढुङ्गाको छेउ, अझै तातै छौ ?
म गोज्याङ्रोलाई किन बाठो हुनु छ र बाबै। डाउटरको ज्वरो नापेको मात्र हो, १०४ रे'छ।

ठुल्नानी, मेरो त ठीक छ। तिम्रो के छ नि ? मेरो तितौरी बुइनी कहाँ हराइ अचेल ? साली-नानी नि ठुस्स परेर आउन छाडिन्। भान्जीलाई नातिनीको रेखदेख मै फुर्सद छैन जस्तो छ। साँच्ची दादा कता हराएँ? राओँ बेचेर अरप गए कि के हो?

पर्बते, चिप्ले, मदनवा, निशे-पाट, ठूल्दाई, भावी-जी, अन्तरे, रक्की / ढुंङ्यारे, ह्यारिश-सोम, तित्रे, कुम्ले-दा, थुल्ननी अनि गुप-चुप सप्पैलाई सन्ध्याकालीन तारेमाम्।

 
Posted on 07-17-07 9:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले-दा, दामी गएछ।
 
Posted on 07-17-07 10:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो माथिको गित भउतेलाइ डेडी खेत है ?
 
Posted on 07-17-07 10:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ आज नि कोही रैन छ, नमे र भउते गुरु को गनगन् त सुने जस्तो लागेथ्यो, दुबै जना कुन भट्टि छिरे हुन, पत्ता लगाउनु परो।
तारेमाम्।
 
Posted on 07-18-07 1:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा हि हि हि हु हु हु हे हे हे हो हो हो!!!!!कुम्ले बज्जेको कार्जेकरमले हँसाउनुसम्म हँसायो! कति धेरै कुरा आउनसक्या हुन् तेसका गिदीबाट! बिहे गरेसी त हाउँरो कुम्ले झन-झन प्रतिभाशाली भएर पो निक्ल्यो बा (सालीको नाउँ पनि प्रतिभानै हो कुम्ले?!
*****************
किन यस्तरी घाँटी खस्खसाम्च भनेको त अन्तरे पातकीले सम्झेको र'छ माथि।
हन ई गोतायें कता लागेचन् अचेल्। ए गाम्ले हो देख्या चौ कसैले। देख्या भे भन्देओ है।
गोतायेँ को बलगाँ छिरेको त ये गांठे आफ्नै झ्वाँ ई खट्टे का पाट्नर् पो परेछन् लौ।

नालाको मुखाँ झ्वाँ ई खट्टे र सुकुटि बजाको झल्झली सम्झिये के रे आज बिहान बिहानै।

ए जिम्माल् बा ऐले ता काँ त्यो सिन्के हो र गोताएँ भन्दा कम् खाईलाग्दो काँ छु र। तेई झ्वाँ ई खट्टे को करामत् हो। नपत्त्याए गोताएँ लाई नै सोधीहेर त लौ। गोताएँ ले नी ज्यान् बनाको तेसैले त हो।

यो अन्तरे पनि कता’ट अन्मरिएको हो कुन्नि चौतारीयाँ (हेर्दा पुरानै जस्तो देखिन्छ!)! मेरो रउसीमय ‘सुन्दर’ जवानी सम्झाइदिएर बेकाराँ’ टेन्सन! अब अहिलेपनि त्यसै गर्न नपा’सी सम्जेर मात्तै के ख्याँस्नु?!

‘नालाको मुख-झ्वाईँखट्टे-सुकुटी-बजाउनु’ शब्दको प्रयोग हेर्दा पोखरातिर बरालिँदा भेट्या साईध्वा हुनुपर्छ यो। तर हो को???
ल ब्रो, धेरै सस्पेन्स नगरी एक राउण्ड बिजुली चिठ्ठी ठोकम् त!
(ब्रोको नाम मि---, दी---, निर---, क्षे---, गो---, खे---, कल्---, मध्ये कुन चाहिँ हो? ल अलमल नगरी दिम् त!)
 
Posted on 07-18-07 6:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-18-07 7:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेरी आज ता गाम म छिर्न दिये त नि गाँठे।

हिज म एकै छीन पर्तिर गाको त चौतारियाँ त निक्कै हल्लखल्ल भुइसकेछ।

मुइले कांधाँ बोकेको ट्रान्जिस्टर् चौतारियाँ बिर्सेर गाको त हरि बज्जे ले उछिट्याएर यो के जाती कफी विथ् कुम्ले भन्नी नाटक् पो सुनेर बस्या रैच लौ।

अनि ई निश् बुरो र मदनवा लाई कत्ति कुरा आका बाबै बुढा जिम्माल् त झनै देश् खाइ शेश् भका भै हाले। हन ईन्ले कबिता नी कत्ति हाल्न जान्या हुन्।

भयेन बा ईन्लाई धनीयाँ पात् दीन परो भनेको ता चौतारीयाँ छिर्नै दियेनन् गाँठे। लु मुन्चे धेर् भये रे गाम् मा भनेर। कस्तो तोरी लाउरे कुरा लौ हेर ता।

म नयाँ मुन्छे गाम् मा आयो भनेर हेपेका हुन् की क्या हो।

आफु त परियो अन्तरे लप्पन् छप्पन् जानिन्न
येस्ता झेल्लि कुरा हेरी कहिल्येइ नी मानिन्ना

लौ जदौ गाम्ले हो
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
ICE kidnapping people off the streets over op eds
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Supreme Court allows Trump to end TPS for Venezuelans
#MAGA#FAFO is delicious
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
What is the purpose of an F1 student visa in the U.S.?
Any input on remote jobs(IT related or Sales or Marketing)?
Nepal Likely to Get 60-Day TPS Notice
मुद्दा हाल्छन होला र ?
TPS cancel bho bhane k garne?
EAD HELP NEEDED URGENTLY!
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters