world_map
Replies to this thread:
More by world_map
What people are reading
Subscribers
Please log in to subscribe to world_map's postings.
:: Subscribe
|
++चौतारी - भेला विशेषांक++
[Please view other pages to see the rest of the postings. Total posts: 609]
[VIEWED 212371
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 12-18-07 6:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
--चौतारी - भेला विशेषांक --
चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९१ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा

जन्मदिनको हार्दिक शुभकामना!
जन्मदिनको संगीत
डिसेम्बर १२: श्री अन्तरे प्रसाद अधिकारी (पल्लाघरे अन्तरे, अन्तू)
डिसेम्बर १४: श्री बिर्ख बहादुर बोगटी (जिम्माल बा, बिर्खे माइला, जिम्मी बुडा)
डिसेम्बर १८: श्री हरि हर हाडा (हरितालिके, ह्यारी पोट्टर )
डिसेम्बर २१: श्री भउत भाइ भण्डारी (भौतेकाजी, भ्यागुते महाराज )
डिसेम्बर २१: सुश्री चरिनङ्ग्रे चुईचुई
(नेल्लू)
डिसेम्बर ३१: श्री दान बहादुर दवाडी (दाने, दानव, डाउनटाउन गाइ)
चौतारी भव्य भेला २००७ - नयाँ खर्क
शुभारम्भ:- डिसेम्बर २१, रातको ९ बजे समापन:- डिसेम्बर २५, दिनको १२ बजे प्रमुख अतिथि:- भउत भाइ भण्डारी

|
|
|
|
Nepe
Please log in to subscribe to Nepe's postings.
Posted on 12-31-07 2:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Last edited: 31-Dec-07 02:43 PM
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 12-31-07 2:44
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
राहुलदाइ, मैले रेकर्ड गरेको भिडियो , अडियोमा त छैन तपाइको गजल। नेपे दाजीले गर्नुभएको मध्ये मैले जम्मा ८ वटा मात्र सिडीमा बर्न गर्न पाएँ, त्यस मध्येमा नि छैन।
झिल्के बुरो, अब नयाँ बर्ष आउन लागेकोले फ्रेश चौतारी शुरू गर्ने मूड भाको के मलाइ! यस्तो मूड बारम्बार कहाँ आम्छ र?
|
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 12-31-07 2:51
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नेपे दाजुलाइ नया सालको शुभकामना, अनी चीत्रे बुरो तिमिले भनेको कुरा एक्दम मुनासीब हो यार, यस्तो मौका फेरि फेरी त कहा आऊछ र,  गो ्फर इट बुरो
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 12-31-07 2:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जिम्माल बा, मैले पुरानो कथा पढे राम्रो छ त किन लेख्न छोडेको? अब उता को हैन यतैका बेरोजगारका कथा पनि लेख्नुस् त 'हिट' हुन्छ
|
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 12-31-07 2:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो पर्बते जीम्माल बा को लेखाइ दामि छ मलाइ त अझै पनी येउट कवीता झल्झली याद आऊछ, त्यहि क्या नेपाल गयर २० दीनमा बीहा गरेको, अनी पर्बते के छ खबर? ब्रोको घर कुश्मामा हो र?
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 12-31-07 3:12
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सबै ठिकै भन्नु पर्यो। त्यती उत्साह्जनक छैन कुस्मा बाट अलिकती पूर्व पर्छ
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 12-31-07 3:23
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
२००७ साललाई फर्केर हेर्नु पर्ने कुरा पर्वतेले गरेको थियो। सबैका कुराहरु केलाउन र खोज्न अत्याधिक समय लाग्ला जस्तो लागेर मैले २००७ सालमा बेला बेलामा टाँसेका उटपट्याङ कुराहरु यहाँ सम्झनाको लागि राख्दै छु। प्रस्तुत छ २००७ सालको चौतारीका कट्याककुटुकहरु - J
एक्युट भाउते डन्डिफोर सिन्ड्रोम-
एक्युट भाउते डन्डिफोर सिन्ड्रोम (ABS) एक डरलाग्दो महिलाघातक रोग हो। यो रोग पुरुषहरुलाई मात्र लाग्छ तर यसको शिकार भने महिलाहरु मात्र हुन्छन्। छैन त अचम्म?
आउनुहोस यो रोग को उत्पत्ति, लक्षण, कारण र निवारणको बारेमा केहिबेर चर्चा गरौँ।
उत्पत्ति-
यसको उत्पत्तिको इतिहास त्यति थाहा नपाइएता पनि यो रोग केनडाँडाबाट उत्पत्ति भएको बिश्वास गरिन्छ। सर्वप्रथम यो रोग केनडाँडामा बस्ने भाउत भाइ भन्डारि नामका एक युवकमा देखिएको हुनाले यसको नाम एक्युट भाउते डन्डिफोर सिन्ड्रोम रहन गएको हो।
लक्षण-
रो रोगले सुरुमा कुनै बिशेष लक्षण नदेखाउने भएकोले रोगले च्यापिसकेपछि मात्र रोग पत्ता लाग्छ। तै पनि निम्न लक्षणहरु यो रोगका बिशेषताहरु हुन्।
१) २४ घन्टामा कयौँ पटक बिना कुनै कारण फ्यास्स हाँस्न मन लाग्ने, ठुस्स रिसाइदिन मन लाग्ने र प्याच्च दायाँ बायाँ नसोचि बोल्न मन लाग्ने।
२) आफ्नो वरिपरि ५ मिटरको अर्धव्यासमा कुनै केटि देखिएमा लागेको निद्रा हराउने, पेट कता कता त्यसै कराउने र त्यत्तिकै बर्बराउने हुन थाल्छ।
३) एक ठाउँमा बसेपछि कतै जान मन नलाग्ने तर पनि कतै जानु पर्ने कुरा मनमनै आफैँसंग र अनलाइन वा फोन मा भएको साथि संग भने बारम्बार दोहोर्याइरहन मन लाग्छ।
४) खाना धेरै रुच्ने तर पकाउन पटक्कै रुचि नहुने।
५) कि त अरुको सालि मन पर्ने के त आफैँले सालि बनाउन मन लाग्ने।
६) सालि संग दोहोरि खेल्न मन लाग्ने, जिस्कन मन लाग्ने र भुत लागेको जस्तो हुने।
७) रोगले धेरै च्यापे पछि बिस्तारै शरिरको बिभिन्न अंगहरुमा डन्डिफोरहरु देखा पर्न थाल्छन। जस्तै- अनुहार, ढाड, पाखुरा, हात, हत्केला र भन्न नहुने अरु ठाउँहरु।
८) डन्डिफोर शरिर भरि फैलिएर काप कापमा आउन थालेको अवश्थालाई नै वास्तवमा एक्युट भाउते डन्डिफोर सिन्ड्रोम भनिन्छ।
९) समयमा उपचार हुन नसकेको खन्डमा यसले रोगिको वरिपरि भएका र परिचित महिलाहरुमा नराम्रो असर पार्छ।
कारण-
१) कुनै स्पस्ट कारण पत्ता नलागेता पनि तथ्याङ्क अनुसार यो रोगलाई एक किसिमको सामाजिक बन्धन विवाह संग जोडिएको छ।
निवारण-
१) उमेर पुग्ने बित्तिकै विवाह भ्याक्सिन लगायो भने यो रोग लाग्दैन।
२) रोग लागिसकेको खन्डमा एउटै मात्र उपचार विवाह हो।
यो समय मुना चियाको हो
टुँ टुँ टुँsssssssssssssss
नमस्कार,
ध्रुव थापाबाट समाचार सुन्नुहोस। सबभन्दा पहिले प्रमुख समाचार।
कुमलवा भन्ने कुम्लेको एक हप्ते गुप्तवास समाप्त।
हरितालिकेलाई अझै पनि दिनमा फुर्सत मिल्न गाह्रो।
पुन्टेदाईको चुनाव अभियान तिव्र।
सान्नानिको थाङ्गना सुकाउने क्रममा छिमेकिलाई लागेको पुरानो पिनास निको।
तितौरीको खोजखबर अभियान तिब्र, अझै नफर्केकोले चौतारिबासि चिन्तित्!
ठुलिको ठुला ठुला कुराले चौतारिमा रौनक।
यसका साथै हामि ठुल्दाईको हालैको नायाग्रा फल्स भ्रमणको बारेमा वहाँ संग हाम्रा सहकर्मिले लिनुभएको अन्तरवार्ता पनि प्रस्तुत गर्ने छौ!
अब सुन्नुहोस पुरा समाचार।
चौतारीको मरमत सम्हार ईन्चार्ज कुम्लेको करिब एक हप्ते गुप्तवासको दौरान चौतारिमा मिश्रित प्रतिकृयाहरु आएको एक हप्ता पनि बित्न नपाउँदै कुम्लेको पुन: चौतारिमा आगमन भएको छ। कुम्ले केहि दिन बेपत्ता हुन पुग्दा चौतारिलाई माया मारेको, केहि समयको लागि शायद चौतारि बारेको, बुढाबुढि कतै घुम्न गएर मायाप्रिती सारेको वा मुसुमुसु हाँस्दै चौतारि दिनदिनै खोलेर पनि चौतारिबासिलाई ऊ यहाँ छैन भन्ने पारेको; जे भएता पनि कुम्लेको आगमनमा सम्पूर्ण चौतारीबासिहरु प्रफूल्लित भएका छन्।
चौतारिका मेन इन्जिनियर तथा गित संगित टाँसटुस शाखाका महाप्रबन्धक हरितालिकेको व्यस्तताले आज दोश्रो हप्ता पनि प्रभावित रह्यो। कहिले बाँस जति अग्लो पंखा ठिक पार्ने र कहिले हप्ताभरिको काम सप्ताहन्तमा सार्ने उनको परिपाटिले गर्दा यो हप्ता पनि खासै फुर्सद नमिल्ने कुरा वहाँले आज आयोजित पत्रकार सम्मेलनमा बताउनुभयो। जति बेफुर्सदि भएता पनि परेको खण्डमा नयाँ चौतारि निर्माण गर्ने तथा लुकि लुकि चौतारि चिहाउन भने वहाँले नछोड्ने बताउनुभयो।
चौतारिका बयोबृद्ध चिल्ला नेता पुन्टे दाईको मनको राजनितीमा पोलिटिक्स घुसेकोले वहाँ आजकला चुनावि चहलपहलमा हुनुहुन्छ। चुनाव अभियानमा लागेका पुन्टेदाईलाई हामिले अमेरिखर्कको नयाँओक्रे गाउँमा फेला पारेका थियौँ।
उट्पट्याङ चौतारी मुख्य समाचार-
पुन्टेदाई पोलिस्टरको पैन्ट लगाएर पहिलो पटक पटना बाट प्लेन चढेर पर्वतारोहण गर्ने पाइला चान्नेहरुमा पनि पहिलो नै पर्नुभएको कुरा प्रेस ले पर्सि बताउने छ।
भउतभाइ भन्डारीको भरमा पर्दा भिरको भर्याङ चढ्ने कयौँ भरियाहरुले भविश्य सोच्दा सोच्दै भुत भएको भयंकर भ्रान्ती भुल्न सकेका छैनन्।
ठुल्दाईले ठमेल भनि ठान्नुभएको ठहिँटीमा ठेला गुडाउने ठुला ठुला ठाकुरहरुले ठन्डिको कारणले ठोकर लाग्दा ठेला नै ठटाउनु पर्ने ठहर गरेका छन्।
कुम्लेको कोमल कोमल कुराहरुले कयौँलाई करेला काटेर काँक्रोको कथा कथेको जस्तो काल्पनिक क्रिडामा कुर्लन कस्सिएर कसरत गरेको कुरा कैफियतबाट केरिने छ।
समाचार समाप्त!
भगवतीको उत्पत्तिले सम्पुर्ण देश अचम्ममा!
भर्खरै प्राप्त समाचार अनुसार, जुन कुरा हामिले केवल पौणारिक कथामा मात्र सुन्दै आएका थियौँ उक्त कुरा सत्य साबित भएको छ। चौतारी देशको एक गाउँमा साक्षात भगवति उत्पन्न भएको समाचार प्राप्त हुना साथ हाम्रा सम्वाददाता उक्त स्थलमा पुगेका थिए। असंख्या भक्तजन हरुको अपार भिड लागेको उक्त पावन भुमिमा भुइँमा खुट्टा राख्ने स्थान सम्म पाउन निकै मुश्किल परेको थियो हाम्रा सम्वाददातालाई। मानिसहरु भगवतिको दर्शनको लागि तँछाडमछाड गर्दै एक आपसमा खात लाग्दै भुइँमा लड्दै थिए। बलिया बाङ्गाहरु भगवति राखिएको स्थल सम्म पुग्न सफल भएका तिए भने अलि कमजोर भक्तजन हरु पर नै बसेर भगवतिको प्रतिक गोरखकालि टायमा धुप र अक्षता चढाउँदै पुजा गरिरहेका थिए। पावन भुमिको बिचमा मख्ख पर्दै :D गरेर बसिरहेकि भगवतिलाई हेर्नेहारुको घुईचो देखेर हाम्रो चौतारी गाउँका केहि बिशिष्ट व्यक्तिहरु आ-आफ्नो काम गर्दै थिए। ठुल्नानि भिडमा आएका बच्चाहरुलाई तोते बोलि बोल्दै फकाउँदै लाइनमा राख्दै थिइन भने सान्नानी भगवति कसरि उत्पन्न भइन भनेर सबैलाई ल्यामिनार फ्लोमा कथा सुनाउन व्यस्त थिइन्। कुमलवा र मदनवा भने ठेलामा चटपटे राखेर सम्पुर्ण भक्तजनहरुको भोक र तिर्खा मेटाउनमा व्यस्त थिए। अचानक उत्पत्ति भएको भगवतिलाई आफ्नि अगाडि ईखीँखीँखिँ गरेको देखेर ठुल्दाईको मुख बाट केवल र केवल तारेमाम् तारेमाम मात्र निस्कि राखेको थियो तर उनले भन्न चाहिँ त्राहिमाम खोजेका थिए। यो खबर सुनेर फलाम उचाल्दै गरेका पुन्टे दाईको हात बाट अचानक फलाम खस्न पुगेको थियो र भगवति दर्शन गर्न जाने हतारमा उनले विग लगाउन पनि बिर्सेका थिए। अचानक भगवतिको साक्षात रुप देखेर सुध्रिसकेको भउतेलाई पुन: पहिलेकै बिग्रने रोग लाग्न थाले पछि रिट्ठे र पर्वतेको सहायताले पानी खुवाइ अस्पताल तर्फ चलान घरिएको थियो। पावन भुमिमा बसेर आनन्दले पुस्टकारी इन्जवाइ गरिराखेकि भगवतीबाट आएको प्रकाश पुन्टे दाईको तालुमा टल्केर आँखामा पर्दा नेप्चि र माष्टरनी नानिलाई चस्मा लगाउन पर्ने भएको थियो। आफुले खाजा खान सुरु गरेका चतुरेकाइँलाले भगवति उत्पन्न हुना साथ उक्त चना भगवतिलाई चढाउनको निम्ति छाक छोडेका थिए।
भगवति उत्पन्न भएपछिका अन्य अन्योलहरु के के थिए?
कस कसले के के वरदान पाए?
भगवतिले के बोलिन?
के अब संसारमा धर्मको उदय भएकै हो त?
भगवतिको भनाइ के छ?
यि सबै प्रश्नहरुको उत्तरको लागि हामिले साक्षात भगवति संग नै अन्तरवार्ता लिने मौका पाएका थियौँ। केहि समय पछि हामि बिश्व इतिहासमा नै पहिलो पटक भएको भगवति संगको अन्तरवार्ता प्रस्तुत गर्ने छौँ।
नमस्कार!
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 12-31-07 3:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जिम्माल बा र नेपे दाजी, तपाइको यी लेखहरू नयाँ चौतारीमा राखुम् न!
Last edited: 31-Dec-07 03:54 PM
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 12-31-07 3:38
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 90 days
Recommended Popular Threads |
Controvertial Threads |
Conservative discussions |
TPS To F-1 COS |
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans |
TPS to F1 Status. |
Nepal TPS has been Extended !!! |
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years) |
ICE kidnapping people off the streets over op eds |
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision |
Nepal TPS decision |
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1? |
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ? |
TPS Sakiyo Tara Case is in Court. |
Supreme Court allows Trump to end TPS for Venezuelans |
#MAGA#FAFO is delicious |
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong? |
What is the purpose of an F1 student visa in the U.S.? |
Any input on remote jobs(IT related or Sales or Marketing)? |
Nepal Likely to Get 60-Day TPS Notice |
मुद्दा हाल्छन होला र ? |
TPS cancel bho bhane k garne? |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|