[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -- चौतारी - ९३ --

[Please view other pages to see the rest of the postings. Total posts: 636]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 260848 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 01-09-08 2:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी - ९३ --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************



लौ बसुम यही चौतारीमा

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 93 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



नयाँ वर्ष २००८ को हार्दिक शुभकामना!!!
 

गोतामे दाइले टाँस्नुभाको कविता
  भारी बोक्यो डोकाले
घर कु-यो ढोकाले
खेत खन्यो भोकाले
लड्डु खायो बोकाले
मेरो नाउँ कोकले
हिडेँ म त झोकले
 
हेर हेर साथी
कमिलाको ताँती
चढ्यो रुखमाथि
आमै कति जाती
भन्नुहुन्छ नाती
हिँड्नु हुन्न राती
 
मेरो नाउँ कान्छु
भनेको मान्छु
तरकारी खान्छु
कापी कलम लान्छु
पाठशाला जान्छु
धर्काधर्की तान्छु
 
 

 

चौतारी भव्य भेला २००७ - नयाँ खर्क को मीठो सम्झना

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्!!!


Last edited: 09-Jan-08 02:05 PM

 
Posted on 01-15-08 10:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिजो ब्यान देखी बेल्का सम्म काम ले चेपो, तेसैले तारेमाम गर्न नि पाइेन सम्धी ज्यु, अनी नेपाल देश लाग्न लाग्नु भा, आफु त २-३ पटक जाँदा तेही मेरिल्यान्ड को पीसल्यान्ड टार्भल बाट लिन्थे टिकास , अहिले त च्याउ उम्रे झै चन केर टार्भल हरु
 
Posted on 01-15-08 10:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


जिम्माल बा लाई नेपाल जाने टिकेस चाहिया भन्ने हल्ला सुन्या थे है
त्यो थाइ एअर वेज नै राम्रो हुन्छ क्यार
प्रायजसो बैंकक मा १ रात बिताउनु पर्छ (ट्रान्जिट)
१ वटा वान वे, १ वटा टु वे टिकेस चाहिने हो भने चाँही मद्घत गरिन्छ हैन भने ........
ल ल जमाउ पर्बते जमाउ, गज्जब ले जमाउ
इलाहबादी काइदा सिकाउने होला ठुल्दाइ ले अब
बिस्टे नि हाजिर भये छ, तारेमाम बिस्टे
निक्कै ब्यस्त हो हिजो आज?
अनी गाउ तिर को के छ त खबर?


 
Posted on 01-15-08 10:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे सान् ! उफ्फ्फ् धेरै न जल। धुंवा देखि सक्यो न्यूयोर्कको आकाशमा।
इलाहाबादी काइदा सिकाउने चिज होइन, सबैलाई सिकाउने हो भने हामी इलाहाबादीको के काम्? सबै बलिवूडका हिरोहरु, लम्बू बच्चन बन्ने ख्वाब लिएर मुम्बै छिर्छन्। लम्बू आखिर इलाहाबादी न ठहरे।

 
Posted on 01-15-08 10:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सप्पै बेसै च,भाउजु ले सोध्या च् भन्दिनु भन्या च् रिट्ठे लाई । अनी सम्धी ज्यु अचेल कतार ले नयाँ खर्क बाट सिधै दोहा अनी त्याडी सिधै काठमाडौं लान्च केर तेस्ताइ सजिलो टिकेस खोज्नुस् बुढा मान्छे धेरै ट्रान्जिट मा बस्न गाह्रो होला

 
Posted on 01-15-08 10:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


launa ke ke bhairaako raicha padhne fursad chaina. kaamko maaraamari cha. ani tarkaari kinna aaune haruko ni ustai bhid cha. kohi aaera help garideko bhani hunthyo ni.

 
Posted on 01-15-08 11:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


birkhe daa nepal jaadaa malai ni hajurko bag maa raakhera lai jaanus na pls. ani aba kahile nepal jane bho ta. titaura lyaaidinus hai bhandeko chu

 
Posted on 01-15-08 11:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हो हो इलाहबादी कै छ दुनियाँ
एउटा इलाहाबादीले बलिवूड हल्लाए, अब त्यही इलाहबादी काइदाको फाईदा लिएर ठुल्दाइ र पर्बते मिलेर चौतारी हल्लाउने कुरामा कुनै सन्कै छैन
तेसैपनी यो न्यूयोर्कको आकाश धुवाबाट कैले अछुत रहेको छ र ठुल्दाइ
हैन जिम्मालले त जवाफ नै दिएनन, भन्दै छु त जादाँ एउटा अनी आउँदा दुइटा टिकेस हो भने खोज्दिनै पर्ला बुढालाई
बिस्टेले ठिकै भन्या हो त्यो कतारले सोझै दोहा पुर्याउछ यतातिर बाट, तर बुढा उतै बाट उड्नी त होला नि
सस्तो पनि सस्तै हुन्छ कतार र गल्फ चाँही तर सर्भिस उही हो
हन बिस्टे भाउजुले मलाई सोध्या हुनुन्छ रे? लौ मार्यो, मैले पनि त अब चिनजान गर्नु पर्‍यो नि भाउजु सँग
कि चिनजान भैसक्या हो मेरो? आफ्नो त सुद्दी पनि अली तेस्तै छ


 
Posted on 01-15-08 11:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन कसैसँग त्यो तिलको लड्डुको फोटो छैन भन्या? कस्तो टेम्प्टिङ भईसक्यो आफुलाई यहाँ

Happy Maghe Sankrati

 

 

 
Posted on 01-15-08 11:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माघे सक्रान्तिको पुनित अवसरमा सम्पूर्ण चौतारीबासी गाम्लेहरु तथा चौतारीको बाटो हुँदै हिड्ने बटुवाहरुलाई हार्दिक मंगलमय शुभकामना। यहाँहरुको माघ महिना सुखमय बितोस्।  

अब जिम्मालको त फागुन बाट दुखका दिन सुरु भे जस्तो छ के रे, त्यै भे'र माघ सम्मलाई शुभकामना दे'को।

धेरै पछि मास्टर्नी भावी देखिनु भयो नि। कस्तो चटक्कै मयाँ मार्नी हो हजुरले त। देख्न कस्तो अत्यास लागेर।

गाम्लेहरु जिम्माल, ह्यारिश, रिठ्ठेसान, बिसे, ठुल्नानी, राहुलदा', पर्बते, नमे, सुन्तले, लहरे, नेप्चिबावी लगायत सम्स ज्ञात अज्ञात गाम्लेहरुलाई नमस्ते।


 
Posted on 01-15-08 11:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलिको तरकारीको ब्यापार कस्तो चल्दै छ नि, अनी तेस्ले ब्ययभारमा मद्घत कत्तीको गर्दै छ त?

 

 
Posted on 01-15-08 11:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनी सम्धी ज्यु चि कुन सर बाट उड्ने नि ? भाउजु लाई चिन्जान गराउला नि रिट्ठे एस्सो चिया पिउन छिर न कुनै दिन अनी बाट मारम्ला
अनी यो इलाहबादी को कुरो चि बुझिन मैले, ठुल्दाइे इलाहबादी परे कि कसो
अनी ठुली मैया चै तरकारी बेच्दै आरे , ठुल्नानी के छ हालचाल
 
Posted on 01-15-08 11:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माघे सन्क्रान्ती को शुभकामना
आफु त गण्डकी मा नुहाएर घिउ चाकु अनी घरमा आएर घिउमा उसिनेको तरुल खाम्ला भनेको के भओ के भओ
 


 
Posted on 01-15-08 11:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

घिउमा पनि उसिन्छन् त पर्बते? घिउमा त भुटिन्छ, बाबै !


 
Posted on 01-15-08 11:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भऊते ले कसरी कुरो समातेको हो गांठे
थोरै घिउ भए पो भुट्नी घिउ मा डुबाये पछी त उसिनेकै हैन र
 
 
Posted on 01-15-08 12:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माघे सक्रान्तिको पुनित अवसरमा सम्पूर्ण चौतारीबासी गाम्लेहरु तथा चौतारीको बाटो हुँदै हिड्ने बटुवाहरुलाई हार्दिक मंगलमय शुभकामना। यहाँहरुको माघ महिना सुखमय बितोस्।  


 
Posted on 01-15-08 12:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मागेसङ्करान्तिको सुप्काम्ना!
 
Posted on 01-15-08 12:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माघ मैना लाग्यो,स्वोस्तानी भन्नु पर्‍यो नि त आज बाट, कस्ले सुरु गर्ने हो कुन्नी,

एम ब्रह्मा बरुडेन्द्र रुद्र मरतु तुम्बेन्च देबैस्तबे बेदे साअङ्ग पदौ कमनिषचन्तु गायात्राी यम सामगा ......ध्यानआ बस्चित तत गते न मनसा पस्च्यम तियम योगिनी .....


कुमार जि आग्या गर्नु हुन्छ , हे अगस्ते मुनी ....


 
Posted on 01-15-08 12:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथै  तारेमाम् फ्री!
नेपालाँपो  संक्रान्ति को जन क्रान्ति मतलब हुंदो हो। हामी जस्तो जागिरेलाई पो म-तलब, त्यो नि तलबको। अब याँ के को तलब के को मतलब्? एउटो कुरो नि।

 
Posted on 01-15-08 1:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माघे सक्रान्तिको पुनित अवसरमा सम्पूर्ण चौतारीबासी गाम्लेहरु तथा चौतारीको बाटो हुँदै हिड्ने बटुवाहरुलाई हार्दिक मंगलमय शुभकामना। यहाँहरुको माघ महिना सुखमय बितोस्।  


 
Posted on 01-15-08 1:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् ग्वाँचुराम्!
लङ् ट्याम् नो सी।
अब बाटो हिड्ने बटुवा भनेर सर्बसाधरणलाई घटुवा गर्न पाइन्न। संबिधान सभाको चुनाव आ'को बेला, पर्लाउ फेला।

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
tesla stock OMG !!
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
TPS for Nepal likely to extend next week
Conservative discussions
सालीको चाक
TPS To F-1 COS
Embassy of Nepal might be able to help extend TPS for Nepal
I hope all the fake Nepali refugee get deported
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Toilet paper or water?
Venezuela TPS lawuit
ChatSansar.com Naya Nepal Chat
Who is hottest nepali female?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Mamta kafle bhatt is still missing
Looking for girl
TPS advance parole Travel document i-131, Class of Admission ?
TPS for Venezuela is terminated, only 60 days extension for transition period
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters