world_map
Replies to this thread:
More by world_map
What people are reading
Subscribers
Please log in to subscribe to world_map's postings.
:: Subscribe
|
[Please view other pages to see the rest of the postings. Total posts: 686]
[VIEWED 268000
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 01-15-08 3:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
-- चौतारी - ९४ --
चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९४ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा

नयाँ वर्ष २००८ को हार्दिक शुभकामना!!!
चौतारीवासीहरूको पूरा नाम
१)श्री भउत भाई भन्डारी
२) श्री कुमल कान्त कार्की
३) श्री बिर्ख बहादुर बोगटी
)श्री राहुलभाई राजभन्डारी
५)श्री नेपच नाथ नेउपाने
६)श्री पुन्टेन्द्र प्यारा परियार
७)श्री मदनवा महतो
८)श्री च्याङ्बा चामलिङ
९)सुश्री ठुलिमैया ठकुरानी
१०) श्री दान बहादुर दवाडी
११)श्री सुन्तलमान स्थापित
१२)श्रीमती सान्नानी सापकोटा
१३)सुश्री तितौरादेवी तिमल्सिना
१४) श्रीमति दुर्गेस्वरी द्विवेदी
१५) श्रीमति नेप्चीमाया नेम्वाङ
१६) सुश्री किरेजी क्राफोर्ड
१७) श्री दिपेन्द्र दङ्गाल
१८) श्री नमेकान्त नगरकोटी
१९) श्री दादागिरी दवाडी
२०)श्री गौतमबिक्रम गोतामे
२१) श्री गालबेन्द्र गिरी
२२) श्री चित्रबहादुर चित्रकार
२३) श्री हरि हर हाडा
२४) श्री गवाँचेन्द्र गुभाजु
२५) श्री रिठा राम रायमाझी
२६) श्री चना चन्दर् चौरासिया
२७) श्रीमति मास्टर्नी मिस् मरहट्ठा २८) काली केटी कार्की
२९) उफ्री "उदास" उपाध्याय्
३०) श्री जग्गे जंग जम्मरकट्टेल
३१) श्री सेरियलमान श्रेष्ठ
३२) श्री अन्तरे प्रसाद अधिकारी
३३) सुश्री शबनम सुनुवार
३४) सुश्री रुइना रुपाखेती
३५)सुश्री लप्पु लुइँटेल
३६)श्रीमति डल्लीरेसम डल्लाकोटी
३७) श्री गुन्टे गैह्रे
३८)श्री निशान्त निरौला
३९) श्री विवश विश्वकर्मा
४०) श्री पर्वते प्रसाद पुडासैनी
४१) याम बहादुर यमी
४२) बिस्टे राम विष्ट
४३) झिल्के दास झाँगड
चौतारी भव्य भेला २००७ - नयाँ खर्क को मीठो सम्झना
भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस् हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्
गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस् समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!

Last edited: 17-Jan-08 11:46 AM
|
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 01-21-08 1:44
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल!
त्यहाँ 'हाललाई' लेख्या देखेनौ??? फेरि आज नि अधैर्य भा जस्तो छ। अब हेरि तो भन्या कुरा फिर्ता ल्या भए तक्मा नि फिर्ता पाइहाल्छौ नि!
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-21-08 1:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अनी ठुल्दै त फिलिम हेर्दाइ, जिम्बाल के गर्दै नि
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-21-08 1:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठे त हुनु पर्ने हो आज, त्यसको नि छुट्टी हुनु नपर्ने हो। खै कता हल्ला बोल भन्दै हिडे छ।
नोट: भर्खर हल्लबोल भन्ने हिन्दी फिलिम् चिलिम् तान्दै हेर्न सक्याको जानकारी गराइन्छ।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-21-08 1:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अनी ठुल्दै त फिलिम हेर्दाइ, जिम्बाल के गर्दै नि कस्तो धुँवा आयो भनेको त, ठुल्दै ले चिलिम तानेको धुँव पो राइच चिलिम भनेको पनि खानेको चिज हो र भन्या ठुल्दै, चिलिम भनेको छोड्नुपो पर्छ, कि कसो
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 01-21-08 1:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
म के हुनु भात हसुरेर उग्राउँदै छु! एसो काम गर्या जस्तो गर्दै छु! तारेमाम्।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-21-08 2:02
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चिलिम भन्ने तान्ने न भए फिलिम भन्ने हेर्ने न भए यो संसार, संसार जस्तो न भए भंसार जस्तो हुन्थ्यो।
फिलिमको आँखामा फिलिम नै संसार, चिलिमको आँखामा चिलिम् नै संसार।
बुझ्यौ, लहरे? लौ मेरो चिलिम् ब्रेक को ट्याम् भयो।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 01-21-08 2:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल ठुल्दाई!
यो संसार भन्सार जस्तो भए बरु भंसारको खरदार सुब्बा केइ पोस्ट चाहिँ मलाई पार्दिनोस है?
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-21-08 2:10
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
फिलिम चाँही हेरिन्छ तर चिलिम त के जन्तु हो, भेउ छैन आफुलाई। अनी जिम्बाल चुनाव कहिले त, खोइ चुनाव हुन्छ भनेको सुनेका हौ क्यारे। कि यो चुनाव पनि सर्ने होकी।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-21-08 2:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-21-08 2:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अब बिर्खे बालाई खरदार सुब्बा किन हाकिम नै बनाइ दिउला नि। पहिलो कुरो त त्यो भंसार कहाँको कस्तो भनेर भनेकै छैन। केरुङ को भंसार, ६ महिना सम्म त कमिला नि हिड्दैन, बाकी ६ महिना पनि दूर बाट नै नमस्कार गरी पठाउनु पर्ने च्याङ्बाहरु खच्चडहरु मात्र । न घाम, न दाम, राम् राम्।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 01-21-08 2:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हेर्नोस लहरेजी, भन्नुहुन्छ भन्देखि चुनाब जसरि भए पनि गराएर छोडिन्छ र यदाकदा हुने यस्ता बिरोध, बन्द तथा आगजनिले भन्नुहुन्छ भन्देखि हाम्रो अडानलाई बिगार्न सक्दैन र प्रतिकृयावादीहरुको भन्नुहुन्छ भन्देखि कुनै पनि हतियारले हाम्रो उद्देश्यलाई बिचलित पार्न सक्दैन भन्नेकुरालाई लिएर हामि हाम्रो भनाइमा भन्नुहुन्छ भन्देखि अडिग रहेको जानकारि तपाइँलाई मात्र हैन तपाइँलाई जवाफदिने प्रकृयामा सम्पुर्ण चाइने चौतारीका सबै तब्काका भन्नुहुन्छ भन्देखि वर्गहरुलाई समेट्नेगरि भन्न चाहेको कुराको खुलासा गर्न पछाडि पर्दैनौँ र यो चुनावले एउटा भन्नुहुन्छ भन्देखि प्रगतिशिल र अग्रगामि बिकासको चाइने भन्नुहुन्छ भन्देखि एउटा लहर बोकेर हामि सम्पुर्ण भन्नुहुन्छ भन्देखि बिकासबादि र आमुलपरीवर्तबादिहरुमा एउटा भन्नुहुन्छ भन्देखि नयाँ उत्साह, जाँगर, साहस र भन्नुहुन्छ भन्देखि क्रान्तिकारि परिवर्तनको नशा चढाएको छ र हामि यो नशालाई भन्नुहुन्छ भन्देखि उतार्न कदापि चाहँदैनौ र हाम्रो पार्टिले भन्नुहुन्छ भन्देखि भन्दै आएको कुरा पनि यहि हो र हाम्रो पार्टीको नितीमा भन्नुहुन्छ भन्देखि गर्न नसकिने कुरा सबै छन र भन्न नसकिने कुरा केहि पनि छैनन।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-21-08 2:44
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 01-21-08 3:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Gautam B.
Please log in to subscribe to Gautam B.'s postings.
Posted on 01-21-08 3:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मैले यो स्वस्थानीको पहिलो अध्याय बनाउने हिसाबले लेखेको थिएँ अस्ति शनिवार हुँदी, नयाँ चौतारी बनोस् र टाँसौंला भनेर कुरेको, जिम्मालले जितिसकेछन्। तर ठीकै छ, अब टाँस्दैछु।
अर्को कुरा, यो पाली गालबगुरुले नभ्याउने भएपछि हामीमध्येनै पालैपालो गरेर सुनाउँदा कसो होला?
हवस् त, सप्ताहान्तहरुमा मौका मिले अरु पनि खोक्दै जाउँला।
स्वस्थानी-२०६४
फूलपाती हातमा ले'र आंखा चिम्लेर बस गाम्ले हो!
यं ब्रह्मा वरुणेन्द्र------
द्वितिय अध्याय
कुमारजी आज्ञा गर्नुहुन्छ “हे पातकी अगस्त्य मुनि, माघ लाग्न पाएको छैन, तिमी फेरि मैकहाँ अन्मरियौ? के देखेका छौ यहाँ र यसरी झुत्ती खेलेका छौ? संसारमा अन्त कतै नअटाएका, घिचुवा, लोभी बूडा, पोहर मकहाँ बसेर डकारी-डकारी घिचेथ्यौ, यसपाली पनि त्यहि सम्झेर आएका हौ? मान्छे तिमी अजिंगरजस्ता छौ, सासैले भात तानेर हसुर्छौ! तिम्रो भुँडी पनि भुँडीनै रहेछ, जति हालेपनि नभरिने! कतिवटा भुँडी छन् हँ तिम्रा? कि मेरी अर्धांगिनी च्वाँ---क देखेर आँखा गाडेर आएका हौ?!” कुमारजीका यस्ता कुरा सुनी अगस्त्य मुनि भन्दा भए, “हे ख्वामित, त्यसो आज्ञा नहोस्। यस्तो पाप चिताएँ भने म अहिल्यै भस्म-खरानी हुनुपरोस्। हजुरजस्ता ज्ञानीका संगतमा बसे मलाई पनि अलि-अलि ज्ञान मिल्दो हो भनी आएको हुँ।“ यति सुनेपछि कुमारजीबाट आज्ञा भयो, “निहुँ पार्न पनि खुब जानेका छौ असत्ती बूडा, ल भन के सुन्न तिम्रा कान त्यसरी पाकेर चिलाएका हुन्।“ कुमारजीका कुरा सुनेपछि अगस्त्य मुनि भन्दा भए, “प्रभो, अचेल सारा चराचर जगतमा यो ‘चौतारी लोक’ भन्ने लोकको वर्णन असाध्यै चलेको छ। यो कस्तो लोक रहेछ जान्ने मनसुबा भयो।“
अगस्त्य मुनिको यस्तो जिज्ञासा सुनी कुमारजीबाट चौतारीलोकका बारेमा वर्णन शुरु भयो। “हे अगस्त्य मुनि, त्यो चौतारी लोकको कुरा तिम्रोजस्तो गिदीको सट्टा लिदी भरिएको खोपडीले बुझ्ने कुरो त हैन, तैपनि सुन, तिमीजस्ता भातमारालाई भात पचाउने मेलो हुन्छ। त्यो चौतारी लोक भनेको ‘देशभित्रको महादेश’, ‘राष्ट्रभित्रको महाराष्ट्र’, ‘मानवभित्रको महामानव’ भनेजस्तै ‘लोकभित्रको महालोक’ हो। तिमी ‘परलोक’ले समेत नपत्याएकालाई यो ‘लोकभित्रको महालोक’का कुरा कसरी सम्झाउनु? हेर त्यसको वर्णन त हजार थुतुना भएका कुम्ले नाग र हजार जिब्रा भएका बिर्खे नागले पनि गर्न सक्दैनन्,।“
“त्यो चौतारी लोक तिम्रो टाउकोभन्दा पनि गोलो छ। त्यसको अर्धव्यास चारसय योजन र व्यास पच्चीससय योजन छ। लाख वर्ष पहिलेबाट त्यसको परिधि नाप्न थालेका चित्रे चित्रकार अझै नाप्या-नाप्यै छन्।“ कुमारजीका कुरा बीचैमा काटेर अगस्त्यमुनि भन्दा भए, “प्रभु, अर्धव्यास चारसय योजन हुँदा व्यास कसरी पच्चीससय योजन भयो?” अगस्त्य मुनिको यस्तो प्रश्नन सुनी रिसले राता-राता आँखा पार्दै कुमारजीबाट कड्किँदै आज्ञा भयो, “बढ्ता जान्ने किन हुन्छौ ए हाँडीघोप्टे बूडा?! द्वन्दात्मक भौतिकवाद भनेको त्यहि हो। तिम्रो मुख किन यतिविधि चिलाउँछ हँ?! मैले भनेपछि भयो, चूप लागेर सुन न तिमी!” त्यसपछि अगस्त्य मुनिले “हवस् प्रभु, अबदेखि बोल्दिन।“ भन्दा भए र टाउको निहुराएर सुन्दा भए।
“त्यो चौतारी लोकका प्राणिहरु सबै धुरन्धार सृष्टीकर्ता हुन्। कोही बगैंचाभरि डलरका रुख उमारेर, दिनरात बाँदरको जस्तो रूखका हाँगामा बसी डलर टिप्छन्; कोहि बोरा, धोक्रा, सिरकका खोल समेतमा येन कोचेर बस्छन्, कोहि यूरोका चाङ्गमाथि सुत्छन्। त्यो लोकका प्राणीहरु एकापसमा कुराकानी पनि लोकभरी छ्याप्छ्याप्ती पारेर बिछ्याएको मायाजालका माध्यमले गर्छन्।“ फरि अगस्त्य मुनिले सोध्दा भए “आमने-सामने हुँदापनि मायाजाललेनै कुराकानी गर्छन् त प्रभो?” यो सुनेर कुमारजीले फेरि कड्किँदै आज्ञा गर्नुभयो, “आमने-सामने हुँदा बात मार्न त तीनका थुतुना छँदै छन् नि काँठा बूडा!” तहाँ उप्रान्त अगस्त्य मुनि पुन: टाउको निहुँराउँदा भए।
“त्यो चौतारी लोकका मानिसहरु अचेल एकदम राम्टिके भएर निक्लेका छन्। वायुमण्डल प्वाल परेर मर्त्यलोकको तापक्रम बढेको हुनाले त्यसको असरले चौतारी लोकमा यो रोग फैलिएको हो भनी ज्ञानी ऋषिमुनिहरु भन्दछन्। त्यो राम्टिके रोगका कारण अचेल चौतारी लोकका प्राणीहरु ‘लप’कै मात्र कुरा गर्न थालेका छन् ‘लप’ गरेको, ‘लप’ परेको, ‘लप’ पर्न-पर्न आँटेर पनि फुत्त उम्केर अर्कैका भागमा परेको, फेरि कसैको भने आफैं ‘लप’ गर्दै नगरे पनि अपुतालीमा आईपरेको आदि कुरा जोडतोडले गर्ने गरेका छन्। अहिले चौतारी लोकमा राम्टिके माया-पिरेमका उत्तम-उत्तम मार्मिक सिनिमा देखाउने हल पनि छ्याप्छ्याप्ती खुलेका छन् भन्ने वर्णन आइपुगेको छ चौतारी लोकबाट। चौतारी लोकका सबै प्राणीहरु तिनै हलमा बसी साँझ-विहान लपेश्वरी देवीको भजन गरी फलफूल इत्यादि चढाइ नाचगान पनि गर्छन्।
कुमारजी चौतारी लोकका बारेमा अरु कुरापनि आज्ञा गर्दै हुनुहुन्थ्यो, भान्छामा बसेकी कुमारजीकी अर्धांगिनी कन्याजीबाट भोजन तयार भएको खबर आएका हुनाले कुमारजीले अगस्त्य मुनिलाई “ल तिम्रा भुँडी फोर्न हिँड बूडा।“ भन्दा भए र दुबैजना भित्रतिर प्रस्थान गर्दा भए।
इतिश्री चौतारी पुराणे गोतामे खण्डे-------- द्वतियो अध्याय!
Last edited: 21-Jan-08 03:44 PM
Last edited: 21-Jan-08 03:46 PM
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-21-08 3:38
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पहिलो राउन्ड को जदौ ठुल्दाइ, ग्वाचे, लहरे, जिम्मल् बा, भउते, झिल्के र अरु सबै मित्र हरु लाइ  आज बिदा परेकोले अली सिधा भ'को हो, अरु खासै केही हैन
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 01-21-08 4:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाहाहाहा ""“प्रभु, अर्धव्यास चारसय योजन हुँदा व्यास कसरी पच्चीससय योजन भयो?” अगस्त्य मुनिको यस्तो प्रश्नन सुनी रिसले राता-राता आँखा पार्दै कुमारजीबाट कड्किँदै आज्ञा भयो, “बढ्ता जान्ने किन हुन्छौ ए हाँडीघोप्टे बूडा?! द्वन्दात्मक भौतिकवाद भनेको त्यहि हो""" गोताएँ बुडाको सोस्तानी गजप छ। ल पर्भु गोताएँ बाजे अब मेलो आएछ क्यार, ३१ अध्धे सम्म सक्नु परो। साँच्चि एउटा कुरा आजकल ब्यान-ब्यान मात्तै फुर्सत मिल्छ कि के हो? तो जापुनाँ हुने पातकि गाम्लेहरु तेति अन्मरिया देखिँदैन नि अचेल किन होला???
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 01-21-08 5:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अर्धब्यास चारसय योजन हुँदा ब्यास चैँ पच्चिससय योजन हुने द्वन्दात्मक भौतिकबाद बुझ्नको लागि गोताएँ साध्य जान्न जरुरी हुन्छ। यसको लागि गोताएँलाई चौतारीको ठूलो ढुङ्गोमा ठड्याऔँ। अनि मलायको लाहुरेमा भर्तिगर्न नाप्न ला' जस्तो गरि सिधा ठाडो हुन लगाएर एउटा झिर टाउको बाट सिधै पर्फेक्ट भर्टिकल हुने गरि अनि अर्को झीर भुँडीबाट सिधै पर्फेक्ट होरिजेन्टल हुने गरि उधिन्नौँ। अब ती दुइ झीरहरु जहाँ भेट्छन त्यो बिन्दुलाई केन्द्रबिन्दु मानौँ। अब अर्धब्यास नाप्न केन्द्रबिन्दु बाट पछाडि ढाड तिर नाप्दै जाउँ। यसले चारसय योजन देखाउँछ। ब्यास नाप्नको लागि अगि झीर छिराएको भुँडीको बिन्दु देखि सिधै पछाडि ढाड सम्म जाउँ, यसले पच्चिससय योजन देखाउने छ। विस्तृत जानकारीको लागि तलको रेखाचित्र अवलोकन गरौँ। 
|
|
|
Nepalki_chori
Please log in to subscribe to Nepalki_chori's postings.
Posted on 01-21-08 5:30
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 01-21-08 5:35
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल! घत्तेरी! बेफुर्सदीआँ नि पेट मिचाई मिचाई हाँस्नै पर्नि कुन जुनिको कल्ले द्या श्राप हो यो, गाँठे?
बाई बाई! एउटो डीनराँ जानु छ!
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 01-21-08 5:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल! भउते! हाहाहाहाहहाहाहाहा
 
भउते'ज थेउरी अफ गोतामेटिभिटी-
यदी, कुनै पनि वृतको ब्यास २५०० योजन र अर्धव्यास ४०० योजन भएमा, उक्त वृतमा यदि हाड छाला र मासु, र आन्द्रामा लादि भरेको खन्डमा, प्राप्त हुने पिण्ड = गोताएँ हुन्छ।
यसको उपसाध्यलाई प्रयोग गरेर यो थेउरी प्रमाणित गर्न सकिन्छ।
उपसाध्य- भउते'ज इन्स्ट्रक्सन रिमेनिङ कन्स्ट्यान्ट, गोताएँ बुडालाई चौतारी ढुङ्गामा उभ्याएर उनको हाड, छाला, मासु र आन्द्रा भित्रको लादि सोहोरेर फालेमा ब्यास २५०० योजन र अर्धव्यास ४०० योजन भएको वृत प्राप्त हुन्छ।
२५०० योजन ब्यास र ४०० योजन अर्धब्यास भएको वृत प्राप्त गर्न चाहिने सामाग्री यस प्रकार छन्-
१) गोताएँ
२) खुकुरी, घन, तथा लादि झिक्ने सक्सन पम्प
३) भउते तथा भउतेको इन्स्ट्रक्सन
४) चौतारीको ढुङ्गा ( उभ्याएर वृत प्राप्त गर्नु परेमा मात्र)
  
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 365 days
Recommended Popular Threads |
Controvertial Threads |
Conservative discussions |
TPS Re-registration case still pending .. |
TPS for Nepal likely to extend next week |
सालीको चाक |
ChatSansar.com Naya Nepal Chat |
TPS for Venezuela is terminated, only 60 days extension for transition period |
TPS to F1 Status. |
TPS To F-1 COS |
Venezuela TPS lawuit |
Toilet paper or water? |
tesla stock OMG !! |
Those who are in TPS, what’s your backup plan? |
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination? |
TPS Sakiyo Tara Case is in Court. |
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years) |
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans |
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1? |
I hope all the fake Nepali refugee get deported |
Court Hearing Approval. |
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants |
|
Looking for girl |
Who is hottest nepali female? |
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|