[Show all top banners]

Amazing
Replies to this thread:

More by Amazing
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा

[Please view other pages to see the rest of the postings. Total posts: 1004]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 NEXT PAGE
[VIEWED 383655 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 51 pages, View Last 20 replies.
Posted on 05-23-08 3:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

-चौतारी - ११७

चौतारी मा यहाँलाई स्वागत छ!

चौतारीका दौतारिहरुमा समर्पित

ना कोइ था
ना कोइ है
जीन्दगिमे तुम्हारी शिवा


तुम दे ना साथ मेरा ओह चौतारी
तुम दे ना साथ मेरा ओह दौतरि




---BREAKING NEWS------

-हराएको भौते जुरेलीसँग पाइखानामा
-ठुलि पोइला, साझामा रुवाबासी
-चित्रेले चित्रेनी पायपछी चौतारीलाई बाल मतलब
-राहुलदाइको जन्मदिन्मा मम भनेर काँचो पिठो खुवाएकोमा आन्दोलन
-रिट्ठेलाई पोखरिमा धकेलियो, अहिले सल्मान खान ICU मा
-लहरे र पर्बतेमा टास्टुस शाखा सम्बन्धी मुखामुख
-जीम्माल बा यो बुढो उमेरमा पनि, लाज पचाउदै जेपिटी





(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"

**********************************************************************


*********************************************************************************************
लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली , Norton - Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee):

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 116 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.


*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
Last edited: 23-May-08 03:47 PM

 
Posted on 06-02-08 8:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"जदौ ठक्र्याउँछु"  

सबैको नलिखुट्टा चर्काउने बिचार  हो जिम्माल बा को?

दिपिका के छ?


 
Posted on 06-02-08 9:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हो ठुल्दाइ, ये हुइ ना बात् !
सान्नानी, धेरै चौतारीमा समय बिताउनु भनेको त चौतारी कार्यालयको एक कनिस्ठ इमान्दार कर्मचारी भयो नि ! अनी अड्डाको लागि पो त कामचोर त ! अनी त्यो एक कप चिया मलाई पनि पिलिच
जिम्माल बा, प्रनाम गरे है !
दीपीका जी, नमस्ते ! सञ्चै हुनुन्छ?
लहरे कोपी क्यात
अन्तरे दाई त्यो गीत त मलाई पनि मन पर्छ !
अनी ब्यान ब्यान गीत गाएर दिम्स भरी' टी ए ए पी ?

 
Posted on 06-02-08 9:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लिखितम धनिका नाम, चौतारी गा बि स, उपल्लो गाउँ घर भई हाल हस्तिनापूर गा बि स  बस्ने, नन्दबहादूरको नाती, चन्दबहादुरको छोरा म बिर्ख बहादुर बोगटिले एकछिन अगाडि टक्र्याएको 'जदौ' भुलवस मुद्रा राक्षसको कारणले ठक्रिन पुग्दा कन्ननिडाँडा गा बि स बस्ने डटडटको नातिनी डटडट डटडटको छोरी सान्नानी सापकोटा लगायत अज्ञात अरु गाम्लेहरुलाई पनि मैले गरेको जदौ ठक्राएको लाग्न पुगेमा त्यसलाई टक्र्याएको बुझिदिनका लागि आग्रह गर्दछु।

साथै, सान्नानी भनिने सान्नानि सापकोटा, दीपीका भनिने दीपीका दवाडि, लहरे भनिने लहरेकान्त लाकौल, ठुल्दाई भनिने राहुलभाई रायमाझि, अन्तरे भनिने अन्तरप्रसाद अधिकारी, रिट्ठे भनिने रिठाराम रायमाझि तथा पर्वते भनिने पर्वत प्रसाद पुडासैनी लाई पनि जदौ टक्र्याउँदछु, जदौ!


 
Posted on 06-02-08 9:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम दीपिकाजी,


तारेमाम नन्द बहादुर को नाती, चन्द बहादुर को छोरा, छन्द बहादुर न्वारन नाम धारी बिर्खबहादुर बोगटी जी।

 

सान्नानीबाट यस्तो पक्षपात? यहाँ नहीं हो सकता।


पर्बते मार्साब लाई मात्र चिया? १२ बर्ष सरकारी जागिर खाइ, केही काम नगरी , दैनिक ५ कप चिया खाइ, महिना को १ पल्ट तलब खाइ आएको मान्छे लाई चिया छैन?

 


 
Posted on 06-02-08 9:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हस्तिनापूर गा बि स  बस्ने

आउने बित्तिकै हसाउनु पर्छ यो माइला दाइलाई। नमस्कार है माइला दाइ। फेरी छुट्ला भन्न र के के सुन्नु पर्ला अहिले
सान्नानी म सञ्चै छु? हजुर नि? त्यो टि मलाई पनि है। ग्रिन टि त मलाई पनि एकदम मन पर्छ, उही बाँकी पो हुने होकी होइन

रिट्ठे जि कस्तो भयो त सप्ताहन्त?

Last edited: 02-Jun-08 09:04 AM

 
Posted on 06-02-08 9:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सोमबारे नमस्ते यो सोझो कुम्लेको तर्फबाट!

जदौ ठक्र्याउँने बेला भएछ! म चाँहि आफ्नो नलि खुट्टो जोगाउन अलि पर बस्नुपर्यो!


अँ साँच्ची! युरो कप फुटबल को को ले हेर्ने बिचार गरेको छ? चौतारीमा युरो कप फुटबल प्रेडिक्सन खेल खेल्न मनलाग्यो! को को लाई इच्छा छ मलाई भन्नु होला! धेरैजना भए खेल्न नि रमाइलो हुन्छ!


 
Posted on 06-02-08 9:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म खेल्नी म, म खेल्नी म , म खेल्नी म , म खेल्नी म , म खेल्नी म

खेल्नी, खेल्नी, खेल्नी


 
Posted on 06-02-08 9:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे त साँच्चै को काम चोर नै हो जस्तो पो छ त!!
कस्तो भो त सबै को सप्ताहान्त ?
चिया मलाई नि है सान्नानी !!

 
Posted on 06-02-08 9:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आजको हिसाबको प्रश्न-

(उत्तर दिँदा सकेसम्म आफ्नै भाषा शैली र टाउकोभित्रको गिदि प्रयोग गर्नुभइ अंक दिँदा यस्ता उत्तरलाई प्रोत्साहन गरिने छ।)

पुर्णाङ्क- १००

उत्तिणाङ्क- ३२

(सबै प्रश्नहरु अनिवार्य छन्।)

 ठूल्दाईले म:म खाएको अनुभव २२ बर्षको छ, म:म पकाएको अनुभव २६ वर्षको छ। १२ वर्ष सरकारी काम गरेका र सरकारि काम गर्दा दिनमा ३ कप कालो चिया खाएको अनुभव छ। ५ कप कालो चिया संग औसतमा ३ खिल्लि चुरोट खाएको अनुभव पनि छ। यस्तै ५ खिल्लि चुरोट तान्दा राजनिती, नेता र गुन्डाहरुको ३ पटक खिल्लि उडाएको पनि अनुभव छ। पुराना गित सुनेको अनुभव २६ वर्षको छ र गित सुनेर मन छोयला भएको अनभव १२ वर्ष छ भने मन कचिला भएको अनुभव १३ वर्ष। अब निम्न प्रश्नहरुको उत्तर दिनुहोस।

१) ठूल्दाईले नेताहरुको खिल्लि उठाउँदा के ठुल्दाई दिल्लिमा थिए?

२) चुरोट जेठो कि ठुल्दाई जेठो?

३) म:म खाएको र पकाएको अनुभवलाई नियालेर भन्नुहोस, यो सबै अनुभव प्राप्त गर्न कतिवटा भैँसिको प्राण आहुती भयो? त्यसबाट छोयला कचिलाको अनुभवमा परेका भैँसिहरु घटाउनुहोस!

४) सरकारी कामको अनुभवले ठुल्दाईलाई यि दुई मध्ये कुनमा बढि आनन्द दियो? क) चिया खानमा ख) घाम ताप्नमा

५) भोकाएको बेला आफ्नो अगाडि एक प्लेट म:म, एक खिल्लि चुरोट, टीविमा वन डे म्याच, र रेडियोमा नेपालको राजनैतीक परीवर्तनको ब्रेकिङ न्यूज आएरहेको छ, र ठूल्दाई यि सबै चिज मध्ये कुनै एक चिज गर्न सक्छन, भन्नुहोस ठुल्दाई के गर्नुहुन्छ?

(समाप्त)


 
Posted on 06-02-08 9:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म खेल्नी म, म खेल्नी म , म खेल्नी म , म खेल्नी म , म खेल्नी म

खेल्नी, खेल्नी, खेल्नी


गुच्चा घ्वाइं, पानदस , तेलकासा हो र भन्या, केटा केटी ले खेल्ने भनेर जिद्दी गर्ने?
यो त कुम्ले बिर्खे जस्तो बुढा जवान हरुले खेल्ने खेल हो?
 
बिहे नगरेका बाल बालिकाहरु लाई पबेश निषेध रे, सोझो कुम्ले को सोझै कुरो, समाउ आफ्नै पुर्पुरो। बेलाँ झ्यांआइ गरेनौ, अब कराएर   हुन्छ?

 
Posted on 06-02-08 9:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो कप ठुलो छ नि, सबैजन बाँडिचुडी खाम न है ठुल्दाइ, रिठ्ठे, लहरे, अन्तरे दाई, कुम्ले, दिपिका, अनी जिम्माल बा। पर्बतेलाई सबैलाई बाँड भनेर पो दिएको त मैले

कुम्ले म चाँही गेस हान्नु पर्ला प्रेडिक्सन।


 
Posted on 06-02-08 9:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dbl post

Last edited: 02-Jun-08 09:20 AM

 
Posted on 06-02-08 9:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माल्दाइ, हजुरले पुल्चोकमा पढाउनु भा थ्यो कि क्या हो?
Out of syllabus , question हरु छन् त !!!


 
Posted on 06-02-08 9:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी भविस्यवाणी 

एक दुई दिन मै चेली घाइते हुने राम्रो सम्भावना छ र तेस्को पुरा बिवरण फुटेको समाचार मा प्रसारण हुने छ।


 
Posted on 06-02-08 9:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्तो छुच्चो, लहरे, पहरे!! किन म घाइते हुने नि?

 
Posted on 06-02-08 9:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ पनि हसाउने भन्या,
लौ जा नियमापत्ती, घोर नियमापत्ती
 
Posted on 06-02-08 9:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भविस्यवाणी पो गर्या त
 
Posted on 06-02-08 9:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानी सापकोटा।
कछ्या २

१। खिल्ली उडाउदा ठुल्दाइ दिल्ली मा नभै बिल्ली सँग चिल्लिदै थे।
२। ठुल्दाइ जेठो हुनुपर्छ, नामै ठुल्दाइ 
३। ठुल्दाइले  ५० भैंसीमा ३० नखाएको र २० फिरिमा फेला पारेको हो त्यसैले आँफै हिसाब लगाउनुस्।
४। दुबइमा नभै चिलिम तान्न मा।
५। मल्टिटास्किङ मा ठुल्दाइ पोख्त हुनुहुन्छ त्यसैले सबैथोक एकैचोटि गर्न भ्याउनु हुन्छ।

 


 
Posted on 06-02-08 9:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल  "नन्द बहादुर को नाती, चन्द बहादुर को छोरा, छन्द बहादुर न्वारन नाम धारी बिर्खबहादुर बोगटी" लोल


लोल "सान्नानी"  लोल- उत्तम उत्तर।


ठ्याकै त मिलेन ( मिल्यो भन्नु नि भएन)। 


 
Posted on 06-02-08 9:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुचना सुचना सुचना

घाइते हुन इच्छुक हरुले $ २५ को फारम भरी चौतारी रस्रङ बिभाग मा बुझाउनु हुन अनुरोध गरिन्छ।

श्री लहरेकान्त लाकौल,

'चौतारी रसरंग प्रधान' तथा 'चौतारी गित संगित टाँसटुस माहशाखाका अध्यक्ष' तथा 'चौतारी गालिगलौज तथा निरलज्जि समाजका अध्यक्ष' तथा 'इन लोकेसन, न्यूज डिभिजन चौतारी समाचार समिती का बरिष्ट संवाददाता' तथा 'चौतारी गणतान्त्रिक जदौ सुधार समितीका महासचिब' तथा 'घाइते उद्धार हेतु स्वउद्धार परियोजनाका महानिर्देशक' तथा \'उस्ताद चौतारी शाम-ए-गलज प्रतिष्ठानका प्रमुख'


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
tesla stock OMG !!
TPS for Nepal likely to extend next week
Conservative discussions
सालीको चाक
TPS To F-1 COS
Embassy of Nepal might be able to help extend TPS for Nepal
I hope all the fake Nepali refugee get deported
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
ChatSansar.com Naya Nepal Chat
Who is hottest nepali female?
Looking for girl
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
रबि लामिछानेको दाहिने हात ICE को हिरासतमा
ICE kidnapping people off the streets over op eds
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters