[Show all top banners]

Tyra
Replies to this thread:

More by Tyra
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी -३९

[Please view other pages to see the rest of the postings. Total posts: 568]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 NEXT PAGE
[VIEWED 169318 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 29 pages, View Last 20 replies.
Posted on 12-24-06 4:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते!
सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम् !!!


चौतारी भाग-३९

उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३९ औं भागमा आइपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। कुनैबेलाको नमेको चौतारो अहिले नमेको मात्रै नभई सबैको साझा चौतारी बनेको छ। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो।

हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता
--मास्टर्नी दिदी

आउनुहोस् घाम तापेर बदाम छोडाएर खाऔं, अमिलो साँधेर खाऔं, मेवा काटेर खाऔं ,रुख् मुनि बसेर पिरो चट्पटे खाँउ, तर चट्पटे को पैसा तिर्न नबिर्सौ :P ।

नियमित रुपमा आइरहने सबै महानुभावलाई आफ्नो सकृयतालाई निरन्तर दिन अनुरोध गर्दछु र हालसम्म चुपचाप रमाइलो मानी चौतारी पढिदिने साथीहरूलाई पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।

सधैं झैं यस चौतारीमा Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, सबैलाई स्वागत गर्दछौं।


अब सुन्नुहोस् चौतारी का ताजा समाचार्!!

-ठुलि नेपाल मा गुतपाक तितौरा खादै होलि, हामि चाइ यहा थुक निल्दै बस्दै :s

-पुन्टेदा को सकृयता मा हुने भनिएको कृसमस भेला क्यान्सिल् :(

-झन्डै ४ महिना भुमिगत् रहनु भएका चौतारी का बरिस्ठ सदश्य भौतेदाइ/भौतेगुरु को चौतरीमा उपस्थिति :D

-त्यसै गरि गालब् ले सुचना निकाले'छि सानोकान्छा को पनि उपस्थिति :D

-र , साझा चौतारी विकि मा ।

 
Posted on 12-25-06 10:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आइते Bro, धन्यवाद
 
Posted on 12-25-06 10:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो ! भट्टको जन्मदिनमा म छुटेछु लौ :-(
 
Posted on 12-25-06 10:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल हेरम दादाबुरो,

सप्पै फोटुमा आपै दाँत ङिच्याएर बसिएछ के। टाँस्न मिल्नी फोटु नि रैनछ :-(

यो बर्ख त जोमसोममा नि हिउँपरेको छैन के रे। झन्न चिप्लेटी खेल्नलाई चैँ के के जाति अरेर बनाएर राखेका रे'छन।

यो खेल्न जान निस्कँदै :-)

 
Posted on 12-25-06 10:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो चैँ

चिप्लेटी खेल्नी ठाम। बोबर पानी मिलार चिप्लो बनार राख्या रछन। :-)


.

 
Posted on 12-25-06 10:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यसमा चैँ भउते डाँका घिर्मुन्टिँदै माथि बाट आउँदै छ। बिचमा देखिएको कालो चिलाउनेको ठूटो जस्तो। :-)

 
Posted on 12-25-06 10:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यहाँ सम्म त थोपडा चिनिदो रहेनछ। :-)

 
Posted on 12-25-06 10:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थोपडा देखाउँदा केटीहुर पछि लाउलान भुन्नी डर भो के। :p :p :-) फेरि जुरेलीलाई धोका दिन नि नमिल्नी के रे। :p

 
Posted on 12-25-06 10:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो चैँ फर्किनी बेलामा फेरि एउफेर लि'दिन मुन लागेर।
लु म सुतेँ, ढाड कहाँ कहाँ बजारिएछ, दुखेर बस्न खप्न छैन। जुरेली ले तल तताएर यसो ढाड सेक्न आउँथी कि कुन्नी। :-)

 
Posted on 12-25-06 10:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादाबुरो धन्यवाद
Bhaute gura ka futa pani heriyo, चिप्लेटी खेल्नी ठाम
 
Posted on 12-25-06 10:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा हा हा हा हा हा! जुरेलीलाई धोका दिन नमिल्ने रे! हुनत हो, मन परेकी आईमाईलाई ताल्चा-साँचो सहितको ढोका दिनु तर धोकाचैं नदिनु।

दादाको अड्डाँ त बिदा लागिसकेन र भन्या?
 
Posted on 12-25-06 10:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो ५चौँ त रबट जस्तो देखियो।
 
Posted on 12-25-06 10:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"तेल" भनेको त "तल" भएछ। माफी पाम प्रभु। :-(

शुभरात्री !

:-)
-भउते
 
Posted on 12-25-06 10:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पर्सि दिउसो १ बजे देखुन सर-सफाइ अभियान सकेर ३ बजे देखुन बिदा लाग्छ ३ तारिक सम्मन् लाई। कता जाम् कता जाम् भैचू।
 
Posted on 12-25-06 11:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते !!
 
Posted on 12-25-06 11:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हातले मनको कुरो बुझेको हो भउते, नआत्तिम्!!
 
Posted on 12-25-06 11:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते मिस्, तारेमाम्, सञ्चै ? मिस् को दर्शन नपाएको नि धेरै भो । मो मो खान ब्यस्त हो कि ?
 
Posted on 12-25-06 11:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे:
हेऽऽऽ
के भर भो र पिरती तोड्नीको
स्याल बनेर बाघको खोल ओढ्नीको
फुल फक्रेको
फुल फक्रेको म बिग्रे नि, देख्न पाउँ मायालु तिमी सप्रेको
फुल फक्रेको म बिग्रे नि, देख्न पाउँ मायालु तिमी सप्रेको
... ...

 
Posted on 12-25-06 11:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते फर्काएँ मिस! सञ्चै हुनुहुन्छ?


यी राहू बूडाले म:म: को कुरा कति गरेका भन्या! नेपालै जानुपर्ने जस्तो भईसक्यो!
 
Posted on 12-25-06 11:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:) मलाइ त सन्चै छ
गौतमजी
बरु ह्जुर लाइ कस्तो छ?
हजूर् ठुल्दाइ म:म: त यस् पटक खाए मैले नि । अब भन्न पर्यो मैले नि म: म: खाए भनेर
 
Posted on 12-25-06 11:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अभिबादन !

नयाँ चौतारी बनाएकोमा तितौरीलाइ धेरै धेरै धन्यवाद । हुन त साउको कामबाट आजकाल फुर्सद नै छ तर पनि चौतारीमा आउन कहिले के नमिल्ने कहिले के । फेरी भोलीदेखि केही दिनको लागि बिदा मनाउन अर्को गाम जाँदैछु । हुन त मैले बूक गरेको होटेलमा ईन्टरनेटको सुबिधा छ भनेर लेखि पठा'को छ तर त्यहाँबाट चौतारीमा आउने मौका जुर्ने हो कि होइन थाहा छैन । नयाँ बर्षको शुभ-कामना टक्र्याउन चाँही जसरि पनि आउने नै छु ।

यो चौतारीको अभियनता तितौरीले माथि मलाई पनि सम्झेर एउटा कथा टाँस्नु भन्ने आग्रह गरेकी रहिछन । अब आफ्नो गाम्लेहरुले गरेको आग्रह मैले कसरी टाल्नु ? त्यही भएर एउटा जे पि टि कथा टाँस्दैछु, अझै परिमार्जित गर्न सकिन्थ्यो कि जस्तो त लाग्छ, तै पनि जे पर्ला पर्ला ..........जे जस्तो अवस्थामा छ त्यही अवस्था मैं टाँस्दे मैले त ! भुलचुक माफ पाम !!!!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS Re-registration case still pending ..
TPS for Nepal likely to extend next week
सालीको चाक
ChatSansar.com Naya Nepal Chat
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
TPS To F-1 COS
Venezuela TPS lawuit
tesla stock OMG !!
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
Need Help of IT consultancies
Nepal TPS decision
Any input on remote jobs(IT related or Sales or Marketing)?
Supreme Court allows Trump to end TPS for Venezuelans
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters