[Show all top banners]

cheli
Replies to this thread:

More by cheli
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 चौतारी ~१३१~

[Please view other pages to see the rest of the postings. Total posts: 449]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 NEXT PAGE
[VIEWED 192873 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 23 pages, View Last 20 replies.
Posted on 10-14-08 8:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

~ * चौतारी-१३१*~
आयो आयो भन्दा भन्दै गैसकेछ दशैं पनि


 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३१ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी,riya77-, shreya08, Maaili_Budhi -माइली बजै ,फुच्चे केटो , location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Running since 7 Sept 2005 in a total of 131 editions.


Last edited: 14-Oct-08 08:34 AM
Last edited: 14-Oct-08 11:44 AM

 
Posted on 10-16-08 9:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

२० बर्ष काठमाडौमै थन्किन पाईयाथ्यो र त चाबेल, मैजुबाल, शान्तीगोरेटो, चुच्चेपाटी, कुमारीगाल, जयबागेस्वरी, सिफल अनि उता माहाँकाल सम्मका तरुनीहरुले चिन्ने मौका पाए त बिस्टे प्रभो। चिनजान गहिरो भो होला नी त -- अनि बौधमा हुने चर्तिकलामा सहभागी हुँदाको कुरा चै यो साझामा नउठाम होला कसो?
 
Posted on 10-16-08 9:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ!

त्यो साबुनको बिज्ञापनमा दुहबी, बिराटनगर भन्ने गर्थ्यो र पछि दुहबी भनेपछि काट्न थालेको थियो क्यारे।

दीपले भने जस्तो धरान र बुटवल उस्तै उस्तै छन् फेदिमा, र तानसेन र भेडेटर उस्तै उक्लेर माथि जानु पर्ने। तर खै किन हो प्रकृतीले पूर्वलाई हरियो र बलियो बनाइदिएको छ। सम्म मैदान देखि अग्ला चिसा डाँडाहरु बिचको दुन प्रदेश पूर्वमा लगभग गायब जस्तै छ। बुट्वलबाट तानसेन सम्म पुग्न तथा हेटौँडा देखि पश्चिम जहिँ कहिँबाट अग्ला चिसा डाँडाहरुसम्म पुग्न कयौँ जर्जर, खन्डित पहिरो, सुख्खा डाँडाहरु र मौसमी खोलाहरु पार गरेर जानु पर्छ। यस अर्थमा पूर्व, धरान देखि भेडेटार हुँदै धनकुटा होस वा चारआली देखि फिक्कल हुँदै ईलाम होस, एकै पटक अग्ला डाँडामा पुगिन्छ।


 
सान्नानी
Posted on 10-16-08 10:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

नमस्कार चौतारी

हजुरबा र मेरो चाँही कुरो उस्तो उस्तै रैछ, हुन त पुग्न चाँही पश्चिममा नेपालगन्जबाट भारतको बहराइच सम्म अनी पूर्वमा बिराटनगर, झापा सम्मै पुगियो, अझ लिस्टै बनाउने हो भने धेरै ठाउँ गा छ  तर गएको प्राय ठाउको बारेमा खासै केइ सम्झ्या छैन लाम्खुट्टेको टोकाइ र अचकाली गर्मी बाहेक :(, कस्तो पुरै नेपाल घुम्न मन लाग्यो एक्चोटी फेरी राम्ररी, कहिले पाउने होला?


 
Posted on 10-16-08 10:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।

धरान धनकुटा
आफुलाई कता कता ?

रमाइलो संस्मरण हरुको संसकरण जस्तो छ यसपाली को तिहारे चौतारी।


 
Posted on 10-16-08 10:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिनेर मात्रा के गर्नु प्रभु भेट्घाट गर्न पाईएन, सधैं उही बांग्या ताल।

पूर्वमा बौध र दखिनमा पोल्यान्ड (बुझियो नि हैन,हाम्ले एही नाम देको थ्यो त्यो ईलाकालाई। ) त घरी,घरी गैन्थ्यो नै, पर्भो सअँ पनि जम्का भेट भा हुनु पर्छ। तर त्यो सहभागीता को कुरा चै नउठाम होला ।


 
Posted on 10-16-08 11:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hamlai ni tha chha haadigau, kalopul, raatopul, bhatkekopul, chabel, maijubahal. pashupati, guhyeswori, gaurighat, kumarigal tira ka kura!!!!

 
सान्नानी
Posted on 10-16-08 11:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चेलीलाई साथीको घर तिरको कुरा था छ कि छैन नि?
 
Posted on 10-16-08 11:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भोकले बस्न टिक्न दिएन,मासु भात बजादिये ११ऐ बजे।


झ्याल बाट बाहिर हेर्दै हरियो चिया को सुर्की मार्दै छु।


बाहिर अबिरल पानी पारी रको छ्, चिलिम ब्रेक मा जान मन छ तर छाता छैन। एक्चिन अली रहे पछी जानु पर्ला।


कम्फुटरा काम को २-३ टा झ्याल अनी बेकाम को अर्को २,३ टा झ्याल खुली राखेको छु कहिले कुन झ्याल कहिल कुन झ्याल गर्दै बसी राको छु।

हाकिम आयो भने काम को झ्याल,हैन भने अरु झ्याल बाट हेर्दाइ बसेको छु।


लौ को को के के गरी राका छम बिस्तार लाउनु पर्‍यो।


आज नि सब जान किन हरको एस्तरी,हिजो मात्रा बनाको नियम अजै तोड्न भएन।


 
Posted on 10-16-08 11:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Chha sannani didi!! sab tha chha
hahaha

 
Posted on 10-16-08 11:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

को साथी को कुरा गर्छे यो? तैले खाइस त खाजा सान्नानी,भुट्या भात र आलु तार्या  हाल्द्या थे खान्दाना,सप्पै खाइ सक है।
 
सान्नानी
Posted on 10-16-08 11:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चेलीको र मेरो कुरो नि अरुले बुझ्दैनन।

भुट्या भात र आलु तार्या त हो तर टार्या आलु जस्तो २ टुक्रो मात्र रैछ पुग्दै पुगेन, भुट्या भात चाँही धेरै भो नि भरे खैरेलाई दिन्छु घराँ
 
Posted on 10-16-08 12:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 10-16-08 12:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु लु तिमार्का कुरा तिमारु जानी राख। 

आलु आलु जती हाफ्टेम नभै कन खाइस होला अनी भात के रुचथ्यो, सप्पै सक,खैरे त गाउँ चारेर न्न भई हाल्छ नि।
अनी रातो मसी सक्यो कि के हो सान्नानी? आज अर्कै मुकुन्डो नि लार अैचस।

अनी अरु त हराए हराए हाउरा ठुल्दाइ लाई चि कि भाको हो कुन्नी,अनुहार देख्न नि गाह्रो भो

अचेल,फेरी कैले साउ का पुग्या होलान,दसैं को दक्षिना हुन्जेल के निन्द्रा लाग्थ्यो बुढा लाई।


 
Posted on 10-16-08 12:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

bhane pachhi cheli nani ni merai elaka tirako parechha
 
Posted on 10-16-08 12:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मध्यान्नको जदौ!

 

लु उसो भ' काठमान्डौ भ्याली भित्रका यि अचम्मका नाम गरेका ठाउँहरु कता कता छन्-

१) भत्केपाटी

२) सानो भर्याङ र ठूलो भर्याङ

३) जडिबुटी

४) कुसुमबियालाछी

५) मचली

६) भन्सार

७) फूलबारी

धन्यवाद्


 
Posted on 10-16-08 12:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हसुर्‍याइ को ट्याम होला। आफ्नो त ट्रक भात मज्जाले। हाफ ट्याम मा जिम्माल बा को प्रश्नको चटारो।


खै के भनुम, चौतारी पनि बिरानो लाग्न थाल्यो, शायद पुरानो मुन्छे भएर होला।


 
Posted on 10-16-08 12:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

२) सानो भर्याङ र ठूलो भर्याङ ----> Swambhoo

३) जडिबुटी --> Koteshwor ko chheu

७) फूलबारी --> Baudhha



 
Posted on 10-16-08 12:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

१) भत्केपाटी: भत्क्या पार्टी हो क्यार, खै बस चढदा खलासी ले भन्या चै याद छ्,कता पर्‍यो भनेर चै याद भएन,अली सोच्नै पर्छ।

२) सानो भर्याङ र ठूलो भर्याङ: त्यो त मेरो घरमा नि छ्।

३) जडिबुटी: कोटेश्वर बाट सानो ठिमी लाग्दा निर को ठाम,लुकन्थली अघी हो क्यार।

४) कुसुमबियालाछी: खै यो त था भएन प्युर नेवारी शब्द जस्तो छ,भक्तपुर तिरै होला कि ?

५) मचली: भन्या नि सुन्या त हो तर था भएन,पचली पारी हो कि ?

६) भन्सार: त तेही एअरपोर्ट कै भन्सार त होला नि ?

७) फूलबारी: साखु जाने बाटो निर हो क्यार हो ? यो पनि बस चढदा खलासी ले भन्या चै याद छ्,

धन्यवाद्


 
Posted on 10-16-08 12:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केहि एक्सट्रा क्रेडिट प्रश्नहरु-

निम्न बारिहरु कहाँ कहाँ पर्दछन-

१) सिरुबारी

२) उर्लाबारी

३)भन्टाबारी

४)केराबारी

५) धुलाबारी

६)चाक्सिबारी

Last edited: 16-Oct-08 12:41 PM

 
Posted on 10-16-08 12:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

१) सिरुबारी --> kathmandu mai katai ho kyare, naam chhin sunya ho

२) उर्लाबारी --> Itahari bata jhapa jaane bato ma

३)भन्टाबारी --> Koshi nadi katne bittikai aaune thau bhardaha ra laukhi ko beech ma

५) धुलाबारी --> Jhapa ma chha

Last edited: 16-Oct-08 12:49 PM

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
tesla stock OMG !!
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
TPS for Nepal likely to extend next week
Conservative discussions
सालीको चाक
TPS To F-1 COS
Embassy of Nepal might be able to help extend TPS for Nepal
I hope all the fake Nepali refugee get deported
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Toilet paper or water?
Venezuela TPS lawuit
ChatSansar.com Naya Nepal Chat
Who is hottest nepali female?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Mamta kafle bhatt is still missing
Looking for girl
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS advance parole Travel document i-131, Class of Admission ?
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters