[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी २२ ~

[Please view other pages to see the rest of the postings. Total posts: 469]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 NEXT PAGE
[VIEWED 157168 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 24 pages, View Last 20 replies.
Posted on 08-13-06 2:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी ! चौतारी !! चौतारी !!!





नमस्ते र स्वागत छ सप्पै चौतारवासीलाइ यो २२ औ चौतारीमा । अरु चौतारीहरु जस्तै २१ औ चौतारी पनि राम्ररी सकिइ २२ औ चौतारी चिन्दा सप्पैसंगै म पनि दंग भको छु, अनि यो नया चौतारीमा रमाइलो गर्न मैले पनि कम्मर कसिसकेको छु । अघिल्लो चौतारीमा एक से एक प्रस्तुती भएका थिए । कथा, कबिता र गाइजात्रे सामाग्रि, यति राम्रा भएकि हप्ता दशदिनमै ५०० हारा हारि का धागा बने । हरेक १५- १५ दिनमा चौतारी चिन्दा अलि ब्यबस्थित भएको हो कि जस्तो लाग्छ । यसमा अरुहरुको बिचार के छ कुन्नि ? यस पटक चाइ सधैको रमाइलो सितै चौतारी महोत्शवको लागी थप गफ पनि
गर्ने मेरो सल्लाह छ ।

फेरी पनि चौतारीवासी नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, काका,निरे,सन्जु, सिरे, भौते, गोतामे, मास्टर्नी नानी, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, लाउरे दाई, लुते, नटे, डल्ली, सेर्पिनि, चमेली,लन्लि,
रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, ठुल्नानि, प्रिती,हिते ,नारने, कैले,ग्वाचे, झाक्री, तिरु, चरीनङ्रगे, बब दाई, ईश्वर, सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल,फुलौरे ,कुम्ले, चित्रे, फोक्से, डि बी र मिस्टे लाइ यो नया चौतारीमा स्वागत गर्दै रमझम गर्ने वातावरण तयार पार्न चाहान्छु । माथिका नाम भन्दा बाहिरका चौतारीमा हेरेर रमाइलो गर्नेहरुलाइ पनि हउसाउदै चौतारीमा चिसो हावा खान आइराख्न चौतारीवासीको तर्फबाट अनुरोध गर्न चाहान्छु ।




आँङ्ग किन तन्काउछौ त्यसरी
अल्छी त मलाई लागेको छ यहाँ!

हाई किन गर्छौ त्यसरी
निन्द्रा त मलाई लागेको छ यहाँ!!

हरेस किन खान्छौ त्यसरी
दशा त मलाई लागेको छ यहाँ!

चरेस किन खान्छौ त्यसरी
नशा त मलाई लागेको छ यहाँ!!


 
Posted on 08-15-06 10:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:) अबि!!!! पुन्टेदा !!!
म भागे है अब चै कुट्न लाउनुहुन्छ होला फेरि :D
 
Posted on 08-15-06 11:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

..हुक्का मेरो डल्ले डल्ले नलि मेरो ठुटे
हामिसंग नजाँदामा आमा चाइँले कुटे
मै झिल्केलाई बुडो भन्ने त्यसकै आँखा फुटे
लौन हजूर के गरौँ के गरौँ
नक्कलीलाई पातलिलाई कसरी बे गरौँ...

 
Posted on 08-15-06 11:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल् बा लाइ कति आ'होला गीत् आशु गीतकार् (आशुकबि जस्तै भन्न खोज्या )हो हजुर् ? :p
 
Posted on 08-15-06 11:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भो भो! मै भागुम के रे!

मिसलाई तर्साएर भगाईदो भुनेर फेरि भाराभुरी सब मिलेर यो बुढो हड्डी भाँच्देलान्!

क्स्सेर ज्यान दरो पारेको, ठुल्बुईनी त फेरि उई चित्रेसंग मस्किन थालिछे। लु त नि अब, जवाईं नै बन्नि भए भन के रे चित्रे यो जेठानको लागि काँ को सुट हाल्दिनि हो? साईको घडी नि हाल्दिनि हो कि? साथको ट्राँसिस्टर रेडिओ नि पुरानो थोत्रो भई सकेथ्यो के रे। २-४ हाँडी रउसि त झनै बेस हुन्थ्यो। मेरी धोबिनीलाई नि एउटा नयाँ पेटिकोट। जेठीलाई बनारसि सारी। बुठेसकाल लाओ, हिँड डुल अर्न नि गारो भई रा’ बेलाँ, एउटा अरबी घोंडाको बन्दो बस्त भए त अर्कि बुईनी नि दिन्थें के रे!

यो ग्वाँचेको लेखाई चईं सारै मिठो। यल्लाई नि एउटी बुईनी भिराईदिन परो। थुप्रै छन् के रे बुईनीहुर नि! साली त भा’को एउटी भउते काजीले चेट पार्द्‌यो।

अब यो बुठेसकालाँ बन्दुक बोकेर लड्न त सकिन्न के रे। तर माउबादी पो मन पर्न थाले थालेऽऽऽऽ जस्तो भा’छ अचेल। अरु पाजीहुरको भरोसै भएन। यता गर उता गर तै नारनहिटी सिरोपर! धत्!

लाल सलाम्!
 
Posted on 08-15-06 11:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कसरी बे गरौं भुनेर गीत गा’र मत्र हुन्न के रे, जिम्माले!

फकाम्ने, फुस्ल्याम्ने, अन्खेर काँधाँ चढाई सुईंकाउने! यस्तै चाला हो भुने त मर्नि बेलाँ घाटाँ नि गीत गाम्दै मर्नु पर्ला!

गीत मत्रै गा’र जवानीमा बन्न खोजेऊ अर्काऽ पोई
मर्ने बेलाँ कठै जिम्मालेको, आखिर कोई न कोई!
 
Posted on 08-15-06 11:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे हे तितौरी यो कहाँ मैले बनाको गित हो र? यो गित नै छ क्या त्यहि गाएको मात्तै हो।
पुन्टे दाईले भनेओ अस्तो मेरो त भजन नै यहि हो :)

******
ल हेर यि पुन्टे दाई सुठ र साइको फाइप घडि लाम्न कस्सेका! ए पुन्टे बुडा बरु दाईजो दिने कुरो अर्नुस, नत्र बुइनिहरुको बिचल्ली पार्देलान आजकलका स्वाँठहरुले....
हरिशरणम्..
 
Posted on 08-15-06 11:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा पुन्टे दा , बुइनिको बिहे गर्दिन्छु रे अनि बेहुलो जस्तो आफुलाइ सुट् हाल्देउ रे लौ ,कस्को नि बिहे चै हजुर् को कि ज्वाइको :पि
अझ , अरबि घोडा दिए त आर्कि बुइनि नि थपदिने रे लौ, साग् को मुठा बेच्या जस्तो :पि
 
Posted on 08-15-06 11:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे हे....
अब " उमेर बितो बैँस त बितेन लै लै" भन्दै गा'र कुरा नमिल्ल अस्तो छ।
ठिक भन्नुभो पुन्टेदाई...अब तेइ अर्नु परो।

...हाsss...बाघ हैन झम्टिने
चितुवा हैन चिथर्ने
भालु हैन घिच्याउने
हामिले सके तरुनि
फकाउने फुल्याऊने
ए डोलिमा चढाई लैजाने..

 
Posted on 08-15-06 11:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा सागको मुठा अस्तो रे..तितौरीले हँसाइन्।
हुन पनि होला, अब चाइन्जो सागको मुठा हरियै छँदा पठाउन खोजेका होलान नत्र पँहेलो हुन्छ भनेर। उ बेलाका बुडा परे हरियैमा पठाम्छन नि के को गुन्द्रुक बन्न दिन्थे।:)
 
Posted on 08-15-06 11:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बुढोको कुरो बुढोले बुझ्छ!:D
 
Posted on 08-15-06 12:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ माइ गाड् ,
यो पून्ते दा र जिम्वल बा ले कति हसाउन सकेका होलान! मलाइ त यि दुबै मन् परे के गर्नु अफ्ना बुइनि हरु थुप्रो चन्!अल्लरे केटाहरुले जिस्कायर हैरन् भको बेलमा यि दुबै लाइ [poonte & Birkhe maila ]duiitee buhinee sumpinuparlaa maanchhe budho bhaya pani maana ta buDho chhaina ke re bhanthe dubaile
lougita pani khataraa nai gauda rachhana tai geetaa gayarai makkha parlaana ni ni meree buinee harulaaii ki kaso gamle ho?
 
Posted on 08-15-06 12:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रोमन मा पोस्ट गरेको त औरेजी मा पो पोस्ट भयछ गाठे !!
 
Posted on 08-15-06 1:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बल्ल मनओ कुरो बुज्ने मुन्छे पाइयो गाँठे!
ठिक कुरो अरेऊ फुलौरे :पि
अब बुइनिओ चिन्ता नअरे हुन्छ, गामको हुनेखाने नै हुँ । चाइन्जो चार चार वटा त दुहुनु भैँसि छ, दूध र घ्यूको छेतोखेलो। अब खेतको कुरो चाइन्जो अर्नुहुन्छ जेठान भन्देखुन दुइ बालि लाउने अकबरि खेत छ गोडा तिसेक रोपनि। अलिअलि जमिजग्गा त मदेशाँ नि जोडेओ छु। अब चाइन्जो मान्छे कै कुरो अर्नुहुन्छ भने नि, यी हातपाखुरा अझै बलिया छन्, पोहोर मात्तै तो हाम्रो गोठमा राखेओ ठुलो अग्राखको खामो येइ ज्यानले बोकेर ल्याको। चुलो चौको अर्न नि चाइन्जो तपाईँको बुइनिलाई सकस हुन्न के रे, के जाति गोउर ग्याँस भुनेर शहराटि आ'का मुन्छेले गाइ बस्तुको मल र हाम्रो मल एउडै खाल्डोमा राखेर चुलो, बत्ति सपै झिलिमिलि बनाईदेका छन्। अब पडाई लेखाई नभाको बुडो भन्नु नि पर्दैन पात्रो हेर्न आउँछ मजाले, अनि चाइन्जो तमसुक समसुक सपै खररर पड्छु। लोउगितको त कुरै नअर, चाइन्जो रोदिआँ जोर मादर घन्कार गोडा दुएक गिद गाम्नु पर्छ, गामका अल्लारे केटासँअ नारिन छाडेर सपै नखरमाउलिहेरू हेरि मै बुडोलाई हेर्दै मुसुमुसु हाँस्छन्। सुकिलो कमिज सुरुवाल ला'र हिँड्छु, गामको चाइन्जो ठालु नै हुँ।
नपत्याए पुन्टे दाईलाई सोधे हुन्छ। अब उनको त झन कुरै अर्नु परेन मेरा नि दाई परे।
लु कुरो पक्का सम्झिउँ त???

हाsss...मै बुडो नि भओ तन्नेरी..
 
Posted on 08-15-06 2:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन, ए फुलौरे! कुरोको मेलो मिला’ जस्तो लाओ।

बरु, उ उता कुना तिर गएर कुरा अरम् त! य्हाँ त बुईनीहुरले सुईंको पाए भुने उनेरुकी भाउजुलाई पोल लाम्छन् के फेरि! बिसिद्दै कुरौटे छन्, क्यार्नु?
 
Posted on 08-15-06 3:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो वीरखे माहिलो, मेरी बुहिनी तपाईंलाई नै सुम्पिने भए, चिन्ता नगर्नु, बौ मेरी बुहिनी लाई यस्तै लोउगीत हरु सुनएर राख्नु,

झम्के फुली नाकैमा बुलाकी
यस पाली त घर्बार होला कि

जिम्माल बा को गीत हो यो ......................:D
 
Posted on 08-15-06 3:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आबिsssssनि, जिम्माल् बा सप्पै कुरा गोबर् ग्यास्, घर खेत् ,कमिज् सुरुवाल् सपै सम्झिने, बेलि बिस्तार् लाउने ,अनि जिम्माल्नि आमा लाइ चै बिर्सिने लौ, अचम्म रे छ् बुढेस्काल् भएछि सबै कुरा बिर्सिने । अल्साइमर् हो कि फल्साइमर् (alzheimer's)भा जस्तो छ :p :p
 
Posted on 08-15-06 3:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्ते दा, तपाईं सँग कुरो अलिक गाह्रो परो, तपाईं लाई बुहिनी सुम्पिन चाँही, भौते ले मेरी बुहिनी लाई के के कुरा लाईच्छा कुन्नी म सँग पद्केर झन्दै मलाइ मकै भुटे झै भुटेको, फेरि जुरेलि पनि तिन्कै साथि परिछन्।

:p
 
Posted on 08-15-06 3:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थुईक्का मेरो खप्पर!

मुखैं आ’ गाँस खोसियो! यो भउतेलाई त अस्ति नै निमोठ्नु पर्ने रईच! जुरेली नि के भा’की भउतेको संगतले? मेलाँ किन्देको फरिया फिर्ता माग्न परो!

रमईलो गरि खा’को देखि सहेनन् बाऽऽऽऽऽऽऽ!

:D
 
Posted on 08-15-06 3:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो र तितौरि? ओहो झनै बित्यस् परेओ,जिम्माल बा को जिम्मालनी आमा पनि छिन् र? मलाइ त थाहा नै थियेन, तिमि ले न भनेको भये त मेरि बुहिनि ले दुख पाउने थिन् , अब जिम्मल् बा को लोउगीत मात्र सुनेर त भयेन क्यारे, म त पुन्ते दा र जिम्माल् बा बुदो भयेनि, मन त तन्नेरि होल भन्ठाने को त सारै खतरा बुढो हरु पो रछन्, घराँ हुन्दा हुन्दै अर्कि खोज्ने

x( ;)
 
Posted on 08-15-06 3:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा हा
के गर्छौ त पुन्ते दा तिम्रो कर्मै उस्तो रहेछ, खप्पर लाई के दोष दिन्छौ । बिचरा खप्पर ............... :P
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS To F-1 COS
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
ICE kidnapping people off the streets over op eds
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Supreme Court allows Trump to end TPS for Venezuelans
#MAGA#FAFO is delicious
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
What is the purpose of an F1 student visa in the U.S.?
Any input on remote jobs(IT related or Sales or Marketing)?
Nepal Likely to Get 60-Day TPS Notice
मुद्दा हाल्छन होला र ?
TPS cancel bho bhane k garne?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters