[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 * चौतारी ~ ३५ *

[Please view other pages to see the rest of the postings. Total posts: 356]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
[VIEWED 152909 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 12-02-06 2:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

* चौतारी ~ ३५ *



ल है गाम्ले हो म पुरानो मिस्त्रि नमे यस पटक चतारीको ढुंगा कुद्दै टुपुल्किएको छु। जाडोले खोल्तीमै हात छन केरे,तेइ पनि नमस्ते टक्राय नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे ,भट्टे, मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे,लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते,काने,मुखियाबा, लालुपाते, गुरासे, ईश्वर,लाउरे दाई, लुते,सुर्जे,नयाघरे,पहालवान,याङ्गे, नटे, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, इन्द्रेनी,नेप्चे,समिर, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे,राँके,रिकुटे,बिनोदे , याक्कु,मर्र्नच्याँसे,सुभे, राधा,हिते,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई,सान्कान्छा,पिरो मरिच,परबर् ,राते,जग्गे,कटरिना,रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टेलाइ ।

मान्छे जति दंग परेर हात, टाउको हल्लाउदै हिडे पनि सबैको आड मेरुदन्डमानै हुन्छ नत्र त गडेउला जस्तै भुइमा लडिबुडि खेल्दै हिड्नु पर्थ्यो । हुन त पुन्टे दाइ कैले काहि धोबिनीका तेसरीनै च्यात्तेको पटीकोटा लडिबुडि खेल्लछन,त्यो त तिनपानेले गर्दा हो । नत्र बिर्खे बुढा त लठ्ठी टेकेर भे पनि दुइ खुट्टाले हिड्छन,पुन्टे दाइ त कपाल झरे नि
तरुनै छन,किन तेसो गर्नु पर्थयो र ? साझा देशमा कति धागा आए,कति गए, साझाकै मान्छे गन्ने भने नि नेपालको जनसंख्या भन्दा वढि होला तर मेरुदण्ड भएका चाहि औलाले गने हुन्छ । अझ साझाका धागोको कुरा गर्ने हो भने त ती कति कच्चा कि,प्याटै चुडिन्छन
सानो तिनो बलले । यो चौतारी चै दिन दिनै बिलियो हुदै गयो,मैले त राम्रो संग भेउनै पाउन सकेको थिइन गाठी कुरो के भनेर मिसले भनेर पो थाहा भो
"हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता"।साझाको ३४ धागोहरुलाइ एउटै वाक्यले ब्याख्या गर्ने हो भने त्यो भन्दा अर्को उपयुक्त के हुन सक्ला ? अब त चौतारी यति बलियो भएको छ कि, बामे सर्दै, ताते ताते गर्दे , दौडने भइसक्यो । झन चाड, पर्व थपिदा
त कति रमाइलो हो कति ? यस पटक त मुकुन्डे जात्रा पनि हेर्न पाइयो क्यारे । अब चाइ के हुने हो कुन्नि? रमाइलो गर्दा कैले काही कसैलाइ चोट पुग्न गयो भने चहि
रड्डिज हुने के निस ब्रोलाइ जस्तै । अन्त मिसले क्या घुर्कि देको के ।
ल है समिधा नाच्दा यसो ख्याल गरे,यता उता लात्ति लाग्ला है । तर यसो तल माथि परे नि तेसलाइ मिलाउदै लानु पर्छ नत्र यत्रा इन्जिनियरको के काम,कसो कुम्ले काजी ?
चौतारी महोत्शब सकिए पनि चौतारी सम्मेलनको चाजो मिलाउदै हुनुहुन्छ के रे पुन्टे दाइ । म त मिले मुन्टाले टेकेर भए नि आउने सुर कसेकको हो गालबले चाही अमेरिका गाम तिर आउदा मेसो छोपेर यसो सानो तिनो फोन सम्मेलन गरिहाले । जे भए नि यो सानो फुलबारीमा मित्रता र आत्मियतालाइ माथि धकेल्दै गरम,यसलाइ आफ्ने बनाम,बिचैमा चटक्कै छोडेर हामिलाइ टुहुरो बनाउने काम चाही नगरम ।

 
Posted on 12-04-06 9:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ल अब ठीक भो, के छ त हालखबर सबैको
 
Posted on 12-04-06 9:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब चै भच ल ।
हैन त्यो भिडियो मा त छम्छम् नाच्या झै लाम्च हे गालाउ ले रख्या फोटुमा त लौन मिल्ने भे कसैले फेरि राखम् हेर्न मुन लाओ गाँठे ।

के छ गालाउ खबर्?

सबैलाइ जदौ है
 
Posted on 12-04-06 9:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो हरिले भनेओ कुरो ठिक हो । ३० चोटि उठबस् गराउन पर्छ है।

:)

नमस्ते अरे है सप्पै लै
 
Posted on 12-04-06 9:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यामे ठीकै छ। त्यो भिडियो यतातिर गएर हेर्न सकिन्छ।

https://www.youtube.com/watch?v=JLdD-EtKoFw&eurl=
 
Posted on 12-04-06 9:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल झिल्केले राखेको भिडियो यहाँ छ


 
Posted on 12-04-06 9:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गालाउ धन्यबात त्यो बिधुतिय ठेगाना को लागि

हैन त्यो नेपाली डेरेसमा नाच्ने को भन्या झै लाम्तो को हो त्यो ?
 
Posted on 12-04-06 9:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए हरि ले एतै ल्याइछन् त ?
राम्रो र च है त्यो नाचेको ता ।

कता कता हरिका ता हिउँ परेर हैरान भन्या झै लाम्तो क्यारे? कस्तो छ अहिले ?
 
Posted on 12-04-06 10:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठिकै छ यामे, हिउँको हैरान त सकिया छैन, खै क सारो हो एस्तो, अहिल्यै बिलाउला जस्तो छैन ।
 
Posted on 12-04-06 10:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार गरें है सप्पैलाइ!
 
Posted on 12-04-06 10:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!
आज अलि बिजी थिएँ. घर जाने बेला नि भयो अब त. :)

ठूली, के छ हालखबर? :)
 
Posted on 12-04-06 10:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे ठिकै छु । तिमी नि । चौतारी नि सोझो भएछ । राम्रो लाग्यो ।
 
Posted on 12-04-06 12:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्यार्दै चन् केटकेटीहुर?

ठुल्बुईनीको त जानी बेला भो के रे, घराँ पैसो पठाउनु पर्नि, लैदिनि हो? :D

निसे त मास्टर्नी नानीको अकाउन्ट ह्याक गरेसि टाऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽप दियो जस्तो छ चौतारीआट। :p
 
Posted on 12-04-06 12:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

punte dai jadau,
Gaamle haru jadau,
sanchai hoisinchha poonte dai? ani punteni bhauju lai kasto chha?
Dhobini bhauju pani sanchai hoisinchha hola? ;)
 
Posted on 12-04-06 12:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैको गाथाँ आरामै देख्छु के रे, मिस्टे! चिसोले कठ्याङ्ग्रिया छम् हिजो देखुन्। यस्तो जाडाँ, धोबिनीलाई पुनि भोटे ऊलको पेटिकोट सि'दिन पर्नि हो के रे! :D
 
Posted on 12-04-06 12:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूल्नानी, मलाइ पनि सन्चै छ। पानी परिरा'छ बाहिर, जाडो पनि छ।मेरो पनि घरमा केही सामान र पैसो पठाउनु पर्ने थियो। ठूली तिमी नेपाल जाँदा इउरोपको एयरपोर्टमा रोकेर मलाई भेटेर जाउ है।;)

पून्टेदाई, तपाईसँग चेस त खेल्ने मन थियो, तर यो किसमसमा त नभ्याइने भो। फेरी ठूली नि हुन्नन्, के आइ भो र? ;) नभए अन्लाईन भए नि खेलम्ला नि कुनै दिन।:)

सबै गाम्लेलाइ मेरो नमस्ते!!!
 
Posted on 12-04-06 12:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए! चित्रे, ल अनलाईन खेलम्! बरु, काँऽट, क्यारी खेल्नि हो मुलाई नि भन्देऊ, म टुप्लुक्क देखा पर्छु तेईं!

अर्को दुई घण्टा जस्तो फुर्सदै छ मलाई त आज!
 
Posted on 12-04-06 12:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पून्ते दाई म यो फ्राइडे बिहान जाने । हुन्छ म लागिदिउला तपाएको पैसा । ल पथाएदिनुस्।

चित्रे हुन्च म न आउन्जे तिमि चेस् खल्दै बस्नुस् पून्ते दै सङ। अनि हाम्रो पून्ते दाइकि अलो रेक्देख् नि गर्नुस् है।
 
Posted on 12-04-06 12:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dam I will Miss chautari & you guys. :(
 
Posted on 12-04-06 12:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए, ठुल्बुईनि! नेपालाँ नि छ रे अचेल ईन्टर्नेट! कस्सम्! नपत्याए तिमी त्याँ पुगेसि देख्छौ के! :p

अब, ट्याम नै पाईएन भने चईं, we'll miss you too! :D

तर, २-३ हप्ता सम्म ईमेल नि हेर्न नपाउनि गरि बिजि भएर तिमी बाँच्न सक्छौ भन्ने चईं मलाई लाग्दैन के! कठै! चित्रे पो भुतुक्कै होला!
 
Posted on 12-04-06 12:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पून्टेदाई, आज चैं अलि नभ्याउने भो मेरो, पढाइको चेस खेल्न जानुपर्ने भयो।बरू तपाई प्राक्टिस् गर्दै गर्नुस् आज, म फुर्सदको दिन तपाईको ठेगाना पत्ता लगाएर तपाईको ढोका ढक्ढकाउँछु, अनि खेलम्ला है! :)

ठूली, वी विल मिस् यू टू। :(
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS to F1 Status.
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Need Help of IT consultancies
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal Likely to Get 60-Day TPS Notice
NEPAL TPS IS GONE
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
The New Color of Her Flag
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
TPS cancel bho bhane k garne?
मुद्दा हाल्छन होला र ?
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue
Bill to Protect TPS and DED Recipients
कोर्टमा जाँदा आइसले समात्ला भन्ने डर छ भने यस्तो गर्नुहोला
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters