[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 --- चौतारी - ९० ---

[Please view other pages to see the rest of the postings. Total posts: 608]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 260349 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 12-11-07 9:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--चौतारी - ९० --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९० औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************



लौ बसुम यही चौतारीमा

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 90 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



जन्मदिनको हार्दिक शुभकामना!
 

जन्मदिनको संगीत


डिसेम्बर १२: श्री अन्तरे प्रसाद अधिकारी
(पल्लाघरे अन्तरे, अन्तू)
 
डिसेम्बर १४: श्री बिर्ख बहादुर बोगटी
(जिम्माल बा, बिर्खे माइला, जिम्मी बुडा)

डिसेम्बर १८: श्री हरि हर हाडा
(हरितालिके, ह्यारी पोट्टर )

डिसेम्बर २१: श्री भउत भाइ भण्डारी
(भौतेकाजी, भ्यागुते महाराज )
 
डिसेम्बर २१: सुश्री चरिनङ्ग्रे चुईचुई
(नेल्लू)
 
डिसेम्बर ३१श्री दान बहादुर दवाडी
(दाने, दानव, डाउनटाउन गाइ)
 

सूचना!


चौतारी सम्मेलनको लागि आयोजकको घरमा बस्नको लागि सिट पूरा भैसकेको हुनाले अन्य महानुभावहरूले आफैले
बासस्थानको बन्दोबस्त गर्नुहुन बिनम्र अनुरोध गरिन्छ. अन्तिम समयमा बासस्थान मिलाउन गाह्रो हुने र आयोजक
स्वयं पनि मिलाइदिन असमर्थ हुनसक्ने कुरा उल्लेख गर्न चाहन्छौं. कसैलाइ असुबिधा पर्न गएमा क्षमा प्रार्थी छौं.


-- चौतारी सम्मेलन आयोजक समिती

 
Last edited: 11-Dec-07 03:22 PM

 
Posted on 12-11-07 3:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यसोभए चित्रेलाई भन्दिन्छु!

 

खै पर्वते तो रुघा ठिक हुने झोल त केइ नि हुँदैन आफ्नो टेममा आफैँ जान्छ। तर तो नाक बगिरओ भन्देखुन चाइँ नाक बग्न रोकिने ओखति पाइँन्छ फार्मेसीमा खोज न। तर झोल त खानु पर्छ धेरै नै। जेजे को तातो झोल खाए नि हुन्छ तर एउटा ओखती छ गजप को। 'बेकार - डि' भन्ने जिनिसमा कडा कफि मिसाउने र घुटुक्क पारेर सुटुक्क सुत्ने भोलि ब्यान हुँदा ठिक हुन्छ नाक बगेको!


 
Posted on 12-11-07 3:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउटो मिटिङ् थ्यो, २-४ मिनेट होला भन्थानेको बज्याले डेढ घण्टा चौतारीको अमुल्य समय खाइ दियो।

 
Posted on 12-11-07 3:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे बा, माछाको कुरा गर्नु हुन्छ, म त माछा देखि दश हात पर बस्नेम परें।
कुरो १-२ किलास पढ्दाको हो। दशैंको भोज, मोज छ भन्दै माछा खाएको काँडा घाँटीमा अड्क्यो।
एक् से एक्  भलादमीहरुले घाँटीको काँडा निकाल्ने युक्ती, जुक्ती निकाले र पनि त्यो टुक्रो निस्कन मानेन, संबिधान सभा जस्तो।
पिठ्यूँमा बेसमारी हिर्काए। काँडाको साटो रगत निस्कन थाले सि भएन बा भनेर बीर अस्पताल लगे। बज्या डाक्टर हो कि मदनवा मार्का कम्पाउण्डरले घाँटी भित्र सम्म अजिबको औजार प्रबेश गराई त्यो संबिधान सभा रुपी काँडालाई डाँडा कटाए। त्यो दिन देखि माछा भन्नु भनेको काँडा भन्नु सरह भयो।
त्यसैले कालिमाटीको माछा, भेडा सिङको अस्ला, कालधाराको रहु, भिमसेनस्थान्को झिङे माछा त के अक्वारियम भित्र को गोल्डफिस देखि पनि डराउन थालेको छु। ((((((((((बचाउ)))))))))))) {{{{{{{{{बचाउ}}}}}}}}} [[[[[[[[बचाउ]]]]]]]]]]]]]]]।

 
Posted on 12-11-07 4:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हाहा ठुल्दाइ, अगुल्टो देखी तर्सिएको कुकुर बिजुली चम्कदा पनि तर्सिन्छ भन्या जस्तै भएछ


 
Posted on 12-11-07 4:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"काँडाले घोच्या मान्छे, माछो देखि थर्थराउछ" उखान बनाए भएन र रिट्ठे?

 
Posted on 12-11-07 4:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


त्यही त ठुल्दाइ "काँडाले घोच्या ठुल्दाइ अक्वारिम्को माछा देखी पनि तर्सन्छ"


 
Posted on 12-11-07 4:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-11-07 4:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जम्मै गाम्लेहरु लाइ सन्द्याकालिन जदौ।

"काँडाले घोच्या ठुल्दाइ अक्वारिम्को माछा देखी पनि तर्सन्छ"


 
Posted on 12-11-07 4:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्या हो नेप्चे, बेस्सरी हाँसि दिने। आफुलाई भने अझै त्यो काँडा अड्केको जस्तो भैराख्या बेला।

 
Posted on 12-11-07 4:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन ठुल्दाइ अब त्यो सानो हुदा को कुरा सम्झेर अझै एक्वारियम को माछो देखेर तर्सिनु त भएन नि त। 
 
Posted on 12-11-07 4:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यसो त अक्वारियमको माछो देखेर को तर्सिन्छ छ र? रिट्ठेले बुट्टा भरेको मात्र हो नि। माछो खान पो डराएको, माछा देखि होइन नि।

 
Posted on 12-11-07 5:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

  "रिट्ठेले बुट्टा भरेको मात्र हो नि" ... रिट्ठे लाइ बुट्टा भर्न आउछ? 

ए रिट्ठे, मेरो झ्याल को पर्दा मा पनि एउटा राम्रो फूल को बुट्टा भर्देउ त, झ्याल रङ्गी चङ्गी पार्नु परो।।


 
Posted on 12-11-07 5:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल!

ऐया, बाबै! बेफुर्सदीमा नि एउफेर नहाँसि भएन चौतारीआँ! बिर्खे सुकुलगुण्डाको चौतारी हटलाईनको मेसेजहरु पढेर यो बडि बिल्डरको झण्डै पेटै फुटेन त नि!

अन्खेरुन, काँ'र पाप सोंचेका हुन् यि जिम्माले ले? हामी काँ'र हराउनु? सोंच्दैछम्, सल्लाह गर्दैछम्, पिलान् बनाम्दै छम् के रे नि! यता घुसन मत्र नभ्या'र पो!

झमघटाँ सामेल हुन ईच्छा ब्यक्त अर्निहुरलाई पालै पालो फुन हान्दे छम् के रे, फुन नपा'का हुरलाई नि फुन आम्ने नै छ। सुत्नि ठाम्को बन्दोबस्तले चैं टाउको खाला जस्तो छ। यता नयाँ खर्काँ कसैको नि अरु कोई चिनजान वाला नहोलान् भनेर के था'? जे होस्, सर सल्लाह चल्दै छ के रे।

मेरोआँ चईं टाढाबाट कष्ट गरि आई पुग्नेलाई प्राथमिकता दिम् भुनेर मत्र हो। खप्टिएरै सुत्नि हो भने त दर्जनौं हुल्थेम् यतै।

ठुल्बुईनीलाई मेरो बेफुर्सदाँ ईन्चार्ज बनाए नि ऊनी र ऊनका पोईलाई मेरोआँ ठाम् मरु!


 
Posted on 12-11-07 10:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-11-07 11:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-11-07 11:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-11-07 11:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-11-07 11:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ritthe, na sutera ke geet sunera basi rako madhya raat ma? nindra lagena?


 
Posted on 12-12-07 7:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


गाम्ले साथीहरु सबैलाई दर्शन गरे है ताअाअाअाअाअाअाअाअाअाअ'


 
Posted on 12-12-07 7:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


पून्ते बुढा किन आहिलेनै ज्वाँई सँग निस्केर जाउ भन्चै। १-२ बर्ष पर्ख दाई भन्दा नि अहिले नै जाउ पो भन्छ। मलाई दाईजो दिनु पार्ला भनेर म त दाईजो नली मरेनी जान्न लु जा म त तपाईंकै बुइनिन परेअब. १-२ बर्ष पछी तपाईंले नजाउ बुइनी तिम्लाई हिराको हार किन्दिम्ला भनेनी बस्दिन बुझेउ

Last edited: 12-Dec-07 07:29 AM

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS To F-1 COS
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Nepal TPS has been Extended !!!
Nepal TPS decision
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
ICE kidnapping people off the streets over op eds
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS to F1 Status.
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
What is the purpose of an F1 student visa in the U.S.?
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
#MAGA#FAFO is delicious
Any input on remote jobs(IT related or Sales or Marketing)?
Don’t Just Read—Join the Conversation
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters