[Show all top banners]

miss_ me
Replies to this thread:

More by miss_ me
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 CHAUTARI XI

[Please view other pages to see the rest of the postings. Total posts: 300]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
[VIEWED 105082 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, View Last 20 replies.
Posted on 03-10-06 1:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी! चौतारी!

चिनजान हाम्रो भा छैन
घर काँ हो केही था छैन
नमानि भन्देऊ केइ झर्को
काँ बस्ने तिमी के थरको
आऊ है माया बस

सुरिलो रूख सल्लै हो
खोजेको तिमीले कल्लाई हो
सुसेलि हाल्दै डाकेर
बोलाको तिमीले कल्लाई हो
आऊ है माया बस !
... ... ...

नमस्कार! फेरी पनि स्वागत तथा अभिवावदन छ यो साझाको चौपारीमा। दौँतरीहरु रमाइलोलाइ लम्वाउदै अरम यो नया चौतारीमा।

सुर्खेत बुलबुल ताल
माया मै सानो हुनाले छुट्यो माया जाल

पहाडको तिते फापर मधेसको तोरी छिर्लिगं छ्याईँ
धनी बाउको छोरीसित के को माया लाउनु छिर्लिगं छ्याईँ

सुर्खेत बुलबुल ताल
माया मै सानो हुनाले छुट्यो माया जाल
... ...

सधै झै रमाइलो अर्न बिर्खे माइला र चित्रे ठिक्क परिसक्नु भको छ भने, कुराको जालो बुन्न दादा र पुन्टे तयार हुनु भको छ, अनि कुरा कानि ट्याक्क पार्न काका बुडा रेडि हुनु भको छ । यस पटक चाइ अर्कै तरिकाले बस्ने भनेर कस्सिनुभाको छ उही भउते र सिरे २, ४ दिन गाम तिर लाग्न भको छ भने गोतामे उहि गन गन अर्दै हुनुहुन्छ। मुन्द्रेको त के कुरा, उ त जता पनि पुगिहाल्ने, कुरो मिलाइहाल्ने, अब के गर्ने बिचार छ कुन्नि ?। रमाइलो थप्न तम्सिनुभा छ लाले, गलब, पिकरेली, कलंकि,साँहिला, आइते मुखिया, लालुपाते, गुरासे, लाउरे,लुते,नटे। यता डल्ली, सेर्पिनि,लन्लि,रामकिस्ने,रुइना,आशे,चिप्ले,परदेशी पानपाते र हर्के पनि गफ अर्न कस्सिएका छन । टन्नै साथिहरु हुनुहुदो रइच यसपालि हासो ठट्टा गर्न ।

पानी खानी कल कले धारो,
माया लाउनी फेदीको चौतारो,
समय छोटो छ
हजुरले दिएको
यौटा फोटो छ


यता खास्टो समाल्दै प्रितीले कविता पस्किँदै हुनुन्छ.--


यो माटोलाई यो धर्तिलाई छोरीको खाँचो छ
नडराई बढाऊ साहसी पाइला हिमाल साक्षीछ

 
Posted on 03-15-06 4:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपे दाजी,
पर्या छैन पुस्तक हात अहिलेसम्म त, पिलेनमा उडिरा' हो कि, रेलमा गुडिरा' हो खै। त्यो ठूलो टापूमा त अस्तिमात्र पुगेजस्तो लाग्यो, यो सानो टापूमा भोलि या पर्सिसम्म त आइपुगिहाल्ला कि! फेरी शुक्रवार त याँ बिदै छ, सेन्ट प्याट्रिक डे को। सोमवारसम्म नि नआइपुगे भन्म्ला नि, अनि पठाइदिनुहोला दौडाहामा। धन्यवाद है नेपे दाजी, केयरको लागि।

डल्ली फुपू,
हिन्ट दिनुस् न अनि गेस गरम्ला तपाइको नाम नि!
 
Posted on 03-15-06 4:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादाको नाम आशिस पौडेल परो कि कसो?

चित्रेजीको पनि नामको hint पाम न त।

डल्लीजीको बसाई सराइ कहिले नि? लौ एसो hint पाए नाम गेस गर्न हुन्थ्यो।
 
Posted on 03-15-06 5:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

world _map को नाम गेस गरुम न त अब

AEHNTRSU

दादाको नाम अशिस हो ?!!!! मैले पहिले भनेकिथिए है यो नाम त:)
पुरुस्कार त मैले नै पाउनु पर्छ।
डल्ली हिन्ट दिनु प-योनि त अनि अन्दाज गर्नसजिलो होला :D
 
Posted on 03-15-06 5:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रेको नाम त सुरेश श्रेष्ठ हो कि क्या हो?
गेश गर्या :P

चिप्ले ब्रो तिम्रो नाम के रे? :P
 
Posted on 03-15-06 5:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के भन्या मास्टरनी नानी तेस्तो? चित्रेजीले हिन्ट दिएपछि सबैभन्दा पहिले गेस गरेको मैले हो, तेसैले गेस मिलेको खण्डमा पुरस्कारको भागीदर मै हुनुपर्छ।

कलंकी ब्रो, मेरो पनि नाम गेस गर न सोध्नुको सट्टा :)
 
Posted on 03-15-06 6:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

chipledhunga ji अब कस्लाई साँची राख्नु ? भन्न चाही एक पटक मेरो नामको कुरा चल्दा दादा कै नाम भन्या रहिछु के मैले । अनि त मैले पुरुस्कार दाबी गरेकी:D

okay कस्ले कस्को हिन्टस् दिने , बरु फटाफट आ-आफ्ना नाम भनिदिऊ इमान्दारीका साथ सबै चौतारी सदस्यहरुले हुदैन??
 
Posted on 03-15-06 6:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फटाफट नाम भन्न थल्यो भने त मजै भएन नि। अनि त्यो पुरस्कारको कुराँ चाँही उहिलेको कुरा खुइले क्या। अहिलेको हिसाबले हकदार त मै हुँ नि :)
 
Posted on 03-15-06 10:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्लेजी, म यो महिनाको अन्तिममा घर सर्दैछु, घर चाहि मेरो टेक्सास मा छ।

कहा हिन्ट्स दिनु नि, त्यसो भए त मेरो नाम् सबैले जानि हाल्छन् नि। ल यति चहि हो कि म सबैको हृदयमा बिध्यमान् छु, यह सम्म कि पमेश्वरको पनि। मेरो नाम् प्रचिनकलिन भाषामा छ। लौ भनम् त मेरो नाम के हो??
 
Posted on 03-15-06 10:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

डल्लि दिदी दि सि एरियम हो कि ?
 
Posted on 03-15-06 10:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hoina ma ta dahkchhin -pachim ma nai chhu.
 
Posted on 03-15-06 10:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माष्टर्नी नानीको नाम पत्तो लाउन ला' त, तिन चार जना मेरा छिमेकी मध्यको एकमा पर्न भे' छ। मेरो अलि अलि भाको दिमागपनि गज्याङगुजुङ पो भो। ठुलै पुरस्कार नराखी नाम पत्तो लाउनी हो भने, त्यो मेरो कोशिशको महत्व त्यति नहुनी हुनाले, अहिलेलै चैं मैले आत्मसमर्पण गरीं।

यो प्रचिनकलिन भाषा भन्याँ के फुपू? सँस्कृत हो?
अनि फुपू फुपू भन्दा भन्दा मलै त आफ्नै फुपू पो याद आयो। फुपूको घर जाँदा, अनि फुपूहरु घराँ आउँदा मलै त रमैलो धेरै लागेर भोकै लाग्थेन, ममले कुचोले झटारो हाने' छि मात्र बल्ल भात खान जान्थिं म त।

तपैंको नाम चैनी जे भे नी, 'मायाँ' शब्दकै कुनै चेन फेन गर्या रुप हुन पर्छ तेस्भे।
 
Posted on 03-15-06 11:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

o ho kaha hunchha testo chiple ji! ? pahile kura kati taja ra ramailo hunchha vanne tapailai tha chhaina . navaye hami katha upanyas (chyathna nasakeko chithi ma ahile padhirachhu k :D) kahani haru manlayera padhtheu ta??



dalli ji tapaiko nam Bhabana. Shanti .yi dui madhye kunai yek ho ta??

saila ji aba ta jhan dhau hune vo ni ta . huda huda ta maile nai birsana thale ma 'masterni nani ' or - - - - - - G- - - - - vanera. hos aba mai vani diula kunai din dhukha nagarnus :)
 
Posted on 03-16-06 12:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माकुरे शभा
एक रात मेरो सपनमा मैले देखे माकुरे सभा
त्यहाँ सभापति थियो, स्रोता थिए तमाम
वक्ता माकुरा बोल्दै थियो,
अब हामिले हाम्रो जालमा किरा फट्याङ्रा मात्र हैन
गाई भैसि अनि मान्छे हुँ भन्नेलाइ बल्झाउनु छ---------


यो कबिता सबै आउने सथिहरु कोहि हुनुहुन्छ भने बाचन् गरिपाउँ
म बच्चै छदा कुनै शाहित्तिक पतरिकामा पढेको बडो रमाइलो थियो।
 
Posted on 03-16-06 4:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो नाम त मिलाएछन् चित्रे र मिसले। अलिकति भन्नी हो भने POUDEL है। तर त्यत्तिकोलाई मान्दिम् - प्रश्नमै उसो थियो त।
चित्रेको नाम बनाम्दा "सुरेन श्रेस्ठ" पनि बन्छ नि त।

चिप्ले ब्रो हिन्ट्स् दिम न। त्यसै अध्यारोमा तारो हान्न लगाऽर।

चित्रे:

"ए घन्काइदेऊ मादलू
खरि झरे झरला
खेलौँ न जुहारी
दुई दिने जिन्दगी... ... ..."

 
Posted on 03-16-06 4:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Should be: मेरो नाम त मिलाएछन् चिप्ले र मिसले।
 
Posted on 03-16-06 6:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो नाम चैं लंके (कलंकी) र दादाले टराई मार्नु भए पनि गलत भएको छ।

अब कलंकी र चिप्लेको नामको हिन्ट पाउँ न, हाम्लाइ नि चानस दिनु पर्यो टराई गर्ने।

अनि माईल्दाईले चैं केही बोल्नुभएन, मेरो गेस मिल्यो कि मिलेन?
 
Posted on 03-16-06 7:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Puraskaar ko kuro nagarau saathiharu ... maile ta nam milaer pani kehi paaina ahile samma. :(

Chitre ko nam ta garo bho ho guess garna? AEHNTRSU --> Suren Shrestha nai thyakkai milya jasto chha ta..

miss_me ko nam - - - - - -(Sarita?) Gautam ho?

miss le nai english ma lekhe pachhi lau ja ta maile ni lekhidie. alchhi laagyo ....
 
Posted on 03-16-06 7:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

AEHNTRSU >
NETRA SHAUT नेत्र साउत
SUSHAN SHRESTHA सुशन श्रेस्ठ
 
Posted on 03-16-06 7:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

AEHNTRSU >
NETRA SHAUT नेत्र साउत
SUSHAN SHRESTHA सुशन श्रेस्ठ
 
Posted on 03-16-06 7:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS to F1 Status.
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Need Help of IT consultancies
Nepal TPS decision
Any input on remote jobs(IT related or Sales or Marketing)?
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
NEPAL TPS IS GONE
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
The New Color of Her Flag
Don’t Just Read—Join the Conversation
Travelling to Nepal with expiration less than 6 months
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
EAD HELP NEEDED URGENTLY!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters