[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 (ॐ)चौतारी ६९(ॐ)

[Please view other pages to see the rest of the postings. Total posts: 603]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 200749 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 08-13-07 12:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ६९

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

-चौतारी - भाग ६९ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६९ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************


लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 68 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.

*गोताएँदाइकोब्लग

चौतारी कार्यालय
समय-- बिहान ८ देखि ५ (आ-आफ्नो स्थानीय समय)
ओभर ट्यामको नि व्यवस्था छ


अफिस चीफ ---- श्री बिर्कै जिम्माल
असिस्टेन्ट अफिस चीफ --- श्री राहुलदाइ
सिनियर अकाउन्टेन्ट ----- सुश्री ठूली देवी
ट्रान्सपोर्टेसन अफिसर ----- श्री पून्टेदाइ
ईन्टर्टेनमेन्ट अफिसर ---- श्री कुमलवा बिरादर
गजल अफिसर ---- श्री भौतेकाजी
कविता अफिसर ----- श्री दीप ज्यो, श्रीमती मास्टर्नी नानी
जासूसी अफिसर ----- श्री चित्र बादुर
आर्ट अफिसर ----- सुश्री तिरा कुमारी
बेबी सिटिङ अफिसर --- श्रीमती सान्नानी
चौतारी बनाउने अफिसर(इलिन्जियर) ----- श्री ह्यारी
फोटूगार्फर ------ श्री चिप्ले
किचन अफिसर ----- श्रीमती दुर्गेश्र्वरी
स्पोर्टस् अफिसर ----- श्री ग्वाँचूराम
कथा(स्वस्थानी)अफिसर ---- श्री गालब कुमार
बल्खु अफिसर ----- श्री गोतामे ज्यू
भेडियो अफिसर ---- श्री सानुकान्चो
हेल्थ एवं नेपा-हिन्दी कविता अफिसर --------- श्री म्याड्डू भैया
आलु चना अफिसर ‍‍‍‍‍‍------ श्री चनादाइ
ग्याङ फाइट अफिसर ------- श्री निसान्त
नेपाल जाने अफिसर -------- श्री नेउचे बाँदर







Last edited: 13-Aug-07 01:44 PM

 
Posted on 08-14-07 1:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ ठुलदाइ कथा चै सुनाम्नुस् तर पुरा!
अस्तिको जस्तो कास्टिङ्ग मात्र राख्न पाइदैन।
किचकन्नेको कथा लेख्नु होला रा पढुम्ला भनेर कुर्दा कुर्दा कुर्दा कुर्दा कुर्दा कुर्दा कुरेको कुरै भइयो
 
Posted on 08-14-07 1:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेल्लो हाई सप्पैलाई। नेपालीमा लेखिँ भन्या त अउँरेजीमा पो परेछ लौ मार्यो।
 
Posted on 08-14-07 1:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केन डाँडा मै हो जिम्माल बा। भरमन हैन साँचिक्कै जोत्न पठाका हुन के। ह्याँ साहु बुढाले गर्नु गर्या छन नि मलाई। यो चौतारीआँ आउन नि साइत जुराउन पर्छ के अचेल्।
 
Posted on 08-14-07 1:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिन्दगीको मेसो पाईन मैले,
जाने कुन बाटो ठम्याईँन मैले,
हिँडिरहें यसै विना गन्तव्य,
कहाँ पुगुँला एक पल सोचिंन मैले।

सधै यस्तै हो यसैगरि बित्छ,
पर्वाहा थिएन उमेर छँदा केहि,
उन्मादमा कुल्चिएँ होला कत्ति मुटु,
कसैको ख्याल गरिँन मैले।

ढल्किँदो उमेर अनि खोक्रिंदो शरीर,
हताश मन सिवाए छैन अब केहि,
हात समाउने भेटिएन कोहि अब त,
भर पर्न आफ्नै पनि छोडिदिएँ मैले।


मास्टर्नी दिदी, हउरको उत्तर अहिलेलाई थाँती। यो अर्कै तर्कना आयो मनमा र कोरिहालेँ।
 
Posted on 08-14-07 1:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हत्तेरी राहुलदा माहेदेव नि कही भुतेश्वर हुन्छ र भन्छु? लु सुनुम न त कथा

हो नि दुर्गी सिस म नि भुत्को कथा निकै मन पर्छ के तर राती डर लाग्छ:)
अन्तरेजी, खइ त हउरको कविता आउँला र पढुम्ला भनेर कुर्दा कुर्दा कुर्दा अब त आँखा चस्मा ले पनि काम गर्न नसक्ने भाईसक्यो :(
त्यो के लेखेओ हउर माथि बुट्टा सुट्ट बना'र । होस् बेल्का सानो आती आओ भने उसै सअ सोध्न पर्ला
 
Posted on 08-14-07 1:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कसैले भन्न सकेन? भूतेश्वर महादेब कहाँ पर्छ? चौतारिका दौतरिहरुको जनरल नलेजमा सामन्यज्ञान मनग्य छ भनी मानेको मैले? खै खाँ गयो, जनरल नलेज र सामन्यज्ञान?
 
Posted on 08-14-07 1:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुलदाइ, भुतेश्वर महादेव चौतारी गाममा पर्छ!
 
Posted on 08-14-07 1:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे दा उफ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ् थाकियो। काम गर्दा गर्दा। खै तिरु, सानानि, भौते दा, हरि, राहुल दा, कता तिरा लागेचन्। सबै जना झत्तै चौतारिमा हाजिर हुनु पर्यो।
चित्रे काम साम गर्नु पर्दैन तलब चाहियो रे। पा पाइभो तिम्ले तलब।
 
Posted on 08-14-07 1:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भूतेश्वर महादेब
****************

मल्लकालमा उपत्यकाका तिनै शहरको बैभव र उन्नति इतिहास पढेकै हुनु पर्छ।
कान्तिपुरका राजा प्रताप मल्ल र पाटनका राजा शिद्धि नरसिंह मल्ल बीचमा आपसी दुश्मनी त छंदै थियो त्यो भन्दा बढि प्रतिस्पर्धाको भूत सवार थियो। एक ले नयाँ कुनै काम् गर्यो कि वा नयाँ सिर्जना गर्यो कि अर्को ले त्यो भन्द चर्को अर्को बनाउनु नै पर्ने। हुन त त्यतिबेला को नेपाल् बैभवशाली थियो नै। कला, संस्क्रिति को स्वर्णयुग मानिन्थ्यो।
शिधि नरसिंहले वास्तुकलाको अनुपम नमूना पाटनको क्रिष्ण मन्दिर बनाए। महाभारतका सम्पूर्ण इपिसोड शीलाका कुंदिएको त्यो सुन्दर मन्दिरको बारेमा यता तान्त्रिक एवं कबि प्रताप मल्ललाई जानकारी थियो नै।

मूर्ति प्रतिस्थापन गरी त्यो भब्य मन्दिरको अति भब्य उदघाटन समारोह गर्ने तिथिको साइत जुर्‍यो। देश देशाबरका गण्यमान्यलाई राजकीय निम्ता पठाए। तर प्रताप मल्ललाई त्यो खुशी प्राप्त भएन। पाए पनि के गर्नु, शत्रु देशमा पाइला न टेक्ने कसम् खाएका, फेरि कसम नै तोडुं भने शत्रुबत ब्यबहार गरेर दन्डित हुनु पर्ने हो कि भनेर चिन्तित थिए।
क्रिष्णजन्माष्टमीको पबित्र दिनमा मन्दिर प्रतिस्थापनको समारोह अश्वामेघ यज्ञ सहित सुरु भयो।
यता प्रताप मल्लको छाति पोल्न थाल्यो। प्रताप मल्ल, कबि र तान्त्रिक मात्र थिएनन्, कलाका पारखी पनि त्यतिकै भएका ले, अति बर्णित त्यो मन्दिर जसरी भए नि हेर्ने भनेर निर्णयमा पुगे। बिना निम्तो शत्रु देशमा त्यसै जाने कुरा भएन, सुरक्षाको कुरो पर्‍यो। भारदारहरु सङ छलफल भयो भने हुदैन भन्ने निर्णय हुने। त्यसैले उनले कसैलाई न भनीकन क्रिष्ण मन्दिरको त्यो अलौकिक द्रिश्य हेर्न गए।
क्रमश:
 
Posted on 08-14-07 1:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भुतेश्वर महादेव !!!

हलेसी महादेव त खोटाङ मi पर्छ। भुतेश्वोर महादेव !!!! अली गारै पर्‍यो भन्न लाई
पास
 
Posted on 08-14-07 1:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बा लाइ पनि
लु जा त।

अरु जम्मै गाम्ले (मिस दिदी, दुर्गी दिदी, चित्रे, ठुल्दाइ, थुली, अन्तरे) लाइ मेरो नमस्ते।

 
Posted on 08-14-07 1:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरानो चौतारिहरु पडिरा थेँ!
हन हाउँरि तितौरीले चौतारिओ सपैको इस्टाइल लेखेकि रैछिन उहिले नै, कसरि म बुडोको आँखो परेनछ नारन्। अहिले भेटेर फेरि यहाँ टाँस्नु मन लाओ। मजाको रेछ! :)

*********************

युनिक चौतारीबासिहरु :

जिम्माल्बा: को को छौ? कहि कोहि देख्दिन बुढो एकलै आयो फत्फतायो गयो हरिशरणम्!बुढो भएछि सप्पै ले हेप्ने किन हेप्छौ हो पछि तिमिहरु नि म अस्तै होलाउ असत्ति हरु !

राहुल्दाइ: कबिता सबिता कता हरायो चिलिम् मात्र हात् मा आयो ,दुइ घन्टा मा २ हा पोस्ट् चौतारी मशान् घाट्!

भौते दाइ: ओ पुन्टे दाइ जुरेलि लाइ बाख्रा को खोर् मा थुनेर नराख त कत्ति भए नि नपुग्ने उनैलाइ !

पुन्टेदा: आउन भौते आउ बिहे नभएकि सालि भए तिमिनै लिएर जाउ ,धोबिनि कै खै के जाति को कस्सम्!

नेपेदा: यो चौतारि फलोस् फुलोस् सधै मेरो कामना ! म पनि आउदै गर्नेछु !

गोताएदाइ: गाम्ले पातकि हरु , जिम्दै छौ होला क्यारे!

दादा: " झरे ओरालि म त पात् बजाउदै " भन्ने मानिचु!

नमे: आओ बस गाम्ले हो यो ढुङाको छपनि हाले को चौतारी हाम्रै हो रमाइलो गरम्!

झिल्के: लाउ माया गाम्घर् को नलाम् टाढा को खै रौसि कता छ हँ?

निशान्त: आँच् आन्द्रै देखि नमस्ते ठोके ल सुड्डा सुड्डि हरु दाजु भाइ दिनि बहिनि र च्वाक् हरु लाइ आबो मो गए ल!

कुम्ले: सबै लाइ नमस्कार् छ ल यो सोझो कुम्ले को हिहिहि!

दीप: जिन्दगि आउछु भन्छे रात्भरि पर्खिन्छु ,ब्यान् ब्यान् तिर एक्लै निदाउछु अनि उठेर चौतारी चिहाउछु ,जदौ यो दीप् को!

मिस: नमस्कार् मेरा प्यारा भाइ बुइनि,तिमिहरु लाइ सिस्नो पानि लाम् कि खुरुक्क हल्ल नगरि पड्छौ हँ? मार्चन् होला भागे म उता गैरि बारि मा बोडि रोप्न जानु छ भन्ने सोचेकिम् !

प्रीति: मिस् नमस्ते, ठुलि तिरु के छ तिमिहौर्को खबर्? कुखुरा हराएर रात्भरि खोज्द खोज्दा हैरान् बिहान् पो थाभयो यो ग्वाचे र हरि को काम् रे छ ..पख तिमेरु लाइ मेरो हजुर्बा ले थिक् पार्नु हुन्छ।

ठुलि: गाम्ले हरु के छ ताआआआआ गालु तता दयो आज ? "तता दयो आज "त्यो भने को के हो?
तितौरी: रोट्फल् ओ सान्नाइ ठुल्नानि तिमारु को के छ खबर ,जिम्माल् हजुर्बा मेरो पुस्टकारि खै ।ऐया मरे हासेर रोट्फल्!!

चित्रे: के छ गाम्ले हो? ठुलि के छ भरे जुन्किरि लाइट् डिनर् जाम् है ;-) म सेतो सुट् लाएर आउछु ल त गाम्ले हो ल सुत्न गए गुड् नोइट्!

डल्लिफुपु: के हुदै छ चौतारी मा ल म पनि आए मेरो छोरो ठुलो भयो मिसको इस्कुला पठाउछु अब मिस् नकुट्नु है मेरो छोरो लाइ!

गालब् : गालब् कुमार् आग्या गर्नु हुन्छ गाम्ले हो मैले भने को जोक् मा पेट् मिचि मिचि हास :ल अब हास्नि बेला भयो" हिहिहिहिहिह्हिइ सप्पै हास!

ग्वाचे:ठुलि के छ चिया के के चोपेर खायौ आज वेदर अप्डेट् बाहिर " हिउँ पर्या छ मेरो कोठा मा झलमल्ल घाम् लागे को छ पल्लो कोठा को छिमेको मा चै पानि परि रा छ !

मिस्टे: को हो ह कोहो त्यो? ओइए दाट्साट् भत्काइ दिन्छु है जिस्काउछ हाम्रो चौतारीको दिदि बहिनि हरुलाइ! जिम्माल् बा टाइगर बाम पठाइदिम नलिखुट्टो दुखे को ठाम् मा लाउन !

हरि: खै त्यो चिलिम् यता ल्याउनुस् त ठुल्दाइ यो सान्नानि ठुल्नानि तितौरी ले नदेखि । तिनिहरु ले देखे भने हल्ल खल्ल मचाउछन् । के छ ग्वाचे सोल्टि , म त हलो जोट्दै छु एउटा गोरु हरायो कि अनि एकातिर गोरु एकातिर म भएर!

यामे: के छ हो गाम्ले हो खै को हो मेरो छिमेकि? लौ न एउटा बिजुलि पत्र पाम !

नेप्चे: जदौ गाम्ले हो कोहि छैन कि क्याहो ल मेरो एउटा आज फुरेको यो टुक्रो राक्दैछु " आप् आति तो मेरा ........ "

नेप्चि: चौतारी तल झरेछ उचाल्दे है मैले कोहि चैन रहेछ ल म लागे अब!

सान्कान्छा : ल गाम्ले हो यो गीत् सुन्दै सुत !

जग्गि: खै के भा हो के यो खरानि धसेर हिनेहो चारधाम् बाटो म मेरो लोटा (जोगिले बोक्ने के) नै हरा छ , गाजा नि भन्या जाति खान पाएन र फर्केर आए चौतारी मा फेरि जानु छ जय शम्भो!

राम्चन्द्रे: "यो चौतारी का मान्छे कम्तिका चैनन् सपै को आन्द्रो जोडेअको छ मेरो मात्रै छैन कोहि न आओ यहा कसैले वास्ता गर्दैन मेरो चित्त दुख्या छ " .......मलाइ लाज् लाग्यो त्यो हिजो मैले भने को कुरा मेटाए देओ

रिकुटे: सलुट् यो रिकुटे को जम्मु कास्मिर बाट ! सब्लाइ सम्जे को छु लेकिन् पछि आम्दा एउटा ठुलो क्यासेट् जो छ ल्याएर त्यो चौतारी को रुख मा झुन्ड्याउने बिचार् करेको छु!
:P

र अरु मैले नाम् छुटाए का सबै चौतारीयन् हरु युनिक् हुनुहुन्छ !
 
Posted on 08-14-07 1:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'ढल्किँदो उमेर अनि खोक्रिंदो शरीर,
हताश मन सिवाए छैन अब केहि,
हात समाउने भेटिएन कोहि अब त,
भर पर्न आफ्नै पनि छोडिदिएँ मैले।'

अन्तरेजी,
कस्तो विपत्ती पो, आएए परेछ हजुर
दिन पो के सक्छ र डुब्दो घाम्ले सगुन
देख्नेहरुलाई संसार छ, भोग्नेहरुलाई जत्ती
थम्याइदिम्की लौरी उपहार, अहिलेलाई एत्ती
राहुलदा,
राम्रो शुरुवात क्रमस छिटो छिटो आउनेछ भन्ने आसमा--चौतारी मनोरन्जनात्कम मात्र होइन ज्ञानबर्धक पनि होस् भन्ने लाग्छ मलाई


 
Posted on 08-14-07 1:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुलदाइ, रमाइलो लाग्यो ऐतिहासिक कथा, बाँकि भागको प्रतिक्षामा!

ठूली, म काम गरिरा'छु, घाँस काट्दैछु नि।

 
Posted on 08-14-07 1:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-14-07 1:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

birkhe daaaaaaaaaaaaaaaaaaaaaaaaaa ke cha taaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaa :P
 
Posted on 08-14-07 1:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम्रो लाग्यो, अन्तरे जी को भाब। लेख्दै गर्नुस, सुन्ने हमी छदै छौ।


चित्रे ठग, खेत जोतेर बसी राको मान्छे घास पो काट्दै छु रे? यो खेत जोती रको तिमी नै हैन र?
मैले नि गरि देको जासुसी आज त।

 
Posted on 08-14-07 1:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भूतेश्वर महादेब भाग २
******************
प्रताप मल्लले आफ्नो तान्त्रिक शक्तिको बल ले एउटा सानो सर्पको रूप धारण गरे र तन्त्रको मद्दतके एकै चोटि यज्ञ स्थलमा पुगे। मन्दिरको कला र सिर्जना देखेर आल्हादित के भएका थिए, यज्ञमा संलग्न एकजना वटुकले सर्प देखि हाले र डराएर चिच्याउन थाले। उपत्यकाका मान्छे न ठहरे, सर्प भने पछि त्राहिमाम त्राहिमाम्। भागदौड मच्चिन थाले। यज्ञा र प्रतिस्थापनको साइत माथि नै संकट आयो। राजाले आफ्ना सैनिकलाई आदेश दिए, जसरी भए नि त्यो सर्प समातेर ल्याउनु। केही क्षणको संघर्ष पछि त्यो यज्ञा बिथोल्न आएको सर्पलाई पाटा कसेर झ्याइँकुटि गर्दै ल्याए। र यज्ञ पूर्बत सुरु भए। अब त्यो सर्पलाई के गर्ने, झन्डै कार्यकरम नै बिथोलिएको बज्याले गर्दा, राजाले पण्डित जी संग राय मागे। अब पण्डितको नि सातोपुट्लो उडेको त्यो सर्पको कारणले, "त्यो सर्पलाई यही यज्ञको ज्वालामा आहुति दिनु पर्छ, महाराज!" पण्डितजीले आफ्नो रिस पोखि हाले।
यता कान्तिपुर दरबारमा प्रताप मल्ल बेपत्ता। उनका अभिन्न मित्र एवं महा तान्त्रिक जामन: गभाजुले कहाँ गए होला भनी तान्त्रिक चक्षुले हेर्दा त सर्परुपी राजा यज्ञ को अग्निमा ॐ स्वाहा हुन लागेका। वटुकहरु मन्त्रोचारण गर्दै स्वाहा गर्न ठिक भएको भयाबह द्रिश्य देखे, जामन: गभाजुले।
लौ राजालाई जसरि भए नि बचाउनु पर्यो भनी गुभाजुले गजबको जुक्ति निकाले।
क्रमश:
 
Posted on 08-14-07 1:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-14-07 1:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज चाइ यो किच्कन्नी को कथा सकाउनु पर्छ है, ठुल्दाइ?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS Re-registration case still pending ..
TPS for Nepal likely to extend next week
सालीको चाक
ChatSansar.com Naya Nepal Chat
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
TPS To F-1 COS
Venezuela TPS lawuit
tesla stock OMG !!
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Any input on remote jobs(IT related or Sales or Marketing)?
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters