[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 * चौतारी ~ ३५ *

[Please view other pages to see the rest of the postings. Total posts: 356]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
[VIEWED 152925 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 12-02-06 2:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

* चौतारी ~ ३५ *



ल है गाम्ले हो म पुरानो मिस्त्रि नमे यस पटक चतारीको ढुंगा कुद्दै टुपुल्किएको छु। जाडोले खोल्तीमै हात छन केरे,तेइ पनि नमस्ते टक्राय नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे ,भट्टे, मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे,लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते,काने,मुखियाबा, लालुपाते, गुरासे, ईश्वर,लाउरे दाई, लुते,सुर्जे,नयाघरे,पहालवान,याङ्गे, नटे, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, इन्द्रेनी,नेप्चे,समिर, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे,राँके,रिकुटे,बिनोदे , याक्कु,मर्र्नच्याँसे,सुभे, राधा,हिते,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई,सान्कान्छा,पिरो मरिच,परबर् ,राते,जग्गे,कटरिना,रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टेलाइ ।

मान्छे जति दंग परेर हात, टाउको हल्लाउदै हिडे पनि सबैको आड मेरुदन्डमानै हुन्छ नत्र त गडेउला जस्तै भुइमा लडिबुडि खेल्दै हिड्नु पर्थ्यो । हुन त पुन्टे दाइ कैले काहि धोबिनीका तेसरीनै च्यात्तेको पटीकोटा लडिबुडि खेल्लछन,त्यो त तिनपानेले गर्दा हो । नत्र बिर्खे बुढा त लठ्ठी टेकेर भे पनि दुइ खुट्टाले हिड्छन,पुन्टे दाइ त कपाल झरे नि
तरुनै छन,किन तेसो गर्नु पर्थयो र ? साझा देशमा कति धागा आए,कति गए, साझाकै मान्छे गन्ने भने नि नेपालको जनसंख्या भन्दा वढि होला तर मेरुदण्ड भएका चाहि औलाले गने हुन्छ । अझ साझाका धागोको कुरा गर्ने हो भने त ती कति कच्चा कि,प्याटै चुडिन्छन
सानो तिनो बलले । यो चौतारी चै दिन दिनै बिलियो हुदै गयो,मैले त राम्रो संग भेउनै पाउन सकेको थिइन गाठी कुरो के भनेर मिसले भनेर पो थाहा भो
"हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता"।साझाको ३४ धागोहरुलाइ एउटै वाक्यले ब्याख्या गर्ने हो भने त्यो भन्दा अर्को उपयुक्त के हुन सक्ला ? अब त चौतारी यति बलियो भएको छ कि, बामे सर्दै, ताते ताते गर्दे , दौडने भइसक्यो । झन चाड, पर्व थपिदा
त कति रमाइलो हो कति ? यस पटक त मुकुन्डे जात्रा पनि हेर्न पाइयो क्यारे । अब चाइ के हुने हो कुन्नि? रमाइलो गर्दा कैले काही कसैलाइ चोट पुग्न गयो भने चहि
रड्डिज हुने के निस ब्रोलाइ जस्तै । अन्त मिसले क्या घुर्कि देको के ।
ल है समिधा नाच्दा यसो ख्याल गरे,यता उता लात्ति लाग्ला है । तर यसो तल माथि परे नि तेसलाइ मिलाउदै लानु पर्छ नत्र यत्रा इन्जिनियरको के काम,कसो कुम्ले काजी ?
चौतारी महोत्शब सकिए पनि चौतारी सम्मेलनको चाजो मिलाउदै हुनुहुन्छ के रे पुन्टे दाइ । म त मिले मुन्टाले टेकेर भए नि आउने सुर कसेकको हो गालबले चाही अमेरिका गाम तिर आउदा मेसो छोपेर यसो सानो तिनो फोन सम्मेलन गरिहाले । जे भए नि यो सानो फुलबारीमा मित्रता र आत्मियतालाइ माथि धकेल्दै गरम,यसलाइ आफ्ने बनाम,बिचैमा चटक्कै छोडेर हामिलाइ टुहुरो बनाउने काम चाही नगरम ।

 
Posted on 12-04-06 10:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रो मिसलाई हिजा'ज 'निस भाषा' सिक्न मन लाग्या जस्तो छ। लौ आउनुस मिस लास्ट बेन्चाँ सँगै बसेर पढौं। एकछिन पछि निसे आएर पढाउला नि!
 
Posted on 12-04-06 10:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-04-06 10:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बुऽकि फूल सिउरेर सिरैमा पऽर्खी
बऽसे भेरीको तिऽरैमा!
... ... ...

 
Posted on 12-04-06 10:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Pradipe Bahun ko lekh ma, Gotame ji ko statement ramro chha.
जिन्दगीभरि गतिलो काम एउटै नगरेर उपलब्धिवीहिन भएर मर्ने संस्कृति कति महान!
 
Posted on 12-04-06 10:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ Vannai birseko

जदौ! है सपपैलै
 
Posted on 12-05-06 12:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माथि प्रदिपजीको लेख देखेर केहि कमेन्ट नलेखि बस्न सकिन। म आफु लेखक या
साहित्यकार या कवि होइन। अनि समालोचक पानि होइन। तर आफुलाइ परतिष्ठत राजनीतिज्ञ बताउने मान्छेको सोचांइको स्तर देखेर दिक्क लाग्यो। प्रदिपजीको सोचांइ त्यस्तो हुनुमा हाम्रो समाज अनि संस्कृतिको प्रभाब हो। तर समाजलाई परिबर्तनको बाटोमा डोराउनु पर्ने नेताहरुनै यस्तो भएपछि के गर्ने।
माथि गोताएले लेखेको कुरा अति मन पर्यो।
हामी नेपालीको बानी के छ भने काम गरेर खाने ठाऊँको कुरो चल्यो भने "त्यहाँ त जिन्दगी मेशीन जस्तो हुन्छ!" भनेर दुई-चार पाङदुरे खोकी निकालिहाल्नुपर्छ। मेहेनत गर्ने भनेपछि धेरैजसो नेपालीका जीउ त्यसै त्यसै चिलाएर आऊँछ। त्यै 'महान नेपाली संस्कृति'को प्रतिबिम्ब राम्रैसंग देखिएको हो प्रदिप नेपालको यो लेखमा। यथार्थ के हो भने; दया-माया र प्रेम-सदभाव विकसित समाजमा नहुने हैन, मेरो अनुभवमा त हाम्रो समाजमा भन्दा झन बढी छ।
वाह वाह! चिया खाएर, घाम तापेर दिन बिताउने चलन कति राम्रो, जिन्दगीभरि गतिलो काम एउटै नगरेर उपलब्धिवीहिन भएर मर्ने संस्कृति कति महान!
 
Posted on 12-05-06 2:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो गोलभेंडाले मलाई आफ्नै नजिकको मान्छे जस्तो गरेर 'गोताए' भनेको देख्दा चौतारीको पूरानै हितैषी हुनुपर्छ जस्तो लाग्यो। लेखाई हेर्दा काकाको जस्तो छ। काका हौ तिमी? क्यार्न लुकेर, भेष फेरेर चोरका तालले आ'का हौ?
 
Posted on 12-05-06 2:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोताए सर्, जिम्दै हो? ( हे हे हे अस्ती तपाईंले सोध्नु भे को क्वेसन कपि पेस्ट गर्देको......)

उता बल्खु गाममा सल्लाहको लागि धेरै धेरै आभार । कैले काइ यस्सो लेख्ने दुस्प्रयास गरिन्छ, तपाइहरुको सल्लाह् सुझाव बिना मैले लेखेको अपुरो नै लाग्छ।
 
Posted on 12-05-06 3:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चोउतारिआ तेत्ती नाअएपनि गाउलेहरु के गरिरखेका छन भनेर कहिलेकाही घरको झ्यालाट हेर्ने गरेको छु। सधै देखिराका मान्छेहरु आफ्नै जस्ता लाग्ने। आजपनि चौतारिको बाटो हुदै हुलाका चिठि आको छ कि भनेर हेरन जानलाका बेला,गोतएको कुरो सुनेर घत् लाओ तेभेर येसो बोलेको मात्र हो।गोतएले नचिनेपनि मुइले गोतएलाइ चिनेको छु।
 
Posted on 12-05-06 7:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्बचेँ के गेर्नु नेपाल नगै बस्नै सक्दिन ।

नमस्ते गाम्ले हूऊओ।।।।
 
Posted on 12-05-06 7:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस् 'पुङ् न पुच्छरको" भनेको के हो ?
 
Posted on 12-05-06 7:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलि, कैले जाने हो नेपाल अनि फ्र्यान्क्फर्टमा कति छ त्रान्जिट्, म त तेइ छेउमा होन्त नि । मिल्यो भुने पिलेन मै भेट्न आम्ला ।
तितौरा ल्याइ दिने भे म तिम्लाइ फ्र्यान्क्फर्टमा भेट्ने भे ल, पुरोमिस्!!
 
Posted on 12-05-06 7:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुङ् न पुछर् भनेको मेरो बिचारमा 'बेमतलब को' हुनुपर्छ, हो मिस्?

अनि ठुलि तिम्रो अर्को धागोमा पोस्ट हेर्दा तिम्लाइ त मैले साँचिकै चिन्छु कि जस्तो पो लाग्यो, तिमी पैला Texas मा थ्यो हो ?
 
Posted on 12-05-06 7:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ है गाम्लेहरु!!
अनि ग्वाँचे, ठुलि - के छ हालखबर?
ठुलि हिंड्ने चाँही कहिले हो नि?
 
Posted on 12-05-06 8:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्बचेँ म थिएन । म त जहिले नि मै हो । तर म म गैरक्छु मेरो साथीहरु चन । तपाइ ले त्यो रजिव् को बारे मा सुनु भाथ्यो हो।
 
Posted on 12-05-06 8:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते !!

अब ठूली ले 'बेमतलब' पनि सोध्छिन होला :)

त्यसो त मलै नि यो 'पुङ' भनेको के हो था'छैन त्यसैले दादाकै शब्द राखिदिएकी। ठूली यो'पुङ् न पुच्छरको" भनेको ग्वाँचेले भनेको जस्तै हो कि? हो ग्वाँचे ?:D नभए दादालाइ नै सोध्नु पर्छ

तर मलाइ बेमतलव चै था'छ
बेमतलब ‍= कसैलाइ चाँसो नभएको कुरा
 
Posted on 12-05-06 8:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरि म हिद्नेर् जाने होइन । म उदने चै येही शुक्रबार हो । :P
 
Posted on 12-05-06 8:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूली शुभ-यात्रा है। राम्रो संग जानू ल नानू :D
हत्तेरिका!!! हरि लै त देख्दै नदेखेकि :)
 
Posted on 12-05-06 8:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते है गाम्लेहरू!!!

हिजो पून्टे दाइले त गज्जबको चिठ्ठी लेख्नु भएको रैछ त। अहिले देख्दा खूब हाँसो लाग्यो। :D ठाउँको नाम र मान्छेको नाम पनि राम्ररी नै याद रैछ त पून्टेदाइलाई, कि सोह्र वर्ष पहिले कुनै पाटनकै मैयाँको पछि लागेको कहानी छ तपाईको? :P ;)

अब प्रदीप नेपालजीको लेखको बारेमा त के भन्नु र, 'पुङ् न पुच्छरकै हो यो'। हुन त उनी यस्ता लेख लेख्नमा च्याम्पियन नै छन्, मैले पाँच,छ वर्ष पहिले नेपालमा यौटा पत्रिकामा उनको अष्ट्रेलिया भ्रमणपछिको लेख पढेको थिएँ, सिड्नीलाई 'अपराधीहरूले शुरू गरेको शहर' भनेर खूब होच्याएका थिए। गाली र आलोचना गर्नु भनेको राजनीतिज्ञहरूको पेशा नै जस्तो छ।

स्वेच्छाले बाहिर जानेहरूलाइ त कसैले रोक्न सक्दैन, चाहे उ अमेरिकाको आरामदायी भवनमा बसोस् या अफ्रीकाको मरूभूमीमा गएर बसोस्, उसको आफ्नो व्यक्तिगत रूचि हो, तर नेपालीहरू बढि बाध्यताले विदेशिन्छन् र यो वाध्यताको कारण नेपालको आर्थिक, सामाजिक र राजनीतिक दुरावस्था नै हो। यस्तो अवस्थाको सुधारको लागि काम नगरी खाली विदेश जानेहरूलाई नाना भाँति भनेर मात्र त समस्याको समाधान होला जस्तो लागेन मलाई। नेपालीहरूले पनि 'मेशिन जस्तो' काम गर्ने हो र यस्तो वातावरणको विकास गरी सही प्रतिफल भित्र्याउने हो भने केही दशकमा नेपाल अमेरिका त नभनौं दक्षिण कोरिया जस्तो चैं पक्कै बन्न सक्छ।तर खाली आलोचना र खुट्टा तानातान मात्र गर्ने, काम गर्न अल्छि गर्ने हो भने सियरा लिओन बन्न केही वर्ष पनि लाग्दैन।

ल, ठूली पनि आईसकिछ, के छ हालखवर? सामान प्याक गर्न सकियो? :)
'पुङ् न पूच्छरको' भनेको 'छेउ न टुप्पोको', 'in the centre of nowhere'.
 
Posted on 12-05-06 8:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ!

नेपाल एफ एम लाईभ सुन्नु परेमा
http://www.nepalfmnetwork.com/front/index.php
दामी प्रोग्राम दिंदो रैछ त!!!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS Re-registration case still pending ..
TPS for Nepal likely to extend next week
सालीको चाक
ChatSansar.com Naya Nepal Chat
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
TPS To F-1 COS
Venezuela TPS lawuit
Toilet paper or water?
tesla stock OMG !!
Those who are in TPS, what’s your backup plan?
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters