[Show all top banners]

gaalab
Replies to this thread:

More by gaalab
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 --चौतारी ४४ --

[Please view other pages to see the rest of the postings. Total posts: 590]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 218764 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 01-28-07 9:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्,
           
--चौतारी -- भाग ४४ --


हे आगन्तुक महानुभावहरु हो! यो चौतारी भनेको कस्तो भने अनेकन उकाली ओरालीहरु चढ्दै र झर्दै गर्दै अघि सर्दै , हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै यस ४४ औं संस्करणमा आइपुगेकोठाउँ हो। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running for 496 days (as of 1-16-07) since 7 Sept 2005 with more than 16,000 messages in a total of 43 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

फोटो कपिराइट : नमे

 
Posted on 01-29-07 4:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो तिम्ले भनेको ठुलो भाले त तिम्रै मामाको हो नि तर के गर्नु हिजो मात्रै मैले पुरस्कार जिती सके तेस्लाइ त ! कस्तो मिठो रैछ, बुढाले काजु किस्मिसा ख्वाएर पो राखेका थे कि, एक टुक्रो हड्डी नि बाँकी रहेन, सप्पै एक्लैले घिचियन्ती । तै पैलई भुत्ल्याको भेर मात्रै नत्र भुत्ला नि बाँकी रन्थेन । जिम्मालबालाइ चाइ कुरा नलाउ है फेरी!

बरु त्यो सान्नानीको हजुरबाको भाले नि खाइलाग्दो देख्या थे मैले । तिम्रो मामाको भाले र त्यो भाले त खतरा कक फाइट पार्टनर रे, अब एउटा पार्टनर भुँडी भित्र गैसके पछि अर्कोलाइ नि तेतै पठाइदिनु परो कसो, त्यही भाले जुधाइ गरुन न ! खुसुक्क तेइ भाले पुरस्कार जितेर ल्याउ है, म चाइ धोबिनिको भट्टितिर लागे, तीनपानेको जर्किन पुरस्कार जित्न !
 
Posted on 01-29-07 4:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ये राहुल् दाजु कति चिलिम् तानेको,घर् कै गमलामा रोप्नु हुन्छ् कि के हो?????
 
Posted on 01-29-07 4:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेई त म भर्खर बुढाको खोर चियाएर आ'को, हिजो एउटा देख्या जस्तो ला' थ्यो। बुढाले नदेख्ने गरि उडाम्ला भन्या त, आफू भन्दा छट्टुहरु निस्केछन गाममा।
त्यो सान्नानीको हजुरबाको भाले त सारै खाईलाग्दो छ रे नि, लु अब तेइ उछिट्याउनु पर्ला, ति बुडाले नि हाम्रो मामासँ कम्पिटिसन गर्ने भनेर टन्न काजु किस्मिस ख्वाएर राख्चन रे। बरु बुडालाई भुलाउने पो कसरी, ठूल्दाइलाई नि लग्नु पर्ला, चिलिम खुवाउँदै भुलाउ भनेर, अनि आफु चैं पछाडि खोरमा पुरस्कार थाप्न जानु पर्ला।
 
Posted on 01-29-07 5:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन्छ हुन्छ तेसै गर ठुल्दाइलाइ नि लियेर जाउ ! सान्नानीक हजुरबा बुढा चिलिम र फिलिम भने पछि हुरक्कै हुन्छन , जवानिमा लाउर गा'का लाउरे जो परे। तो के जाति फिलिमको हिरो दिलिउ कुमार कि के भन्नेको त खतरा फ्यान रे! जता भेटे नि फिलिम कै कुरा गरेर दिमाग नै खान्छन बुढा। हाम्लाइ के था तो दिलुउ कुमार भुन्ने हिराँ बारेमा। आफुले नेपालि फिलिम त हेर्‍या छैन, तो हिन्दिको हिराँ बारे के जान्नु! ठुल्दाइ नि गोडा चारेक बर्ख इलाबाद भुन्ने ठाम्मा दर्बानी गरेर आका हुन अस्तो मानिचु, उन्लाइ नि फिलिमको गफ गर्न आइहाल्छ क्यारे । यता ठुल्दाइले बुढालाइ चिलिम तानाउँदै दिलिउ कुमारको फिलिमको गफमा भुलाम्छन्, तिमी पछाडि खोरमा गेर पुरस्कार थाप्नु!
 
Posted on 01-29-07 5:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए के हुँदैछ यहाँ? म त गएँ है सुत्न। लौ सबैलाई गुट नोइट!!!
 
Posted on 01-29-07 5:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के को हल्ला खल्ला हुदै छ ? गालेले कस्तो खास्साको चौतारी बनाएछन, २४ घन्टा नि भछैन, १५० वटा हल्ला हुन लागि सकेछन !
ल ल कोइ सुतम, कोइ उठम अनि कोइ चिया खाम ।
 
Posted on 01-29-07 6:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'....... खोजि लिनु परो। ठुली, मास्टर्नी नानी, सान्नानी कोहि पनि हाम्रा आखाबाट् ओझेल् नि नहुने। ल जा, ग्वाँचेको यो दामी आइदियाको लागि एक् चिलिम् एक्स्ट्रा। '
राहुलदा आँखाबड ओझेल नहुनलै त्यस्तो खाले साइनो नै चाहिने हो भने त ...... .... कुरो मिलेन नि।
 
Posted on 01-29-07 6:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

य लौ, यो चौतारी त साह्रै सीतल रहेछ । आफु त यो गाउँ मा नयाँ मान्छे एसो कुरा गरौ भने नि चिन्ने मान्छे कोही छैन, अब त यहाँ नै आफ्नो दु ख सुख पोख्नु पर्‍यो ।
आफु लाई त कैले काहि चिलिम तान्ने बानी पनि छ, तेस्को लागि राहुल जि पनि छँदै छ । कैले काही मधिरा पान गर्नु पर्‍यो भने कुखुरा सितन पनि मिल्ने रहेछ । अब त यो चौतारी मेरो नयाँ जक्कसन हुने भो । लौ त साथी हो उता कान्छी कुर्दै होलि,फेरी रीसायो भने चौतारीमा पनि आउन दिदैन । लौ त बिदा पाउँ ।
 
Posted on 01-29-07 6:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

योमरी च्वामु, उके दुने हाकु, बिउ म्ह ल्यासे, म बिउ म्ह बूरिचा कुटि! तारेमाम् है , नया मित्रलाइ चौतारि भित्र।
 
Posted on 01-29-07 7:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिलिम ताने पछी त दरो भोक लाग्छ त राहुल जि, मलाई त डर लाग्यो है ।
 
Posted on 01-29-07 7:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

योमरी...... ओ हो, मुखमा पानी आयो। धन्ना नमान योमरी, म नी नया हुं यस चौतरीमा। म नी अलमल्ल, रनभुल्लमा परेकी छु। बिस्तारै यहां को रिति थिति, नियम, कानून जनिएला नि। बुढा-पाका हरु छन् नि यहां हाम्लाई दोहर्‍याउने।

यो ग्वांचे लाइ नी फेरि किन किताब झ्याप पार्न परेको होला, बेक्कार मा मैले लाइबेरि छिर्न पाइन :(
 
Posted on 01-29-07 8:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म त क्या साइत् मा चौतरी आएछु त। थूलीको बिहे को गाइं गुइं चल्दै रैच, ल मज्जाले चौतरीमा बसी बिहे भोज खाउंला। दुल्हा नी चौतारी कै हो भन्ने सुन्छु, अब त जन्ती नी गइन्छ, "डबल" भोज नी खाइन्छ।

मेरो नाम चैं त्यो बिहे निमन्त्रना कार्ड मा नछुटोस् नी फेरि।
 
Posted on 01-29-07 9:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिमी बिना जिन्दगि एक्लै मधुप्यास पिएं
तिमी के आयौ, जिन्दगिको आभास पाएं

अँध्यारो थियो, अधुरो थियो जिन्दगि यो
तिम्रो आगमन संगै जीवन प्रकाश पाएं

मायाका हात आलिंगनमा बाँधिएको बेला
जिन्दगिको अनुपम मधुमास जिएं

बसन्तमा पनि फूल मग्मगाएन भन्थें म
आज आफ्नै आँगनमा गुलाबी सुबास पाएं

इर्ष्याले जले जलुन् मुना मदनहरु पनि
तिमी मत्रा कहँ हो र धरति आकाश पाएं
 
Posted on 01-29-07 10:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ है साथी हो - म पनि आज गाँउ घुम्दै आउँदा तपाँईको चौतारीमा यसो शितल खोज्दै आएको छु। यो गामका मान्छे कतिका मिजासिला छन्‌ क्यारे त्यो त थाहा भएन तर कुरोको जुरो नझिकेसम्म कहाँ पो के नै थाहा पाईन्छ र ओ।

खासमा भन्नु पर्दा मेरी आमाले छोरो मलाई बुहारी चाहियो भनेर खुब हैरान पार्नु भा छ। आमालाई फेरि आमाले नै खोजेको केटिसँग बिहे गर्नु पर्ने अरे। अनि जात छोडेर अर्कोसँग बिहे गर्न नपाम्नि अरे। ओहो कति धेरै प्रतिबन्ध भनेको। आफूलाई यहाँ नेवार्नी कान्छी बिहे गर्न मनलाई रा छ - आमालाई कसरि सम्झाउने हो यसो यस गामका बुज्रुक हरूले अर्ति दिनु्हुन्छ कि भनेर मैले मुख खोले। मलाई त लाज पो लाग्न थाल्यो - मनको कुरा त गरि हाँले - लु जे पर्ला पर्ला।

-चिन्ते
 
Posted on 01-29-07 10:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिन्ते तिम्रो नाम मात्र चिन्ते रैछ। तिमीले तिम्रो जिवन कसरी बाँच्नु पर्छ त्यो तिम्रो अधिकार को कुरो हो । अहिलेको बदलिदो युगमा पनि जात र वर्गमाथि विस्वास गर्ने लन्ठु जाउ नेवार्नी कान्छी लगेर आमाको आशिर्वाद लिन ...'आमाले आफ्नै कोखलाइ अनि सुन्दर सपना जो तिम्रो आखाबाट देख्न चाहेकि थीइन त्यसैलाइ एकपटक धिक्कार्लिन' तर तिम्रो आशिर्वाद पाउने अधिकारलाइ बञ्चित गर्ने छैनिन :P
वा क्या भाषण गरे है मैले ....
भागे है...
 
Posted on 01-29-07 10:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तररररररररररररररररररररररररररररररर
ताली दिएको क्या ज्योतीको भाषणलाइ ।
 
Posted on 01-29-07 11:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ केरा खाम भनेको त । । । ।

 
Posted on 01-29-07 11:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाई जदौ! नया-नया दिले (dilute), नेप्ची (अरुले न्याउली, फ्याउली, स्याउली जे सुकै भनुन्, मचैं नेप्चीनै भन्छु ल जा!), यमराज (yomari), चिन्तेलाई अझ धेरै जदौ!
आर्को चौतारी बनाम्नी इञ्जिनेरले यीनको नाम पनि थपुन्, चौतारीको शिलालेखमा। बारुलीको पनि थप्नुपर्छ है!


यो पिरेम-चरो क्यार्न मुण्टेको हो यता, तेस्तो सर्प बोकेर?
 
Posted on 01-29-07 11:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'यो पिरेम-चरो क्यार्न मुण्टेको हो यता, तेस्तो सर्प बोकेर?'

गौतमले भने पछि ठिकै त भन्या होलान । जदौ गौतम प्रभू !!
 
Posted on 01-30-07 12:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ ज्योति नानु! के छ त नि हालखबर? यो चौतारीका अरु सबै घुर्न थालिसके कि क्या हो?

जिम्माललाई पनि आज अलि चाँडै निद्राले समातेजस्तो छ!

अनि ज्योति पनि औँरिका'ट हैन भन्या?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
tesla stock OMG !!
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
TPS for Nepal likely to extend next week
Conservative discussions
सालीको चाक
TPS To F-1 COS
Embassy of Nepal might be able to help extend TPS for Nepal
I hope all the fake Nepali refugee get deported
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Toilet paper or water?
Venezuela TPS lawuit
ChatSansar.com Naya Nepal Chat
Who is hottest nepali female?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Mamta kafle bhatt is still missing
Looking for girl
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS advance parole Travel document i-131, Class of Admission ?
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters