चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
* क्लोज-अप - चौतारी तारारामपम र कफि विथ कुम्ले प्रायोजकको अभावमा स्थगित * चौतारीमा बिभिन्न किसिमका समाचार प्रसारण सुरु * भउतेद्वारा सुध्रिने घोषणा, ट्याम ट्याममा बिर्सेर बिग्रिने, चिप्लिने क्रम जारी * हिजो राति रउसीको सूरमा चौतारीमा घमासान भिडन्त
दीप ज्योको धमाकादार कविता
आफ्नो पर्खाल उठाई सके पछी अरुको पर्खाल भत्काई सके पछी सीमा अब तोकेर के नतोकेर के?
अरुको हाटमा आफैंलाई बेचे पछी आफ्नो हाटमा अरुलाई किने पछी हिसाब अब गरेर के नगरेर के?
आफु निर्दोष र मरेका दोषि भनी सके पछी अरुलाई मारेर आफु बाँचि सके पछी मलामी अब गएर के नगएर के?
तिमिले गोडेका फुलहरु, छापेका ढुङ्गाहरु छाहरी बनेका छाँयाहरु, पंखा बनेका बतासहरु चौतारी यो बगैंचा मलाई त अलौकिक लाग्छ एक्लिएर टाढा टाढा पुगे पनि सुसेलेर यस्ले बोलाए झैँ लाग्छ।
त्यो ओल्ड् भगवति i.e shobha bhaawati haru bhanyaa jastai को अपडेटेड् भर्सन् हो क्या ठुल्नानु :P ======== सप्पै कता मोरेचन् हल्लाबाज्,काम्चोर्,अल्छि पातकि हरु
भर्खरै प्राप्त समाचार अनुसार, जुन कुरा हामिले केवल पौणारिक कथामा मात्र सुन्दै आएका थियौँ उक्त कुरा सत्य साबित भएको छ। चौतारी देशको एक गाउँमा साक्षात भगवति उत्पन्न भएको समाचार प्राप्त हुना साथ हाम्रा सम्वाददाता उक्त स्थलमा पुगेका थिए। असंख्या भक्तजन हरुको अपार भिड लागेको उक्त पावन भुमिमा भुइँमा खुट्टा राख्ने स्थान सम्म पाउन निकै मुश्किल परेको थियो हाम्रा सम्वाददातालाई। मानिसहरु भगवतिको दर्शनको लागि तँछाडमछाड गर्दै एक आपसमा खात लाग्दै भुइँमा लड्दै थिए। बलिया बाङ्गाहरु भगवति राखिएको स्थल सम्म पुग्न सफल भएका तिए भने अलि कमजोर भक्तजन हरु पर नै बसेर भगवतिको प्रतिक गोरखकालि टायमा धुप र अक्षता चढाउँदै पुजा गरिरहेका थिए। पावन भुमिको बिचमा मख्ख पर्दै :D गरेर बसिरहेकि भगवतिलाई हेर्नेहारुको घुईचो देखेर हाम्रो चौतारी गाउँका केहि बिशिष्ट व्यक्तिहरु आ-आफ्नो काम गर्दै थिए। ठुल्नानि भिडमा आएका बच्चाहरुलाई तोते बोलि बोल्दै फकाउँदै लाइनमा राख्दै थिइन भने सान्नानी भगवति कसरि उत्पन्न भइन भनेर सबैलाई ल्यामिनार फ्लोमा कथा सुनाउन व्यस्त थिइन्। कुमलवा र मदनवा भने ठेलामा चटपटे राखेर सम्पुर्ण भक्तजनहरुको भोक र तिर्खा मेटाउनमा व्यस्त थिए। अचानक उत्पत्ति भएको भगवतिलाई आफ्नि अगाडि ईखीँखीँखिँ गरेको देखेर ठुल्दाईको मुख बाट केवल र केवल तारेमाम् तारेमाम मात्र निस्कि राखेको थियो तर उनले भन्न चाहिँ त्राहिमाम खोजेका थिए। यो खबर सुनेर फलाम उचाल्दै गरेका पुन्टे दाईको हात बाट अचानक फलाम खस्न पुगेको थियो र भगवति दर्शन गर्न जाने हतारमा उनले विग लगाउन पनि बिर्सेका थिए। अचानक भगवतिको साक्षात रुप देखेर सुध्रिसकेको भउतेलाई पुन: पहिलेकै बिग्रने रोग लाग्न थाले पछि रिट्ठे र पर्वतेको सहायताले पानी खुवाइ अस्पताल तर्फ चलान घरिएको थियो। पावन भुमिमा बसेर आनन्दले पुस्टकारी इन्जवाइ गरिराखेकि भगवतीबाट आएको प्रकाश पुन्टे दाईलो तालुमा टल्केर आँखामा पर्दा नेप्चि र माष्टरनी नानिलाई चस्मा लगाउन पर्ने भएको थियो। आफुले खाजा खान सुरु गरेका चतुरेकाइँलाले भगवति उत्पन्न हुना साथ उक्त चना भगवतिलाई चढाउनको निम्ति छाक छोडेका थिए। भगवति उत्पन्न भएपछिका अन्य अन्योलहरु के के थिए? कस कसले के के वरदान पाए? भगवतिले के बोलिन? के अब संसारमा धर्मको उदय भएकै हो त? भगवतिको भनाइ के छ? यि सबै प्रश्नहरुको उत्तरको लागि हामिले साक्षात भगवति संग नै अन्तरवार्ता लिने मौका पाएका थियौँ। केहि समय पछि हामि बिश्व इतिहासमा नै पहिलो पटक भएको भगवति संगको अन्तरवार्ता प्रस्तुत गर्ने छौँ। नमस्कार!
त वो माथी गरेछु जो डिमान्ड वो भुलिदिनुस् धेड सार्हे शुभकामना हम्रे तरफ से लिइलिनुस्
जे राम जि कि। :)
==================================================== On a Serious Note:
A very very Happy Birthday to The Best Friend. Wish you all the happiness you deserve in coming year. Make sure you bring a piece of cake for all of us, tomorrow.
भगवतिको आज जन्मदिन परेकोले रेडियो चौतारीबात श्रिकृष्णजन्माष्टमी मनाए जसरि सुश्रिटायरा जन्मदिन मुल समारोह समितिको गठन गरिएको छ। उक्त समिति सहित सम्वाददाता तथा भगवतिको हजुरबा बिर्खे माइला जन्मदिनको शुभकामना चडाउँदछ। शुभ जन्मदिन्! यो बर्ष रमाईलो होस, मनका चिन्ता हराउन र सबैले मन पराउन्।
देशका हलुवाइ पसलेहरुको आकस्मिक बैठक-
भर्खरै भएको भगवति उत्पत्ति संगै देशमा अनेकौँ आर्शर्यजनक घटना हरु घट्ने क्रममा आज राजधानिमा देशका हलुवाइ पसलेहरुको एक आकस्मिक बैठक बस्यो। बर्षौँ देखि लड्डु पेडा उत्पादन गरिरहेका उक्त हलुवाइ पसलेहरुको बैठकको बिषय थियो लड्डु पेडा उत्पादन तत्लाकै रोकेर देशमा अचानक बढेको पुस्टकारिको माग पुरा गर्नु। गणेशजीको लड्डु प्यारो भने जस्तै टायरा भगवतिलाई पुस्टकारि धेरै नै मन पर्ने हुँदा भक्तजन हरुले लड्डु पेडा किन्न तिर मन नगर्नाले करिब १०० ट्रक लड्डु पेडा कुहिएर गएको समाचार प्राप्त हुन आएको छ। उक्त बैठकमा नेपाल हलुवाइ महासंघका अध्यक्ष श्रि उदरमोटे हलुवाइले आजकै मिति देखि लागु हुने गरि सम्पुर्ण हलुवाइ पसलले केवल र केवल पुस्टकारी मात्र बनाउन पाउने नियम जारि गर्नु भयो।
बिल गेट्स द्वारा आकस्मिक बैठक-
सिलिकन भ्यालि, माइक्रोसफ्ट कम्पनिका प्रेसिडेन्ट श्रि बिल गेट्सले पनि आज एक आकस्मिक बैठक बोलाउनु भएको छ। उक्त बैठकले गरेको निर्णय अनुसार संसारभरिका सबै कम्प्युटर कि बोर्डहरु डम्पिङ साइटमा फालेर अब एक नयाँ किसिमको कि बोर्ड उत्पादन गरिने छ। भगवतीलाई मन पर्ने अक्षरहरु :D, @#$#% ((( )))) तथा र :P हरु जता ततै राखिएको कि बोर्डले मात्र बजार पाउने छ।
फलफुल व्यवसाइहरु द्वारा नया निर्णय-
'फलफुल व्यवसाइ संघ'को आज बसेको आकस्मिक बैठक बाट गरिएको निर्णय अनुसार उक्त संघले आफ्नो संगको नाम परिवर्तन गरेर 'रोटफलफुल व्यवसायि संघ' राख्ने छ। भगवतिको अति नै प्यारो शब्द फल नभएर रोटफल भएको कारणले संग उक्त निर्णय लिन बाध्य भएको हो।
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
TPS To F-1 COS
Venezuela TPS lawuit
tesla stock OMG !!
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Any input on remote jobs(IT related or Sales or Marketing)?
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.