[Show all top banners]

crazy_love
Replies to this thread:

More by crazy_love
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 "अपरेसन ००३"

[Please view other pages to see the rest of the postings. Total posts: 257]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 NEXT PAGE
[VIEWED 111721 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 13 pages, View Last 20 replies.
Posted on 06-24-08 3:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"बिदेशीहरु कहिले पनि एउटै उदेश्यले हाम्रो देशमा काम गर्न आँउदैनन्। उनिहरुको पहिलो कौतुहुलता हुन्छ "हाम्रो देशको राजनैतिक अबस्था" र दोस्रो आफ्नो कार्यक्रम मार्फत अप्रत्यक्ष रुपमा सोझो साझा जनताहरु बिच प्रजातन्त्रको भाषा सिकाउनु। त्यसैले "अपरेसन ००३" को लक्ष्य पनि त्यो दायरा भन्दा परको हुन सक्दैन। अपरेसन ००३ को सबै गतिबिधिमा निगरानि राखी समयमा नैं प्रतिबेदन बुझाउन मेजर मिन्जोलाइ यो जिम्मेबारी सुम्पिएको छ।"कर्नल आङ्जोले एउटा गोप्य फाइलमा मलाइ सुम्पिदैं भन्नु भयो।


"अपरेसन ००३" एसियाबाट आउन लागेकि बिदेशी बिशेसग्य थी। उसको अफिस र सरकारको संयोजक्त्वमा एउटा ठुलो प्रोजेक्ट शुरु हुन लागेको थ्यो। राजधानी बाहिर ५ साइटमा "अपरेसन ००३" यानि "मिस रितु" सङै म सुरक्षाको लागि खटिएको थें। "अपरेसन ००३" मेरो लागि चुनौतीको बिषय थ्यो। कारण उ जवान थी, कुनै कार्यको लागि आएकी थी अथवा कुनै अरु देशको गुप्तचर हुन सक्थी। सबैभन्दा अचम्मको कुरा उ अमेरिका बर्सको २ चोटी  आउने/ जाने गर्थी भन्ने कुरा उसको पासपोर्टमा देखिएकोथ्यो। मैले उसको सबै कुरा पत्ता लाउनु थ्यो। उ आएको १ महिना भैसकेको थ्यो। यो १ महिना भित्र उसले ३ अन्तर्रास्ट्रिय कल गरेकी थी। ४ सनिबार नैं उ आफ्ना साथीहरुसङ सहरको प्रख्यात २ वटा नाइट क्लबमा गएकी थी। १ चोटी उसकै होटेल नजिकैको बिउटीपार्लरमा फेसियल गरेकी थी र हप्ताको २/३ वटा ब्यक्तिगत मेल लेखेकी थी। यो सबै कुराको जानकारी मैले मेरो कर्मचारीहरुबाट प्राप्त गरिसकेको थें। मैले आफैले "अपरेसन ००३" लाइ देखेको थिन। उसको फोटो हेर्दा ठिकै जस्ती थी। आखिर म उ सङ अर्को हप्ता प्रोजेक्ट साइट मा सङै जांदै थें। मेरो लागि उ रहस्य मात्र थी।


"अपरेसन ००३ जवान छे, आकर्षक हुन सक्छे तर काम भन्दा बढी बिदेशी सङ त्यति हेलमेल राख्नु हाम्रो पदिय दायित्वले दिदैन। भावना र प्रेम जस्ता कुरा हाम्रो लागि देशको जिम्मेदारी भन्दा ठुलो हुँदैन।" कर्नेल आङ जो ले "जिम्मेदारी" र "पदिय दायित्व" मा धेरै जोड दिनु भयो।

"यस सर।"भन्दै मैले टाउको मात्र हल्लाए। मलाइ आफ्नो हर शब्दलाइ केलाउनु पर्थ्यो हाकिम सङ कुरा गर्दा। तेइ पनि यो आर्मीको जागिरमा हाकिमसङ हत्त्पत्ति दोहोरो कुरा गर्न मिल्दैन।   कर्नेल आङ जो को टेलिफोनको घन्टी बज्यो। बाहिर "अपरेसन ००३" हामीलाइ भेट्न आएकि रैछ, पिएले खबर गर्‍यो। त्यसको एकैछिनपछि ३ जना खैरेसङै एउटी एसिअन केटी कोठाभित्र पसी। मेरो पारखी आँखाले "अपरेसन् ००३" को शरिरको बनावटलाइ तुरुन्तै एक्स्-रे गर्‍यो।


"क्लिक-क्लिक- क्लिक" (३६-२४-३६), ए होइन रैछ, त्यस्तो बनावट नभए पनि अर्कै किसिमको मादकता रैछ उसको शरीरमा। खुइलिएको जिन्स प्यान्ट र साधारन कटनको कमीज लगाएकी, सफा अनुहारमा अलिकति गुलाबी लिप्स्टिक, हलुका मस्करा लगाएकी, धेरै दिन देखि कोर्न नभ्याएको कपाल। मतलब आजकालको फेसन जस्तो सिल्की कपाल नभयेर कर्ली रहेछ। येसो सर्सर्ती हेर्दा अलिकति अग्ली, गहुँगोरी र मसिनो स्वरले कुरा गर्ने उ मैले मन पराउने टाइपकी केटी थीन।


"नमस्ते" गर्दा अलिकति मुस्काइ, मुस्काँउदा अलि उज्याली देख्दी रैछ, अनि परिचय दिन थाली। कर्नेल आङ्जो ले पनि मेरो परिचय गराइदिनु भयो। उठेर मैले सबै सङ हात मिलाए। उसको हात मलाइ एकदमै चिसो लाग्यो। हिँउ जस्तै चिसो। यस्तो चिसो हात हुनेको मुटु कस्तो चिसो होला। उ भितामा राखेको फोटोहरुलाइ नियाल्दै थी बेला बेलामा। केहि बेरको कुरा पछि उ आफ्नो अफिसको साथीहरु सङै बिदा भइ।

उ किन आएकी ? उसको खास उद्देश्य के होला? उसको हरेक कुरा मैले कसरी थाहा पाउने? "अपरेसन ००३" कोठाबाट निस्केपनि मेरो मस्तिस्कमा छाइ रही प्रश्न बनेर।

क्रमश:

 

Last edited: 24-Jun-08 03:37 PM

 
Posted on 07-10-08 7:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

nilu jyu kasti 003 bhanda ni bathi raichin  maile ta kalo chasama bata sabai dekha bai dipu le dekhi ki dekhina hola ?
 
Posted on 07-10-08 7:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 क्रेजी सिस,

--  निलु जी हउरलाई मज्जाले गालि अरिरनुभाको  देखेकिम मैले चै । अनिखेरि मैले माथि लेखेओ भुत को कथाको नायिका हउर भा हुनाले फेरि हउर सअ  डरा'र  लेखेओ जति मेटाम्नु भओ के रे।  त्यो ००३ चै निलु हुनुहुदोरेछ हस्तो लाउच है मुलाई चै।   नत्र 'बोक्सी ' भन्दैमा त्यसरी नरिसाम्नु पर्ने  भन्चु र 


 
Posted on 07-10-08 8:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे हे प्रेरणा !

हत्तेरिका ! सप्पैजो बाठीचन अस्तो छ। कल्ले कल्ले देख्यो भनेर बुझ्न खोजेको? हा हा हा


 
Posted on 07-10-08 8:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यस्तो अप्ठ्यारो मान्नु पर्ने त थिएन निलुले। तैपनि ठिकै छ पहिलो चोटि सबैलाइ त्यस्तै हुन्छ।

मिस सिस, दिपु र प्रेज्ज्, ल म अहिले लाइ लागे "अपरेसन ००८" तिर।

म ग्यानी भएर abcd.. पढ्न गए है।

भुत आयो पनि म कहाँ पठाइदिनु ल।


 
Posted on 07-10-08 8:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेही त है मिस दिदी प्रेरणा र म त पसिना पसिना भएका थियौ। हात्ले मुख छोपेका। आखामा भय  ओडेका थियौ। आँखा खुल्न सक्ने जती खुलेका थिए। मुटुभरी त्रासले दुबैको सास अड्काएको जस्तो लाग्दइथ्यो। बत्ती निभेका थे। पर्दाहरु हावा सगै निस्फिक्री एता उता चल्मलाउदै थिए। मुटुको धड्कन हाम्ले मात्रै नभेएर भुत ले पनि सुनिरहेछ जस्तइ लाग्दइ थ्यो। लग्लग कामेका खुट्टा, सुकेका ओठ र भयभित आँखा। हामी एक अर्कालाई हेर्दै  थियौ। मनमा धेरै कुराहरु खेलेका थिए। अब मरिने त निस्चितनै थियो तर मरन पो कस्तो हुने हो। जिन्दगीको माया बल्ल लाग्न थाल्यो। बल्ल बाच्ने  रहर जाग्यो। साथीहरुलाई भेट्न मन लाग्यो । बिहानकै प्लेन चडेर नेपाल जान मन लाग्यो। त्यो मौनता प्रेरणाले भङ गरी। दिपु  ठिकै छ यो संसारमा सँगै आएका थियौ अब सँगै जादैछौ। अब हामीलाई एकर्काको माया लाग्न थाल्यो। कती झगडा गरेका थियौ। मलाई जे चहियो उस्लाई पनि तेही चहिन्थ्यो बच्चै  देखी । भएन भने रुन थालथ्यौ। तर कहिले पनि छुटिएका थिएनौ। कती चोटि रिसाएर नबोलेका थियौ तर त्यो रिस एक्दिन भन्दा बढी टिकेन। हामी दुबै  सोच्दै थियौ अब बाँच्न पाए जिन्दगीभर एक अर्का सँग झगडा गर्ने छैनौ।

त्यतिक्कैमा भुत टुकु टुकु हिंडेको आवाज आयो। आवाज झन झन ठुलो हुँदै थ्यो। ढोकाको लक घुम्यो। आँखा एती खुलेका थिए कि शायद आज सम्म हामीलाई थाहा थिएन हाम्रो आँखा तेती ठुलो छ भनेर। हामीले हात बेस्कन मुठी परेका थियौ। भएभरको डर शायद तेही मुठीमा  थामिएका थिए। ढोका खुल्यो। सेतो पहिरनमा कोही थियो। उचाइ झन्डै म र प्रेरणा जत्रो। एक्कासी बत्ती बल्यो। अबूईीई ए मोरी हरु किन त्यसरी उभिएको मेरो सात्तो  गयो भन्दै भुत कराइ। हेरेको त क्रेज हामी भन्दा बढी थुर्थुर भईछे। दुई दुई वोटा  भुत उभिएका भनेर।

ye prezz tyo nilu ta maile pani dekhe hehehhehee


 
Posted on 07-10-08 8:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो धागोमा त रात बिरात छिर्न नहुने भईसकेछ यार ! भुतको कथा पो चल्न थालेछ !
 
Posted on 07-10-08 8:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

Last edited: 10-Jul-08 08:35 PM

 
Posted on 07-10-08 8:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आँखा एती खुलेका थिए कि शायद आज सम्म हामीलाई थाहा थिएन हाम्रो आँखा तेती ठुलो छ भनेर।वोइ दिपु हिजो डर ले थुर थुर हुँदा यस्तो राम्रो कथा बन्छ जस्तो लगेको थिएन, हेर अली धेरै बेर डरौने पेर्ने रहेछ कती राम्रो लेखे को :)

miss DD:  दिपू र प्रेरणा ००० को हिसाब गर्दै    --  हसौने एक से एक


 
Posted on 07-10-08 8:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रेरणा अहिले भर्खर निलुले सिकाकी। नपत्यए क्रेज्लाई सोध त। उस्लाई सबै थाहा छ। निलुको पनि उस्को पनि
 
Posted on 07-10-08 8:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निलु भनेको  चाँही को हो ताअाअाअा?
 
Posted on 07-10-08 8:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

nilu bhane ko crazy ko twin-sis ho
 
Posted on 07-10-08 8:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lau nayaa kathaa aae holaa bhaneko ta uhi bhut ko katha po? ke ho ke ho bujhnai garho, '02', '003' ra '007' eutai hun jasto chha, tehi bhaera po ...........

lau CL parsi saturday samma katha lekhi saknu hai tehi bela ma padhaula.

Nilu le chahi 'khali pana' bharera feri kina metako ni? (katha ma matra hai naraisaunu hola)


 
Posted on 07-10-08 8:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा लौ लौ प्रेरणा र मिस दिदी भनिदिनु पर्‍यो रे रिट्ठेलाई निलु को हो भनेर।
उहिले खाली पानाबाट पढ्दा त रिट्ठे घरी  घरी  निलुको माया लाग्यो भन्थ्यो 
 
Posted on 07-10-08 8:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ritthe prerana ra ma jastai kya  kasto nabujheko
 
Posted on 07-10-08 8:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए निलु भनेको सजल को हुन न सकेकी पत्नी हैन त दीपीका? बिचरी का छे होली ऐले? लौ न बगलामुखी माता
 
Posted on 07-10-08 9:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

la balla chinechha sathi le.. badhai chha sathi
 
Posted on 07-10-08 9:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बधाई ले मात्र पुग्दैन ! निलु को ठेगाना दिनु पर्‍योन्त अब ! अनी पो साथी नभये त हाती
 
Posted on 07-11-08 8:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क बाट क्रेजि ख खरायो

यति धेरै पोष्ट छ कथा हरायो

बोक्सिको  को एपिसोडले गर्नु गरायो

यति धेरै पोष्ट छ कथा हरायो

लौ भन त क्रेजि कथा कता हरायो ?????????????????????????????????(inspired by one of my favourite song ,music रेडिमेड छ यस्को!)


 
Posted on 07-11-08 9:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लौ भन त क्रेजि कथा कता हरायो ?????????????????????????????????(

 
Posted on 07-11-08 9:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पर कुनै गिर्जाघरको घडीले बाह्र बजेको घन्टि बजायो-

"टङ्.... टङ्.... टङ्..!"

शायद यहि घन्टिले होला मिन्जोको निद्रा खुल्यो! बाहिर जोडले हावा चल्दै थियो! राति सुत्दा झ्याल लगाऊन बिर्सेको रहेछ, झ्यालका खापा र परदा जोड जोडले हल्लिँदै थिए। अचानक बाहीर कतै कुनै कुकुर रुन थाल्यो! अँध्यारो चुक घोप्ट्याएको जस्तो थियो। होटलको संगैको कोठामा ००३ शायद मस्त निद्रामा थिइन्। अचानक ००३ को कोठाबाट केहि कुरा जोडले खसेको जस्तो आवाज आयो! मिन्जो सतर्क भयो र तकियामुनि बाट रिवल्वर निकाल्दै पाइजामा लगाएर बाहिर आयो। कोरिडोरमा झन अँध्यारो थियो! उ बिस्तारै हातमा रिवल्वर लिएर निकै सतर्कताका साथ ००३ को कोठा तिर बढ्न थाल्यो। अचानक, उसले केहि चाल पाउनु भन्दा पहिल्यै कसैले उले रिवल्वर लिएको हातमा प्रहार गर्यो। उसको रिवल्वर भुइँमा खस्यो। एउटा छायाँ जस्तो देखिने बलियो मानिसको बलिष्ट प्रहार परेको थियो। मिन्जो एकपलको लागि जड भयो। छायाँले बिजुलीको गतिमा, खसेको रिवल्वर लियो र दौडँदै कोरिडोरको छेऊमा पुग्यो र छेउको झ्यालबाट तल हमफाल्यो! मिन्जो दौडँदै पछि पछि गयो, झ्यालबाट तल चुक घोप्ट्याएको जस्तो अन्धकार र तेज हावाको बहाव बाहेक केहि थिएन्।

ऊ हतार हतार ००३को कोठातिर गयो। ढोकामा हातले हल्का दवाव दिनासाथ ढोका खुल्यो।भित्र अत्यन्तै अन्धकार थियो। ढोका लगाएर उसले भित्तामा छामछाम छुमछुम गर्दै बिजुलीको स्विच भेट्टायो र अन गर्यो। कोठामा बिजुलि थिएन।

"००३ssss!"

उसले बिस्तारै बोलायो। कतैबाट केहि आवाज आएन!

धेरै नै अँध्यारो भएकोले केहि देखिँदैनथ्यो। उसले पाइजामाको खल्तिमा हात हाल्यो र सलाइ निकालेर कोर्यो। सलाइको झिनो उज्यालोमा उसले खालि कोठा देख्यो। सोफासेटहरु मिलाएर राखेको देख्यो र पर बेडरुमको ढोका देख्यो। सलाई निभ्यो। ऊ बेडरुमको ढोका तिर बढ्दै अर्को सलाई निकाल्यो।  बट्टामा आखिरी सलाई बाँकि रहेछ।

बेडरुमको ढोकाबात बिस्तारै छिरेर ऊ अगाडि बढ्न खोज्दै सलाई निकाल्यो। केहि चिजमा उसको टाउको ठोक्कियो र ऊ लड्यो। अँध्यारोमै तल खसेको सलाईको काँटि केहि बेर लगाएर भेट्यो र टुक्रुक्क बसि बसि सलाई कोर्न लाग्यो। यसपटक उसको निधारमा केहि चिज चुहिएर निधार भिज्यो। बाहिर पानी नपरेको ३ दिन भैसकेको थियो। उ अचम्ममा पर्यो र अन्तिम सलाई कोरेर माथि हेर्यो।

माथि पंखामा कुनै भर्खरकि युवतीको अर्धनग लाश झुन्डिरहेको थियो र लाशबाट तप तप गर्दै ताजा रगतका थोपा चुहिँदै थिए! शायद केहि आवाज सुनेर होला उसले ढोका तिर नजर घुमायो। सलाईको काँटि सकिएर उसको औँला पोल्दै निभ्नु भन्दा अगाडि उसले देख्यो, ००३ मुहारमा कुटिल मुस्कानका साथ रिवल्वर ऊ तिर तान्दै ढोकामा उभिइरहेकि!

आबुई!!!!!

 

लोल!!!

 

ल ल  क्रेजी थपम हरिप जाँदैछ!


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
tesla stock OMG !!
TPS for Nepal likely to extend next week
Conservative discussions
सालीको चाक
TPS To F-1 COS
Embassy of Nepal might be able to help extend TPS for Nepal
I hope all the fake Nepali refugee get deported
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
ChatSansar.com Naya Nepal Chat
Who is hottest nepali female?
Looking for girl
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
रबि लामिछानेको दाहिने हात ICE को हिरासतमा
ICE kidnapping people off the streets over op eds
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters