[Show all top banners]

miss_ me
Replies to this thread:

More by miss_ me
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Chautari XVII

[Please view other pages to see the rest of the postings. Total posts: 307]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 101726 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 06-30-06 3:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी!चौतारी !! चौतारी !!!
कैयौं उकाली ओरालीहरू पार गर्दै चौतारी सोह्रौं संस्करणमा आईपुगेको छ। कथा, कविता, गीत, गजलहरूले गुञ्जायमान हुँदै, हँस्सी मजाक,खुशी, चुट्किलाहरूले सिंगारिदै चौतारीले गाम्लेहरूबाट पाएको मायाले नै यो १७औँ खुड्किलासम्म पुग्न सफल भएको हो।

सबैको साझा चौतारीमा
नेपे दाजी,बिर्खेमाइला, दादा, पुन्टे, काका, नमे, सिरे, भौते, गोतामे, मुन्द्रे, लाले, गलब ,पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, लाउरे दाई, लुते,
नटे, डल्ली, सेर्पिनि, लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले,
परदेशी, पानपाते ,हर्के, यामे , सुभे, ठुल्नानि, प्रिती हिते ,नारने,
कैले, तिर कुमारी, चरीनङ्रगे, बब दाई, ईश्वर, सान्कान्छा, राते, हिते, रामे, मने, इन्द्रेणी,हिमाल, कुम्ले, चित्रे, फोक्से र मिस्टे
तथा साझा-चौतारी हेर्न आउनुहुने यहाँहरु सबैलाई चौतारी परिवारकोतर्फबाट हार्दिक स्वागतम्


मेरो उपस्थिती यदि तिम्रो लागि खुसी भए
मैले मेरो सारा खुसी तिमीलाई नै सुम्पिदिएँ
खोज तिमी भावहरुलाई शब्द शब्द गीतमा
भेटाउने छौ सामिप्यता ती शब्दको गहिराइमा


आशा छ यो चौतारीमा हामी अझै दिल खोलेर गीत गाउन, नाँच्न, गफसफ गर्न र मित्रता गाँस्न सफल हुनेछौं।
हेर्नुस है त पहिलो भागका केहि अंश हरु
*** *** ***

Foe_4_mysty:त्यो बब दाई भन्ने गन्जडी मास्टर कि विद्यार्थी? विद्यार्थी हो भने त ठिकै छ हैन भने म त नपढ्ने यो स्कुल मा!
Bob Dai: होईन यो मुसी(misty) के भन्छे? आउने बित्तिकै गँजेडी भन्छे बा?
म विद्यार्थी नै हो । रोल नं ० । अनि दादाले राम्रो कुरा गरे एस्पाली । राजनीति त हुनै परो नि गाँठे! एस्सो गपसप गर्न त रमाइलोनै हुन्च नि शेरखाँ ।
ए चित्रे डाँका कल्लाई बमबहादुर भन्छस्? जैलेनी मेरा खुट्टा तान्न आम्छ बा!अझ पशुपतिनाथ लैजाने कुरा गर्दो रच । किन चाइयो मलाई महा-पर्बन्दक को पद? चौतारीबाट पोलिटिस खेलेर निकाल्ने बिचार छ कि के हो ए तित्रे? बाउजस्तो मान्छे लाई बृद्दाश्रम लाने कुरा गर्छ ए गाँठे! अनि ए बज्जे, कल्ले गाँजा खाछ? लौ मुख नेर आ । लौ सुङ्! नानाभाँती कुरा गरेर दिमाग खान्छ यो स्वाँठ । तँलाई जन्याछु पख्!
Bhaute:बबेदाइका आँखा के भए? मिस्टेलाई "के भन्छे? "रे। :-) चस्मामा केटीको स्टिकर टाँसिएको छ कि के हो? :p

*** *** ***

uptowngal: मास्टरनी दिदी किन मैले भोत दिन नपाउने ?
miss_ me: बाल अधिकार को हनन हुन्छ। राम्रो सअ बोलि नि नफुटेकोलाई पोलटिसा लगायो भुने कार्वाइ अर्ने भुनेर नियम बनौन ला'छन रे क्या:)

*** *** ***

gaalab:हाफछुट्टि पछि खोलामा पौडि खेल्न गयो कि गएन?
मिसले अन्तर-स्कूल पौडी खेलमा स्कूलको नाम राख्न सक्छ कि सक्दैन भनेर जाँच्न खोज्नुभा होला। त्यो त गइयो मिस्। त्यसो नगरेको भए कसरी अहिले बुढीगंगा पौडेर तर्न सक्थें र?

*** *** ***

Nepal ko chora : कोरियाले जित्यो २-१
हुर्रे।
World_map: लौ, अर्जेन्टिना त हार्यो, बोर भयो नि। पेनाल्टिमा हार्यो। :(

*** *** ***

Tyra : ओहो कुम्ले जि (म चै ज्यान् गए नि कुम्ले भन्न नछाड्ने ),म गाउने तपाईं सुन्ने त्यस्तो त भएन नि उमराओजान् फिलिम् जस्तो ,बरु दुबै जना नच्ने हो कि,
माथि माथि सैलुङे मा चौरि डुलाउने लाइ
हत्केला म माया को गुरास् फुलाउने लाइ
भन्दिनु है भन्दिनु ..........
ल ल मिस् लाई है यो चाँहि-

खोज्नै पर्थेन सामिप्यता हामीले शब्दजालमा

*** *** ***

CaMoFLaGeD:
मेरो त नाम नि लेखाको छैन रे बा ले भन्नु भाको। अब बारी को धान बिक्यो भने भर्ना गरी दिने रे। धान को भाउ नि घट्यो रे यसपाली। खोइ अब कति रोल नम्बर भन्ने होला?

*** *** ***

Poonte:
हिज दिम्सै देखुन् हिक्क हिक्क बाडुली लाएर, रातीको गास् निल्न नि गारो भो। अन्फेरुन् तै हिक्क हिक्कले सुत्न सके त मरिजाम्! के भो, यो बुढेसकालाँ कोल्ले सम्झो मुलाई भुनेर
यस्सो चौताराँ नजर ला’को त, ए मेरि बास्सै! सबले सम्झेर हुरुक्कै भा’रेचन्, लौ!

Nepe: गोतामेजी समसामयिक विषयहरुमाथि सटीक टिप्पणी गर्ने तपाईको कलाबाट म औधी प्रभावित छु

pkreli : गोतामे गुरु तपाइंको कविता अति उत्तम लाग्यो । जस्ताको तस्तै मेरो विश्वजालमा राख्छु है? तपाइंको नाम समेत राख्छु । सत्ते धरोधर्म मेट्दिन ।


गौतमजीको कविता:

हाम्रा दिन गएछन शेरखाँ


जमाना उल्टो आएछ शेरखाँ
हाम्रो भागमा अब अगुल्टो आएछ शेरखाँ
हिजो सम्म हाम्रा अघिल्तिर झुक्नेहरु
आज सजिलै उठ्ने भएछन
उठे मात्र के हुन्थ्यो र शेर खाँ

हामीलाई नै कुट्ने भएछन्।
हिजो हामीले ठक्कर दिदाडराएर भाग्नेहरु
आज टक्कर दिने भएछन
चक्कर आउनथाल्यो मलाई शेरखाँ
उनीरहरु पनि ठक्कर दिनेभएछन।
जमाना उल्टो आएछ शेरखाँ
हाम्रो भागमा अब अगुल्टो अएछ शेरखाँ
विदेशतिर भाग्नुपर्छ कि क्याहो अब
हाम्रा दिन गएछन शेर खाँ!


 
Posted on 07-07-06 3:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेऽऽऽ बईनीले त जे भने नि सहिदिन्छु, जे भने नि सहिदिन्छु
तर धेरै बोली भने दाईजो काट्दिन्छु

नारनघाटैमा…जन्तीसंग रुनु पर्ला बीच बाटैमा!

उडाउने हो र मलाई एकै लातैमा?
उडेर म त पुग्दिन्छु तिम्रो संगीको काखैमा

ए, नारनघाटैमा…तिम्रै संगी भगाउँछु समाती हातैमा!

********************************

तो नखरमाऊली पिरती भउतेको भान्जी भईखा’की नि! बोल्न नि पैसो पर्छ उनलाई। त्यस्तै हुन् गाँठे भउतेका सन्तान! (खप्पराँ एक दुईटा रौं त बाँकी छ, गाँठे! तो नि उखेल्ने भो भउतेले!)

कि बोलेकी पोल्ला भुनेर पो डरा’की?

हेऽऽऽ पिरती को बोली नै हरायो, बोली नै हरायो
दोहोरी खेल्न हाम्संग डरायो!

नारनघाटैमा…भउते मामा लेर आऊ तिम्रो साथैमा!
 
Posted on 07-07-06 3:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए हजुरहरु अझै चलिरहेको को छ यो गाउने बजाउने कर्यक्रम?? आफु परियो कलिलो मान्छे कहाँ सक्नु नि एस्तो खप्पिसहरु सङ्ग??

तितौरी जि नरिसाउनु है मेरो गाना सुनेर। आजै हो एस्तो लख्न शुरु गरेको। गार्हो पर्ने रहेछ।

हैन यो भउते जि ले, चित्रे जि ले र पुन्टे दाइ ले कसरी लेख्छन?? फेरी तितौरी जि लाइ नि कस्तो आको नि उत्तर दिन??

रमाइलो भयो।

:-)>
 
Posted on 07-07-06 3:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

oh कुम्ले ,कहाँ आउनु नि।
अब धेर् बोल्दिन डर् लागो पुन्टेदा ले दाइजो काट्दिनिरे। अब ज्ञानि हुन्छु ल दाजै।
हिहिहिहि।
 
Posted on 07-07-06 3:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा!!!

आज त अफिसलाइ घाटै लगाइयो। काम केहि गर्या होइन, बसेर दोहोरि खेल्न थालियो। मार्छ कुन् दिन यो कुइरे ले।
:-)>
 
Posted on 07-07-06 4:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-07-06 4:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बोल बोल तितौरी नानी
दाइजो साइजो चाहिँदैन मलाई नि
पुन्टे दाई भ्वाँस .................. चुहिने गाग्री दिनेले नलगाउ है ध्वाँस। :-)

मलाई बुढो भनेर बोर भो
म त बिसको यु पन्ध्र सोह्र को
मयाँ लाए त.................... भुर्र उढी आउँथेँ म ठीकान पाए त। :p

के को झुटो बोलेको भनिछौ
पन्ध्र सय बराबर तिमी छौ
बाँकी एउ सय .................... हप्तै दिनमा पुर्याउँछु, यो ज्यान रै'रहे। :-)

मिनी स्कट नलाउ है तितौरी
आभाराले जिस्काउँदा चाल पाउली
सारी सुहाउँछ .......... तिम्लाई हेर्न रुखले पनि डाली नुहाउँछ। :-)

कुप्रे बुढो पात्तेको पुन्टेदाइ
छिट्टै घरमा पठाइदेउ सालीलाई
फेर् बजाइदिम्ला ................... बोराले तालु छोपी आगो लाइदिम्ला । :p :p

:-)
-भउते
 
Posted on 07-07-06 4:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ आयो फेरि भउते फत्फते
नरम बोलीले मागे त दिन्थें होन्डै भट्भटे

चुहिएको गाग्री त के, लग यो फुट्या गाग्री लुटेरै सके!

********************************

मुलाई त पुगो है आजलाई। रमईलो पुनि भो, लेकिन, आज घराँ बसेरै काम अर्दिन्छु भुनेर यनयेको थकाई मार्न बिदा लेको, म लन्ठु दोहोरी मै मस्त! यस्सो काम अरे जस्तो अर्न परो अब!

कोईले रिसानी भए माफ पाम् के रे। जिस्कने बानी छ। ह्रदय देखि न ले। अरु भन्दा नि, फेरि मिसले पो भाराभुरीलाई भाँडे भनेर तो बेतले मै बुढोको छाला खुईलाउने पो हुन् कि? यो उमेराँ मिसको बेत खानु समाजको अघि लाजै मर्नु फेरि!

भउते काजीलाई सलाम।
बुईनीहुरलाई सप्रेम बाई बाई।
अल्लारेहुरलाई झुन्डेर मर्न प्याँलो टाई। (प्याँलो, "राम नाम सत्य हे" लेखेको)

हर्न प्लिज्!
 
Posted on 07-07-06 5:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चुप लागेर बस पुन्टे भउते कुम्ले चित्रे
म त आए चौतारी मा तिमुर्लाई पर्ख लुरे लुरे

इन्द्रेणी मात्र किन पुन्टे? तितौरी र ठूली
चौतारीका उनी पनिउस्तै हुन नि बैनी

कुम्ले धेरै चौतारी बकबक नगर
बोल त्यति जति तिम्रो मुख मा आटने गर्छ

पुन्टे दा पनि कस्तो बुइनीलाई जिस्काउने
काम न काज को लठ्ठू लाई झन कस्तो मच्चाउने

भउते पनि कम्मर कस्दै दोहारी मा लाग्छ
उन्को अघि रुझेको बिरालो झै हुन्छ

चित्रे पनि यति छिटो मैना लाई बिर्सेको
उता मैना देउराली मा तिम्लाईनै पर्खेको
 
Posted on 07-07-06 5:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते मिस! हिहिहि

म त घर जान ला’…जेठीले भात पस्केर कुरी रा’होली!

खै, यो भउतेलाई चईं बुढेसकालाँ के वैंश चड्या हो, कुन्नी? म त गएं, है, ज्ञानी भएर।

मैले त केई गा’भे मरिजाम् लु! सब कुरो बिगार्नी यो भउते, कुम्ले र चित्रे हो!

हस् त, मिस! बाई बाई!

(सुईंकुच्चा ठोकेर टाऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽप!!!!!)
 
Posted on 07-07-06 5:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

इन्द्रेणी नानी चित्रेसंग सहयोग मागन नेपाली लेख्न राम्रो सिकाउछ नि ।
 
Posted on 07-07-06 6:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु, अब मलाई नि दोहोरी पुग्यो। यस्तै हो कैले काहीँ, हल्ला खल्ला रमाइलो अर्न मुन लाग्नी के रे। हिजो आज चौतारीमा नयाँ नयाँ मीत्रहरु देखेर सारै रमैलो लागि'राछ के मुलाई। गीत मिलाउन खोज्दा अनेक शब्द पर्छन, कोही रिसानी भे' माफ अर्नुहोला है।

प्रिती भान्जी, डल्ली कता गइन खै आजकल ? कैलेकाहीँ छोरो खेलाउँदै आइपुग्थिन चौतारीमा। अब त छोरो नि केटी मुन्छे देखे आँखा झिम्काउने भैसक्यो होला।

कुम्ले जी, तपाईँलाई नि निकै दोहोरी फुर्दो रे'छ। सारै रमैलो भो। थुल्ननी त लाजले हो कि रिसले हो लुसक्कै लुकिन त। यस्तै हो थुल्ननी, यो उमेराँ नजिस्किए कैले जिस्किनु त खै। इन्द्रेनी चैँ मेरो खप्पर फोर्न ढुङ्गा लिन गा'की, उतै हराइन। ढुङ्गाले आफैलाई मिच्यो कि कुन्नि।

तितौरी जी, हजुरको त के कुरा गरम खै। यसरी खुलेर दोहोरी गाउने मान्छे नभेटेको धेरै भो। स्कुलमा हुँदा सम्म रोदी र दोहोरीमा निकै हिँडियो। मलाई त तिनै दिनहरु सम्झाइदिनु भो हजुरले त। हजुर पनि पश्चिमको नै हुनुहुन्छ जस्तो छ, गीतको बान्की हेर्दा। जे होस तपाईँको गीती-उत्तरमा दम छ के।

पुन्टेदाइ, यसो आउँदै गर्नु नि चौतारीमा। भाइहरुले मुख छाडेर गालिगरे भनेर रिसाको हैनहोला के रे। साली लुकाएर राखे पछि यस्तै हो के। कसैलाई एउटी छैन, कसैले ३-३ वटी, डाह लाग्ने नै भो नि। :p अनि मन को मैलो शब्दले पोख्न मुन लाउनि के। त्यै धोबिनीको च्यात्या पेटिकोट कै कसम ल। :-)

लु लु, आम, बसम, गफ गरम।

:-)
-भउते
 
Posted on 07-07-06 6:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मास्टर्नी दिदी, तपाईले भनेपछि ईन्द्रेनीलाई नेपाली सिकाई त दिन्थें, तर ऊ मसित नसिक्ने रे। ठूल्नानीलाई भए त फकाएर भए नि सिकाइदिन्थें, तर ईन्द्रेनीले फेरी ढुंगाले हान्ने हो कि भन्ने डर लाग्यो। :)

लौ भौतेकाजी, मलाई नि मज्जा आयो आज चौतारीमा धेरै दिन पछि तपाईहरूसँग दोहोरी खेल्दा।

शुभरात्री!
 
Posted on 07-07-06 6:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस ले चूप लागेर बस भन्नु भा छ। म लागे है कुना मा। सबै जना लाइ धन्यबाद्। भउते जी, म हजुर को फ्यान भए है।
 
Posted on 07-07-06 6:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-07-06 7:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मास्टर्नी दिदीले आफूले बेलैमा ब्यबस्था गरेर बस्नी, हामीलाई चैँ चुप लाग भन्नी :-| यो सरासर अन्याय भो। :p लु गाम्ले हो, यो चौतारीलाई उहिलेनै लोकतान्त्रिक चौतारी भनेर घोषणा गरेको हो के रे। अब त्यसै अनुसार चुनाप अर्नु परो। :-)

हामी एकलकाँठेहरु चौतारीमा बसेर जिस्किन पाउने कि नपाउने? भोट हालुम अब।
लु मैले पैले भोट हालेँ है त। लास्टाँ पुन्टेदाइलाई चुनापको नतिजा घोषणा गर्न बोलाम्ला। :-)

मेरो भोट
१ भउते : मज्जाले पाउने, किन नपाउने ? :P
 
Posted on 07-07-06 8:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

किन नपाउने नि भउते जी??
आज शुक्रबार को साझँ एसो बियर को सानो श्लोक नि भन्नु पर्यो है।

शुक्रबार साझँ तिमी छौ माझँ हात मा बियर
नरिसाइ बस छेउ मा आज ओ माइ डियर
लाइक अ भर्जिन............
तिमी छेउ बसे मडोना लाइ नि म केहि गन्दिन!!

चियर्स!!!
 
Posted on 07-07-06 8:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पाउने, पाउने! पक्का पाउने! नपाउने भन्नेलाई नियमापत्ति लाउने! (आफू त बिहे भईसको के रे, नपाउने होला…यि मोरा उरन्ठउलाहरुका निम्ति च्याठीद्या नि एकैछिन!)

कुम्लेम समर्पित:

शुक्रवार साँझ, हातमा बियर, साईडमा डियर
डियर त “डियर”, आँखा मिचि हेर्दा “DEER” (मृग) पो नियर
लागेको सुरमा गन्न आए पो, मडोन्नालाई के गन्थ्यो
उनकै डल्ली, नेप्टीलाई उनले “मडोन्ना” देख्दथ्यो!

चियर्स!
आज धेरै बात मारियो चौतारिआँ। पुगो २-४ दिनलाई!
 
Posted on 07-07-06 10:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रातभरि कराऽर केटाहुरले मलाई मिटिक्कै निद्रा लाग्न दिएनन् नि।
बिनपख यिनेरु तितर बितर भएसी यसो निदाको ल।

मिनी स्कट नलाऊँ है तितौरी
आभाराले जिस्काउँदा चाल पाउली
सारी सुहाउँछ .......... तिम्लाई हेर्न रुखले पनि डाली नुहाउँछ। :-)


हो हो पक्का हो ल भउतेले भनेसि हो।
---
आन्दोलनप्रेमी हरुलाई खुशीको खबर!

स्थान : ?
समय: अपरान्ह ५ बजे देखुन
कहिले: साउन १० देखि दिन दिनै


समाचारहरु
साउन १० देखि अर्को जनआन्दोलन शुरु हुने

-
समुद्रपारि डट कम सम्बाददाता ।
बिहिबार, ६ जुलाई । जनआन्दोलनको भावनाअनुरुप सरकारले काम नगरेको भन्दै नागरिक आन्दोलनका अगुवाहरूले दोश्रो लोकतान्त्रिक जनआन्दोलनको घोषणा गरेका छन् । आन्दोलनको स्पष्ट एजेन्डा गणतन्त्र बनाइने जनाईएको छ ।
सरकारलाई दबाब दिने उद्देश्यका साथ उनीहरूले साउन १० गते बुधबारदेखि नयाँ सडक आन्दोलनको घोषणा गरेका हुन् । सरकारका गतिविधिले संविधानसभाको निर्वाचनमा बाधा पुगेको, लोकतान्त्रिक आन्दोलनका मुद्दाहरू ओझेलमा परेको भन्दै देशव्यापी आन्दोलन घोषणा गरिएको हो । आन्दोलन घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा नागरिक आन्दोलनका अगुवाहरू डा. देवेन्द्रराज पाण्डे, कृष्ण पहाडी, श्याम श्रेष्ठ, प्रा. कृष्ण खनाललगायतका व्यक्तित्वले आगामी आन्दोलनको नेतृत्व आफूहरूले गर्ने बताउनु भएको बुझिएको छ ।

उच्चस्तरीय जाँचबुझ आयोगको सुझावअनुसार प्रधानसेनापतिलगायत सेनाका प्रमुखलाई सरकारले कारबाही गर्न नसकेको, सेनाको संरचना यथावत राखेको, संविधानसभामा उत्पन्न बाधा हटाउन सरकार गम्भीर नभएको भन्दै उनीहरूले दण्डहीनताले प्रश्रय पाएको आरोपसमेत लगाएका छन् । राज्यको पुनर्संरचनाका विषयमा सरकारले जटिलता थपेको, दरबारका सचिवालय र सुरक्षालाई यथावत राख्दा संसद्ले नै परिवर्तनविरोधी शक्तिलाई संरक्षण दिएको आशंका उत्पन्न गराएको, शान्तिप्रक्रियाका निम्ति हतियार व्यवस्थापन गर्न एकअर्काप्रति आशंका फैलिएको जस्ता मुद्दाका विरुद्ध आन्दोलनमा आवाज उठाइने बताइएको छ ।

राज्य र बिद्रोही पक्षबाट कमी-कमजोरी हुँदा प्रतिगामी र यथास्थितिवादीहरूको चलखेल बढेको उल्लेख गर्दै नागरिक आन्दोलनका अगुवाहरूले निर्वाचन आयोगमा कुनै परिवर्तन नगरिँदा संविधानसभाको निर्वाचन प्रक्रिया सरकारले ढिलासुस्ती गरेको, सात दलको गठबन्धन सरकार र माओवादीका क्रियाकलापबाट समावेशी लोकतन्त्रको अवधारणा पन्छाइएको, माओवादीले पटक पटक प्रतिबद्धता जनाएका विषयमा पनि घटनाहरू घटाइरहेको ठहर गर्दै जनताको लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने चाहनालाई सर्थक र व्यापक बनाउन नागरिक आन्दोलनलाई नयाँ उचाइका साथ निरन्तरता दिन लागेको उनीहरूले स्पष्ट गरेका छन् । M
 
Posted on 07-08-06 3:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मज्जाको दोहोरी थियो, सकिएछ्!
************************
पुन्टे दाई को छुट्टी सकियो क्यारे यो हप्ताको लागि!
****************************************
दादा ब्रो गीत गाउन छोडेर कहाँको आन्दोलनको कुरा गरिरा मिस् को पिटाइ खाँदा थाहा होला।
**********************************************************************
ओ इन्द्रेनी, नेपाली सिक्ने भए म सँग आउ तिम्रो बाउ ले केही पनि भन्दैन (किनकी म उहाँको प्यारो भान्जा हुँ नि त :प्)
*************************
मिस् हाम्रो इस्कूल कहिले देखि सुरु हुन्च?
इस्कूल जान मन लागेर याँ कस्तो पो भैराच्।
 
Posted on 07-08-06 11:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो नउसा काँ हो?
तस्विर - ससिम पौडेल

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS To F-1 COS
TPS to F1 Status.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
TPS Sakiyo Tara Case is in Court.
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal Likely to Get 60-Day TPS Notice
TPS cancel bho bhane k garne?
मुद्दा हाल्छन होला र ?
Need Help of IT consultancies
NEPAL TPS IS GONE
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
The New Color of Her Flag
Bill to Protect TPS and DED Recipients
कोर्टमा जाँदा आइसले समात्ला भन्ने डर छ भने यस्तो गर्नुहोला
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters