[Show all top banners]

Ritto Haat

More by Ritto Haat
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 लघुकथा (अव्यक्त बधाइ)
Keywords associated with this thread

laghukatha
[VIEWED 6289 TIMES]
SAVE! for ease of future access.
Posted on 09-17-14 6:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

ओइ छोरी यता आइज त तेरो साथी सिम्रिकाले फोन गरेकी छ l यति सुन्ना साथ रश्मि पनि मनमा कौतुहलता र खुसि हुँदै फोन उठाउन पुग्छे, अनि हेल्लो भन्न नपाउंदै सिम्रिकाले बधाई दिन्छे , एकछिन त रश्मि अलमल्ल पर्छे l किन बधाई? के को बधाई? भन्दै सिम्रिकलाई प्रति प्रश्न गर्छे ; सिम्रिकाले पनि बिस्तारै- बिस्तारै कुराहरु भन्न सुरु गर्दै थिई, तर अचानक उसको बुवा बैठक कोठामा छिरेकोले कुरो बटार्दै भनि; अनि त्यो छ नि सामाजिक शिक्षाको गृहकार्य , मैले त सकेकै छैन नि नआएर भोलि मलाई सिकैदेउ है सिम्रिका भन्दै फोन राखी l
साँझ ढल्की सकेको थियो l असोज महिनाको पहिलो पहिलो दिनहरु , दिन पनि छोटीदै गएको र हल्का -हल्का चिसोको अनुभूति भैरहेको थियो l रश्मीको मनमा झन् उथल-पुथल भएर कुराहरु बर्सिन थाले, हुन त रश्मिलाई शंका लागिसकेको थियो के कुराको बधाई हो भन्ने तर पनि उ उत्साहित भएर सिम्रिकाकै मुखबाट ति सालिन, अनि आनन्ददायी शब्द हरु सुन्न चाहन्थी सबै कुरा बृतान्तमा l घडीमा साँझको ८ बजिसकेको थियो , आमाले बोलाउनु भयो छोरी भित्र आउ , बुबा , भाई, बैनी सबैलाई बोलाऊ अब खाना खानु पर्यो l
रश्मिलाई अहिले कस्तो अनौठो भैरहेको थियो , खाना खान कत्ति पनि मन थिएन l हतार- हतारमा खाना खाएर , भाँडाहरु माझे पछि शिधै आफ्नो कोठामा पसि र मनमा कुरा हरु खेलाउन थालि l , मनमा अनेकौं कुराहरु आए, हिजोका , अस्तिका , एक हप्ता पहिलेका, पोहोर सालका अनि सम्झिन सक्ने सम्मका , कस्तो मिठो हाँसो , कस्तो राम्रो कपाल, कस्तो मिठो जिस्कने बानि अनि जिस्काउने पनि , हेर्दै सर्लक्क परेको शरीर, ........यस्तै यस्तै आदि र इत्यादी सोच्दा -सोच्दै निन्द्रा पर्छ भोलिको पर्खाइमा सिम्रिकासंग भेट्ने चाहनामा l
आज रश्मि छिटै उठेकी छे सबेरै , आफैं / संधै आमाले बल गरेर उठाउनु पर्थ्यो, l छोरी उठेर आमा पनि मख्ख पर्नु भयो र भन्नु भयो अब ते मेरी छोरी पनि ठुली भैसकिछे , आफै सबेरै उठेर चिया नस्ट गरे सकेकी l रश्मि अबत सिम्रिका उठिहोला भनेर फोन हान्न पुग्छे तर फोन बिग्रिएको र सम्पर्क हुन नसक्ने स्थिति देखे पछि रश्मि निराश हुँदै अब छिटै बिधालय जान्छु भन्दै तयारी गर्छे र छिटो- छिटो पाइला लम्कन्छे l उ यति सम्म कल्पनामा डुबेकी हुन्छे कि !!! ब्यस्त सडकको बीचबाट हिडेको उसलाई पत्तै हुदैन र अचानक गाडीको ठक्करले सबै सपना चकनाचुर पारिदिन्छ फेरी कहिल्येइ सिम्रिका संग नभेट्ने गरि अव्यक्त बधाइको पर्खाइमा l कहिल्येइ नभेट्ने गरि केवल अव्यक्त बधाइको पर्खाइमा l
_____________नैतिक पाठ - कृपया रहस्य धेरै बेर सम्म लुकाई राख्नु पनि हानिकारक हुन जान्छ l
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
Tps decision coming or not nov 18
NOV 18th TPS DAY
EAD Filing
Work Permit
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters