[Show all top banners]

fashioninstitute

More by fashioninstitute
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 एक अन्तरास्ट्रीय नेपाली हिरो को अवसान र के थियो उनको सपना ?
[VIEWED 4298 TIMES]
SAVE! for ease of future access.
Posted on 04-24-16 2:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

विश्व चर्चित ‘क्याराभान’का नायक थिण्ले भन्थे एरिक भ्याली ले नेपाल लाई बिश्व मा चिनाइदिए । नेपाली सिनेमा लाई बिकास गर्न के गर्नु पर्छ भनेर सोद्धा उनि भन्थे- बेइमान गर्‍यो भने सफल भ इदैन ।एकपटक हारदै  मा कोही असफल हुँदैन दोस्रो वा तेस्रो चोटी अबश्य भइन्छ । क्याराभानका नायक थिन्ले लाई फ्रान्सेली निर्देसक एरिक भ्याली ले क्ष्य रोग को उपचार गरिदिए ।इज्जत दिए नाम दिए जुन मेरोबाउ आमा ले पनि गरेनन । नत्र उ कहाँ को म कहाँ को । क्यान्सर हुँदा पनि फ्रन्स नै लगेर उपचार गरिदियो ।


नेपाली सिनेमा को बिश्व बजार को लागि क्यरवान एक इतिहास नै हो. जसको श्रेय नायक थिन्ले र फ्रान्सेली निर्देसक एरिक भ्याली लाइ जान्छ. नेपाली सिनेमा भन्ने बितिकै नाक खुम्च्याउने युबा हरु समेत लेसधै सम्झी रहने नाम हो र सधै हुने छ नायक थिन्ले र चलचित्र क्याराभान. बिना तालिम सिर्फ सिनेमा मा काम गर्ने इछ्या ले गर्दा र उनको जिबन्त अभिनय ले नेपाली चलचित्र ले बिश्व बजार मा पुर्याइदियो.यो नेपाली चलचित्र को लागि एक कोसे ढुङ्गा नै हो. 


ठिन्ले लेन्डूप नेपाली चलचित्र कलाकार तथा माथिल्लो डोल्पाका अगुवा समाजसेवी हुन्। उनले विश्वचर्चित चलचित्र हिमालयन क्याराभानमा गरेको जीवन्त अभिनय बाट चर्चित बनेका हुन्। यो चलचित्रमाथिल्लो डोल्पाको जीवनशैलीमा आधारित रहेर फ्रान्सेली चलचित्र निर्देशक एरिक भ्याली ले निर्माण गरेका हुन्।


माथिल्लो डोल्पामा जन्मेका ठिन्ले पछिल्लो समय उनी केही म्यूजिक भिडियोमा देखा परेका थिए। चलचित्रमा देखिनुपूर्व उनी साल्दाङ गाविसको अध्यक्षमा निर्वाचित भै काम गरेका थिए।


पछिल्लो समय डोल्पा सदरमुकाम दुनैमा बसोबास गरिरहेका ठिन्ले पेटको क्यान्सरबाट पीडित भएपछि राजधानी र डोल्पा धाउने गरिरहेका गरेका थिए। त्येस्कै कारण उहाको निधन १२ बैशाख २०७३सालमा भएको थियो। उहा घोडामा डोल्पा सदरमुकाम दुनैबाट छिप्का जाँदै गर्दा थिन्लेको घोडालाई खच्चडले धक्का दिएपछि उनी घोडासँगै लडेका थिए। घोडाको घटनास्थलमै मृत्यु भए पनि थिन्ले जिवितैथिए। केही पर्यटकले उनलाई लडेको देखेपछि छिप्का ल्याएका थिए। उपचारको लागि हेलिकप्टरमा काठमाडौं ल्याउने तयारी हुँदै गर्दा साँझ साढे ५ बजेतिर थिन्लेको निधनभएको थियो।


 


 उनी अभिनित क्याराभान चलचित्र सन् १९९९ मा रिलिज भएको थियो । यो चलचित्रमा डोल्पाको जनजीवन देखाइएको छ । फ्रान्सेली निर्देशक इरिक भ्यालिले निर्देशन गरेको यो चलचित्रले रिलिज भएसँगैविश्वका थुप्रै प्रतिष्ठित अवार्ड जितेको थियो । नेपाली, डोल्पो, जर्मन लगायतका थुप्रै भाषामा यो चलचित्र डबिंग गरिएको छ ।


यस चलचित्र ७२ औँ ओस्कारमा विदेशी भाषातर्फको उत्कृष्ट चलचित्रका लागि मनोनयनमा परेको थियो । ओस्कारमा मनोनयनमा पर्ने यो एकमात्रै नेपाली चलचित्र हो ।


नेपाल मा त्यस्ता हजारौ कथा हरु छन् जुन कुरा लाइ समेटेर सिनेमा बनाउने हो भने बिश्व बजार मा सजिलै पुग्न सकिन्छा त्यसकै उदाहरण हो चलचित्र क्याराभान. जहाँ डोल्पा को मौलिक कथा छ जुन बिश्व भर चर्चित भयो. थिन्ले ले बिश्व मा नेपाल लाइ चिनाय.


नेपाली चलचित्र खासै विकास भए को पाइदैन. विभिन्न सोसण, देखि तल्लो स्तर को कथा बस्तु साथै हिन्दि फिल्म हरु बाट प्रभाभित भए कै कारण मौलिक चलचित्र बने को पइदैन. बिश्वो जार मा तब सम्म पुग्न सक्चैना जब सम्मान हाम्रा मौलिक कथा पुग्न सक्दैन. हामी नेपाली हौ हाम्रो कथा साथै बिसय बस्तु चाहियो. हामी लै कुनै कोरियन चलचित को डुप्लिकेट कथा चाहिए को होइन. बिकास संगै हामी जति सुकै सहरिया बने पनि हाम्लाई हाम्रै मौलिक खाना सस्कृति हरु मन पर्छ त्यस्तै बिस्वो बजार खोज्ने हो भने हाम्रो नेपाली पल दिनु पर्छ. सहि ढंग मा सहि प्रबिधि हरु अपनाएर मौलिक बनाउने भन्दै मा बिना प्रबिधि तल्लो स्थर को बनाउदा उल्टै बेइज्जत हुन्छ.


कुनै बिदेसी ले नेपाली फिल्म हेर्नु भने को नेपाल को नेपाली पल लाइ नियाल्न खोज्नु हो. तर त्यो नेपाली पल आउन नसक्दा नै नेपाली फिल्म कम्जोर भै रहे को छ. जब हामी ले हामी को हौ भन्ने कुरा बिर्सेयौअनि हाम्रो सिनेमा चलन सकेन.


निरास हुनु पर्ने स्थिथि केहि छैन मौलिक कथा बस्तु साथै उच्चा प्रबिधि अपनाए रा नेपाली चलचित्र बनाए नेपाली चलचित्र बिश्व बजार मा पुग्छ नेपाली पर्यटन देखि लिय र हाम्रो देखि लै संसार लै नै चिन्छ.दुनिया मा राम्रो लागे र नै त अरु ले कपि गर्ने हो नि. त्येस्तै हाम्रो नेपाली फिल्म हरु पनि अरु ले कपि गर ने दिन आउछ. हाम्रो मौलिक पन को जगेर्ना हुने छ. महान नायक थिन्ले को उच्च सम्मान त्येही हुने छ.जसको सपना थियो नेपाली सिनेमा बिश्व बजार मा जावोस.



 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS Re-registration case still pending ..
TPS for Nepal likely to extend next week
सालीको चाक
ChatSansar.com Naya Nepal Chat
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
TPS To F-1 COS
Venezuela TPS lawuit
tesla stock OMG !!
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
Nepal TPS decision
Need Help of IT consultancies
Any input on remote jobs(IT related or Sales or Marketing)?
Supreme Court allows Trump to end TPS for Venezuelans
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters