[Show all top banners]

Ban Dana

More by Ban Dana
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 बहुचर्चित बूढीगण्डकी जलविद्युत आयोजना फेरि किन चिनियाँ कम्पनीलाई ?
[VIEWED 6422 TIMES]
SAVE! for ease of future access.
Posted on 09-23-18 6:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उर्जामन्त्री वर्षमान पुनले बहुचर्चित बुढीगण्डकी जलविद्युत आयोजनाको काम अघि बढाउन चिनियाँ कम्पनी ‘चाइना गेजुवा ग्रुप कम्पनी’सँग छलफल अघि बढाउन मन्त्रिपरिषदले जिम्मेवारी दिएको बताएका छन् । 

आइतबार साँझ मन्त्रालयमा भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री पुनले मन्त्रिपरिषदले बुढीगण्डकी आयोजना अघि बढाउन गेजुवासँग छलफल अघि बढाई सम्झौता गर्नेसम्मको जिम्मेवारी सुम्पिएको उनले बताए ।

गएको असोज ५ गते बसेको मन्त्रिपरिषदको बैठकले मन्त्रालयलाई चाइना गेजुवा कम्पनीसँग वार्ता गरी सम्झौतामा पुग्न र हस्ताक्षर गर्न निर्देशन दिएका हो ।  उर्जा मन्त्रालयले सो चिनिया कम्पनीसँग आयोजना निर्माणको बारेमा छलफल गरी प्रारम्भिक सम्झौता गर्ने तयारी समेत गरेको छ । 

यो आयोजना निर्माणका सम्बन्धमा २०७४ जेठ २१ गते गेजुवा र तत्कालीन उर्जा मन्त्रालयका बीचमा समझदारी भएपछि विरोध चुलिएको थियो । प्रचण्ड नेतृत्वको सरकारले गरेको सो सम्झौता २०७४ कातिक २७ गते शेरबहादुर देउवा नेतृत्वको सरकारले त्यसलाई खारेज गरेको थियो । 

सोही कम्पनीले आफूले उक्त आयोजनामा काम गर्न चाहेको आशयपत्र, विश्वमा विभिन्न देशमा काम गरेका प्रमाणित कागजात प्रधानमन्त्री कार्यालयमा पेश गरेर पुन काम दिलाउन आग्रह गरेको थियो ।  

सबैभन्दा पहिले कम्पनीले सन् २०१६ मे १५ मा बुढीगण्डकी जलविद्युत आयोजनाको काम इपिसिएफ मोडेलमा गर्छु भनेर चिठी दिएको थियो । लगानीकर्ता बैंकहरुको आशयपत्र र प्राविधिक क्षमता सहितको विवरण संलग्न गरिएको चाइना गेजुवा ग्रुप कम्पनीको १० अप्रिल २०१७ मा अर्को पत्र प्राप्त गरेको थियो । 

मन्त्री पुनले भने– ‘नयाँ सरकार गठनपछि चाइना ग्रुप कर्पोरेशन गेजुवाले गएको भदौ १ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुनः हामी यो काम गर्न चाहन्छौँ, पहिला पनि हामीले काम अघि बढाइसकेका थियौँ, विगतको सरकारले हामीलाई अनुमति दिएको र पछिल्लो सरकारले खारेज गरेकोले पुन हामी इपिसिएफ मोडेलमा काम गर्न चाहन्छौँ भनेर निवेदन दिएको थियो ।’ 

अब कम्पनीलाई बोलाउने र छलफल गर्ने काम हुने मन्त्री पुनले जानकारी दिए ।  वार्तामा लगानीको मोडालिटीको बारेमा छलफल हुनेछ भने इपिसिएफ मोडेल प्रस्ताव गरिएको छ । साथ लागतको बारेमा पनि छलफल हुनेछ । यसमा कम्पनीले आशय ब्यक्त गर्ने र कम ब्याजदरको लगानी खोज्ने काम हुने मन्त्री पुनले बताए । 

यसमा ऋणदाता खोज्ने, त्यसको सम्झौता गर्ने काम सरकारको नियमित कामभित्र पर्ने उनले बताए । अर्थमन्त्रालयबाट ऋणको प्रक्रिया शूरु गर्ने, दुई देशका निकायहरुका बीचमा छलफल हुने, ऋण दिने बैंकसँग कुराकानी हुने र सम्झौता हुने उनले बताए । 

किन दिइयो फेरि गेजुवालाई ? मन्त्री पुनले सुनाए यस्ता कारण 
उर्जामन्त्री पुनले बुढीगण्डकी, अरुण तेश्रो, माथिल्लो कर्णालीका लागि पहिला टेन्डर गरेपनि कोही पनि नआएको उनले बताए । उनले भने– ‘आजको मितिसम्म म काम गर्छु भनेर निजी क्षेत्र कोही पनि आएको छैन, प्रोजेक्ट रिर्पोट बनेर बसेको छ, सबैभन्दा तयारी अवस्थामा बुढीगण्डकी र पश्चिम सेतीमात्रै हो । तर अहिलेसम्म म गर्छु भनेर प्राइभेट सेक्टर आइरहेको छैन । यो अवस्थामा बुढीगण्डकी यता र उताजस्तो भयो, हामी आफंैले पनि बनाउन खोज्यौँ, इपिसिएफ मोडेलमा जान पनि खोज्यौँ, राजनीतिक विवादमा पनि फस्यौँ । मेरो सबैलाई एउटा अनुरोध, एकपटक हेरौँ न त । हामीसँग लगानीका लागि प्रयाप्त रकम नहुनु र प्राथमिकता अरु हुने भइरहेको छ ।’

उनले आयोजना इपिसि वा इपिसिएफ मोडेलमा काम गर्दा लागत कति हुने भन्नेमा सरकार सचेत रहेको पनि स्पष्ट पारे । त्यसका लागि एउटा मापदण्ड बनाएर हल गर्ने उनले बताए । डिपिआरलाई आधार बनाएर मापदण्ड तय गर्ने उनको भनाई छ । 

अहिले गेजुवासँग प्रारम्भिक सम्झौता हुन लागेको मन्त्री पुनको दावी छ । दुई पक्षबीच आयोजनाबारे विभिन्न पक्षमा छलफल पछि सहमति जुटेमा मात्र निमार्णका लागि अर्को सम्झौता हुने उनले बताए ।  अहिले गेजुवालाई आयोजना दिइसकेको नभई प्रारम्भिक चरणमा काम अघि बढ्न लागेको उनको दावी छ । कम्पनीले पठाएको प्रस्तावलाई अध्ययन गर्ने र उपयुक्त लागेमा हस्ताक्षर गर्ने मन्त्रालयको योजना छ । 

आयोजना निर्माणका लागि सरकार सञ्चालन भएको ६ महिनासम्म पनि वैकल्पिक उपाय नदेखिएकोले एउटा विकल्पको रुपमा गेजुवाको प्रस्ताव अध्ययन र छलफलका लागि स्वीकार मात्र गरिएको मन्त्री पुनको भनाई छ । 

आयोजनाको निर्माण प्रारम्भिक लागत २ खर्ब ६० अर्ब देखिएपनि निर्माण सम्पन्न गर्दासम्म यसको लागत ३ खर्ब हुनसक्ने मन्त्री पुनले बताए । जनताको लागनीका लागि प्रस्ताव गरिएका १९ वटा जलविद्युत आयोजनाका विषयमा विस्तृत अध्ययन भइरहेको पनि उनले जानकारी दिए । जसमा करिब ६ खर्ब जति लागत आउने अनुमान गरिएको छ । जसमा ४९ प्रतिशत जनताको लागानी र बाँकी लगानीका लागि ऋण खोज्नुपर्र्ने अवस्था रहेको उनको भनाई छ । 

यसैबीच मन्त्री पुनले बंगालादेशको भ्रमणले विद्युतको लागि नयाँ बजारको पनि सम्भावना बढेको बताए । यस्तै भारतको स्वामित्वमा रहेको कम्पनी एनविविएनले अपर अरुण र दुधकोसीमा उत्पादन भएको विद्युत खरिद गर्छु भनेर उत्सुकता देखाएको छ । उनले भने– ‘मन्त्रलय र यो कम्पनीबीचमा केही पत्र आदानप्रदान भएको छ । यो कम्पनीले उत्पादन पछि कम्तिमा पनि १५ सय मेगावाट बिद्युत लिन्छौँ भनेको छ ।’ 

यो आयोजनाको ४९ प्रतिशत शेयर जनतालाई दिने निर्णय मन्त्रिपरिषदले गरेको उनले बताए । यसको योजना बनाएको र त्यसलाई पछि सार्वजनिक गर्ने सरकारको योजना छ । 



 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS to F1 Status.
NRN card pros and cons?
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
2020 : Why No Trump !
Nepal Likely to Get 60-Day TPS Notice
#MAGA#FAFO is delicious
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NEPAL TPS IS GONE
NOV 18th TPS DAY
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
EAD Filing
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
Leave messages on US congressman's facebook to support TPS
Business Ideas in Nepal?
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue
Bill to Protect TPS and DED Recipients
कोर्टमा जाँदा आइसले समात्ला भन्ने डर छ भने यस्तो गर्नुहोला
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters