[Show all top banners]

Punditji
Replies to this thread:

More by Punditji
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Gazal time

[Please view other pages to see the rest of the postings. Total posts: 21]
PAGE: <<  1 2  
[VIEWED 15836 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 08-12-05 6:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गजल

चुप किन बस्?यौ बोल बात अझै बाँकी छ ।
साँझ पर्?यो त के भयो रात अझै बाँकी छ ।

शिशिरको चिसो बतास नाङ्गिसके रूख सारा ।
हाम्रो प्रेम बिरूवाको पात अझै बाँकी छ ।

मेटिएछन्? जीन्?दगीका तितामिठा यादहरु ।
सिरानमुनि प्रेमपत्रको खात अझै बाँकी छ ।

छुँदैन मलाई रक्?सिले नशा छोटो बेइमानिको ।
तिम्रो मीठो चुम्?बनको मात अझै बाँकी छ ।

बिछोड भयो त के भयो दैवले नै हरेपछि ।
तर तिमीलाई यो पण्?डितको साथ अझै बाँकी छ ।


 
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 08-12-05 6:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Graet!
छुँदैन मलाई रक्सिले नशा छोटो बेइमानीको ।
तिम्रो मीठो चुम्बनको मात अझै बाँकी छ ।

 
Posted on 08-12-05 7:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-12-05 7:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चुप किन बस्यौ बोल बात अझै बाँकी छ ।
साँझ पर्यो त के भयो रात अझै बाँकी छ ।


वाह ! क्या मीठो शेर !

बधाइ छ पण्डितजी !

-भउते
 
Posted on 08-12-05 9:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शिशिरको चिसो बतास नाङ्गिसके रूख सारा ।
हाम्रो प्रेम बिरूवाको पात अझै बाँकी छ ।

क्या मारा पण्डितजी !
 
Posted on 08-13-05 3:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रसिक पण्डितज्यूले श्रृङ्गाररस तपतप चुहुदो गजल पस्किनु भो । यसलाई त सोझै कुनै पेशेवर गायककहाँ पु-याउनु भए हुन्छ । हिट हुन्छ ल यो गजल ।

गजल देखे पछि मेरा चै हात चिलाईहाल्छ, यसो प्राविधिक कुरा गर्न ।

दुईटा कुरोमा ध्यान गए मेरा । एउटा सबै पंक्तिमा बराबर अक्षर नभएको कुरा ('बेहर' नमिलेको) र अर्को चाहिं 'मकता' (अन्तिम शेरमा) प्रयोग भएको विकृत 'काफिया' ('साथ' भन्ने शब्द) । 'साथ' को सट्टा 'सात' बनाउन कोशिस गर्नुस् ।


बिछोड भयो त के भयो दैवले नै हरेपछि ।
तर तिमीलाई यो पण्डितको साथ अझै बाँकी छ ।

something like this:

आठ जुनीसम्म पर्खन्छु भनेकै छु
यो जुनीमा नभेटे के त, सात अझै बाँकी छ


 
Posted on 08-14-05 3:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

thanks friends for your valuable comments. i dont know much about the technicalities of gazal. i just jot down whatever comes in the way that sounds gazal............i will come with my parody gazal next.
 
Posted on 08-26-05 8:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यताउताका गजल पढेपछि आफूकानि हात चिलाम्?छ ।
यथोचित टिपन पहिले नै थाप्?लामा थाप्?दै अर्को प्रयास........

मनका कुरा तिमीसँग गर्न बाँकी छ ।
यो मुटु त्?यो मुटुमा सर्न बाँकी छ ।।

झुकिदिन्?छ आँखा त्?यसै तिमीसँग जुध्?दा ।
तिमीबाट तिमीलाई नै हर्न बाँकी छ ।।

यात्रा लामो जीन्?दगीको अफ्?ठेरो छ बाटो ।
खोलानाला तिमीसँगै तर्न बाँकी छ ।।

जीन्?दगीको उकाली त धेरै चोटि चढिसकेँ ।
तिम्रो मनको देउरालीमा झर्न बाँकी छ ।।

आफ्?नै हातले तिम्रो सबै अङ्?ग सजाइसकेँ ।
खालि सिउँदोमा सिन्?दुर भर्न बाँकी छ ।।


 
Posted on 08-27-05 5:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

gajjap cha la punditji

lekhdai garam !

 
Posted on 08-27-05 8:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dhanyabad Shirishji
 
Posted on 08-28-05 12:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह वाह वाह
 
Posted on 08-28-05 7:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए पण्डितजी फ्यान बढे भुनेर JPT लेख्न थाल्या भे त कुरो अर्कै हो, तर हैन भने कमेन्ट सुन्नुस् यता।

जीन्दगीको उकाली त धेरै चोटि चढिसकेँ ।
तिम्रो मनको देउरालीमा झर्न बाँकी छ ।।


देउरालीमा झर्ने रे? हैन, अहिले तपाईँ कहाँ हुनुहुन्छ र?

भाखा मिलाम्नलाई "झर्ने" नै नलेखी नमान्ने भे देऊरालीका ठाममा भन्ज्यागं सन्ज्यागं बनाम्। नभे त्यो "झर्न बांकी छ" "सर्न बाँकी छ" अथवा अरु यस्तै भनम्।

राजासित बोलेको मुख तँ राँडीसित? भन्थ्यो रे हाम्रा गामका क्यान्टिनले बुढीलाई गालि गर्दा।
राजालाई भेटेर आएछ। अनि घर बुढी कचकच गर्नी। के भनोस् त नि बरा।

त्यस्तै, गालिबको गजल पढ्या केटो पो हो त, अरु अरुले उल्था गर्दिएसी।

 
Posted on 08-28-05 8:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रभो बिराएँ, क्षमा पाउँ । भैरव अर्याल झैं वैंश छँदा पाठीको घिच्रो नि
निमोठियो, तरुनीको तिघ्रो नि चिमोटियो । उ बेला उनीलाई सम्?झेर
लेखेको गजल (गीतल) हो यो । नियममा बसेर गजल लेख्?न म अझै
पनि जान्?दिन । नियममा नबसी लेखिएकालाई गीतल (गीत +गजल)
भनेर पहिले नै समीक्षकले औंला ठडाइ सकेका हुन्? । तैपनि लेख्?दै
जाम्? ........
Any way, thanks for the comments. I hope it will encourage me to write more.

Sachai dada, tyo deurali chahi jharne ho ki ukline ho. kahile kahi jhare hunna ra.
 
Posted on 08-29-05 7:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो चाँहि मैले सबै गजलाई एउटै धागोमा उन्?न गरेको हो ।

तिमीसँग आँखा मैले लडाउन पर्ने भो ।
फूलपाती यो मनको चढाउन पर्ने भो ।।

जून जस्?तै राम्री तिमी यी आँखामा बसिसक्?यौ ।
मनमा राख्?न ठाउँ अलि बढाउन पर्ने भो ।।

बुझिदेऊ मनको बेथा यी आँखाले पोख्?न खोज्?दा ।
प्रेमको भाषा तिमीलाई पढाउन पर्ने भो ।।

जल्?छ यो मन तिमीलाई पराईले हेरिदिंदा ।
लुकाउन तिम्?लाई घुम्?टो ओढाउन पर्ने भो ।।

उदास छ पण्?डित आज तिमी सामु नभइदिंदा ।
सहारामा फेरी बोतल ठडाउन पर्ने भो ।।
 
Posted on 08-29-05 7:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यदि तिम्रो अनुहारमा डन्?डीफोरको दाग हुन्?थ्?यो ।
चन्?द्रमाको कुरा छोड तारा पनि साथ हुन्?थ्?यो ।

सिल्?की लामो कालो कपाल गुन्?द्रुक र सिन्?की भए ।
नूनतेल मिसाउँदा साह्रै मीठो भात हुन्?थ्?यो ।

मृगनयनी तिम्रा आँखा गोलभेँडा जस्?तै भए ।
रिसाएर आँखा तर्दा साच्?ची काली नाग हुन्?थ्?यो ।

राता चिल्?ला ती गालामा चुस्?सझुस्?स दाह्री भए ।
चुम्?बन गर्दा मुख भरि घाँस अनि पात हुन्?थ्?यो ।

धोद्रो थोत्रो तिम्रो स्?वर अलिकति चर्को भए ।
कोईलीको कुरा छोड सुरिलो त्?यो काग हुन्?थ्?यो ।

मेरो जस्?तै छातीभरि तिम्रो पनि रौं भए ।
खेल खेल्?ने मैदानमा हरियो दुबो घाँस हुन्?थ्?यो ।

नितम्?बिनी तिम्रा पिण्?ड फर्सी जत्रै भइदिए ।
सास्?ती तिम्?लाई मस्?ती मलाई रमाईलो रात हुन्?थ्?यो ।

साच्?चैँ मैले भने जस्?तै तिम्रो रूप भइदिए ।
तिम्रो प्रेमी पण्?डितलाई वाह! क्?या बात हुन्?थ्?यो ।


 
Posted on 08-29-05 7:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पिउँदिन रक्?सि भन्?दै मैले पनि कसम लिएँ ।
रक्?सिविना निरस जीवन थाहा छैन किन जिएँ ।।

हाँसो उठ्छ शराबलाई खराब भन्?नेहरुदेखि ।
प्?यालाविना प्?यासी आँत तिर्खाएको धेरै थिएँ ।।

ट्वाँटे घ्?याम्?पे आदि यस्?तै नाममाथि विशेषण ।
दुनियाँको मुख आफ्?नो कान थुनि टालिदिएँ ।।

हुन्?छन् अरे सबै मित्र गिलासमा मुख जोडे ।
उध्रिएको दोस्?तीलाई दारूसँगै मैले सिएँ ।।

सुहाएन बकुल्?लो झैं हाँसका ती बथानमा ।
लहडमा चियर्स गरि चुस्?की लिंदै रक्?सि पिएँ ।।


 
Posted on 08-29-05 7:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रेम प्रस्?ताव राखि तिमीलाई आज मैले लेटर लेखें ।
तिम्रो रूपको चर्चा छोड त्?यो भन्?दानी बेटर लेखें ।।

खामिदिएँ आफ्?नै मुटु सुम्?पिदिएँ तिमीलाई ।
मर्ने बाँच्?ने तिमीसँगै यस्?तै यस्?तै मेटर लेखें ।।

भोक प्?यास नीद चैन छैन मलाई केही पनि ।
प्रेममा पागल भएपछि पागल मनको नेचर लेखें ।।

यी आँखामा तिम्रै तस्?वीर यो मुटुमा तिम्रै धडकन।
बतासमा फैलिएको तिम्रै रूपको फ्?लेवर लेखें ।।

लजाउने रिसाउने चोरीचोरी मलाई हेर्ने ।
जिस्?काउदै तिमीलाई थोरै क्?यारिकेचर लेखें ।।

यस्?तै लेखें उस्?तै लेखें लेख्?दालेख्?दै के के लेखें ।
तिमी मेरी दिलकी रानी मलाई तिम्रो लभर लेखें ।।

यति निठुरी नबन न छिटै जवाफ पठाऊ तिमी ।
ढुङ्?गा जस्?तो तिम्रो मन मेरो मन बटर लेखें ।।

नेपाङ्?ग्रेजी मिसाएर तानाबाना मिलाइ लेखें ।
बुद्?धु ठानि पाठकलाई पण्?डितजीलाई क्?लेभर लेखें ।।
 
Posted on 08-29-05 8:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"नितम्?बिनी तिम्रा पिण्?ड फर्सी जत्रै भइदिए ।
सास्?ती तिम्?लाई मस्?ती मलाई रमाईलो रात हुन्?थ्?यो । "

Wah wah Punditji, kya mara !
Keep it up !

 
Posted on 09-01-05 8:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साथीहरु, यस पटक कनिकुथि नियममा बसेर लेख्?ने कोशिस गरेको छु । तैपनि एकठाममा काफियाले धोका दिइहाल्?यो । मैले मात्र के गर्ने 'हिमाल' लाई 'हामल' लेख्?नु भएन के रे ।
बेहर चैं मिलेको छ है ।नियममा बसेर लेख्?दा गजलको गेयता चैं सत्तेनाश भयो ।।

तिम्रो कालो कपाललाई साउनको बादल लेखें ।
चंचल दुई नयनमा लगाएको गाजल लेखें ।।

रगत्त्?याम्?म ती अधरहरु छुँदैखेरि मात लाग्?ने ।
उन्?नत तिम्रो छातीलाई टल्?किएको हिमाल लेखें ।।

ढकमक फूलजस्?तै फक्रिएको उनको जोवन ।
त्?यही जोवन पाउँ भनि गरिएको भाकल लेखें ।।

पोल्?यो मुटु भतभती जल्?दा पीरतीको अगेनुमा ।
शीतल छहारीलाई तिम्रै रूपको आँचल लेखें ।।

मोहिनी तिनी रूपसीको मायाजालमा फसें आज ।
प्रेमरोग लागेपछि पंडितलाई पागल लेखें ।।



 
Posted on 09-01-05 9:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

punditji.....

aur ho jaye....eershad!!!!
 
Posted on 09-02-05 6:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

shukriya, shukriya
 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS To F-1 COS
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
ICE kidnapping people off the streets over op eds
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Supreme Court allows Trump to end TPS for Venezuelans
#MAGA#FAFO is delicious
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
What is the purpose of an F1 student visa in the U.S.?
Any input on remote jobs(IT related or Sales or Marketing)?
Nepal Likely to Get 60-Day TPS Notice
मुद्दा हाल्छन होला र ?
TPS cancel bho bhane k garne?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters