चौतारी!चौतारी !! चौतारी !!! कैयौं उकाली ओरालीहरू पार गर्दै चौतारी सोह्रौं संस्करणमा आईपुगेको छ। कथा, कविता, गीत, गजलहरूले गुञ्जायमान हुँदै, हँस्सी मजाक,खुशी, चुट्किलाहरूले सिंगारिदै चौतारीले गाम्लेहरूबाट पाएको मायाले नै यो १७औँ खुड्किलासम्म पुग्न सफल भएको हो।
मेरो उपस्थिती यदि तिम्रो लागि खुसी भए मैले मेरो सारा खुसी तिमीलाई नै सुम्पिदिएँ खोज तिमी भावहरुलाई शब्द शब्द गीतमा भेटाउने छौ सामिप्यता ती शब्दको गहिराइमा
आशा छ यो चौतारीमा हामी अझै दिल खोलेर गीत गाउन, नाँच्न, गफसफ गर्न र मित्रता गाँस्न सफल हुनेछौं। हेर्नुस है त पहिलो भागका केहि अंश हरु *** *** ***
Foe_4_mysty:त्यो बब दाई भन्ने गन्जडी मास्टर कि विद्यार्थी? विद्यार्थी हो भने त ठिकै छ हैन भने म त नपढ्ने यो स्कुल मा! Bob Dai: होईन यो मुसी(misty) के भन्छे? आउने बित्तिकै गँजेडी भन्छे बा? म विद्यार्थी नै हो । रोल नं ० । अनि दादाले राम्रो कुरा गरे एस्पाली । राजनीति त हुनै परो नि गाँठे! एस्सो गपसप गर्न त रमाइलोनै हुन्च नि शेरखाँ । ए चित्रे डाँका कल्लाई बमबहादुर भन्छस्? जैलेनी मेरा खुट्टा तान्न आम्छ बा!अझ पशुपतिनाथ लैजाने कुरा गर्दो रच । किन चाइयो मलाई महा-पर्बन्दक को पद? चौतारीबाट पोलिटिस खेलेर निकाल्ने बिचार छ कि के हो ए तित्रे? बाउजस्तो मान्छे लाई बृद्दाश्रम लाने कुरा गर्छ ए गाँठे! अनि ए बज्जे, कल्ले गाँजा खाछ? लौ मुख नेर आ । लौ सुङ्! नानाभाँती कुरा गरेर दिमाग खान्छ यो स्वाँठ । तँलाई जन्याछु पख्! Bhaute:बबेदाइका आँखा के भए? मिस्टेलाई "के भन्छे? "रे। :-) चस्मामा केटीको स्टिकर टाँसिएको छ कि के हो? :p *** *** ***
uptowngal: मास्टरनी दिदी किन मैले भोत दिन नपाउने ? miss_ me: बाल अधिकार को हनन हुन्छ। राम्रो सअ बोलि नि नफुटेकोलाई पोलटिसा लगायो भुने कार्वाइ अर्ने भुनेर नियम बनौन ला'छन रे क्या:)
*** *** ***
gaalab:हाफछुट्टि पछि खोलामा पौडि खेल्न गयो कि गएन? मिसले अन्तर-स्कूल पौडी खेलमा स्कूलको नाम राख्न सक्छ कि सक्दैन भनेर जाँच्न खोज्नुभा होला। त्यो त गइयो मिस्। त्यसो नगरेको भए कसरी अहिले बुढीगंगा पौडेर तर्न सक्थें र? *** *** ***
Nepal ko chora : कोरियाले जित्यो २-१ हुर्रे। World_map: लौ, अर्जेन्टिना त हार्यो, बोर भयो नि। पेनाल्टिमा हार्यो। :( *** *** ***
Tyra : ओहो कुम्ले जि (म चै ज्यान् गए नि कुम्ले भन्न नछाड्ने ),म गाउने तपाईं सुन्ने त्यस्तो त भएन नि उमराओजान् फिलिम् जस्तो ,बरु दुबै जना नच्ने हो कि, माथि माथि सैलुङे मा चौरि डुलाउने लाइ हत्केला म माया को गुरास् फुलाउने लाइ भन्दिनु है भन्दिनु .......... ल ल मिस् लाई है यो चाँहि-
CaMoFLaGeD: मेरो त नाम नि लेखाको छैन रे बा ले भन्नु भाको। अब बारी को धान बिक्यो भने भर्ना गरी दिने रे। धान को भाउ नि घट्यो रे यसपाली। खोइ अब कति रोल नम्बर भन्ने होला? *** *** ***
Nepe: गोतामेजी समसामयिक विषयहरुमाथि सटीक टिप्पणी गर्ने तपाईको कलाबाट म औधी प्रभावित छु
pkreli : गोतामे गुरु तपाइंको कविता अति उत्तम लाग्यो । जस्ताको तस्तै मेरो विश्वजालमा राख्छु है? तपाइंको नाम समेत राख्छु । सत्ते धरोधर्म मेट्दिन ।
गौतमजीको कविता:
हाम्रा दिन गएछन शेरखाँ
जमाना उल्टो आएछ शेरखाँ हाम्रो भागमा अब अगुल्टो आएछ शेरखाँ हिजो सम्म हाम्रा अघिल्तिर झुक्नेहरु आज सजिलै उठ्ने भएछन उठे मात्र के हुन्थ्यो र शेर खाँ
हामीलाई नै कुट्ने भएछन्। हिजो हामीले ठक्कर दिदाडराएर भाग्नेहरु आज टक्कर दिने भएछन चक्कर आउनथाल्यो मलाई शेरखाँ उनीरहरु पनि ठक्कर दिनेभएछन। जमाना उल्टो आएछ शेरखाँ हाम्रो भागमा अब अगुल्टो अएछ शेरखाँ विदेशतिर भाग्नुपर्छ कि क्याहो अब हाम्रा दिन गएछन शेर खाँ!
कुम्लेले पारा मिलाम्छ कईले कईले! तर, तो सानो बालकलाई केही बेर बेबीसिटरसंग छोडे हुने नि हौ! तेस्तो रोमान्टिक ट्याममा पानीमा खस्ला र आपत!;)
अनि, खाक्सीले गोरो भएऊ त, कुम्ले? कि भत्भति पोल्यो?
पिरती बुईनी! आफू मेरी बुईनी भन्दा बढी भउतेको भान्जी हुम् जस्तो अरि तर्किनि। अईले आ’र मुलाई पो बिनासित्तैमा दोष? बाँकी भा’ दुईटा रौं नि ऊखेलेर देखाईदिम बुईनीको माया मरे छैन भुनेर? पिर नमानेस् के! तो ठुल्बुईनीआट बचेको कम्प्यूटर तिम्रै बिहे मा दाईजो हालदिम्ला!
खै, दुलाह नै गायब भो गाँठे! तो बँदेल र बाख्री खान नपाईने पो हो कि? पिर परो!
:D :D :D थुल्ननी, तिमीलाई दाइजोमा के दिने होला खै ! :p बरु बिहेमा बोलाउनु, दोहोरी खेलेर रमैलो अर्नु पर्छ के। अन्खेरी म पञ्चेबाजामा छमछमी झाम्रे नाचम्ला, तिमी बेहुलोको आडमा लपक्क टाँसिएर थोरै पछ्यौरी उठाएर म नाचेको हेर्दै मुसुमुसु हाँसौली नि। :p :p
मेरो हालत सारै खराप भो के :( एता छाम्यो भित्तो उता छाम्यो रित्तो :(। ए चित्रे तिम्री साली त अहिल्यै देखि बुक गरेँ है मैले। :p पछि पुन्टेदाइले जस्तो नानाथरी निहु खोजेर मलाई हिस्स बनाउने हैन है, भन्द्याछु अहिले नै। :-) :p
पुन्टेदाई, बुइनिलाई भन्दा भान्जीलाई टिका लगाएर धेरै दक्षिना दिन्छन् नि त। त्यै भ र दाइ भन्दा मामा प्यारो नि। हिजा'ज त बुइनिलाई अउँश दिन पर्छ भनेर दाइले अझ हेलाँ अर्छन के रे। :p मयाँ मान्नी भनेको मामा त हो नि। अनि भान्जी साख्खै हुन्नन त? :-)
मिस अहिले कता जानुभा'जस्तो च। चौतारीमा ओइरो लाग्नेहरु देखेकोले मैले नै बनाइदिएँ मित्र हो। नयाँ चौतारीमा बस्न चैं पोखराको ताल-बाराहीस्थानसम्म पुग्नुपर्नेछ।
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
TPS To F-1 COS
Venezuela TPS lawuit
tesla stock OMG !!
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
Nepal TPS decision
Need Help of IT consultancies
Any input on remote jobs(IT related or Sales or Marketing)?
Supreme Court allows Trump to end TPS for Venezuelans
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.