nakkali108
Replies to this thread:
More by nakkali108
What people are reading
Subscribers
Please log in to subscribe to nakkali108's postings.
:: Subscribe
|
[VIEWED 9447
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
nakkali108
Please log in to subscribe to nakkali108's postings.
Posted on 10-07-08 6:58
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
साझाको नियमित पाठक भएको धेरै बर्ष भयो,यँहाहरु सबैजनाको (एक वा दुई जानाको नाम लिएं मैले भने त्यो न त तार्किक न न्यायसंगत नै हुन्छ तर यहाँहरुका specially Deep ,Rahulvai, Dipika,Fuccheketo, Somewhere) कथा,प्रस्तुतीले धेरै नै घचघचाइरहन्थ्यो आखिर एक किसिमले आज लेख्न वाध्यनै बनायो भनौं। कतिपटक त सार्है रुवाएका पनि छन ति कथाहरुले………….
मेरो लेखाईमाभएका भाषा अशुद्दीका लागि माफ माग्दै, यहाँहरु सबैमा विजया दशमीको हार्दिक मंगलमय शुभकामना !!!!!
"अदृश्य पर्खाल"
गोदावरी पार्कको पल्लो छेउमा भऐको पोखरी देखेको छौ? चंचलता पूवर्क सोधी उसले।
अँ, छु – छोटो उत्तर दियो उसले।
होssssssss त्यहि निरको भूईमा रुखको छाँयापर्ने ठाउँमा टावल ओच्छ्याएर त्यसमा पल्टेर मजाले पढ्नुपर्ने किताब रहेछ यो त बुझ्यौ?
कामको सिलसिलामा काबुल विश्वविध्धालय जाँदा त्यहाँको परिसरमा भिरालो जग्गामा रुखको अोझेल पारेर पल्टेर पढेका विधार्थीहरुको तस्विर नाच्न थाल्यो उसको मनमा। अनि आफ्नै विश्वविध्धालयमा पनि दुवोको ठूलो चौरमा पलेँटी कसेर किताब/नोटबुक हातमा समातेर झुल्दै आँफैले पढेको पनि सम्झि। सुरुसुरुमा त अरुले त्यसरी पढेको देख्दा नाटकै गरेको जस्तै लाग्य्यो उसलाई, पछि रहर लाग्यो त्यसै गर्ने। पहिलो पटक विश्वविध्धालयको ठूलो चौर, त्यसको वरिपरि फूलैफूल र विचमा दूवैदूवो भएको ठूलो चौरमा वसेर किताब समात्दा लाज र अप्ठेरो दुवै लागेको थियो ऊसलाई – चेन स्मोकरलाई (chain smoker) पहिलो पटक smoke गर्न लाग्दा भए जस्तो अझ भनौँ नयाँनयाँ प्रेमीहरु कसैको नजरमा परे जस्तो्। पछिपछि त्यसैमा रमाउन थाली, पढाइको रस वस्यो त्यहि चैरमा् । यति सम्मकी जाँच दिन जाँदा समेत १ मिनेट भएपनि त्यो दूवोको चौरमा थ्थाच्च बसेर किताब छोएर जान्थि आफ्नो confidence level बढाउन। विश्वविध्धालयको पढाई सकिएकोले अव त्यँहि त्यसरि नै पढ्न नपाउने भएर होला, भविश्यको पोल्टामा कुनकुन किताव कहाँ कहाँ गएर पढ्ने भनेर राखेका थाँतिमा अर्को एऊटा अध्याय थपियो: Misson ‘पल्पसा क्याफे’ @ Godavari । अर्थात नारायण वाग्लेको पल्पसा क्याफेलाई धोको पुग्ने गरी गोदावरीमा गएर उसले चिताएजस्तै गरी पढ्ने।
अफिसको गाडीमा त्रिपुरेश्वरबाट कुपोण्डोलतिर जाँदैगर्दा ऊसले गरेका सम्वाद प्रति आश्चर्यकजनक रुपमा प्रतिउत्तर गर्दै थियो ऊ, साथै किन यो वाग्मतीको फोहरमाथि गोदावरीको सुन्दर वयान गर्दै छे यो केटी भनेर आँफैलाई मनमनै गरेको प्रतिप्रश्न प्रति बल्ल पो प्रस्ट भयो – ऊ त किताब पढ्नकोज लागि उपयुक्त स्थानको छनौट पो गर्दे रहिछे भनेर। साथै दंङग पनि पर्यो कस्ति सौखिन केटी रहिछे जाबो किताब पढ्न पनि उत्तर-दखिणकै (महाराजगंज-गोदावरी) बाटो नाप्नु पर्ने, खुरुक्क आफ्नै घरमा मजाले बसेर नपढेर…………..तर मुखले चाँहि केहि भनेन।
बस वाग्मतीको पुल काटेर कुपोण्डोल हुँदै होटल हिमालयनको उकालो चढ्दै थियो, वाटोको वाँयापट्टि होटल हिमालयनको परिसरमा फुलेको अग्लो (करिब दुई-साढे दुई फिट जतिको) सेतो घाँस देखाएर आँखा चम्काउदै वोली: त्यस्तो फूल (एक प्रकारको सेतो फूल्ने घाँस, झट्ट हेर्दा अिम्रसो जस्तो देखिने तर फूल भने सेतो भूवा भएको) देख्यो भने दशैं आए जस्तो लाग्छ मलाई त, तिमीलाइ नि? फेरि प्रश्न गरि।
कति बोल्न सक्छे यो केटी एकछिन चुप लागेर बस्नु नी, मनमनै रिसायो तर मुखले ठिक्क पार्यो: हो नी। पछि के सोच्यो कुन्नि थप्यो दशैं आउन एक हप्ता त छ नी। अनि गाउँघरतिरको दशैंलाई स्वागत गर्न गरिने तयारीको विस्तार गर्यो। गाउँघरमा त प्रकृतिले नै दशैं आउन लागेको संकेत गर्छ- खेतको हरियो धान सुनौलौ रंङ हुन्छ, कमेरो, रातोमाटो ल्याएर घर छेप्छन थाह छ? - सोध्ने पालो उसको।
अँ, अनि गाँउमा सबैको घरमा गएर वावियो मागेर पिङ खेल्ने डोरी बाट्छन है। मलाइ पिङ खुब मन पर्छ नी। लामो समय देखि घरबाहिर वसेकाहरु यहि दशैंमा त आउछन नी घर, आफन्त सम्झेर। कति रमाइलो हुंदो हो है त्यो छ्ण- थपी उसले। यहि वयान संगसंगै अतितमा पुगि। Unconsciously आफ्नो हातको स-साना औंला भाँच्दै गन्न थालि एक, दुई,तिन…………………..आठ वर्ष। यसपालि त आएपनि हुन्थ्यो नि, आठ-आठ वर्ष कसरी बस्न सकेको होला परदेशमा। अनायसै serious भइ करिब २० महिना अगाडि internet मा chat गरेर नजिकिएको तर कहिल्यै नदेखेको/नभेटेको ‘ऊ’ सम्झेर। व्यक्तिगत रुपमा नदेखेको/नभेटेको भन्ने मात्त त थियो नी उनीहरुको मित्रता। प्रत्येक दिनजसो हुने फोनकल र समय समयमा एकअर्कालाई प्राप्त हुने SMS हरुले ‘मर्यादित भौगोलिक दूरि’ कायम गर्दै ‘अपरिचितताको’ पर्खाल गर्ल्याम्म ढलाईदिएका थिए। फोन, SMS को क्रम जारी नै रह्यो phone bill को सीमा नाघेर एकदिन त पक्कै भेट हुन्छ (कि स्वदेशमा कि परदेशमा) भन्ने निश्वितताका साथ।
अचानक ३ माहिना जति भयो उनीहरु विच कुराकानी नभएको, उसको H1 भएन, यसै गर्ने भनेर decide गर्न सकेन, उसले पनि माया मार्यो कि भनेर यसै निर्कै्योल गर्न सकिन तर सदा झैं SMS गरिरहेकी छे, SMS को उत्तरको प्रतिक्छामा। एक पटक फोन रिसिभ नभएपछि ऊ ‘ऊसलाई’ फोन गर्न डराउछें (गाली खाने डरले होइन, फोन नउठ्लाकी भन्ने पिडाले ) मुटुको कुन कुना हुन्छ जुन पिडाहरुले खुम्चिदैन/दुख्दैन र? त्यसैले होला सम्झनाका छालहरु मुटुमा ठोक्किएर आँखाबाट बग्नै लागेका थिए।
अफिसको बसमा संगैबसेको साथीले notice गर्यो उसको गोरो मुहार विग्रेको। आफ्नो दाहिने कुहिनोले उसको देब्रे हातमा घचघच्यायो; ऊ झसंङ्ग भई: अफिस पुग्न लागेको रहेछ बस। बसमा नलिना चित्तकारको “नदेखेको भए हुन्थ्यो तिमीलाईsssssssssssssss” भन्ने गीत बजिरहेको थियो। प्रसंग मायाकै हुन्छ, विगतका दिनहरुको मीठो संझना केवल एक तृष्षा वनेर छचल्किन्छ मनभरि !!!!!!!!!
‘ अस्तु ’
|
|
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 10-07-08 9:23
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भरखर देखें अदृष्य पर्खाल। राम्रो छ। बयानमा मनोभाव समेटनु भनेको चानचुने कुरा हैन।
म त आफुलाई लेखक हैन, पाठक ठान्छु। साझा अनि साझाईतरका घघडान लेखकहरु बाट सिक्छु। सिक्ने रहर यो मेरो नघटोस बरु बढोस भन्छु। साझामा फुल्ने प्रस्तुतीहरु माझ अर्को एउटा फुल देखेँ आज। बगैचा झन सजियो।
निरन्तरताको अपेक्षा गर्दै शुभकामना। दशै मंगलमय होस।
|
|
|
amiran
Please log in to subscribe to amiran's postings.
Posted on 10-07-08 1:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
I am a regular reader of your stories and i used to find them very meaningful.So keep on writing.
But the song that u mentioned in this story is not a song of Nalina Chitrakar.Thats of Juna Prasai.It was a very popular song of her life and its one of my favourite.
Na Dekheko Bhaye Hunthyo Timilai
Mero Chain Nai Haraune Thiyena
Dekhihale Aaba Maile Timilai
Mero Jindagima Timi na aai Bhayena
|
|
|
sky
Please log in to subscribe to sky's postings.
Posted on 10-07-08 10:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
nakkli मोरी क्या मिठो लाग्ने तर छोटो मुटुछुने कथा थाहा छ तिंमीलाइ यो कथा पढेर मलाई उस्को समझना आयो 
हुदोहो कि कोहि कोहिको यस्तो अदृष्य संबन्ध जस्को न तुलना हुन्छ न उनिहरु बिचको आत्मियतालाइ नाप्न सकिन्छ र कुनैदिन हुन सक्ने भेटको प्रतिक्षामा बाँचिरहन्छ
दिप प्रभुको कथा कहिले पढ्न पाइन्छ त ?
|
|
|
sky
Please log in to subscribe to sky's postings.
Posted on 10-07-08 10:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
nakkli मोरी क्या मिठो लाग्ने तर छोटो मुटुछुने कथा थाहा छ तिंमीलाइ यो कथा पढेर मलाई उस्को समझना आयो 
हुदोहो कि कोहि कोहिको यस्तो अदृष्य संबन्ध जस्को न तुलना हुन्छ न उनिहरु बिचको आत्मियतालाइ नाप्न सकिन्छ र कुनैदिन हुन सक्ने भेटको प्रतिक्षामा बाँचिरहन्छ
दिप प्रभुको कथा कहिले पढ्न पाइन्छ त ?
|
|
|
somewhereondearth
Please log in to subscribe to somewhereondearth's postings.
Posted on 10-08-08 1:06
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नक्कली जी, पहिलो पटक तपाई को कथा पढें । कुरा मीठो तरिकाले राख्नु भयो तर धेरै कुरा लुकाएर कथा छोड्नु भयो नि!!! उठाएको सम्झना लाई पुरै पोखिदिनुहोस न!!!  फेरि पनि लेख्दै गर्नु होला!!
|
|
|
nakkali108
Please log in to subscribe to nakkali108's postings.
Posted on 10-08-08 1:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Deep प्रभो,
साझा फूलबारीमा सामेल गराउनु भयो हर्दिक आभार प्रकट गरें, तर ‘केट्केटी आए गुलेलि खेलाए मट्याङग्राको सत्यानास’ भन्ने उखान चरितार्थ पार्छु कि भन्ने डर पो लागिरहेछ।
लौन, हजुरले नै पाठक रे आफूलाई, यहाँहरुकै लेख कथा पढेर त लेख्ने जमर्को गरेकी मैले।तर आज चेत्दै छु पढ्ने र लेख्ने बिचको फरक। पढ्दा त रुन,हाँस्न जे गर्न पनि पाईन्थ्यो तर लेख्न त बाजा बज्ने रहेछ।
यहाँको हौसलालाई मनन गर्दै निरन्तरताको प्रयास गर्छु।
यहाँको दशैं शुभ एवं मंगलमय रहोस।
Amiran Ji,
It is my first posting in Sajha. Actually i used to be a silent reader and this is a first time i dare to write something in Sajha. Regular Reader भन्नु भयो हैन मैले कतै कसैको Nick त Use गरिन? Copyright, Patentright के के ले हो अप्ठेरोमा पर्ला फेरी।
Nalina Chitrakarले गाएको गीत भन्न खोजेको Mistake ले गल्ति भएछ, सच्चाईदिनु भएकोमा धन्यबाद।
Sky Ji,
आकाशलाई कसको सम्झना आयो त्यसरी, ताराको की जुनको उसको की उनको ? मीठो लागेछ, धन्य भएं।
अदृष्य संबन्ध र आत्मियता त्यस्तै होला देख्न, नाप्न नसकिने भन्ठान्छु र त कथा बनिदिन्छ मानिस............
Somewhere ji,
त्यहि त हेर्नुस न, लेखेर टास्ने जमर्को गरिहाले, अहिले डर लागिरहेछ कता बाट के के प्र्श्न आईलाग्छ भनेर। वय्क्तिगत सिमाना बाँधिदिएको नि, भावनाहरु छताछुल्ल पारिदिएको आरोप खप्नु भन्दा, कि कसो ?
अन्त्यमा यहाँहरु सबैमा विजया दशमीको हर्दिक मंगलमय शुभकामना
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 365 days
Recommended Popular Threads |
Controvertial Threads |
Conservative discussions |
TPS Re-registration case still pending .. |
TPS for Nepal likely to extend next week |
सालीको चाक |
ChatSansar.com Naya Nepal Chat |
TPS for Venezuela is terminated, only 60 days extension for transition period |
TPS to F1 Status. |
TPS To F-1 COS |
Venezuela TPS lawuit |
Toilet paper or water? |
tesla stock OMG !! |
Those who are in TPS, what’s your backup plan? |
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination? |
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans |
TPS Sakiyo Tara Case is in Court. |
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years) |
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1? |
I hope all the fake Nepali refugee get deported |
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants |
Court Hearing Approval. |
|
Looking for girl |
Who is hottest nepali female? |
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|